Category Archives: नेपाली काव्य

Poetry

गजल : के हेरेर बस्छौ अझै

~सरु आस्था~ आँगनको डिल मासियो के हेरेर बस्छौ अझै देउता पनि प्रबासियो के हेरेर बस्छौ अझै तिमी आसन मात्र खोज्छौ माटो घट्दा चिन्ता छैन सीमाको साँध भत्किदियो के हेरेर बस्छौ अझै

Posted in गजल | Tagged | Leave a comment

गजल : कसैका काँचै फूले

~राजन काफ्ले~ कसैका दाह्री पाकेर फूलेनन कसैका काँचै फूले बटुवा गन्तव्य पुगिसक्यो, मोटरमा कुद्नेले बाटै भूले मल र पानीले ढाडिएका फाँटहरुमा लत्रिएको देख्छु भोक प्यासमै टारीखेतका धानहरु लहलहाएर झुले

Posted in गजल | Tagged | Leave a comment

ब्यङ्ग्य कविता : नेता आतंक

~चट्याङ मास्टर~ टिभी हेर्‍यो नेता देखाउँछ, रेडियो सुन्यो नेता कराउँछ छापा सबले नेता पढाउँ छ, जनमानसमा नेता छाउँछ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : सुस्तरि-सुस्तरी

~ऐत राज तुम्रोक~ प्रिय साथीहरु सुस्तरि-सुस्तरी केही पनि हुँदैन खाली मृत्‍यु हुन्छ सुस्तरि-सुस्तरी केही पाइन्न खाली मृत्‍यु पाईन्छ ……… सुन दोलकको लय मन्द हुँदैन

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्दुकले

~ऐत राज तुम्रोक~ बन्दुकले धेरैलाई सलामि चडायो बन्दुकले धेरैलाई मलामी बनायो र देशले धेरैपटक फुल चडायो लासमाथि। अब त गोलिको बर्षा हुँदैन भन्छन रगत नै पानी बनेको गाउमा आलो रगत हरायो भन्छन तर कटकटिएको रगतको टाटा फुर्बा दाइको पनि हुन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फूल र काँडा

~अपराजिता प्रभास~ सहिदको पवित्र हातले रोपेको फूल जोगाउन मालीहरु आइसके काँडाहरुले त छिट्टै फूल झरेर जाओस् भन्ने चाहन्छन् तर काँडाहरुको छलकपटको सोचदेखि सारा नेपाली जनता अघाइसके किनकि

Posted in कविता | Tagged | Leave a comment

ब्यङ्ग्य कविता : प्लिज !

~चट्याङ मास्टर~ देश बचाउने कुरा छोड्नुहोस् न प्लिज, देशलाई केही भएकै छैन, बचाउनुपर्ने नेपालीलाई हो, विचरोलाई मारेर भ्याएकै छैन !!

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : ” दलित ” वकल्न छोड दरिद्रहरु !

~राज थापा~ सुन्दैछु मान्छे बनायो इश्वरले सोधछु म इश्वर बनायो कसले ? हिजो ढुंगाको मुर्ति बनायो कसले त्यसलाई इश्वरभनि चिनायो कसले ?

Posted in कविता | Tagged | Leave a comment

गजल : सोध्दै छ्यौ रे के गर्दै छ

~महेश घ्रितकौशिक~ सोध्दै छ्यौ रे के गर्दै छ ,चिन्ता भित्रै जलेको छु, दुखी पिडा सोध्छ्यौ भने भुन्ग्रोभित्र बलेको छु. पैतालामा काडा रोप्यौ, हिड्नै बन्द होला भनि ,

Posted in गजल | Tagged | Leave a comment

गजल : उनि राम्री अप्सरा झैँ

~महेश घ्रितकौशिक~ उनि राम्री अप्सरा झैँ मुटु चले जस्तो लाग्यो, अर्कै संग बोल्दा त्यसै आत्मा जलेजस्तो लाग्यो. हाँसो राम्रो अधरको फिजाएका केश घटा,

Posted in गजल | Tagged | Leave a comment

गजल : आत्मा चिसो शरीर चिसो मनै चिसो यहाँ

~महेश घ्रितकौशिक~ आत्मा चिसो शरीर चिसो मनै चिसो यहाँ , बोलि चिसो हेराइ चिसो तनै चिसो यहाँ . पारिलो घाम अस्ताइसक्यो न उदाइकन, त्यसै चिसो दुनिया यो झनै चिसो यहाँ .

