Category Archives: कविता

Nepali Poems

कविता : परिचय

~सिद्धिचरण श्रेष्ठ~ नेपाली हूँ कठिन गिरिमा चढ्नलाई सिपालु बैरी नै होस् तर छु बहुतै दीनमाथी दयालु तातो रातो रगत रिपुको प्यूँन हर्दम् तयार, मेरो मेरो प्रिय खुकुरी यो हेर भै होसियार। शिक्षा मेरो जगतभरको गर्नु रक्षा सदैव दीक्ष यै हो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पाउनु

~भवानी भिक्षु~ मानवलाई उपलब्ध गर, कवि, मान्छेहरुका वनमा, बुद्धि र अंग प्रत्यंग, अहन्ता, दम्भ, स्वर्णका कणमा । रुक्ष प्राप्तिको मानिस नै हो हाम्रो बुद्धि-प्रतीक तर्क मात्रनै खाइरहेछ-ठीक यो कि बेठीक !’ हाम्रो सृजना आज–लडाई, दाउँ, पेच, प्रतिघात, उत्तेजना मात्र नै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कविको हेर न मार्ग निराला

~गोपाल पाँडे~ सुन्दर कोमल बनस बिछ्याऊ, स्वागत-सूचक पुष्प सुँघाऊ, बस्तछ हा तर फङङ थलामा, सुँघ्दछ त्यसकै वास मजामा, हाँसोको त्यो लाउँछ माला, कविको हेरन मार्ग निराला । (१) राख गवैया र चरा खास, खूब गवाऊ कविका पास, झिकि झिकि राग … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : विप्ल्याटो मनस्थितिका ए नेताजीहरु

~चन्द्र मादेन ‘आन्छन्’~ जनताको पसिना र रगत चुस्न सम्म चुस्यौ भोका नाङ्गा निरिह आसक्तहरुलाई डस्नसम्म डस्यौ बुद्धलाई भारतको मझेरिमा राखिरहेको छ उसैले देशको सिमानाको कद काटिरहेकोछ हत्या, हिँसा, महंगी, भष्ट्राचारले सिङ्गो देश कहालीलाग्दो भैरहेछ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : दिनचर्या आफ्नै स्मृतिकथाको

~प्रवीण राई जुमेली~ केही दिन झर्दिनँ उँधोतिर पनि पैयुँका फूलहरु टेक्दै धुम्तिको चप्लेटी ढुँगासम्म टेकाएर बीजगणितका केही प्रस्न घिच्रोमाथि हिंड्दछु मनले पछिल्तिरहरु गफका केही झिटीझाम्टी लिएर सिमलको बोट र त्यसको सियाँल ताप्न जाँदिनँ बितेका केही उत्सव भएर चुहिन जाँदिनँ समृतिहरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रक्की माउन्टेन

~मणि वाङदेल~ कुन अक्षरहरु टिपेर शब्द फुलाउ उन्नलाई माला कविताको जहा फक्रिन सकोस सौन्दरियता यो रक्की माउन्टेनको कति मनहरु चिरिएर रसाउने लव ल्यान्डको मायालु याक्साहरुमा असिम माया छछल्किएर पोखिने गोधुंली साँझको

Posted in कविता | Tagged | Leave a comment

कविता : घरकाे कथा

~रुमानी राई~ अाखिर….. घर जस्ताे नभएपछि घर घर जस्ताे नहुँदोरहेछ घर र,घर जस्ताे घर हुनलाई घर जस्ताे घर हुनै पर्दाेरहेछ । अाकार मात्र हाेइन रहेछ अस्तित्व घरकाे ेरुपरङ्ग मात्र पनि हाेइनरहेछ घरकाे पहिचान

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य छोक : इमान्दारी

~कृष्ण वस्ती~ दिन्छु भनेका जून-तारा नीलो आकाशमै छन् , खान्छु भनेका वाचा-खसम चिसो बतासमै छन्,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : उनीहरू जो अन्तै अस्ताए

~मुकुल दाहाल~ हिँड्ने बेलामा उनीहरूले ढोकामा सपनाका घडा राखेर साइतको रातो टीका मुछेर निधारमा गुराँस फुलाएका थिए घामले पिठ्यूँमा धाप पनि मारेको थियो । उनीहरू कालो पखेटामा बसेर उडेका पनि होइनन् जाने बेलामा देशको आकासमा उडिरहेका बादलहरू झस्किएका पनि होइनन् … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो हजुरबुबा

~कमला प्रसाइ~ आज भोलि मलाई मेरा हजुर बुबाको निक्कै याद आउन थालेको छ, छड्के ढाका टोपी र दौरा सुरुवालमा उभिएर शनिश्चरे बजारको अर्जुनधारामा मलाई आशीर्वाद दिएको आजै जस्तो लाग्छ । दशैमा टीका लगाएर मेरो शिरमा जमरा राख्दै आशीर्वाद दिएको आजै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले दियो जलाइन – १

