Category Archives: गजल

गजल / Gazal

गजल : झलक् देखिन्छ त्यो मुख्मा

~गोपीनाथ लोहनी~ अहो ! कस्तो सिताराको झलक् देखिन्छ त्यो मुख्मा, सदा-काल हेर्न क्या तागत् रवाफ् यस्तै छ त्यो मुख्मा ।। सुनी वाणी मधुर् तिन्को यही पर्ने छ भान् मन्मा मृतक्लाई जियाऊने सुधा खानी छ त्यो मुख्मा ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : छ मेरी धरा

~हुसैन खाँ~ दुखमा नै जिएकी छ मेरी धरा आँसु झारी पिएकी छ मेरी धरा बम् र गोला चलेका चल्यै छन् यहाँ शङ्ख साथै लिएकी छ मेरी धरा

Posted in गजल | Tagged | Leave a comment

गजल : राम खोज्दै छु म

~निर्मला अवस्थी~ आजभोली साँझ-बिहान राम खोज्दै छु म जीवनको रथ हाँक्ने श्याम खोज्दै छु म।। पाप धर्म के के गरें कता बढी भयो बहीखाता भित्र आफ्नो नाम खोज्दै छु म।।

Posted in गजल | Tagged | Leave a comment

गजल : तिमीलाई नै पाउन पाए

~के.आर.बिबश राङ्खानी~ यो जिबनको सहयात्री तिमीलाई नै पाउन पाए कस्तो हुन्थ्यो आजै देखी माया प्रिती लाउन पाए यो मन खाने सहयात्री अझैसम्म पाको छैन राम्रो हुन्थियो होला हगी ? सगै-सगै धाउन पाए

Posted in गजल | Tagged | Leave a comment

गजल : बुद्धको हार छ आज

~रमेश भट्टराई ‘सहृदयी’~ रक्तनृत्य विरोधी शान्ति दूत बुद्धको हार छ आज हिटलरको रक्त होलीलाई कत्रो सत्कार छ आज पिपले खेतलाई मिलेर सधैं कुलो खन्थे छिमेकीहरू दलित बाहुन्, बाहुन् दलित विरोधी दुई धार छ आज

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : मरेर गै सकेपछि

~जीवराज बुढाथोकी~ गरौं र के म सम्झना, मरेर गै सकेपछि । टिपौं र फूल आज ती? झरेर गै सकेपछि । कथा सरी छ सम्झना, किनारमै सुसाउने, सुनाउँ के तिमी नदी, तरेर गै सकेपछि ।

Posted in गजल | Tagged | Leave a comment

गजल : सुरुवाल लाको भए आह!!

~निर्मला अवस्थी~ धोती चोलो दौरा सुरुवाल लाको भए आह!! देशकै पहिरन लगाएर गाको भए आहा!।। कति खुशी हुन्थ्यौ मन सबलाई उस्तै देख्दा यो देशको गौरब बढन पाको भए आहा!।।

Posted in गजल | Tagged | Leave a comment

गजल : अधर मुस्कुरायो

~रिता खड्का ‘त्रिलता’~ प्यारो मान्छे नजिक आयौ अधर मुस्कुरायो नयनमा नयन जुध्दा आहै! नजर मुस्कुरायो एक्लै हुँदा सन्नाटा छाएथ्यो हिजो सम्म यहाँ तिम्रो आगमनमा आज मेरो शहर मुस्कुरायो

Posted in गजल | Tagged | Leave a comment

गजल : तिम्रो याद धेरै आउँछ

~बिरही लक्ष्मी~ बर्खा लाग्यो आमा तिम्रो याद धेरै आउँछ सुसाई बग्ने खोलाले नि तिम्रै गित गाउँछ !! उर्लि बग्दै होलान ती खहरे खोलाहरु ख्याल गरि बस्नु आमा खराब त्यो ठाँउ छ !!

Posted in गजल | Tagged | Leave a comment

गजल : स्वार्थ साधेको देखियो!

~अशोक ‘खलानको मान्छे’~ स्वार्थको चरु होमेकाहरुले स्वार्थ साधेको देखियो! संसार फेर्छु भनेर हिंड्ने आफै फेरियको देखियो!१! पशिनाका कुरा गर्थे,जिबन का कुरा गर्थे ! जिबन का कुरा गरी जगत लाई लुटेको देखियो!२!