Posted in गजल | Tagged | Leave a comment

कविता : तिहार

~हेमन्त श्रेष्ठ~ हरेक दिन ढाडभरि दाउराको छाप बोकेर हिड्ने कुकुर जिल्ला भ्रमणमा हिडेको नेता जस्तै घाँटीभरि माला लगाएर आज लसकलसक हिडिरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : प्लेकार्ड

~केशव शिलवाल~ म हुँ एक प्लेकार्ड राष्ट्रसंघको प्राङ्गणमा प्रदर्शित जी-दशको बैठकस्थल अगाडि बोकिएको एकदमै ओसिलो आँसु जतिकै फुलेको मसिले लेखिएको संधै फोहर कुल्चिएझैँ कुल्चिएको मेरो अस्तित्व आज मई दिवस फेरि काम आउँछ मेरो

Posted in कविता | Tagged | Leave a comment

कविता : रहरहरु

~गिरीराज शर्मा~ किन यसरी भत्किरहन्छन् रहरहरु थोरै अङ्कुरण हुन खोज्दा निठुर आँधीले भाँची दिन्छ गुज्रिरहेको यो समय दिनहुँ रित्तो हात लिएर भित्र पस्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : समय–सत्ता

~प्रमोद धिताल~ कठोरभन्दा कठोर तानशाहभन्दा पनि क्रूर धेरै कठोर छ समय–सत्ता पुरिन्छन् जसको प्रवाहमा पुरिनै नसकिएका घाउहरु ढल्छन् जसको प्रहारमा अकल्पनीय महलहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : नायक र अभिनय

~आस्था के.सी.~ नायक पर्दा उघ्रिन उघ्रिन लागेको छ अघिल्तिर र, तिम्रो जीवन्त अभिनय हेर्न दर्शकदीर्घामा सास थामेर बसिरहेकी छु म । रंगमञ्चमा उक्लिनुअघि देखाएथ्यौ तिमीले थरी–थरीका इन्द्रेणी सपनाहरु तिनै इन्दे्रणी सपनाहरु आज सल्बलाइरहेछन् मेरा आँखाहरुमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मूर्त वस्तुभित्रको अमूर्ताकार

~मनु लोहोरुङ राई~ म सादा कागजको रिम लेख ! तिम्रो सिद्धान्त… चुपचाप सहि दिन्छु । पहाडले आकाश हेरे झैं, आकाशले पहाड नियाँले झैं- म त्यही अक्षरसहरुमा तिम्रो/जीवनको रस निचोर्छु बौद्धिक छलाङ,,,,, मेरो निख्लम मनको स्वऐन्द्रिक सम्भोगको भोगले आयामलाई गर्भवती बनाएर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गेडी : यो शहर धमिलो

~मनु लोहोरुङ राई~ झिलिमिली बत्तिमा, यो शहर धमिलो घर गाउँ सम्झेर, मनै हुन्छ अमिलो कहर भो नि आफ्नै बाँच्ने रहर मनु लोहोरुङ सितलपाटी – ६, संखुवासभा हाल :- न्युयोर्क (स्रोत : Manu Lohorang Rai’s Blog)

Posted in गेडी | Tagged | Leave a comment

कविता : किन ?

~राकेश कार्की~ संहार गर्न सजिलो छ किन निर्माण गरुन् ? हल्ला गर्न मजा आउंछ किन तपस्या गरुन् ? भाषण गरेर फसाउन सकिन्छ किन चिन्तन गरुन् ? रिमुट दबाएर नचाउन सकिन्छ किन स्वयं झरुन् ?

Posted in कविता | Tagged | Leave a comment

कविता : कसरी बसेँ हुँला ?

~विधान आचार्य~ १. यति धेरै दिन, मलाई थाहा छैन तिम्रो स्पर्शबिना, म घाउ कहराएर मलम नहुँदा जीवनको दुख सहँदै म कसरी बसेँ हुँला ?

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : नेताजी भन्नुहुन्छ

~गिरेन्द्र प्रधान~ खुट्टा ढोग्नु परे पनि परोस् । चाकडी गर्नु परे पनि परोस् । पार्टी नै फुटाउनु परे पनि परोस् ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : फाटेको नटाले कसलाई पुग्छ र ?

~बाबु त्रिपाठी~ फाटेको नटाले कसलाई पुग्छ र ? रुपियाँ पैसाले कसलाई पुग्छ र ? यहाँ कुबेरको भण्डार त रित्तिन्छ भन्नुहुन्थ्यो बाले – “कसलाई पुग्छ र” ?

