Category Archives: नेपाली काव्य

Poetry

कविता : कहाँ खोज्ने होला

~सुजन बुढाथोकी ‘कान्छा’~ आलि धेरै नै तास्नु छ कोदाला कहाँ खोज्ने होला असार आयो धान रोप्ने खेताला कहाँ खोज्ने होला रोपाइलाई सिचाइ दिन हुन्थ्यियो, तर मुहान बेचियो बेचिएका हाम्रा ति सबै नदिनाला कहाँ खोज्ने होला

Posted in कविता | Tagged | Leave a comment

कविता : खसी बढो क्रान्तिकारी छ

~सुजन बुढाथोकी ‘कान्छा’~ हाम्रो घरमा भएको यो खसी बढो क्रान्तिकारी छ हाम्रो घरमा पालिएको बाख्रो बढो बिद्रोही छ । इमान्दार छ र बढो वीर छ । गलाको डोरि स्बिकार्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : लीलामा अत्तर

~डा. विदुर चालिसे~ बगानका उत्तीसका पत्ताहरू पनि सुइरिरहेका बेला चियाजस्तै बन्थे अत्तरका मायालु सनमहरू सँग ! सगाेलका दृष्टिभ्रमहरूले टाँसिएर लिलाकाे घरहरू भरि मयूर थे पत्थरहरू चर्किरहेका प्रहरमा ऐनाका मगन झुल्किदिन्थे बहार

Posted in कविता | Tagged | Leave a comment

कविता : कुहिरो

~भिमदर्शन रोका~ पर पहाडमाथि पहाडभन्दा गरुङ्गो तर स्पर्शभन्दा हलुङ्गो लाम लागेर बिस्तार बिस्तार उकालो चढिरहेछ कुहिरो र

Posted in कविता | Tagged | Leave a comment

कविता : समय, मान्छे र म

~मिजास तेम्बे~ म बोल्न खोजिरहेछु म खोल्न खोजिरहेछु बताउन सक्छु कि सक्दिनँ बुझाउँन सक्छु कि सक्दिनँ मान्छे, सधैँ विरोधाभाष देखिरहन्छ/लेखिरहन्छ मान्छे, सधैँ अनिणिर्त बोलिरहन्छ/खोलिरहन्छ मान्छे, सधैँ अन्धाधुन्द गरिरहन्छ/सरिरहन्छ मान्छे, सधैँ बेठेगान हिँडिरहन्छ/दौँडिरहन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्दभूमिको झल्को

~दीपा लिम्बु राई~ जव मलाई हल्लाहरुले बिथोल्छ म जोडले ढोका बन्द गर्छु बन्द कोठा भित्रबाट अलिकति झ्याल उघारेर पुर्व क्षितिजलाई चियाउँछु । सम्झनाको झोक्का किन आउँछ यसरी ?

Posted in कविता | Tagged | Leave a comment

कविता : मशान घाट

~राजेश्वर देवकोटा ~ मलामीहरूको मलिन दृष्टि शवमा परेको छ जसले कुनै दयादृष्टिको अपेक्षा गरेको छैन । मलामीहरूको मलिन दृष्टि शवमा परेको छ जसले कुनै दयादृष्टिको अपेक्षा गरेको छैन । उसका उपर मलामीहरू पुष्पवर्षा गर्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : सुङ्ग्देल गाउँ

~निर्मला राई परिवेश~ सुङ्ग्देल गाउँ जहाँ म जन्मे ….. ती डाडा र पाखा जहाँ म हुर्केँ …. असिमित मिठा माया र सम्झना छ मेरो ……. स्वासप्रस्वास रावाखोला बगिरहेछ मुटुको भल्ब बनि मेरो …….

Posted in कविता | Tagged | Leave a comment

कविता : काँक्रो

~राजेन्द्र तारकिणी~ तिमी काँक्रोझैँ भर्खरकी छौ । हरियो टीनएजको उकालो चढेर तिमी प्रवेशरत छौ– गुराँसको पछ्यौरी ओढ्ने लेकतिर त्यहाँ असाध्यै उथलपुथल हुरी चल्छ यौवनको । तिमी त भञ्ज्याङमा छौ, सुस्ताइरहेछौ सङ्क्रमणमा छ तिम्रो हरियो जामा

Posted in कविता | Tagged | Leave a comment

कविता : देश खोज्दा

~कौशिला रिसाल~ बाल्यकालको बुइ चढेर चिसे खोलाको कन्चन पानीमा मैले माछाको चुलुबुलु नियालिरहदा बाले सर्टको फेरो समाउदै तानेका ती यादका असारहरूले थुनेका दुवाली सम्झनाका पासो बनेर आइरहेछ्न् । लुकामारी खेल्दा मलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : तातो हावा