~बिमल गुरुङ~ किन जलाउनु? किन मैले जलाउनु? के घाम उदाइसक्यो? के हामीले अन्तिम जीत प्राप्त गरिसक्यौं? मैले दियो जलाइन । म बार्षिक परिक्षा ६ महिनामा दिंदिन मैले दियो जलाइन

Posted in कविता | Tagged | Leave a comment

कविता : आई हेइट यु ज्यान

~रामगोपाल आशुतोष~ आई मिन इट इमानदारीका साथ भन्छु — आई हेइट यु । तिमी मलाई अचम्मकै लाग्छौ अ मिस्टेरिअस मिस्ट्री । युगौं भयो — तिमीसित साइनो गाँसेको — तिमीलाई चिन्न थालेको — तिमीलाई बुझ्न चाहेको लाग्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वास्नीमान्छे…..निष्कर्ष

~दिलिप प्रधान~ स्वास्नीमान्छे…. एउटा गहिरो सागर हो जहां गहिराइमा गएर मात्र बुझ्न सकिन्छ एउटा फराकिलो माया हो जहां एउटा प्रेम अनायासै भुल्न सकिन्छ । एउटी प्यारी श्रीमती हो जो आफैंमा अपार सम्पत्ति हो अनि एउटा कुशल आमा हो

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा !

~महानन्द ढकाल~ जन्मैदेखि दूधका धारा मलाई पिलायौ निर्धक्क भई दगुर्न सक्ने जीवन दिलायौ हर्ुकायौ मलाई सुसार गरी छोरो हो भनेर सपना देख्यौ प्रगति राम्रो गर्ला कि भनेर । फकाइवरी स्कूल जान मलाई सिकायौ छोराका निम्ति जीवन आफ्नो दुःखमै बितायौ फोहोरबाट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्ति

~डि.एल. भन्डारी~ सत्य र असत्यबीचको लडाईको आगोबाट गुज्रिएको पीडा हो क्रान्ति मृत्युसँग खेल्दाखेल्दै, संसार जित्ने न्यायको बाटो हो क्रान्ति क्रान्ति वर्गीय मुक्ति र विद्रोह हो

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बोधन : नेपाल आमालाई

~गिरीप्रसाद बुढा~ विश्वास नगर आमा विखन्डनवादीहरु र जातिवादीहरुको किनकि संघीयतावादी बनेका छन् यिनीहरु विखन्डनवादीहरु राष्ट्रिय एकताको धोती फुस्काउँदै तिम्रो शरीरको फरिया च्यात्न खोज्दैछन् जातिवादीहरु पुरानो संस्कृतिको नशामा लीदै

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना देखेँथे

~मिनराज क्षेत्री~ मैले तिम्रो लास बोकिरहेको सपना देखेँथे मै हौसिरहेँथे तर मेरो सास रोकिरहेको सपना देखेँथे काटिँदै थिए मान्छेहरू त्यो व्यस्त शहरको वधशालामा

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बोधन बहिनीलाई

~योगेन्द्र काउछा~ बहिनी अत्यासलाग्दा समुद्रका कहालिलाग्दा छालहरु थर्कमान पार्ने चड्केनीका दौडिरहने कालहरु बतास अनि हुन्डरीका झटारो हान्ने हातहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : जस्तो रोप्यो त्यस्तै फल्यो

~राम बसु~ हिजो सत्ता प्रशासनमा बस्नेहरूले भारतीयहरूका निरीह चेहरा देखे नागरिकतामा पैसा देखे देखेनन् सन्तति र मधेश प्रदेश त्यसैले अहिले हाहाकार भो तिमीले पढेको घृणित पात्र कंश

Posted in कविता | Tagged | Leave a comment

कविता : पुँजीवाद

~मनु वि.क.~ यो पुंजीवाद हो आफ्नो पखेटा फिजाई रहेछ अनेक नामका बाटाबाट भूमन्डलीकरण र उदारीकरणको डम्फु बजाउँदै साम्राज्यवादी नंग्रा बढाइरहेछ अनेक जीव निर्जिव चुसिरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : कुहिरोभित्रको बस्ती

~अशोक विष्ट~ रक्तिम क्रान्तिको ज्वालालाई बुद्धको अस्तुले स्वागत गर्दै गिद्धहरुको बस्तीमा म शान्ति खोजिरहेथे पानीभित्र माटो खोजिरहेथें खन्डहरहरुमा नयाँ वस्ती खोजिरहेथें

Posted in कविता | Tagged | Leave a comment

कविता : माटो चोर

~गोविन्दप्रसाद आचार्य~ लाग्दो होला मानिसलाई माटो किन चोर्ने माटो हैन अन्न जस्तै भकारीमा भर्ने नत खाउँला सातु जस्तै फाँको मारी मारी न त लाउँला नाकमा फुली न त मुन्द्रि ढुंग्री