Posted in गजल | Tagged | Leave a comment

कविता : एउटाले अर्को नेपालीलाई

~राजीब नन्दन कर्माचार्य~ एउटाले अर्को नेपालीलाई मारेर केहि पाउदैनौ मेची काली झै बगेको रगत हामी त हेर्न सकदैनौ बन्द गरौ हत्या र हिंसा जीउने सबैको अधिकार छ एउटा नेपाली मरे यहां अर्को नेपाली रुनेछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : विनलादेन

~गोविन्दप्रसाद आचार्य~ तिमी आतंकको आगो बालेर, निभाउँने स्वाङ रचिरहेछौं ! तिमी विचार होइन , विश्वलाई आतंकको विष बाँडिरहेछौं ! तिमी विचारका जोगी, र त रिसको आगो सभ्यतामा खन्याई रहेछौ ! तिमी मान्छेलाई घैटोमा कुहाएर रक्सी बनाएर स्वाद मार्न मान्छे पिइरहेछौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्यारो सुदूरपश्चिम

~अनिलकिशोर घिमिरे~ शैपालको काखमा निश्पट्ट हुस्सुभित्र सङ्लो सेती रोइरहेको छ खप्तडको हिउँ मेरो यात्राको चुनँैती भइरहेको छ लाली गुराँसको पहाड मुस्कुराउन खोजे पनि धारिलो भासु भिरले मन सिरिङ बनाएको छ घाइते मंगलसेनले उपचार खोजिरहेको छ हाम्रो कालापानीमा गिद्दहरूको रजाई छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : तिम्रा सामु झुक्ने छैनौं

~राजेश नेपाली ~ चाहे बर्साउ लाठी गोली तिम्रा सामु झुक्ने छैनौं लाखौ आहुति दिन्छौं बरु यो क्रान्तिमा रुक्ने छैनौं भित्रभित्रै जमिनबाट मूल बनि निस्किएछौ सागर भेट्न बगिरहन्छौं बर्खेभेलझैं सुक्ने छैनौं संघीयता रोक्नुपर्छ, देश जोगाउने हो भने

Posted in गजल | Tagged | Leave a comment

कविता : रिक्सा र साइकल चलाउँछौं

~एन.पि.मगर ‘रोल्पाली’~ किसान मजदुर दश नग्रा खियाई रिक्सा र साइकल चलाउँछौं रगतको होली चाहिंदैन अब शान्तिको खेल चलाउँछौं देश लुट्ने भ्रष्टचारी नेताहरू छाँडदैनन् जनताले गरिबी र बेरोजगारी असमानले आँशुको भेल बगाउँछौं भन्छौं एउटा गर्छौं अर्कै लुटयौं खायौं नेपाल देशलाई

Posted in कविता | Tagged | Leave a comment

गजल : आहाल भा’छ

~राजेश नेपाली~ तिम्रो घरको खर्को छानो चुहिएर आहाल भा’छ घर गाउँ देश सबै लथालिंग बेहाल भा’छ बुढा बाबा असी पुगे आमालाई दमले गाल्यो तिमीलाई सम्भि्क रून्छन् आँसुको नै ताल भा’छ तिम्री प्रिया बाटो कुर्छिन् छोरो बाबा खोइ भन्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : गोठ मै बस्थे रे

~टोष्ट राज क्षेत्री~ हाम्रा बाजे – गोठ मै बस्थे रे , निकै स्वस्थ थिए रे , शुद्ध दुध, दहि घ्यू महि सहित , कहिले कहिँ घर आउथे रे , अनि घर को दाल-चामल पोको पार्दै,

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल कम नेपाल

~सरुभक्त~ कालो चट्याङ्गः पीडाका खरपसहरु दुखेर जीवनका मृत सागरमा म रोलर कोस्टरका सपनाहरु देख्दैछु ढापसुङ वस्तीतिर कठपुतली आत्माहरु साइवरयुगीन ‘किस्.कम्’ नाट्यरचना गर्दैछन् संघात तरङ्गः दन्दनाउँदा रथहरु भुत्याहा जाहाजहरुमा सवार छन् पग्लिएका ढुङ्गाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : इतर समय

~सरुभक्त~ मृत्युमहोत्सव पीडाहरुको कोलाहल वगेर आखेटिक विश्वासहरुमा धुमकेतु उदाएको वेला म हब्वलका आँखाहरुले हेर्दैछु मान्छेका अन्तरिक्षहरु उन्मीलित ताराहरुको देश च्याउ फुलेका ब्रह्माण्ड वीथीभरि किरणस्नान गर्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : खतरा

~सरुभक्त~ मृत्युपर्वत हिमयुगदेखि हिमयुगसम्म आफ्नै भारले नुहेका चुलीहरु साइवरयुगीन महाभारत रच्दैछन् अन् लाइन च्याट्का हिमावर्तनहरु नियति सञ्जालग्रस्त छन् चतुर्थ महाकल्पका आविर्भावहरुदेखि किन मानवता एक अन्त्यहीन युद्धमा होमिएको छ ? हेर ! हेर ! जीवाष्महरु वटिकाष्म उपकरण बोकी डायनासोरस र महागजहरुको … Continue reading

Posted in कविता | Tagged | Leave a comment