Posted in गजल | Tagged | Leave a comment

गजल : गजल लेख्दै छु

~कुमार आङदेम्बे अबि~ कलम धरापमा,राखेर गजल लेख्दै छु । जीवन करारमा,राखेर गजल लेख्दै छु । सफर जिन्दगीको,थकान अर्कै कहानी, समय सराबमा,राखेर गजल लेख्दै छु ।

Posted in गजल | Tagged | Leave a comment

गजल : फेरि सम्झे तिमीलाई

~पशुपति कर्माचार्य~ गुलाबको सुवासले गर्दा फेरि सम्झे तिमीलाई त्यही फूलको काँडाले घोच्दा पनि सम्झे तिमीलाई तिम्रो आँशु मेरो मुटुको गहिराईबाट बग्छ बहेको तिम्रो आँशुले गर्दा फेरि सम्झे तिमीलाई

Posted in गजल | Tagged | Leave a comment

गजल : थाके जस्तो लाग्यो

~रवि प्राञ्जल~ हिंड्दाहिंड्दै जिन्दगी नै थाके जस्तो लाग्यो । बाटोभरि तुवाँलोले ढाके जस्तो लाग्यो । जिन्दगीको यात्रा मेरो अझै बाँकी थियो, बीचै बाट कोही आई डाके जस्तो लाग्यो ।

Posted in गजल | Tagged | Leave a comment

गजल : बाटोले अब मान्छे हिँड्छ

~राजेन्द्र थापा~ मान्छेले बाटो हिँड्न छाडे बाटोले अब मान्छे हिँड्छ हेपिएको सडकले नै अब मान्छेको शिर टेक्छ एत्ति तल तल ठूला ठूला नि गिरेको देखेपछि पछि लाग्ने शान्त लश्कर आफैँ नै पड्केर फुट्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : मेची दुख्छ काली दुख्छ

~केडी रेम्नीसीङ~ देश वेच्ने जन्मेपछि मेची दुख्छ काली दुख्छ, नेताको त्यो भाषणमा हात दुख्छ ताली दुख्छ । सुन्दर यो फूलबारी सबै जात सबै भाषा धर्मको, फूलपात चुँडेपछि फूलको रित्तो डाली दुख्छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : आज छोड्यौ किन

~दिलिप योन्जन~ आउँदा जाँदा मुस्कुराउथी, हिजो आज छोड्यौ किन चोखो माया तोडनुरैछ, झुटो माया जोड्यौ किन । फुलै फुलको बगैचामा, दुख्ने काँडा रोप्यौ किन हासी खुसी बाचेकैथे, ब्यथा पिडा छोड्यौ किन।

Posted in गजल | Tagged | Leave a comment

गजल : मेरो शहर

~रवि प्राञ्जल~ निसासेर भित्र भित्रै बन्द मेरो शहर । एकलास सन्नाटामा मन्द मेरो शहर । भेटिँदैन मन्दिरमा धूपको सुगन्ध, बनेको छ बारुदको गन्द मेरो शहर ।

Posted in गजल | Tagged | Leave a comment

गजल : ज्यामीको सुख्खा रोटी पढ्नू

~राजेन्द्र थापा~ देश चिन्न मन भए, ज्यामीको सुख्खा रोटी पढ्नू आफू चिन्न आफ्नै मुटु, कमसेकम एकचोटि पढ्नू काठमाडौंले देश पढ्यो, देशले काठमाडौं पढ्यो साँच्चिकै देश पढ्न, कर्णाली र डोटी पढ्नू

Posted in गजल | Tagged | Leave a comment

गजल : गुराँस छ

~रवि प्राञ्जल~ आँखाभरि गुराँस छ छातीभरि पलाँस छ । कस्को हो पदचाप यो ? फूललाई त्रास छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : बयान भएन अरे

~रिता खड्का ‘त्रिलता’~ मैले लेख्ने शब्द शब्दमा उनको बयान भएन अरे बिहान बेलुका भर पर्ने, नुनको बयान भएन अरे यस्तै यस्तै गुनासो आउन, थाल्यो है हिजो आज सधैँ जुन सँगै बसेर नि, जुनको बयान भएन अरे

Posted in गजल | Tagged | Leave a comment

गजल : निस्ठुरी तिमी

~मन्जील दिप सुब्बा ‘गरिब’~ आधा बाटोमै छोडीजाने निस्ठुरी तिमी मुटुभरी चोट दिने पापीनी तिमी आफ्नो हृदयभित्रै मारेर मलाई प्रेमको हत्या गर्ने अपराधी तिमी

Posted in गजल | Tagged | Leave a comment

गजल : झरे जस्तै लाग्यो

~डि. पि. खकुरेल~ अचम्म भो यहाँ जुन झरे जस्तै लाग्यो अन्त हैन मेरै काख्-मा परे जस्तै लाग्यो हिजो अस्ति बोलाउँदा झर्किएर हिड्थी च्याखुरिले आज माया गरे जस्तै लाग्यो

Posted in गजल | Tagged | Leave a comment

गजल : टाउको दुख्न थालेको छ ?