Posted in कविता | Tagged | Leave a comment

कविता : म बालकृष्ण ढुंगेल

~सुरेश गौतम~ आफ्नै सेनापति द्वारा कैद हुनुपर्ने मेरो सुप्रीम कमाण्डरको अति प्रिय लालसैनिक म बालकृष्ण ढुङ्गेल। जसको आदेशमा मैले घनघोर युद्ध लडें कयौं मोर्चा जितें कयौं मोर्चा हारें जेल र नेल बेहोरें, प्रतिक्रियावादी सत्ताले वलात्कारी र दुराचारी करार गरेका

Posted in कविता | Tagged | Leave a comment

कविता : लाचार

~शान्ता लिम्बु~ मैले टेक्ने जमिन खस्कँदैछ मैले स्वास फेर्ने हावा बाक्लो हुँदैछ मेरो आँखा अघि एउटा जीवन बिस्तारै बिस्तारै समाप्त हुँदैछ उदाङ्गो आँखा वरिपरि चलचित्रका दृश्य झैँ

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल आमालाई बचाऔं

~रेवतीप्रसाद शर्मा~ नेपाल आमाको त्यो मुहारमा, आज मुस्कान छैन आमाको आँखाबाट बलिन्द्र धारा आँशु बगिरहेको छ किनकि नेपाली दाजुभाई दिदीबहिनीहरूलाई आज विदेशीको इसारामा फुटाउने कोसिस हुँदैछ

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~आविष्कार कला~ हे आमा हे आमा तिमी नेपाल आमा किन आमा तिम्रो क्षेत्रफल घट्दै छ तिमी त सगरमाथा जस्तो चुलिन पर्ने होइन र ?

Posted in कविता | Tagged | Leave a comment

कविता : शर्त

~साधना लामिछाने~ ओ….। प्रिय मान्छे मेरो दिलसम्म आउने बाटोमा जिम्मेवारीको पहाड ठडिएको छ दुःखको सगरमाथा छाती फुलाएर बसेको छ दरिद्रता लम्पसार परेको छ आवश्यकताहरु अनसन बसेका छन् सपनाहरु आँशुको खहरे बगाउँदै छन् प्रेमिल गन्तव्य भेट्टाउने मोहमा के सक्छौ तिमी उठाउन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : समय र सिगरेग

~अनुष्कर पुष्कर गुरुङ~ बुंग बुंग तानेको सिगरेटको धुवा सरह मानव जिन्दगी रहेछ सिगरेटको समय क्षनरमा उड़ेर जाने र समय पनि बिस्तार बिस्तार बितेर जान्छ सिगरेट र समय के हो त सिगरेटको समय मानव जिवन हो जसरी सिगरेटको धुवा बल्दै जान्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो धर्म

~लक्ष्मी प्रसाद देवकोटा~ क. सङ्घर्षद्धारा मिलेर मन्थन यी स्नायुजाली शिथिल हुनाले क्या फीँज निकाले ! किरण छरी दी तब कल्पनाले ! लडका–दिलमा रहने कविले धरम निकाले, कथा सँगाले ! ख. पुजारी डर भो, औ भक्त भो, अज्ञातलाई अज्ञेय पारी रचेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कामरेड सित मेरो केमिस्ट्री मिल्दैन

~प्रा. डा. बद्रीविशाल पोखरेल~ माक्र्स बाजे राता मान्छे हुनु असल मान्छे बन्नु हो भन्थे तिमी त कमसल लायक पनि ठहरिएनौ मदनले जनताको मन जित्ने कुरा गर्थे तिमी त आस्थाको आधार र धारमाथि आक्षेप बर्साउँछौ त्यसैले कमरेड सित मेरो केमिस्ट्री मिल्दैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म निर्दाेष छु

~‘अभिलाषी’ शारदा राई~ म निर्दाेष छु ईनिस्पेक्टर साहेब मैले केही बिराएकी छुईन मैले कसैलाई मारेकी छुईन अनि मैले कसैकाे हत्या गरेकी छुईन मैले त मेराे शरीर माथीकाे त्याे गिद्धे नजरलाई हटाएकी हुँ अनि नारी माथीकाे अपबित्र चरम त्याे फाेहाेरि ब्यबहारकाे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गोल्ड मेडल

~विनोदविक्रम केसी~ सत्य ! ओलम्पिकमा त्यस्ता नाथे दुई-चार गोल्ड मेडल त हामी पनि ल्याउँथ्यौं हामी जेमा छौं सिपालु जेमा छौं च्याम्पियन ती खेल राखून् न ओलम्पिकमा अनि देखाइदिनेछौं दुनियाँलाई नेपाल कत्तिको लायक देश हो

Posted in कविता | Tagged | Leave a comment