Category Archives: कविता

Nepali Poems

कविता : पानीको गाँठो

~दिनेश अधिकारी~ कहाँनेर खुकुलिन्छ र, कहाँनेर कसिन्छ भनेर हेर्नेले छुट्याउनै नसक्ने पानीको गाँठोजस्तै एउटा सम्बन्ध छ हाम्रा बीचमा मैले त्यसलाई मात लागेको रातमा पनि भोगेको छु घात प्रतिघातका माझमा पनि भोगेको छु

Posted in कविता | Tagged | Leave a comment

कविता : किन चाडै माया

~आचार्य प्रभा~ किन चाडै माया मार्यौ स्वार्थी बनेर म भने सम्झी बस्छु आफ्नो भनेर निष्ठुरी त होइनौ तिमी के पर्‍यो त्यस्तो लाको माया बिर्सिदिने भयौ तिमी कस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : गुलबिया

~विमल निभा~ म तिम्रा बाख्रालाई खुवाउँछु नरम–नरम घाँस म तिम्रा आँखाबाट हटाउँछु गम्छाले आँसु म तिम्रा लागि मेलाबाट ल्याउँछु रातो रंगको चुनरी म तिम्रा बाटाका काँडाहरु पन्छाउँछु

Posted in कविता | Tagged | Leave a comment

कविता : राजा, केवल एक कलम देऊ !

~लक्ष्मी प्रसाद देवकोटा~ राजा, केवल एक कलम देऊ ! सावनमा ! क¥याङकुरुङको प्वाँखको डन्डी, हिमाली बादल छोएको, मानसरोवर सलिल उछाली, धोएको ! निर्जन–बासा, एकलासी, प्रेमको बिन्दु रोएको, जीवनमा ! राजा, केवल एक कलम देऊ !

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशिनुको पीडा

~आचार्य प्रभा~ सयपत्री मखमली ,गोदावरी अनी चमेलिसँगै मेरो आगन रमायो शायद दुबो अनी अक्षतामा दशै तिहार जग्मगायो शायद, म भने —झ झल्को आँखाभरी सजाएर परदेशी हुनुको पीडाबोध सहिरहेछु साँझको नभलाई चिहाएर

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशी

~दिलिप योन्जन~ सात समुन्द्र पारि पोल्टोभरि भरि माया आँखाभरि भरि छायाँ रिदयभरि तस्बिर साँचेर छोटो समयमा लामो अतीत र बर्तमान बिर्साउन मुटुभरि जिबनसाथीको प्यार बोकेर पल पलको सम्झना साट्न

Posted in कविता | Tagged | Leave a comment

कविता : चाहन्छन् आँखा अखन्ड राष्ट्र हेर्न

~ईश्वरी जि.सी.~ मुठ्ठी कसी लाल अभिवादन प्राण आहुति दिने शहीद, आकासका तारा, जुन, सूर्य झैं अटल बनी देशभक्ति साहसी योद्धा कर्तव्यनिष्ठ बनी लम्की राख

Posted in कविता | Tagged | Leave a comment

कविता : सेवारो है सेवारो

~ कृष्ण प्रसाई~ समय तिम्रो कित्तामा फर्केको ठान्दैमा- वा तिमीले एकलौटी इच्छा गर्यौ भन्दैमा, भाषाको कुराले- धर्मको कुराले- र जातको कुराले – तिमी कदापि विभाजित हुन सक्दैनौ नेम्वाङ दाई ! मैले पनि तिमीसँग- रात-रातभरि च्याब्रुङ नाचेकै हो । हामीले साझा सम्झेका-

Posted in कविता | Tagged | Leave a comment

कविता : दशगजावारि

~आर.एम्. डंगोल~ एकजना जँड्याहाले मेरो हातबाट मेरो कविताको एउटा शिर्षक खोस्यो र, ठूलो स्वरले पढ्यो- दसगजावारि … र, थप्यो एक हरफ- ‘कालापानीपारि’ म झस्किएँ मेरो अधुरो कविताको शिर्षक

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्यौल मन

~प्रतिमा श्रेष्ठ~ चारैतिर अन्धकार छाएको छ कसको आकृति कस्तो छ ठम्याउन गाह्रो भो, त्यसैले मन सशङ्कित छ मन भयभीत छ, कसलाई आफ्नो ठान्ने ?

Posted in कविता | Tagged | Leave a comment

कविता : आयातित र प्रायोजित सपनाहरु

~निश्चल काउचा~ अचेल मान्छेहरू भन्छन मान्छेका सपनाहरू पुरापुर आयातित र प्रायोजित छन् कसैले भन्छन दक्षिणी बायुबाट आयातित र प्रायोजित छ कसैले भन्छन् उत्तरी बायुबाट आयातित र प्रायोजित छ कसैले भन्छन् पश्चिमी बायुबाट आयातित र प्रायोजित छ मान्छेहरू सपनाका पहाड उक्लिदा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : के दसैँ ? के तिहार ?

