Category Archives: गजल

गजल / Gazal

गजल : पानी-झरी परे पछि

~किरण टी लिम्बू ~ घाम हाँस्छ धर्ती हेर्दै पानी-झरी परे पछि, त्यसै गरि नयन हाँस्छ धेरै आँसु झरे पछि ॥ जिउँदो हुँदा वास्ता छैन मानिसलाई मानिसकै, ‘ला बाबै खा केरा ‘भन्छन आफ्नो मरे पछि ॥

Posted in गजल | Tagged | Leave a comment

गजल : मन बाँडिएझै लाग्छ

~कृष्ण वस्ती~ भाँडिएझैं लाग्छ मन बाँडिएझै लाग्छ आजभोलि आफैँसँग टाढिएझैं लाग्छ एकैछिनको शोभा बन्यौ इन्द्रधनुजस्ती त्यै थलोमा सिङ्गो जुनी छाडिएझैं लाग्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : फूल्न सक्नु पर्छ

~इन्दिरा प्रयास~ पहराको गुराँस बनी, फूल्न सक्नु पर्छ दियो बनी औँशी रातमा,खुल्न सक्नु पर्छ जिबनको रहस्य नै हो सुख दु:ख भन्नु खुसीभित्र आँशु लुकाइ,भुल्न सक्नु पर्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : त्यत्तिकै

~टीकाराम उदासी~ हेर्नुस्, मूर्ख पनि पण्डित भइरहेछ त्यत्तिकै बदनाम पनि अभिनन्दित भइरहेछ त्यत्तिकै फैलिइरहेछ चारैतिर उन्मुक्त अँध्यारो उज्यालो प्रतिबन्धित भइरहेछ त्यत्तिकै

Posted in गजल | Tagged | Leave a comment

गजल : उस्ले रातीको संसारमा

~अर्जुन दृष्टि पौडेल~ कमाउछे धन उस्ले रातीको संसारमा अनौठो निलो डाम देखिन्छ अनुहारमा अशिक्षा, अज्ञानता हो की ? वाध्यता आफ्नो शरिर वेचि रहिछे वजारमा

Posted in गजल | Tagged | Leave a comment

गजल : अचानोमा शिर राखिदियो

~कपिल अञ्जान~ उसले अचानोमा शिर राखिदियो अनि तराजुमा शरीर राखिदियो बनाउनेले कस्तो अजिब बनायो मुटु राखिदियो पीर राखिदियो हेरौं क–कसले के–के पाउँछन्

Posted in गजल | Tagged | Leave a comment

गजल : आज एउटा गजल लेखेँ

~रामकुमार परियार~ गुम्सिएका मनका कुरा,खोल्न बल्ल बाटो भेटेँ। पिडाहरु फुकाएर , आज एउटा गजल लेखेँ। हराएको मान्छे म त , भिडमा एक्लिएर, टोलाएर जुन हेरेँ , जुन भित्र तिमी देखेँ।

Posted in गजल | Tagged | Leave a comment

गजल : फर्किएर गयौ

~रामचन्द्र अधिकारी~ देखे पनि नदेखेझैं फर्किएर गयौ मेरै समीपबाट तिमी तर्किएर गयौ मेरै बारे बोल्न सुन्न चासो देखाउनेले कस्ले फुक्यो कान आज झर्किएर गयौ

Posted in गजल | Tagged | Leave a comment

गजल : कुनै भर हुँदैन

~राजेन्द्र अधिकारी~ हुँर्दैन पापी दुनियाँको कुनै भर हुँदैन। यो शहरमा त अब मेरो घर हुँदैन। नाराबाजी छ उस्तै,हड्ताल छ आज पनि, भन्छन बन्दुकको कुनै नाम थर हुँदैन।

Posted in गजल | Tagged | Leave a comment

गजल : कुरा होस् न !

~आवाज शर्मा~ जयगान उस्कै थियो चाहे हातमा छुरा होस् न ! त्यो जुंगाको कदर हुन्थ्यो बोलेपछि पुरा होस् न !! ॰ खडेरीको बालुवामा व्यर्थै पानी राखिएछ । पसिनाले पाउँथ्यो न्याय मानो रोपी मुरा होस् न !!

Posted in गजल | Tagged | Leave a comment

गजल : रुँदैछु म

~नवीन लामा `सुरेश`~ अनायसै आज आँशु छुपाएर रुँदैछु म मनको कुरा मन भित्रै लुकाएर रुँदैछु म!! हरेक प्रहर हर समय तिम्रो याद आइदिँदा नदुखेको मन पनि दुखाएर रुँदैछु म!!