~सुधीर छेत्री~ एउटा तातो हावाले शरीर फड़्कार्‍यो, प्वॉंखमा टॉंसिएका पानीथोपाहरू झड़्कार्‍यो अनि कम्मर कसेर उठ्यो आवाजहरूको थैला कॉंधमाथि भिरेर। तातो हावा अब

Posted in कविता | Tagged | Leave a comment

कविता : पितृ- आलोक

~सोमनाथ सुवेदी~ छातीमा जून टाँसिएको आकाश देखाएर मेरी हजुरआमाले मलाई स्वर्ग चिनाउनुभयो ! सुकिलो जून देख्ता आकाशमा

Posted in कविता | Tagged | Leave a comment

कविता : म हारेको यौटा उदास रात

~भवानी तावा~ म सम्झन्थेँ प्रत्येक रातहरू स्वच्छन्द हुन्छन् । ताराहरूले सुरेली खेलेर चन्द्रमाले मुसुक्क हाँसेर मसँग कल्पनामा बुर्कुसी मार्दामार्दै हाम्रो प्रत्येक रात – एउटा स्वर्णीम कल्पनाको सडकमा त्यसरी नै आउँछ होला त्यसरी नै जान्छ होला ।

Posted in कविता | Tagged | Leave a comment

कविता : चहिँदैन

~विक्रम सुब्बा~ भोटे, पाना, ईट्टा र चिढीका बास्साहरू छन् अर्थात, पुरै चार राजा छन्… राज्य संचालनको फलास खेल्न

Posted in कविता | Tagged | Leave a comment

कविता : नया नेपाल बनाउने भए

~प्रकाश रोदुङ~ ए शिक्षित अगुवाहरु हो युरोप,अमेरिका जापनहरुको सपना त्याग्नु पर्छ नया नेपाल हराभरा बनाउने भए ए श्रमिकहरु हो प्रबाशमा बेचिएको श्रमलाई मातृभूमि फिर्काउनु पर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी र म

~गोपालप्रसाद रिमाल~ भैगो भन्या” भैगो, तिम्रो दया मलाई चाहिन्न, बरु तिमीले दिएको जहर सिनित्तै म रित्याइदिउँला तर तिम्रो दयाकोर् क थोपा पनि मलाई ताहिन्न। जब संसारबाट उप्केर मेरा आँखा

Posted in कविता | Tagged | Leave a comment

गजल : याद बाँचेको छु

~बिपिन शर्मा~ म पलपल तिम्रो याद बाँचेको छु भित्र जति दन्केपनि बाहिर हाँसेको छु स्मृतिको फूलवारीमा प्रितका फूल फुलाई तिम्रो लागि मैले यौटा माला गाँसेको छु

Posted in गजल | Tagged | Leave a comment

कविता : समय सधैँ आइरहन्छ

~भिमदर्शन रोका~ वरिपरि छेउछाउबाट सजिला र अप्ठयारा ठाउँहरुबाट वन पाखा पहरा र हलुका सुस्केराहरुबाट आइरहन्छ समय सधैँ आइरहन्छ ।

Posted in कविता | Tagged | Leave a comment

गजल : खाली ठाउँ राखेनछ

~आशांक उपाध्याय~ मुटु भरि बेदनाले खाली ठाउँ राखेनछ सबै तिर उस्तै उस्तै मेरो गाउँ राखेनछ भेट्ने जति तर्किएर टाढा टाढा जान खोजे ब्याज हरु मात्रै देखें कालले साउँ राखेनछ

Posted in गजल | Tagged | Leave a comment

कविता : सम्पत्ति विवरण

~राजेन्द्र तारकिणी~ सरकार ! तिम्रो मण्डलका मन्त्रीहरूको झैँ मणि–माणिक्य, हीरा, पन्ना र सुनचाँदी, देश–विदेशमा घर/घडेरी र जमिन, कार, बैंक ब्यालेन्स र शेयर नहोला मसँग तर नठान्नू कि म कङ्गाल छु । सरकार ! मसँग पनि छ सम्पत्ति–

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन

~मधु श्री~ हत्केला माथि जीवन राखी कसेर पटुकी पसिना पोख्दै भरोषा बोक्दै साहस बटुली उकाली चढ्दै ओराली झर्दै जंगल चाहर्दै जरुवा खोज्दै मुस्किल रोज्दै अभाव स्याहर्दै कहिले घाम हिँउँमा बग्थ्यो मेटाई प्यास त्यो जम्दथ्यो मुटु जमेझैँ हिउँ कहिले आश त्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : नियत्ति भित्र