~निर्मोही व्यास~ खोक्रो नाता हुनु–नहुनुको हुन्छ औचित्य के र ? ‘बोक्रे मायाँ’ पछि कुदिरहे जिन्दगी जान्छ खेर आफन्तीका मधु–मिलनमा खुल्दछन् चाडबाड आफन्ती नै रिपु** बनिगए के दसैँ ? के तिहार ?

Posted in कविता | Tagged | Leave a comment

कविता : देशमा शान्ति

~अरुणबहादुर खत्री “नदी”~ आज मेरो मन किन हो कुन्नि देशको चिन्ताले दुखिरहेछ प्रत्येक दिन बिहान शान्तिका प्रतिक परेवा मेरो घरको कौसीमा उडेर आइरहन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : पत्रकार नभएको भए म

~त्रिभुवनचन्द्र वाग्ले~ पत्रकार नभएको भए सायद म साहित्यकार हुन्थें कि साहित्यकार हुन नसकेको भए म सायद शिक्षक हुने थिएँ कि अथवा शिक्षक हुन नसकेको भए राजनीतिमा जम्ने थिएँ कि म सांसद वा मन्त्री पो बन्ने थिएँ कि, पत्रकार नभएको भए … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : होइन म आमा कसैकी!

~प्रणिका कोयु~ कसले भन्यो म मान्छे हुँ ? तिमीले भन्यौ म छोरी हुँ – अर्काको घर जाने हुन्छ भनें घरधन्दा सिकें गाईवस्तुलाई झैं गोठ सारिदियौ म गएँ लुरूक्क तिलहरीको पासोमा बाँधिएर उसले भन्यो तँ स्वास्नी होस् – मैले तेरो जिम्मा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तरकारी पकाइरहेकी मेरी आमा

~बिमल गुरुङ~ च्वाईं … च्वाईं … आमा तपाई तरकारी पकाइरहनु भएको छ यता मेरो मन दुखिरहेछ तपाईलाई सताउन मन लाग्छ तपाई रिसाएको हेर्न आनन्द लाग्छ तपाई भन्नु हुन्छ म तपाईंसंग कहिल्यै तपाइलाई सन्तोष दिने कुर गर्दिन ज्ञानी कुराहरु गर्दिन तर,

Posted in कविता | Tagged | Leave a comment

कविता : धिक्कार्दी हुन मेरी आमा

~भुपेन्द्र महत~ स्वयम्भूको आँखाले नदेखेर हो कि तुवाँलोले छेकिएर हो कि आफ्नै ईतिहासको पाना मेटिए पछी आफै बुनेको सपना फुटे पछी जथाभाबी चर्किएका आशाहरु एकचोटी आँखले छुन खोज्दी हुन मेरी आमा

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा दुर्बिन भित्र

~योगेश ढकाल~ एक ब्रिध आमा साथमा कालो दुर्बिन न्याय र अन्याय छुट्ट्यौने बिबेक शिल स्योम्भु का दुइ आँखाको सम्भवत अर्को पर्यायवाची कालो दुर्बिन भित्र ब्रिध आमको दुई आँखा ।।।। शायद उनी जन आन्दोलन भाग-२ लाई आत्मसाथ गर्दै होलिन सामाखुशी एक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा,सपना र नानीहरु

~आस्था के.सी.~ सखारै एकाबिहानै एकहुल चराहरु चिरबिर चिरबिर गर्दै आए हाम्रै आँगनको डिलसम्म र ब्युँझाए तिनले मस्त निदाईरहेका स साना नानीहरुलाई । नानीहरु सुतिरहेथे र सुति सुति सपना देख्दैथिए ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा तिमी समुन्द्र हौ

~आचार्य प्रभा~ आमा — तिमी समुन्द्र हौ त्यसैले त —, शान्त लहर भै बगिरहेछौ सुस्त —सुस्त, न त कहिल्यै थकानको महसुश गर्यौ न,त उर्लिदो भेल बनेर तिमीले साराको सपना बगायौ , बरु —आफु निश्चिन्त बनेर किनारालाई साथ दिइ बगिरह्यौ /

Posted in कविता | Tagged | Leave a comment

कविता : आउँछु आमा म आउँछु

~रामचन्द्र कार्की~ आउँछु आमा म आउँछु, आफ्नै खेतबारी अनि बनपाखामा धाउँछु । यहाँ त, बाँच्न नै रुनु परेको छ, आँशुले मुहार धुनु परेको छ । प्रजातन्त्र आयो भन्छन्, गणतन्त्र आयो भन्छन्, राजा प्रजा भए भन्छन्। तर