Posted in गजल | Tagged | Leave a comment

गजल : मागिरहेछु

~अनु शाह~ तिम्रो जीवनको हर दिनरात मागिरहेछु। सधैंभरीको लागि तिम्रो साथ मागिरहेछु। अल्मलिन सक्छु यो दुनियाँको भिडँमा। त्यसैले साहारा तिम्रो हात मागिरहेछु।

Posted in गजल | Tagged | Leave a comment

गजल : यो जिन्दगी छ र पो

~रमेश विमान~ यो जिन्दगी छ र पो उतार चढाब छ नजिउँनेंलाई कहाँ ? जिउँन दबाब छ बुझ्दैमा न अर्थ खुल्छ नबुझिन्छ मन यस्तै एउटा बहुगुणी पिउँनें सराब छ

Posted in गजल | Tagged | Leave a comment

गजल : गुलामी परेन

~कृष्ण प्र. पाण्डे~ त्यसो त सहन गुलामी परेन तथापी सौभाग्य आसामी परेन म सुन्छु सधैं नै उधारो लिएको धन्य हो ! अझै नि निलामी परेन

Posted in गजल | Tagged | Leave a comment

गजल : दुबै मिली पिरतीको डोरी बाटौं न

~इन्दिरा प्रयास~ दुबै मिली पिरतीको डोरी बाटौं न एकअर्कामा भावनाको चाह साटौं न दुबै जना मिलेपछि बाटो खुलाएर् शहर मै बस्ने भए डाँडै काटौं न

Posted in गजल | Tagged | Leave a comment

गजल : म

~स्वामी सुभाष चन्द्र~ मान्छेहरुको भिडमा हराएको मान्छे म आफ्नै छाया देखेर पनि डराएको मान्छे म मान्छेहरुनै मान्छेहरुलाई लुछ्दै र चिथोर्दै छन् भाग्ने ठाउँ नपाएर रुदै कराएको मान्छे म

Posted in गजल | Tagged | 1 Comment

गजल : न त पर्चा थियो

~कृष्ण प्र. पाण्डे~ न तस्विर भित्ता भित्ता न त पर्चा थियो तन्नेरिका बिचमा त उनकै चर्चा थियो तारिफका कुरा सुन्दा म`नि वाल्ल परें कुन जुनीको कुन्नी कती? बाँकी कर्जा थियो

Posted in गजल | Tagged | Leave a comment

गजल : रिसाए म हजुर संग

~रमेश विमान~ रिसाए म हजुर संग म बोल्दिन कट्टी चर्की चर्की दुखोस छाती दिल खोल्दिन कट्टी आफ्नो मात्रै मर्जी चल्छ मेरो ब्यथा कस्ले सुन्ने ? उता फर्की सुत्नु होला पाउ मोल्दिन कट्टी

Posted in गजल | Tagged | Leave a comment

गजल : शान्त समुन्द्रको जस्तो स्थिर रैछ जीवन

~आयुष चौधरी ‘सम्मोहन’~ शान्त समुन्द्रको जस्तो स्थिर रैछ जीवन नयन रुदाको आशु पिर रैछ जीवन ।। उज्यालो पन्छाउन नसके पनि दिपले उज्यालो दिने प्रकासको तिर रैछ जीवन ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : फक्रदो कोपिला भाँचेर नजानु I

~इन्दिरा प्रयास~ फक्रदो कोपिला भाँचेर नजानु त्यो डाली रुवाई हाँसेर नजानु हिमपात सहेरै पर्खेथ्यो ऋतुले प्रकृतीक उपाहार मासेर नजानु

Posted in गजल | Tagged | Leave a comment

गजल : तर बेग्लै परेको छु

~मनु लोहोरुङ राई~ घर-चुलो एकै भन्थ्यौ,तर बेग्लै परेको छु l छुट्टा-भिन्न पारे पनि,अझै तेतै सरेको छु l सोचेको’थें मेरो लागि,तिमी जून उज्यालो हौ अध्याँरोमा राती आफ्नै,आँखा बाट झरेको छु l

Posted in गजल | Tagged | Leave a comment

गजल : दुख्ने घाउ जिन्दगीको

~तिब्वत दर्लामी~ मनभरी तनभरी, दुख्ने घाउ जिन्दगीको बेच्न खोज्छु आफैलाई, छैन भाउ जिन्दगीको ।। वारी चर्को भयो व्यथा, पारी तरुँ भन्छ मन चल्यो आँधी नदीविच, डुब्यो नाउ जिन्दगीको ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : दुनियाँले नटेकेको मेरो शहर तिमीलाई

