Category Archives: कविता

Nepali Poems

कविता : तिमीले हेरेको क्षण

~आभास~ तिमीले हेरेको क्षण मलाई मौनता मनपर्छ मौनता सिर्जनाको प्रस्थान विन्दु यहीँबाट सुन्दर सँगीतको प्रारम्भ हुन्छ मौनता

Posted in कविता | Tagged | Leave a comment

कविता : भगवानहरु बिक्रिमा छन

~प्रकाश नेपाल~ बगरमा गिट्टीहरु फोर्दै अचानक उसले भगवान सम्झ्यो र मन्दिरहरुमा फूल चढायो | चढाउदै गयो फूलपाती, गर्दै गयो आरती र थाक्यो – भित्र भित्रै | र फेरी फोर्न थाल्यो गिट्टीहरु बगरमा |

Posted in कविता | Tagged | Leave a comment

कविता : तुरुन्त शहीद घोषणा गर

~प्रकाश नेपाल~ उहा हुनुहुन्थ्यो – महान एक होनहार हुनुहुन्थ्यो – नभा ‘नि बिबेक सानो झगडामा पर्नु भो हानाहान गर्दा मर्नु भो मान्नु हुन्थेन कसैको डर सरकार – शहीद घोषणा गर |

Posted in कविता | Tagged | Leave a comment

कविता : सुन्तली आत्माहत्या गरी

~प्रकाश नेपाल~ गाउँमा हल्ला फैलियो – ‘सुन्तली आत्महत्या गरी’ कोहि भन्थे – ‘बिचरी अकाल मै मरी’ कोहि भन्थे – ‘सुन्तली दुखमा मरी’ खोइ उ कसरी मरी सुन्तली आत्महत्या गरी |

Posted in कविता | Tagged | Leave a comment

कविता : हामीले भगवान श्रीकृष्ण भएर जानुपर्छ

~शरद निरोला~ अस्वीकृत मान्यताहरुको मापदण्डमा खारिएर अविवेकी अवमूल्यनमा पछारिएका श्रस्टा र संरचनाको चक्रब्यूहमा फँसेर भीष्म-पीतामहको जनै भिरेका हाम्रा यी नेताहरुले मेरो देश बेपत्ता पार्न लागिसके

Posted in कविता | Tagged | Leave a comment

कविता : किन आयौ अमेरिका?

~शरद निरोला~ के के न पाउँला भनी अमेरिका आयौ बाबु-बराजेले नखाएको मसालेदार गोता खायौ आउन त आयौ सबै कुरा छोडेर आफ्नो स्वाभिमान आफ्नो वर्चस्व सबै गुमायौ

Posted in कविता | Tagged | Leave a comment

कविता : दिशाहिन गन्तब्य

~शरद निरोला~ अचेल निकै दिन भयो विरक्तिले ग्वाम्लाङ्ग छोपेको छ शरीरका प्रत्येक स्नायूहरु स्पन्दनहीन भएर लोलाएका छन् यस्तो लाग्छ मानौ मस्तिष्कमा केवल शून्यताको मात्र वास छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : भनेर फाइदा छैन

~शरद निरोला~ भन्न थाल्यो भने किन भनिस भनेर भन्छन बोल्न खोज्यो भने किन बोलिस भनेर रोक्छन नभनुँ त मुख चिलाएर चौपट्ट छ भन्दा बढ्ता हुन्छस तँ ? भनेर ठोक्छन

Posted in कविता | Tagged | Leave a comment

कविता : सगरमाथा हाँसिरहेछ

~शरद निरोला~ बीस बर्ष अघिको नेपाल सम्झेर त्यति नै बर्ष अघिको काठमाडौंलाई गुनेर आज त्यही नेपाललाई अनिमेष हेर्दा त्यही काठमाडौंलाई नियालेर हेर्दा सगरमाथा किन हो मरिमरी हाँसिरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : केशराशिले झटारो हान्दा

~शरद निरोला~ पानीले लतक्क भिजेको केशराशिले जब मतिर एक्कासी झटारो हान्छ्यौ उछिट्टिएर मतिर दौडेका ती सहस्र जलबिन्दुहरुमा आत्मसात भै म निथ्रुक्क हुन्छु अनायासै बादल बिनाको आकाशमा गर्जन सुन्छु बिना मौसममैं पनि बर्षाको अनुभूति पाउँछु