~प्रेम राई परिक्षित~ हिड्नुको नियत्तिमा म फगत पाईला सारिरहेको छु बाच्नुको नियत्तिमा म दुई सर्को श्वास फेरिरहेको छु भुगोलको रेखा झैं नशाहरु सङ्गै कुदिरहेको छु मानौ म पत्रकार

Posted in कविता | Tagged | Leave a comment

कविता : भ्यागुताको गीत

~रुपिन्द्र प्रभावी ‘कटु’~ ट्यार्–ट्यार् ट्यार्–ट्यार् भ्यागुताको गीत न लय छ न ताल छ र पनि मच्चिएर गाउँछन्– ट्यार्–ट्यार् ट्यार्–ट्यार् । मन परोस्÷नपरोस् सुन्नेहरुलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : ….सपना….!

~सुधिर ख्वबी~ रातभर सपना बुनेर बसें कहाँ के मिलेन कुन्नि ! बिहानभर मिलाई बसें कुनै बेला आकार न मिले झैं कुनै बेला यसका बुट्टा म दिनभर सपना केलाई बसें

Posted in कविता | Tagged | Leave a comment

कविता : आँखाले

~गोपाल पौडेल “बसन्त”~ आँखाले रोजें मनले ताकें यो मेरो साथी हो गुराँस फूल टिपेर दिउँला गजव सृष्टि हो कल्पना भित्र उडेको उडै्य कुन ठाउँ पुगें छु हिडेको बाटो विर्सेर मैले हिमाल छुएँ छु

Posted in कविता | Tagged | Leave a comment

गजल : मन छ

~राधा वाग्ले~ तिम्रो दिलको दैलो भित्र पसिजाने मन छ भित्र पसि डेरा जमाई बसिजाने मन छ । त्यो मन को बुलबुलेमा खेल्न दियौ भने कहिल्यै ननिस्किने गरि धसिजाने मन छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : आफ्नाे भूगाेल हराएको देश

~हिमाेढ पहाडी~ हाइबुन शैली नालापानीमा पूर्खाहरुले देखाएको वीरता विश्वयुद्धमा गाेर्खालीहरुले अार्जेकाे शान हिङ सिद्धिए पनि अझैसम्म त्यस्तै त्यस्तै वीरताकाे वासना छरिरहेछ । एउटा दस्तावेज हाे सुगाैली सन्धि प्याराे भूगाेल मुटुबाट चाेइटिएकाे कथा

Posted in कविता | Tagged | Leave a comment

लिमरिक : गर्दभ राग

~सोफिया शर्मा रेग्मी~ संगीत सिक्न आएकी नेपालबाट तर सबै हांस्छन् मेरो गर्दभ रागबाट । अरुका मीठा स्वरहरु सुन्छु

Posted in लिमरिक | Tagged , | Leave a comment

कविता : छटपटी

~रमण घिमिरे~ आँधी-हुरी झेलुँजस्तो आगोसँगै खेलुँजास्तो बस्तीबाट निस्किएर एकान्तमा कराऊँजस्तो के-के हुन्छ अचेल मलाई सारा रहर पुरुँजस्तो आफन्तको आँसु पुछ्न घरी-घरी मरुँजस्तो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : यदि म नदि भए भने !

~सुजन बुढाथोकी ‘कान्छा’~ सबैभन्दा सुरुमा म समुन्द्रबाट त्यो निलो आकासको प्रकासहरुसङ्गै बादलहरुमा बिलय भएर अनि फेरि झर्नेछु झरीहरुबाट पृथ्बिका यि नाङ्गा बगरहरुमा । र भर्नेछु कसैका उदाङ्गा रहरहरुलाइ

Posted in कविता | Tagged | Leave a comment

कविता : काँन्लोको रूख नबन्नू छोरी

~टंक विकल्प~ छोरी ! म त समाजको काँन्लोमा उभिएको रुख बनेछु जो कोहीले परबाट हेर्दा पनि नजिकैबाट हेर्दा पनि ठिङ्ग उभिएको रुख नै भएछु कसैले आफ्नो मनस्थिति बिग्रिएको बेला रातमा तर्साउने देखे होला दिनमा वर्षाउने देखे होला

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले बाँचेको शहर-१

~चन्द्र गुरुङ~ यो शहरको शरीरैभरि च्याउसरी उम्रेका कंक्रीट बील्डिङ्गहरू सबका सब -तन्काउँदै जीवन थाकेका ढाडहरू -उचाल्दै शान झुकेका टाउकाहरू -फुलाउँदै स्वाभिमान खुम्चिएका छातिहरू -उघार्दै सपना थुनिएका आँखाहरू

Posted in कविता | Tagged | Leave a comment