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी पुजनीय आमा

~अरुणबहादुर खत्री “नदी”~ मलाई जन्माउने मेरी पुजनीय आमा आज त मुसुमुसु हाँसिन् लागेछ होला जीवनले मृत्युको छेकारो काट्यो । जीर्ण शरीर मेरी आमाको तागतिलो भएर आँखाको नानीमा झिल्मिलायो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा छोराको वार्तालाप

~कुमार काफ्ले~ हिजो, तिमी सानो छँदा छमछमी खेलेको देखेर तोतेबोली बोल्दै तातेताते गरेर जब तिमी मेरो काखमा आएर लुटपुटिदैं रमाएर वक्षस्थलमा खेल्थ्यौ म सारा दु:खकष्ट भुलेर तिमीमै हराउँथें। आज, तिमी ठूलो भएर सारा संसार घुमेका छौ जान्ने सुन्ने भएका छौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फर्केर नआऊ

~बाबुराम पन्थी ‘गुल्मेली’~ फेरी फेरी र फेरी पनी फर्केर नआऊ ! नचाहेरै पनी निर्दोष मुखहरू बोलि रहनु पर्ने कानहरूले सुनि रहनु पर्ने आँखाहरू देखी रहनु पर्ने र जिवनहरू भोगी रहनु पर्ने भूकम्प ! भूकम्प !! भूकम्प !!! तिमीले दिने असह्य … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : मेरो ठाऊँलाई बिशेषण

~अनिल नेम्बाङ~ सुन न! लुकिछिपि भाँडाकुटि खेल्दै थिए लोक कथाका सुकिला राजकुमार राजकुमारी हाम्रै घरको घुर्यानमा हिजो रातिको सपनामा

Posted in कविता | Tagged | Leave a comment

कविता : लालकिल्लाका सिल्लीहरू

~शिवराज पन्थी~ दिल्ली दरबारको लालकिल्ला कति महत्वपूर्ण, कति ऐतिहासिक छ अंग्रेजहरूलाई परास्त गरेको, ऐतिहासिक स्तम्भ तर, आज त्यही लालकिल्ला

Posted in कविता | Tagged | Leave a comment

कविता : धर्ती रक्ताम्य बन्न सक्छ

~शिवराज पन्थी~ युगको पिरामिडसंगै पैंठेजोरी खेल्दै, समयले असंख्य छलाङ मार्दा, वर्तमान आइरहेछ उल्टिएर …. भाइरस किलरको जाल बिछाउदैं, माकुरा बल्झाउन नसक्ने युग बम बारुदको लेकबाट बेसी झर्दा पनि, कुहिरोमा गुडुल्किएर कठ्याँग्रिएको युग,

Posted in कविता | Tagged | Leave a comment

कविता : विद्रोहको विगुल फुकेर आउ

~जीवन शाही~ नयाँ दिनको सपना साकार पार्नुछ तुफानी वेग बनेर आउ उर्लदो भेल बनेर आउ सङ्ग्रामी ढोल ठोकेर आउ विद्रोहको विगुल फुकेर आउ निष्पट्ट यो निशा चिर्न काला निला बादल फोर्न

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तिम कविता

~बिनोद गौचन~ म कसको कविता लेखूँ ? नाम्लोले थाप्लो खाएको धादिङको भरियाको कविता लेखूँ कि जमिन्दारबाट सताइएको धनगढीको कमैयाको कविता लेखूँ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीले पठाएको रित्तो चिठी

~डा. दीपक खड्का~ तिमीले पठाएको रित्तो चिठी रित्तो थिएन हो, त्यो नाङ्लोमा थपक थपक हालिएको मस्यौरा जस्तै आकाशको पूर्वनिर्धारित स्थानमा थपक्क बसेका जून र ताराहरु बोकेको रात जस्तो थिएन न त सूर्यलाई कदरखुट्टी बोकेर सकि नसकि हिंडीरहेको दिन जस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : परिचय

~आर.एम्. डंगोल~ एउटा चट्टान अथवा हीराको टुक्रा चट्टान अथवा हीराको टुक्राभन्दा अझै परेको समय मेरो भोगाइ समयरहित एउटा पदार्थ । यसकै अथवा यीजस्तै पदार्थहरूको केस्राकेस्रा भएर

Posted in कविता | Tagged | Leave a comment

कविता : यो हिउँद

~सुरेस खनाल~ चिसो पट्टयारलाग्दो सर्दीमा, गजधुम्म परेर कपास ओडेका, ती एकोहोरो ठाडा रुखहरु; मेरो नियती जस्तै, आफुमाथि क्रमश: थपिँदै गएको बोझ हल्का हुने आशामा, अरु बोझ थप्दै गइरहेका छन्!!

Posted in कविता | Tagged | Leave a comment