Posted in कविता | Tagged | Leave a comment

कविता : नाईन्टि नाईन को कन्धनी

~शरद निरोला~ हलो हलो के कसो छ मेरो पसलमा आउनोस् सेलै सेल छ तपाईंको साह्रै हार्दिक स्वागत छ तपाई जस्तो ग्राहक पाउनु मेरालागी क्या बात छ ।

Posted in कविता | Tagged | Leave a comment

कबिता : संध्या

~उद्धव सिलवाल~ चक, डस्टर र कालो पाटी अनी उही उत्ताउला बसन्ती युवाहरुसङ्गको सङ्सर्ग जीवनका संध्याकालीन एक्ला रातहरु पल पल थाहा छैन किन उमङ्ग छर्न खोज्छन ?

Posted in कविता | Tagged | Leave a comment

कविता : फरक भोगाई

~किरण कौशल मेयोङ्बा~ उन्को अस्विकृतिले अनुप्राणन चाहनाहरु ओईलिन सक्थ्यो तर उसो गरिनन् बरु छरिन् आशाको बिउ मेरो पटाङ्गिनिमा बनाईन् सुन्दर मनोरम बगैँचा

Posted in कविता | Tagged | Leave a comment

कविता : नांगा नाचहरू

~नीराजन थापा ‘शिरीष’~ डान्सबारमा यौवनाहरूको नांगो तर सुकोमल र पारदर्शी नृत्यप्रति

Posted in कविता | Tagged | Leave a comment

कविता : शरणार्थी शिबिर अनि समय

~बिबश बिप्र~ एक र सुनेको पनि छु l देखेको छु भोगेको छु यस्तै-अहिलेसम्म मैले लाग्छ… म मारीइसक्दा पनि मर्दैन एउटा जिउदो प्रश्न ..

Posted in कविता | Tagged , | Leave a comment

कविता : हराएकाहरु…

~स्वप्निल स्मृति~ बाँचेकाहरु एक एक ठेगानामा छौँ अजम्बरी दुःखलाई क्षणभङ्गुर सुखले सिङ्गारिरहे छौँ मरेकाहरु त मरेका मरेकै भए चिहानघारीका स–साना पेन्डोराहरुमा चुपचाप प्रवेश भए तर जो गएका थिए …गएका गएकै भए अझैसम्म फर्केर आएनन् …कहाँ गए ?

Posted in कविता | Tagged | Leave a comment

कविता : ऋतु र ध्वनि

~रिता राई~ ऋतु हुँ म ! परिवर्तित सधै-सधैं सबैलाई पोल्टभित्र फुलाउछु, “म”लाई टेकी ऊठ ! आ-आफ्नो दृष्‍टिले मूलढोका खोली निस्किएर चौबाटोमा पल्लो शहरलाई शुक्ष्मदर्शनले हेर ! अनी, खोज प्रतिविम्ब सधै-सधै मुस्कुराउँछु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ग्याँस स्टेशन

~राकेश कार्की~ कल्पनामा धेरै धेरै फुल फुलाएथेँ सपनाको रंगीचंगी दुनियाँ बसाएथेँ आज पनि हतार हतार गरेर आएँ उही ग्याँस स्टेशन पुगेर ठिँग उभिएँ

Posted in कविता | Tagged | Leave a comment

कविता : ‘हाइ’ र ‘हेल्लो’

~राजु सिटौला~ घामको प्रचण्ड रापले शरीरमा रहेको थोपा थोपा पानी सोसिरहँदा, बर्षा! कहिल्यै पूरा नहुने मरुभूमीको एउटा सुन्दर मृगतृष्णा, तर क्षितिजपारि सेता बादलका केही टुक्राहरुको आगमनसँगै, बन्द हुनै लागेको मेरो मुटुको गतिमा तिव्र संचार,

Posted in कविता | Tagged | Leave a comment

कविता : ऐना र मुकुन्डो

~राजु सिटौला~ जिङ्रिङ्ग कपाल, फुस्रो अनुहार र कलेटी परेको ओठ देखेपछि नाक खुम्चाउँदै मेरो एक मित्रले सोधे। के तिमी ऐना हेर्दैनौ? प्रश्न सुनेर मलाई हाँसो उठ्यो। मैले भने मसँग ऐना नै छैन।

