Category Archives: नेपाली काव्य

Poetry

जीत सापकोटाको छ हाइकु

~जीत सापकोटा~ झमझम झरी बग्यो नी कठैबरी सपनाहरु । सगरमाथा छुन सक्दिन समुन्द्र बैभव टाढा छ ।

Posted in हाइकु | Tagged | Leave a comment

कविता : नपठाउ सखी शुभकामना सन्देशहरु स्वदेसबाट मेरी हितैषी यसरी

~कला कोयु मित्रले पत्र लेखिन भो नपठाउ सखी शुभकामना सन्देशहरु अर्थहिन बन्न सक्छन नेपाल आमाको अस्तित्व धरासयमा परेको यो दर्दनाक क्षणमा यो सोकाकुल घडीमा आफ्नै जन्मभुमिको कोखमा रहेको हामी नेपाली अहिले निस्सासी रहेका छौ

Posted in कविता | Tagged | Leave a comment

कविता : कथित गणतन्त्र

~झनक श्रेष्ठ ‘प्रज्वल’~ आयो भन्छन् गणतन्त्र खोइ कहाँ आयो गणतन्त्र ? आयो भन्छन् लोकतन्त्र खोइ कहाँ आयो लोकतन्त्र ? ए कठपुतलि हो कता लादैछौं देशला

Posted in कविता | Tagged | Leave a comment

कविता : बर्बरिकको बयान

~प्रदीप ज्ञवाली~ म शिरोच्छेदित बर्बरिक इतिहासको कठघराबाट सुनाउँदैछु आज आधुनिक महाभारतको एउटा ज्यूँदो कथा पन्छाएर आफ्नो सोझो भाइलाई गद्दीनसीन थियो सत्तामोह र चक्रवर्ती उन्मादमा अन्धो एउटा राजा धृतराष्ट्र साथमा थियो उपद्र्याहा राजकुमार दुर्योधन दिउँसै जो खेल्थ्यो मान्छेको शिकार

Posted in कविता | Tagged | Leave a comment

कविता : अनन्तता:एक क्याच्ची जुलुस

~जय क्याक्टस~ हिडिरहेको जुलुस क्राइस्टका कॉंटीहरू हुन्। पराश्रव्य- अश्रव्य तरङ्गहरू हुन् जुलुस आ-आफ्नै फ्रिक्वेन्सीवाहक। मार्क्स-एङ्गेल्स हुन् जुलुस

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो लिम्बिवान फिर्ता देऊ

~रोशन यक्सो “मूलसुब्बा”~ तिमीलाई तिम्रो घरखेत माग्दिन तिम्रो धनसम्पती पनि मसग्दिन काठमाण्डौ, सिंहदरवार र नारायनहिटी पनि माग्दिन सिंहदरवारभित्रको कुर्सी जसको निम्ती तिमी र तिमीहरूजस्तैहरू लड्ने गर्छौ, बाझ्ने गर्छौ त्यो कुर्सी तिमिलाई माग्दिन

Posted in कविता | Tagged | Leave a comment

कविता : जित्छौं

~प्रकाश सापकोटा~ जितेर जित नकार्छ को ? हारेर हार स्वीकार्छ को ? सम्झौतामा मन मार्छ को ? चाहेर अन्तरआत्माले हार्छ को ? सीमा काटेर जित्छन् कोही पल-पल ढाँटेर जित्छन् कोही

Posted in कविता | Tagged | Leave a comment

कविता : प्यारा दुःखहरू

~राजेन्द्र तारकिणी~ अस्तु खरानीमा मिल्नुअघिको तर डिम्बाशयको म्याराथन जितेदेखिको बाँचिरहेको यो अन्तरिम कालखण्डमा मलाई त दुःखहरू सबैभन्दा प्यारा लाग्छन्। दुःखबिना संसारमा केही/कोही जन्मेको थिएन/छैन

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : नदुखेको कपाल यो

~रिजाल किरण~ छन्द : अनुष्टुप नदुखेको कपाल यो किन आज दुखी गयो जिउँ ज्यान हजारौं को किन आज चुडी लग्यो उम्लेको यो प्रकोपैले जन जीवन अस्त छ मान्छे का बीच मान्छे मै कस्तो विधि त्रस्त छ ।। महगो महगो मुल्य … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

मनु लोहोरुङ राईका चार मुक्तकहरु

~मनु लोहोरूङ राई~ नयाँ साल आउँछ, नयाँ लहर पनि आउँछ हर कोही जिन्दगीमा फरक बहर पनि आउँछ समयको लिकमा अघि बढ्दै जाँदा खेरी चुनौती आउँछ यहाँ अवसर पनि आउँछ . खै कहाँ गयो ऊ, नजरसंग नजर मिलाएर गयो

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : मेरो जन्म ! बुद्ध जन्मिएको देशमा भएर मात्र । नत्र ….