~सोम खनाल~ किन अचेल धेरै टाउको दुख्न थालेको छ ? बिना सित्ति ओठ-तालु सुक्न थालेको छ । कर्म के हो, लक्ष केहो, बिर्षिएको जस्तो अकर्मण्य हुंदा शीर झुक्न थालेको छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : लाग्छ किन ?

~जीवराज बुढाथोकी~ तनमा आगो, लाग्छ किन ? पानीको प्यास, जाग्छ किन ?? पाइन्न कतै, खोजी उत्तर्, तैपनि आत्मा, माग्छ किन ??

Posted in गजल | Tagged | Leave a comment

गजल : धन नै माथि भो प्रिया

~के.आर.बिबश राङ्खानी~ तिम्रो लागि त प्रेम र धनमा धन नै माथि भो प्रिया बिछोडको चोट अतितको याद यही त मेरो साथी भो प्रिया मायामा के भिन्नता हुन्छ ? धनी र गरीबको भनी मन मेरो मारेर गयौ यो त आत्माघाती भो … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : राम्रै थियो क्या रे !

~दुर्गाप्रसाद ग्वालटारे~ बिषै रैछ म के गरूँ, शिसी राम्रै थियो क्या रे ! काम भएन म के गरूँ, नीति राम्रै थियो क्या रे ! धान कुट्दा कनिका र च्युरा कुट्दा धुलो हुन्छ यस्तै हुन्छ म के गरूँ, ढिकी राम्रै थियो … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : खहरेको भेल जस्तो

~आचार्य प्रभा~ तिम्रो बाचा यस्तो रैछ खहरेको भेल जस्तो लाग्न थाल्यो यस्तो पनि तासको खेल जस्तो । तिम्रो बन्धन,तिम्रो माया शंकाको घर बन्यो बाहुपासमा के आएथेँ यस्तो मानेँ ,जेल जस्तो ।

Posted in गजल | Tagged | Leave a comment

गजल : आउन नपाईने भो

~हरी गौतम~ पोहोर साल झै यो साल ऑंमा, गाउमा आउन नपाईने भो..!! बाल्य कालका संग साथी साथ, रमाउन नपाईने भो..!! नरूनु है ऑंमा-वुवा…,मन बुझाउनु दीदी- वहीनी…..! टीका, माॅला, जमरा केही…., लगाउन नपाईने भो….!!

Posted in गजल | Tagged | Leave a comment

गजल : साथीहरु

~छविलाल कोपिला~ आफै लाउनु, अकल साथीहरु । अनि भन्नु यो, गजल साथीहरु । शील बन्दी खाम, जब लाग्छ खात, त्यही ठान्नु है, फसल साथीहरु ।

Posted in गजल | Tagged | Leave a comment

गजल : आँसु अड्केको हो जिन्दगी

~राजेन्द्र थापा~ आँसु पुछेपछि रुमालमा, आँसु अड्केको हो जिन्दगी, चैते खरबारीमा ठूटोले, आगो भड्केको हो जिन्दगी । के गर्ने, कसरी गर्ने, नजान्दा’नि गरिए जस्तो, पैलो मायाको कलेजो झैँ, बेताल धड्केको हो जिन्दगी ।

Posted in गजल | Tagged | Leave a comment

गजल : गगनको

~केदार श्रेष्ठ “गगन”~ तिमी पूणिर्माकै जून हौ गगनको गलामा सुहाउने सुन हौ गगनको । तिमी बिना अलिनो लाग्छ यो जीवन जीवन मीठो पार्ने नुन हौ गगनको ।

Posted in गजल | Tagged | Leave a comment

गजल : रहेको क्यै न क्यै होला

~लक्ष्मीदत्त पन्त~ अघीदेखी गडेको प्रेम रहेको क्यै न क्यै होला न बोले भित्र मन्मा तुस् पसेको क्यै न क्यै होला ।। जुलुमी तेस नयन् तीर्को सही पीर् खान्छ चोट जस्ले । मजा प्रेम्‌को पनि तेस्ले लिएको क्यै न क्यै होला … Continue reading

Posted in गजल | Tagged | Leave a comment