Posted in कविता | Tagged | Leave a comment

कविता : मनको शान्ती

~राजु सिटौला~ बाहिर सब सेताम्मै छन् अनि सब शान्त छन् पहाड, घर र बाटोहरु, न कतै मानिसहरुको भीड न त गाडीहरुको टाइय्यँ टुय्यँ नै, देखिन्छ त केवल आकाशबाट बुरुरु झरिरहेका हिउँका दानाहरु। भित्र मेरो मनमा किन हो किन उकुसमुकुस बढिरहेछ, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हेपिएका जिन्दगी

~मनु वि.क.~ हेपिएका जिन्दगीका काला दिन कति कति नहुनु र रुनु उसका भाग्यका मति जन्मिंदैमा लेखिन्छ गरिब भन्ने नाउँ बस्ने खाने थात छैन हुन्न टेक्ने ठाउँ। चौबाटोको रात्री यात्रा काँडा विछ्याइए दोबाटोमै अलपत्र गन्तव्यहीन भए नहुनेलाई सधैभरी हेप्नेहरु खेद्छन् तिनकै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लुकाएर लुकिन्न

~दिव्या बज्राचार्य~ सावनको हरियाली तिम्रो घरको फूलबारी लुकाएर लुकिन्न डाडाको त्यो बन तिम्रो फर्केको यौवन लुकाएर लुकिन्न

Posted in कविता | Tagged | Leave a comment

कविता : अखबारका नीला दागहरु

~खड्ग सेन ओली~ अखबारका पृष्ठहरुमा मौनधारण गारिरहेछन् नीला दागहरु हरेकपल्ट बोधीव्रिक्ष्यको हाँगो भाँचिदा किचिएका

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरि एउटा नयाँ सम्बन्धको खोजीमा

~राजु सिटौला~ हो म फेरि एउटा नयाँ सम्बन्धको खोजीमा छु । भर्खर एउटा सम्बन्ध गर्ल्याम्मगुर्लुम्म ढल्यो । एउटा मान्छेसँगको सम्बन्ध, एउटा सपनासँगको सम्बन्ध, एउटा फूल र त्यसभित्र रहेको सुगन्धसँगको सम्बन्ध,

Posted in कविता | Tagged | Leave a comment

कविता : नाच्ने पर्व तीज

~उषा गिरी~ बर्षा ऋतुको बिदाइ र शरद ऋतुको आगमनसंगै थकाईको अनुभूतिलाई बिर्सेंर मदमत्त भएर उर्लने सागर झै

Posted in कविता | Tagged | Leave a comment

कविता : जब तिमीलाई भेटछु

~जसु पुन~ जब तिमीलाई भेटछु.. झुक्छ आँखा,रोकिन्छ सास र पनि, दर्द अधुरै-अपुरै हुन्छ, खुलेर भनौं भन्छु दिल भित्रको कुरा र पनि,

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई माफ गर यशोधरा

~हाङयुग अज्ञात~ आज यी शासक र उनीहरूले बनाको नीति नियम ऐन कानुन भन्दा अलिपर कुनै ठाममा गएर बाँच्नु खोज्दैछु यशोधरा ! मलाई माफ गर फेरि एक खेप

Posted in कविता | Tagged | Leave a comment

कविता : म तपाइँको को हुँ ?

~हाङयुग अज्ञात~ म तपाइँको को हुँ ? -लोग्ने ? -प्रेमी ? -बुबा ? -भाइ ? -साथी ? -या मात्र पुरुष ? कृपया भन्नुस् तपाइँ र मेरो बीचको सम्बन्धलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : शहीदहरू रून थालेका छन्

~हाङयुग अज्ञात~ ओ ! माओ जे दोङ तिम्रा कविताका हरफहरूमा अचेल शहीदहरू रून थालेका छन् । रगत उमाल्ने तिम्रा विचारहरू बोक्दाबोक्दा बूढो भएको कुनै मजदुरजस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : समवेदनाका सन्देशहरू

~कुसुम ज्ञवाली~ हरेक विहान झिसमिसेमा त्रासदीको तुवाँलो वीच थरथर काप्दै मैले खवर कागत पल्टाउँछु र खोज्छु आफ्नै नामका समवेदना सन्देशहरू म वेदना हीनताको समवेदनाका प्रायोजित शब्दहरूवीच

Posted in कविता | Tagged | Leave a comment

कविता : किन खोजि हिड्छौ मसानमा

~अज्ञात~ किन खोजि हिड्छौ मसानमा म चित्तामा जलेको खरानी होइन आऊ आज मेरो अगेनीमा आगो विना म जलेको हेर खरानी भई बतासमा उडेको हेर

Posted in कविता | Tagged | Leave a comment