~हेम जङ्ग कार्की~ त्यो गरिवको नाममा रकम असुल गरी खानेहरुलाई, ति कलिला बालिका कारुणीक तवरले वलत्कार गर्नेहरुलाई, चेलिवेटीहरु कोठिमा वेच्न लाने ति असली राक्षसहरुलाई, राज्यलाई निकास दिन्छु भन्दै, हिड्ने असली तस्करहरुलाई, मेरो जन्म ! बुद्ध जन्मिएको देशमा भएर मात्र । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

आविष्कार कलाका एघार मुक्तकहरु

~आविष्कार कला~ सन्दर्भ : #कोरोना हिमालको फेददेखि सागरको पारि विश्वयुद्ध चलेको छ विना बमबारी कति महिने यात्रालाई हिडेकी तिमी अब हामी सहदैनौ तिम्रो महामारी ।। बढ्दो जनसंख्या धर्तीलाई भार बढिरहेको छ कोरोनाको मार घन्किरहेछ पृथ्वीले एक सुत्रिय नारा बन्द गर्नुपर्छ … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : बाटाहरू मिसिएपछि

~त्रिभुवनचन्द्र वाग्ले~ बाटाहरू मिसिएपछि बन्छ दोबाटो तर अल्ली भिन्न छ सत्य जहाँबाट हामी छुट्टिन्छौँ त्यही हो दोबाटो मिसिन कि छुट्टिन बनेको हो दोबाटो ? बाटाहरू,

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई तिम्रो हुने मन छ

~हिमाल सरोवर~ तिम्रो नजिकैको छिमेकी हुन सकिन ठिकै छ, तिमिसँग दोस्तियारी गर्न मन छ, तिम्रो गट्टा खेल्दाको साथी हुन सकिन त के भो, तिमिसँग लुकामारी खेल्ने मन छ, तिमी पल्लो गाउकी हौ,म वल्लो गाउँको हुँ ठिकै छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले एउटा कविता लेख्नुछ

~बिपिन शर्मा~ मैले एउटा कविता लेख्नुछ विद्वानहरु भन्छन् पढ्नेले मात्र लेख्न सक्छ म नयाँ र पुराना पत्रिकाका पाना पाना पल्टाउँछु …………….पढ्छु- आजको रात रंगिन बनाउनुस् सफलताको प्रतिक…….धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ तपाई म र ब्यागपाइपर मदिरा सेवन गरेर सवारी चलाउनु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति प्रयास

~बिभोर बराल~ चारैतिर आगो बलिरहेछ म काठमाडौँ नाम गरेको शान्त टापुमा रहेको मेरो सुरक्षित घर भित्र बसी फुर्सतको समयमा लेखिरहेछु

Posted in कविता | Tagged | Leave a comment

बिक्रम ज्ञवालीका चार हाइकु

~बिक्रम ज्ञवाली खुला आकाश उदाउदै छ सुर्य लिएर आशा ।। (१) रुदै छ बच्चा भोको पेट लिएर खोज्दो हो आमा ।। (२)

Posted in हाइकु | Tagged | Leave a comment

रुजन न्यौपानेका आठ हाइकु

~रुजन न्यौपाने~ कुलेसो बग्यो खालि पारेर पानी अजुँली रित्तै । चोखो भो जल चेपुवा बाट भेल पिएर लाग्ने । रातको माया नजर छेउ लाए रोपिन्न बिउ ।

Posted in हाइकु | Leave a comment

गजल : अधुरा भएछु

~ईशहाक हुसेन~ म त तस्वीर अधुरा भएछु काम नलाग्ने कुरा भएछु आमाकै काखमा लास जस्तो म अभागी टुहुरा भएछु

Posted in गजल | Tagged | Leave a comment

गजल : जब पात हल्लियो

~मनोज न्यौपाने~ हावा नै नचली जब पात हल्लियो लाग्यो नदेखिने कुनै हात हल्लियो खस्न थाले जब ताराहरु नभका अँध्यारोको मुटुसँगै रात हल्लियो

Posted in गजल | Tagged | Leave a comment

गजल : न्यानो सलाम आएकोछ

~धर्मोगत शर्मा तूफान~ जिन्दगीको आज न्यानो सलाम आएकोछ मेरो नाममा एउटा रातो खाम आएकोछ । अँध्यारोमा छामछुम गर्दै खोलेँ जब दैलो दैलोमा धेरैपछि मेरो घाम आएको छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : काटमार हेरेर रुन्छ पहाड