~सीमा आभास~ दुनियाँले नटेकेको मेरो शहर तिमीलाई कसैसँग नसाटेको मेरो रहर तिमीलाई । डाँडा पाखा फूल चौर सङ्गीतको धूनसँगै पूर्णिमामा फूल्ने जून तारा लहर तिमीलाई ।

Posted in गजल | Tagged | Leave a comment

गजल : प्रत्येक दिन उनलाई देखु देखु लाग्न थाल्यो

~गिरिराज बाँस्कोटा~ प्रत्येक दिन उनलाई देखु देखु लाग्न थाल्यो सम्झनामा हरउदा पिर ब्यथा भाग्न थाल्यो त्यहि आखामा लोभिएर भावनामा बग्दै गर्दा सगै बाच्ने सगै मर्ने रहर पो जाग्न थाल्यो

Posted in गजल | Tagged | Leave a comment

गजल : हल्ला व्यापक थियो

~कपिल शर्मा ‘सञ्जोग’~ सहरमा हल्ला व्यापक थियो फेरि आयो गल्ला व्यापक थियो हातका ठेलाले सबै बताउ“थे त्यो बारीमा डल्ला व्यापक थियो यसरी चिल रमाउनुमा पक्का

Posted in गजल | Tagged | Leave a comment

गजल : तँ आउने चाइँ कैले बाबु

~निष्प्रभ सजी~ गयो दशै आयो तिहार तँ आउने चाइँ कैले बाबु तँ नै छैनस् खै कसरी तिहार मनाउँ मैले बाबु पोहोर साल परार साल ओईलिएरै गयो फूल बिर्सेंकै त छैनस् होला यो दिदीलाई तैंले बाबु

Posted in गजल | Tagged | Leave a comment

गजल : बन्दिनन् रे

~अनिल जोशी~ भन्छिन् उनी मेरो राधा बन्दिनन् रे रहर पूरै हुने आधा बन्दिनन् रे मिर्मिरेको जून हुँ रवि आई टिप्ने बादल बनी बीच बाधा बन्दिनन् रे

Posted in गजल | Tagged | Leave a comment

गजल : टाली राख्या छु

~मोहन लम्साल~ फाटेको यो दिललाई टाली राख्या छु तिम्रै लागि आफूलाई पाली राख्या छु दिन ढल्यो, चाँद छैन, औसिको रात सम्झनाको दिपलाई बालि राख्या छु

Posted in गजल | Tagged | Leave a comment

गजल : प्रेमको सुन्दर शहर देउ

~खगेन्द्र रिजाल~ अब कसम भन्दिन भो प्रेमको सुन्दर शहर देउ तिमीसँग दुःख सुख साटी बाँच्ने रहर देउ दरार छन् जहाँ सुकै जिन्दगीका गारेटोमा गन्तव्य नै छैन अब, भन्दिन म कहर देउ

Posted in गजल | Tagged | Leave a comment

गजल : सुक्दै गयो सागर

~आवाज शर्मा~ सुक्दै गयो सागर र पो के हो बगर थाहा भयो । के खोजियो के भेटियो आफ्नो रहर थाहा भयो ।। प्रत्येक दिन मन्दिर पुगी ढुङ्गो पुजेँ भाकल गरेँ । ढोकै अघि माग्ने जुलुश देखेँ असर थाहा भयो ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : आगो

~नेत्र तिमिल्सिना~ जोगाउनु छ आगो जलोस् जे जल्छ सरोकार किन? चल्न देऊ जे चल्दैछ साँचो झूठोको आधार किन? सक्नेकै बाहुबलमा छ,पाप वा पूण्य सबथोक यहाँ कोही लुटियोस् वा मारियोस निर्बल हारगुहार किन?

Posted in गजल | Tagged | Leave a comment

गजल : टुटेपछि थाहा पाएँ

~सुवास श्रेष्ठ~ साँचो माया कस्तो हुन्छ टुटेपछि थाहा पाएँ बल्ल आज उनको साथ छुटेपछि थाहा पाएँ। हाँस्दै खेल्दै रमाउँदै उनकै हात समाउँदै थेँ सपना पो रैछ त्यो त उठेपछि थाहा पाएँ।

Posted in गजल | Tagged | Leave a comment