Category Archives: गीति कविता

गीति कविता : आँसु बरर

~श्रीपुरुष ढकाल~ भरभराउँदो बैँसभरि गरिबीको पानी पोखेर काम खोज्दै विदेशिने युवा देख्दा आँसु बरर । तस्करले सुशासनलाई परित्याग गरिदिँदा तेरो मेरो सीमा कोर्दै धन मात्रै थुपारिदिँदा

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : किन भयौ काली आज

~श्रमिक बराल~ थियो नाम सेती तिम्रो, किन भयौ काली आज थियौ सिधासाधा तिमी, किन भयौ जाली आज भित्र खबर अर्कै रै’छ निम्तो मेरै नाममा हुँदा धेरै पात हल्लिए छन् सानो बतासले छुँदा

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : बाध्य

~रामेश्वर पौडेल~ डाँडा काँडा पहाड़मा बस गुडेको धरतीको स्वर्ग हेरी मख्ख परेको मन त मेरो उमंग भयो दृश्य देखेर खु:सी एवं डरको संगम एक्मै भेटेर पहराको डीलबाट झर्या सफा पानी

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : किन हो मनपेट खोलिनन

~रामेश्वर पौडेल~ हेलो हेलो भनेर बोलाँ ॥ किन हो उनी चाहि बोलिनन धेरै भयो नभाँको भेट ॥ किन हो मनपेट खोलिनन हाम्रो घरमा आउने जाने ॥ पहिला पनि हुन्थ्यो

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : के राम्रो

~रामेश्वर पौडेल~ मरेको माछा राम्रो, मिनेतको भन्छन् धन जमेको दही राम्रो,भन्छन् रमाएको मन फूलेको फूल राम्रो भन्छन् बास्ना छरी छरी मुस्कुराको ओठ राम्रो,मायालुलाई हेरी

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : बनाऊँ आफ्नै देश

~रामेश्वर राउत ‘मातृदास’~ माउरी पाल्ने माउरी पालौँ गाई पाल्नेले गाई परदेश होइन नेपाली हो बनाऊँ आफ्नै देशलाई जन्मभूमि नेपाल आमा बिर्सी जान्छौ कहाँ ? सोची सम्झी नयन खोले के छैन र यहाँ पहिले आफ्नै देश बनाऊँ जोस जाँगर जगाई परदेश … Continue reading

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : लेखिदिएँ तिम्रो नाम

~कृष्ण वस्ती~ अर्कै कुरा खेलेको पो ,थ्यो कि तिम्रो मनमा । लेखिदिएँ तिम्रो नाम, मैले देवी-थानमा ।। नबोल्दा’नि दुख्छ्यौ अरे, बोल्नखोजे लुक्छ्यौ । छोयो कि त लाजवन्ती, झारजस्तो सुक्छ्यौ ।।

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : बाध्यता

~शेखर ‘अस्तित्व’~ विदेशमा बाँच्नु पर्या छ ! खै कस्तो यो बाध्यता छ ! हर पल मेरो यो मन मुटुमा, मेरो प्यारो गाँउ-घरकै सम्झना छ !

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : बोलाइ रहेछन् …..

~रन्जु ‘मार्ग’~ आऊ तिमि आऊ, मान्छे बचाउँन आऊ दिने केही नभए पनि, मन हँसाउन आऊ ! पर्खि बसेका छौ हामी,सबै गुमाएर नि, हेरी बसेका छौ हामी, घाम अस्ताएर नि,

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : टोकियो सहर

~दिलिप योन्जन~ टोकियो सहर हेर्नुमा रहर साकुरा फुली दिदा बिर्सन खोज्छु दुख्छ झन मुटु सम्झना आउदा ! बिपना बित्यो दुख र पिडा आसुमा दुब्दिदा दुखेर छाती भत-भती पोल्छ सपनी छुटदिदा

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : गिज्याउँछ किन काँच

~रन्जु ‘मार्ग’~ गिज्याउँछ किन काँच, विरुप अनुहार बनाई सुकाउँछ किन हाँसो, चैते खडेरी आई ! मर्दछु क्यारे अब, लाग्दैन केही राम्रो लग्यो नि कसले खुसी, दुई मुटु खोसी हाम्रो

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : निष्ठुरीलाई मैले

~दिलिप योन्जन~ ब्यार्थै किन माया गरे निष्ठुरीलाई मैले मनमा बसी मुटु रेटी बैगुनीले अहिले ! जति सियो फाटिरने कस्तो मेरो मन खुसी पाए ढुखी भुल्ने ठुलोरैछ धन

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : पिताको स्तुति

~कुन्दन काफ्ले~ हे कूल रक्षक परोपकारी, पिता तिमी हौ सबका मदारी । तिमी हौ ज्ञान विज्ञान तिमी नै, तिमी हौ मान–महान तिमी नै । तिमी हौ सूर तान तिमी नै, तिमी हौ नुर नाम तिमी नैै । तिम्रो महिमा अपरम्पार, … Continue reading

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : मेरो माया/ तिम्रो माया

~क्षेत्र प्रताप अधिकारी~ मेरो माया त्रिशूलीको पानी गैरो भएछ तिम्रो माया कृष्णभीरको माटो पैरो गएछ । त्यो पानीमा डुबिरहेछु त्यो माटोले पुरिरहेछु त्यतै कतै मलेखुमा

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : अरुको दुखमा

~दिलिप योन्जन~ अरुको दुखमा रुदा रुदै, आफै दुख्ने मुटु पाए सात जन्म जिउला भन्थे, आफै जिउदो लास भए ! बाच्नु पनि तड्पी-तड्पी, आफुले आफैलाई ढाट्नु पर्ने आफु रुई आफ्नो खुसी, आसु सरी बाड्नु पर्ने

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : जती चुम्यो

~दिलिप योन्जन~ जती चुम्यो उती मिठो, पिपल पाते ओठ तिम्रै यादले सताई रहने, कस्तो लाग्यो रोग ! जति हेर्यो उती राम्री, चन्चले तिनको रुप मन मन्दिरमा बसी दिए, बाली दिन्थे धुप

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : गीतैमा रोएं

~दिलिप योन्जन~ गीतैमा रोएं, बेदना धुन, झन पिर भासिगो बिरह बढ्दा, ढुखेको छाती, आँसुले भिजिगो। घामको जलन, घामैलाई होला, जूनलाई के थाहा तरेली पोल्दा, परेली भिज्छ, आँसुलाई के थाहा

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : मेरो सानो मुरलीमा

~मञ्जुल~ मेरो सानो मुरलीमा मेरो देश नअटला तर मेरो मुरलीले भाखा राखुँ भन्छ मेरो सानो मुटुभित्र मेरो देश नअटला तर मेरो दश औँलीले देशै ढाकुँ भन्छ ।

Posted in गीति कविता | Tagged | Leave a comment

गीतिकविता : अमृत-दीप

~कृष्ण वस्ती~ आँखाभरि अजम्बरी रुप खुल्यौ कस्तो ? अमृतले जुनीजुनी दीप जल्यौजस्तो । लालुपाते हातभरि इन्द्रधनु सीप, हिउँचुलीझैं माया मेरो अँजुलीमा टिप। नखोलेरै मनको कुरा खोलिरहें कस्तो?

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : माया नि गासौला

~दिलिप योन्जन~ माया नि गासौला, प्रिती नि साटौला जे ढुख परेनी, हाँसी खुँसी बाढौला मर्नु परे हामी, हाँसी हाँसी मरौला फुलै फुल्को बगैचामा, धेरै रुप ढेखे मुटुमा सजाई दिने, तिमी एउटै भेटे

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : रोई-रोई

~कृष्ण वस्ती~ रोई-रोई बजि-रैछ सारङ्गीको धुन । जन्मभूमि पुकार्दछिन् हाम्लाई एक हुन ।। को होला यो विभाजनको घण्टा बजाउने ? पिप्ले खेत होइन देश बण्डा लगाउने । दु:ख हाम्रो साझा शत्रु ,जात-जाति होइन ।

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : बरै भन्ने कस्ले

~दिलिप योन्जन~ तिमी बिना बाँचु भन्दा,कुरा काट्छ सबले एउटै मुटु दुइटा हुदा, बरै भन्ने कस्ले। कसम यियो सात जन्मको,धोका दिइस भन्छे तिमी बिना मर्छु भन्दा, नाटक गरे रे मैले

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : ननिभ्ने दिप

~दिलिप योन्जन~ ननिभ्ने दिप हो, हाम्रो माया प्रिती हासी२ जिबन बिताउ, मरे हुन्छै मिटी। दुख सुख जिन्दगीको, जिउने मिठो आधार जन्म२ रहन्छ माया, इतिहास भै अमर

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : भाइचाराको नाता

~निर्मला अवस्थी~ जति बर्ष बाँचे पनि सक्रिय भै बाँचौं हामी त्यसैले त यो जीवन सधै ब्यस्त राखौं हामी।। सके सम्म आफ्नो काम आफै गर्ने गरौं बानी निष्क्रिय यो शरीरमा जोस जाँगर भरौं हामी।।

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : यौटा तारा खस्यो

~क्षेत्र प्रताप अधिकारी~ धेरै ताराहरू थिए यौटा तारा खस्यो त्यही यौटा तारासित मेरो सारा खस्यो । आकाशभरि तारैतारा मेरै तारा किन खस्यो त्यै खसेको तारासित मेरो मुटु किन खस्यो

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : सम्झनामा

~कृष्ण वस्ती~ सम्झनामा अल्झिएको मनको चाल कस्तो ? कुइनेटोमा ठोक्किएर घुम्ने छाल जस्तो ।। नलाएको साइनो पनि लगाऊँ-लगाऊँजस्तो । वैगुनीलाई गुनले मारी सताऊँ-सताऊँजस्तो ।।

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : कहिले इज्जत गाँस्ने ?

~रामेश्वर राउत ‘मातृदास’~ हामी सबै एउटै ड्याङका भ्यान्टा आलु मुला गुन्द्रुक सिन्की भएका छौँ केको साना ठूला देशको सान इज्जत जहिले उठ्छ विशाल छाती मातृभूमि नहँसाइ हुन्नौं कहिल्यै माथि

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : आकाशले

~कृष्ण वस्ती~ आकाशले धरतीलाई नछोएकै जाती । रोई-रोई पिरतीलाई नधोएकै जाती ।। नराखे’नि हुन्छ मलाई मनमा सजाएर । गाइदिए पुग्छ मलाई गीत बनाएर ।।

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : झरे अश्रुधारा

~रवि प्राञ्जल~ उद्विग्न छन् हृदय मेरा तिमीभित्र खेल्न । मन-गङ्गाका लहरमा तिमीलाई हेल्न । गहन भो भावनामा पौडी हृदयाञ्चल बर्से सारा अश्रुधारा काँपे दृगञ्चल ।

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : यादैमा तिम्रो

~दिलिप योन्जन~ यादैमा तिम्रो, डुब्दछु जब, मन खान्छ बेसरी सपनी छुट्दा, अधेरी रातमा, मै रुन्छु धर-धरी। जुनेली रातमा, हेर्दछु तारा, देख्दछु तिमीलाई सम्झेरै बाच्ने, केपाए भाग्य, रुवाई तिमीलाई

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : बुझिदेउ मेरो मर्म

~मन्जील दिप सुब्बा ‘गरिब’~ मन भरि आशा बोकि कल्पि बस्छु मुटू भरि माया साचि अझै बाच्छु तिम्रो आगमनको सुनाउलो बिहानी मा! बशन्तको बहार् बनि छाई दिन्छु आशाहरु जलन् भएर किनार् खोज्दै बगे भने प्रीतहरु खरानी भएर बतासिन्दै उडे भने

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता: एकान्त मै रोई दिन्छु

~‘इखालु’ रमेश गेलाल~ तिम्लाई खुसि मिल्छ भने एकान्त मै रोई दिन्छु मेरा सपना इच्छा सबै आँशुले नै धोई दिन्छु । तिम्रो जीवन मेरो खुसि आँशु कत्ति बग्नु हुन्न त्रि्रो मधुर मुस्कानलाई अन्त कतै लग्नु हुन्न

Posted in गीति कविता | Tagged | Leave a comment