~दिव्य गिरी~ भाइ भाइको काटमार हेरेर रुन्छ पहाड बगेको त्यहि आँशुले आफनो घाउ धुन्छ पहाड । दिनभर गुराँस वनमा गोठालो जान्छ उ रातभर बम र बारुद पड्केको सुन्छ पहाड ।

Posted in गजल | Tagged | Leave a comment

गजल : मात लाग्न सक्छ

~गोविन्दराज विनोदी~ समालेर राख यौवन मात लाग्न सक्छ भुलभए दु:खै द:ख खात लाग्न सक्छ । आजभोलि भुइँटेक्न छाडेकाछन् खुट्टा भयो भने अति यहाँ बात लाग्न सक्छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : पीडाको घार भएकोछु

~टिकाष्मा उदासी~ अचेल पीडाको घार भएकोछु फेरि मान्छेको शिकार भएकोछु बजाए धेरैले हुँदा सारङ्गी अहिले चुँडिएको तार भएकोछु

Posted in गजल | Tagged | Leave a comment

गजल : आज मेची र महाकाली

~बूंद राना~ सोधिरहेछन, आज मेची र महाकाली जागा बसेका छौ कि सुतेका छौ नेपाली । ओइलाई फूल सारा फूलबारी शोकमा छ, दुस्मन कुनै पस्यो कि गद्दार भयो माली ।

Posted in गजल | Tagged | Leave a comment

कविता : चक्रबहादुर

~दिल साहनी~ हाम्रा मित्र राष्ट्रहरुका मित्रहरु चक्रबहादुरले तपाइंको मुलुकमा आक्रमण गर्दा हामीले आक्रमण गरेको नठान्नु होला कृपया चक्रबहादुरले तपाइंको मुलुकमा मान्छे मार्दा हामीले मारेको नठान्नु होला कृपया हामी त बुद्धका चेला हौं हामी त शान्तिका पुजारी हौं हामी कहिले हतियार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : कतै आवास छैन

~सनतकुमार वस्ती~ बसुँ भन्दा कतै आवास छैन ऊडूँ भन्छु खुला आकाश छैन अँध्यारोमै कटाएँ रात सारा उषाको खै ! अझै आभास छैन वसन्ती फूलमै अल्झिन्छ ज्यादा जवानीको कुनै विश्वास छैन

Posted in गजल | Tagged | Leave a comment

गजल : विरुवा फल्छ जरुर

~डा‍. घनश्याम न्यौपाने परिश्रमी~ फल्दैनौ भन्दैछौ जुन विरुवा फल्छ जरुर तिम्रो विचारको पर्खाल एकदिन ढल्छ जरुर प्रतिक्षा त गर्नै पर्छ प्राप्तीका लागि ओथ्रा बसेको पोथीले चल्ला कोरल्छ जरुर

Posted in गजल | Tagged | Leave a comment

गजल : एकरात माँगेको हुँ

~कृसु क्षेत्री~ हुन त तिमीसँग एकरात माँगेको हुँ एकै रातमा जिन्दगीभरको साथ माँगेको हुँ एक्लै बिते धेरै दिनहरु स्वप्न सँगालेर कहिल्यै निको नहुने एक आधात मागेको हुँ

Posted in गजल | Tagged | Leave a comment

कविता : भोक कविता

~देव भण्डारी~ भोकाएपछी किलामा बाँधेको गाई पनि दाम्लो चुडाएर भाग्दो रहेछ भोकाएपछी जुवामा नारेको गोरू पनि जोतारो चुँड़ाएर भाग्दोरहेछ भोकाएपछी कसैले नीति-नियम केही नमान्दोरहेछ भोकाएपछी मान्छेले खोसेर पनि खाँदोरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : अम्बरधोज सुब्बा

~भुपेन्द्रा सुब्बा~ म तोते बोल्दै टुकूल-टुकूल हिँड्ने हुँदा जन्मेको हुनुपर्छ मेरो बाजे स्व. अम्बरधोज सुब्बा। त्यसपछि ऊ कथा जस्तै हुर्कँदै गयो। हेर्दा हेर्दै ऊ

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : शुभेच्छा

~दिपेन्द्र सिंखडा~ छन्द : शार्दुलविक्रीडित ती बितेका जुग सब देखेकै हुँ, थिए सबै मङ्गलै हुँन्छ यो साल पनि पक्का मङ्गलै, नहोस दु:ख कतै म जन्मदा पनि राम्रै थियो जगत्, थेनन् बेखुस कोही म हुर्कदा पनि सुखी थ्यो जगतै, हुन्थेन कहीँ … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment