Category Archives: नेपाली काव्य

Poetry

गजल : म

~राकेश कार्की~ जति जति पर र्सर्छर्ेेउति नजिक बसंुला म जति जति फुक्न खोज्छ्यौ उति उति कसंुला म घर्ुकाएर ठुस्कीएर रोएरै जित्न खोज्छ्यौ भने त्रि्रो आंशुका थोपा थोपा संग संगै खसंुला म

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रकृति

~राकेश कार्की~ प्रकृतिको नियम हुन्छ जीवन जन्मन्छ अनि मर्छ समयमै जन्माउछ प्रकृति समयमा नै मार्छ

Posted in कविता | Tagged | Leave a comment

खण्ड-काव्य : आगो र पानी

~बालकृष्ण सम~ (अघिको) १ अहो ! – आगाको धानी धार पाइन चढेको ! पखेटा समेटी उछिट्टिई उडेको पानीको लप्को ! ज्वालाले चाटेर जिब्रो टल्काउँदै बिलाइदिएको जलको अन्तिम बल र चीत्कार पानीको बुनौटले घेरिएको जालभित्र माछाजस्तै फटफटाउँदै मरेको अग्निको

Posted in खण्ड-काव्य | Tagged | Leave a comment

खण्ड-काव्य : गौरी

~माधवप्रसाद घिमिरे~ केलेख्नुमैलेपर्‍यो धर्ती यो हरियो थियो, सगरका तारा उज्याला थिए मेरै प्रीति सुहाइ कान्तिपुरका सन्झ्याल अग्ला थिए छाया आज पर्‍यो, छिप्यो छवि कहाँ, के देख्नु मैले पर्‍यो आँसूमा अब चिप्लियो कलम यो, के लेख्नु मैले पर्‍यो !

Posted in शोक-काव्य | Tagged | Leave a comment

हाँस्य-गजल : बूडेसकालमा बैंश आयो, तन्नेरी झैं भईयो

बूडेसकालमा बैंश आयो, तन्नेरी झैं भईयो जेठी बुड़ी हुँदा हुँदै, कान्छी बुड़ी ल्याइयो | बुडेसकालमा कान्छी ल्याइयो, सम्झी आफुलाई ठिटो, कान्छी बुडी भने पछि, उस्को पादै मिठो |

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged | 1 Comment

ब्यङ्ग्य कविता : आजको मुख्य समाचार!

~चट्याङ मास्टर~ जनताको लागि आज बिहान यो नेता ऊ नेताकहाँ जानु भयो जनताको लागि ऊ नेताले यो नेताको स्वागत गर्नु भयो जनताको लागि यो नेताले ऊ नेताको नमस्कार फर्काउनु भयो जनताको लागि देश गम्भीर अवस्थामा पुगेको यो नेताले बताउनुभयो ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

ब्यङ्ग्य कविता : भाग नेपाली भाग

~चट्याङ मास्टर~ नेपालमा परिवर्तन आयो, तन्त्र मन्त्रको किर्तन आयो तेरो जे थ्यो लगे सप्पै, रित्तो अर्को बर्तन आयो!

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : उद्योग नखोल, पार्टी खोल

~चट्याङ मास्टर~ तँ उद्योग खोल्लास्, ऊ पार्टी खोल्छ तँ बैंक ऋण लेलास्, ऊ चन्दा–फिरौती लिन्छ तँ मजदुर भर्ना गर्लास्, ऊ कार्यकर्ता भर्ना गर्छ तँ सामान बनाऊँ भन्लास्, ऊ देशै बनाऊँ भन्छ ए बाबु ! कुरो बुझ है, उद्योग नखोल, पार्टी … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

कविता : घाम, तिमी, म अनि प्रेम दिवस

~गीता पन्थ~ दुई गोलार्धका दुई छेउमा तिमी अनि म अचेल मेरो आगन म घाम हाँस्दा तिम्रो कोठा अँधेरिन्छ अनि तिम्रो कोठामा बिस्तारै जूनले लुकेर हेर्दा मेरो आँगनमा घाम उदाउँछ बाह्र बजे फूलले मन खोलेर हाँस्दा मलाई थाहा छ तिम्रो संसार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्य सन्देश

~कवी शिरोमणी लेखनाथ पौड्याल~ कालो मन्दाकिनीको जल, जलनिधिका मोतिको ज्योति कालो कालो सौदामिनीको चहक सब शरच्चन्द्रको कान्ति कालो। कैलाश श्रेणि कालो झलमल गर्ने शु्र्यको बिम्ब कालो यो सारा सृष्टि कालो मनबिच छ भने दम्भ दुर्भाब कालो।।

Posted in कविता | Tagged | Leave a comment

गजल : सियो रोप्दा सानो होला कोदालाले कपे हुन्छ

~बूँद राना~ सियो रोप्दा सानो होला कोदालाले कपे हुन्छ । धेरै ठाउ छ दिलमा अझै चोट थपे हुन्छ ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : मान्छे, मन र शत्रु

~छविरमण सिलवाल~ मान्छेको शत्रु मान्छे नै हुन्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : सुन्दर फूल मासेर काडाको बोट रोप्नु भो हजुर

~कुन्दनकुमार पन्त~ सुन्दर फूल मासेर काडाको बोट रोप्नु भो हजुर आफन्तलाई त्यागेर पराइलाई रोज्नु भो हजुर ।

Posted in गजल | Tagged | Leave a comment

गजल : तिमीसँग गाँसु कि सम्बन्ध माछापानीको

~हरिशरण थापा~ दुःख अलिकति साट्ने निहुमा जिन्दगानीको तिमीसँग गाँसु कि सम्बन्ध माछापानीको

Posted in गजल | Tagged | Leave a comment

कविता : म र मबाट हामी बनौं

~सुनिल कँडेल~ मेरो आस्थाको आकाशलाई अँध्यारोले छोप्न लागिरहेछ मेरो सुर्य डुबिरहेछ उ केही पर उज्यालो चम्किरहेछ तर म यहाँ अन्धकार पर्खिरहेछु उज्यालो र मबीच धेरै अन्तर छ एउटा खाडल छ एउटा सागर छ एउटा ग्रीष्म छ एउटा युग छ

Posted in कविता | Tagged | Leave a comment

भोज बरालका ८२ मुक्तकहरु

~भोज बराल~ ******************************************************* कोहि देश त कोहि सबै सत्ता टुक्र्याउन पर्छ भन्छन्, कोहि संघ त कोहि सबै संस्था टुक्र्याउन पर्छ भन्छन्, कुर्ची को मोह, खै किन यति लाग्छ मान्छे लाइ अचेल, आफूले नपाए पुरै ब्यबस्था टुक्र्याउन पर्छ भन्छन्!

Posted in मुक्तक | Tagged | Leave a comment

व्यङ्ग्य कविता : पत्याउँदा पत्याउँदै

~लक्ष्मण गाम्नागे~ यिनीहरूले हामीलाई हाम्रो दुर्गतीको कारण पञ्चायती व्यवस्था हो भने। हामीले पत्यायौं र पञ्चायतलाई ढाल्यौं। हेर्दाहेर्दै यिनीहरूले झ्यालबाट पञ्चहरू हुले र हामीलाई पार्टीको ढोकाबाट बाहिर निकाले।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : प्रश्न समयसँग

~टहल दाहाल~ पहाडका रंगहरू लतपतिएर निर्लज्ज कालाहारिका तातो बालुवासँग विम्बात्मक मिराज टेकेको क्यानभासका चित्रमा कैद यो बेला एउटा प्रश्न समयसँग समय, मसँग नाइट्रस अक्साइडका अवयव छैनन् अब

Posted in कविता | Tagged | Leave a comment

कविता : उधारखण्डे

~प्रेम वली~ टुपी कसी कसी घँुडा धसी धसी सानो तिनो सरकारी जागीर खाइयो सन्तानको भविष्य हेर्दै बस्न राजधानीमै आइयो

Posted in कविता | Tagged | Leave a comment

कविता : धने : एउटा कविता

~आभास~ धने बञ्जर भूमी खन्छ जोत्छ र उमार्छ बीउहरु बीउसँगै उम्रन्छ धने फक्रन नपाउँदै उसको खेतमा उसको जिन्दगी उम्रने खेतमा साँढे पस्छ र चपाउँछ उसको पूरा जिन्दगी फेरि बेला नहुँदै ओइलाउँछ

Posted in कविता | Tagged | Leave a comment

कविता : कुहु-कुहु

~लक्ष्मीप्रसाद देवकोटा~ को हँ ? को हँ वनमा कुन को हो गर्छ क्या कुहुकुहू सुन ओहो ! हैन हैन म त हैन म हैन को हँ को हँ तर को चिनिँदैन । फूलमा छ कि ? कि छाँग हरामा ?

Posted in कविता | Tagged | Leave a comment

कविता : तिनको घँसिया गीत

~लक्ष्मीप्रसाद देवकोटा~ १. मखमल कोमल घाँस फुलेका गिरिको रसिलो सुन्दर काख पातहरूको हरियो छतमा चिरबिर छिरबिर चिडिया लाख । निर्मल गाढा नीर गगनका

Posted in कविता | Tagged | Leave a comment

कविता : गौंथलीको चिरबिर (१)

~कवी शिरोमणी लेखनाथ पौड्याल~ म बस्ने कोठाकै दलिन-बिचमा गौंथली बस्यो पिटाएको तन्नाउपर फिर मैला पनि खस्यो । मलाई त्यो देखी हृदयबिच लाग्यो किरकिरी चरी बोल्यो मेरो मन सब बुझी त्यो चिरिबिरी ।।१।।

Posted in कविता | Tagged | Leave a comment

कविता : मैनबत्तीको शिखा

~भूपि शेरचन~ शुभ्र, शान्त र स्निग्ध शिखा मैनबत्तीको । मानौं, प्रथम रजस्वलापछि स्नान गरेर

Posted in कविता | Tagged | Leave a comment

कविता : भाउजु

~भावना पोखरेल~ पिडादायी अतितको अगेनुमा बसेर रकेटले जस्तै धुवा फाल्छ प्रेसर कुकरले भान्सामा तर कहिले उड्न सक्दैन आकासमा नदि किनारका भक्तिनिहरुले जस्तै

Posted in कविता | Tagged | Leave a comment

गजल : अमृत नै रोप्दा पनि अमृत फल फलेन हजुर

~भावना पोखरेल~ अमृत नै रोप्दा पनि अमृत फल फलेन हजुर ढाल्यौं बाहिरी तानाशाहा आफू भित्रकै ढलेन हजुर ।

Posted in गजल | Tagged | Leave a comment

कविता : आमाको वेदना

~गोपालप्रसाद रिमाल~ रात अज्ञानझैँ अँध्यारो थियो; स्वर्थजस्तै चिसो बतासको हुरी थियो; अहङ्कारझैँ मेघ गर्जिरहेको थियो; कुच्रिँदा कुच्रिँदै मेरो छातीमा अकस्मात् बिजुलीझैँ झिलिक्क भो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : धरहरा

~भिम बिराग~ धेरै ठाउँमा खाल्टो खनेर उठेका अट्टलिकाहरू अट्टहासमा जसको कुनै पत्रमा

Posted in कविता | Tagged | Leave a comment

कविता : परिक्रमा

~भिम बिराग~ पूर्व उदाउँछ पश्चिम अस्ताउँछ झोक्रेको साँझपछि रात निदाउँछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी

~भिम बिराग~ जति हुल भएपनि एक्लिन सक्छ मानिस होइन भने जिन्दगीको हाहाकार बोकेर

Posted in कविता | Tagged | Leave a comment

गजल : आश अझै बाँकी छ

~भिम बिराग~ मेरो सासमा तिम्रो मिलनको आश अझै बाँकी छ मेरो मुटुमा मधुमासको विश्वास अझै बाँकी छ

Posted in कविता | Tagged | Leave a comment

अब त होस् पुर्याऊ ए बुढी बा

~शैलेन्द्र सिम्खडा~ गाउँबाट हिँडदा बाले भन्नु भा’थ्यो बाबु खर्च थोरै छ यत्तिले पुर्याउनु, जे सस्तो पाइन्छ त्यै किनेर ल्याउनु,

Posted in कविता | Tagged | Leave a comment