Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

कविता : समय–सत्ता

~प्रमोद धिताल~ कठोरभन्दा कठोर तानशाहभन्दा पनि क्रूर धेरै कठोर छ समय–सत्ता पुरिन्छन् जसको प्रवाहमा पुरिनै नसकिएका घाउहरु ढल्छन् जसको प्रहारमा अकल्पनीय महलहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : नायक र अभिनय

~आस्था के.सी.~ नायक पर्दा उघ्रिन उघ्रिन लागेको छ अघिल्तिर र, तिम्रो जीवन्त अभिनय हेर्न दर्शकदीर्घामा सास थामेर बसिरहेकी छु म । रंगमञ्चमा उक्लिनुअघि देखाएथ्यौ तिमीले थरी–थरीका इन्द्रेणी सपनाहरु तिनै इन्दे्रणी सपनाहरु आज सल्बलाइरहेछन् मेरा आँखाहरुमा ।

Posted in कविता | Tagged | Leave a comment

हाँस्यव्यङ्ग्य निवन्ध : थुतुनो पुराण

~लेखनाथ गौतम~ थुतुनो याने मुख । यो नाकको मुन्तिर, चिउडोको केही माथी अबस्थित छ । यो धेरै प्रकारले प्रयोग हुन्छ । यसको प्रमुख काम खाना खानु हो । त्यस बाहेक रुघा लागेर होस् वा साइनस बाट पीडित हुँदा यसले सास … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : मूर्त वस्तुभित्रको अमूर्ताकार

~मनु लोहोरुङ राई~ म सादा कागजको रिम लेख ! तिम्रो सिद्धान्त… चुपचाप सहि दिन्छु । पहाडले आकाश हेरे झैं, आकाशले पहाड नियाँले झैं- म त्यही अक्षरसहरुमा तिम्रो/जीवनको रस निचोर्छु बौद्धिक छलाङ,,,,, मेरो निख्लम मनको स्वऐन्द्रिक सम्भोगको भोगले आयामलाई गर्भवती बनाएर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गेडी : यो शहर धमिलो

~मनु लोहोरुङ राई~ झिलिमिली बत्तिमा, यो शहर धमिलो घर गाउँ सम्झेर, मनै हुन्छ अमिलो कहर भो नि आफ्नै बाँच्ने रहर मनु लोहोरुङ सितलपाटी – ६, संखुवासभा हाल :- न्युयोर्क (स्रोत : Manu Lohorang Rai’s Blog)

Posted in गेडी | Tagged | Leave a comment

कविता : किन ?

~राकेश कार्की~ संहार गर्न सजिलो छ किन निर्माण गरुन् ? हल्ला गर्न मजा आउंछ किन तपस्या गरुन् ? भाषण गरेर फसाउन सकिन्छ किन चिन्तन गरुन् ? रिमुट दबाएर नचाउन सकिन्छ किन स्वयं झरुन् ?

Posted in कविता | Tagged | Leave a comment

Poem : Dim Sleep

~Sanjay Rai~ There was the continuous Gush of winds Blowing in and out Simmering the rhythms of life

Posted in Poem | Tagged | Leave a comment

कविता : कसरी बसेँ हुँला ?

~विधान आचार्य~ १. यति धेरै दिन, मलाई थाहा छैन तिम्रो स्पर्शबिना, म घाउ कहराएर मलम नहुँदा जीवनको दुख सहँदै म कसरी बसेँ हुँला ?

Posted in कविता | Tagged | Leave a comment

हाँस्यव्यङ्ग्य निवन्ध : तपाईँ कुन खालको ज्वाइँ?

~चर्चित ढुङ्गेल~ ज्वाइँ भन्नाले छोरी, बहिनी, भतिजी, नातिनी, भान्जी, पनातिनीको लोग्ने, पति, पोइ, श्रीमान्, बुढो, खसम भन्ने बुझिन्छ। ज्वाइँ शब्द एउटै भए पनि ज्वाइँहरु ३ प्रकारका हुन्छन्। आज म तिनै ज्वाइँहरुका बारेमा लेख्दैछु र तपाईँ पढ्दै हुनुहुन्छ। झ्याइँ पार्नु भएको … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निवन्ध : ‘ए, नारान्!’

~मनोज गजुरेल~ ‘NRN’ आज ‘सुपरहिट’ अर्थात् ‘अत्यन्तै तातो’ शब्द बन्न पुगेको छ। तर यसलाई भिन्न भिन्न अर्थमा लिइने गरिन्छ। कोही भन्छन्– ‘NRN’ भनेको Non Returning Nepali’ हो– जो बिदेशको ‘बर्गर’मा रमाउँछ, तर स्वदेशमा पनि ‘लड्डु’को अपेक्षा राख्दछ! कोही भन्छन्– No … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निवन्ध : मागी मागी छोराऽऽऽ बे

~बासु श्रेष्ठ~ शीर्षक पढेर तपाईले के अर्थ्याउनु भो कुन्नी मैले चैँ ‘नसक्नेले बेमतलबको स्वाँग रचेर ढ्वाँग फुक्नु हो’ भन्ने अर्थ्याएको छु। अर्थात हातमा पैसा न कौडी, बजारतिर दौडी। माथीको शिर्षकलेपनि त्यै भन्छ। मागी मागी छोरा बे किन गर्नुपर्यो होला कसैलाई … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : नेताजी भन्नुहुन्छ

~गिरेन्द्र प्रधान~ खुट्टा ढोग्नु परे पनि परोस् । चाकडी गर्नु परे पनि परोस् । पार्टी नै फुटाउनु परे पनि परोस् ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : फाटेको नटाले कसलाई पुग्छ र ?

~बाबु त्रिपाठी~ फाटेको नटाले कसलाई पुग्छ र ? रुपियाँ पैसाले कसलाई पुग्छ र ? यहाँ कुबेरको भण्डार त रित्तिन्छ भन्नुहुन्थ्यो बाले – “कसलाई पुग्छ र” ?

Posted in गजल | Tagged | Leave a comment

कविता : एउटाले अर्को नेपालीलाई

~राजीब नन्दन कर्माचार्य~ एउटाले अर्को नेपालीलाई मारेर केहि पाउदैनौ मेची काली झै बगेको रगत हामी त हेर्न सकदैनौ बन्द गरौ हत्या र हिंसा जीउने सबैको अधिकार छ एउटा नेपाली मरे यहां अर्को नेपाली रुनेछ ।

Posted in कविता | Tagged | Leave a comment

कथा : भाउजु

~अनिता तुलाधर~ दिनभरि दिनभरि ओछ्यानमा लम्पसार भएर सुतेको लोग्नेको तस्बिर भाउजूको आँखाअगाडि बारम्बार दोहोरिन्छ। यसरी बारम्बार आँखाअगाडि आएको लोग्नेको तस्बिर उसलाई पटक्कै मनपर्दैन। बिर्सन चाहेर पनि नसकेका उसका आफ्ना क्षणहरू देखेर लाचार हुनुसिवाय उससँग अरू उपाय नै थिएन। मैलो लुगाको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गोठ मै बस्थे रे

~टोष्ट राज क्षेत्री~ हाम्रा बाजे – गोठ मै बस्थे रे , निकै स्वस्थ थिए रे , शुद्ध दुध, दहि घ्यू महि सहित , कहिले कहिँ घर आउथे रे , अनि घर को दाल-चामल पोको पार्दै,

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अवसर

~आचार्य प्रभा~ साथीको फोन आयो, उठाएँ । प्रभा…तिम्रो रचना छापिएछ नि फलाना…पत्रिकामा हेर्‍यौ ? मैले उत्तेजित हुँदै भनें

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : नेपाल कम नेपाल

~सरुभक्त~ कालो चट्याङ्गः पीडाका खरपसहरु दुखेर जीवनका मृत सागरमा म रोलर कोस्टरका सपनाहरु देख्दैछु ढापसुङ वस्तीतिर कठपुतली आत्माहरु साइवरयुगीन ‘किस्.कम्’ नाट्यरचना गर्दैछन् संघात तरङ्गः दन्दनाउँदा रथहरु भुत्याहा जाहाजहरुमा सवार छन् पग्लिएका ढुङ्गाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : इतर समय

~सरुभक्त~ मृत्युमहोत्सव पीडाहरुको कोलाहल वगेर आखेटिक विश्वासहरुमा धुमकेतु उदाएको वेला म हब्वलका आँखाहरुले हेर्दैछु मान्छेका अन्तरिक्षहरु उन्मीलित ताराहरुको देश च्याउ फुलेका ब्रह्माण्ड वीथीभरि किरणस्नान गर्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : खतरा

~सरुभक्त~ मृत्युपर्वत हिमयुगदेखि हिमयुगसम्म आफ्नै भारले नुहेका चुलीहरु साइवरयुगीन महाभारत रच्दैछन् अन् लाइन च्याट्का हिमावर्तनहरु नियति सञ्जालग्रस्त छन् चतुर्थ महाकल्पका आविर्भावहरुदेखि किन मानवता एक अन्त्यहीन युद्धमा होमिएको छ ? हेर ! हेर ! जीवाष्महरु वटिकाष्म उपकरण बोकी डायनासोरस र महागजहरुको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : ‘खानी हो यो पानी ?’

~चट्याङ मास्टर~ बुढापाका भन्नी गर्थे सुन बाबु नानी जस्तो खानी पानी उस्तै हुनी बानी मुहानको पानी खानी बुद्धिमानी चुहानको पानी खानी भ्रस्ट बानी ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : साइवरपीडाः तारकयुद्ध सञ्जालहरु

~सरुभक्त~ जिन्दगीका मिथकयात्राभरि छन् खोई कहाँ हराए हाम्रा स्वनामधन्य ख्रिचुङ र आनिकहरु ? अफिमखेतीः च्वेस्याङ र फाहियानहरु श्रापित विरुपाक्ष भूमितिर आजभोलि वाढीग्रस्त छन् मितेरी साँधुहरु ए ! के भईरहेछ प्लाजा डि टोरोसतिर

Posted in कविता | Tagged | Leave a comment

लघु कथा : आत्म हत्या गरे तिम्रो गर्भको साहित्य मर्नेछ

~राज थापा~ पेरिस ” गाउले ” जन्मदै आफुले ३ ( तीन ) किसिमका ऋण लिएर आयको बताउथे ! तिहुन पितृ,देब ,ऋषी,मनिसले जन्मदै यो तीन ऋण बोकेर आयको हुन्छ ! यो पुरा गर्न नसके मानिसको जिवन सफल हुदैन भन्ने उनको धारणा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : शहर

~मेख ब थापा~ वास्तबमा भनौ भने स्वार्थि बस्ने शहर अरुलाई मारि–मारि इच्छा पुरा गर्ने शहर

Posted in कविता | Tagged | Leave a comment

ब्यङ्ग्य छोक : म र देश

~चट्याङ मास्टर~ मेरो देश मरे पनि मेरो पार्टी बाँची रहोस्, मेरो पार्टी मरे पनि मेरो गुट बाँची रहोस्, मेरो गुट मरे पनि मेरा नातागोता बाँची रहून्,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कबिता : झरेको देखें मैले

~प्रतिमा के.सी~ प्रकृतिका फुल पनि फुल्दा फुल्दै झरेको देखें मैले चाहे पनि अजम्बरी अल्पायु मै मरेको देखें मैले दुखद दृश्य के देखेथें भावविभोर भए म पनि हाँस्य कलाकारले सबेरै आँसु छरेको देखें मैले

Posted in कविता | Tagged | Leave a comment

कविता : रोर्इ रहेछ जापान

~निरेल खरेल ‘बिमली’~ प्रकृतिको निर्मम लाठी, तिमी माथी ढाल्यो, कस्तो कर्म गरयौ जापान यस्तो भोग्नु परयो ।। भीर पाखा सबै सोहोरी, रिक्तो बनार्इ दियो,, हाँसो खोसी अँ।शुको, त्यहाँ भेल बगार्इ गयो ।।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : हुन्छ क्या हुन्छ

~चट्याङ मास्टर~ यसो गर्नु हुँदैन, उसो गर्नु हुँदैन भन्छन् नि भन्नलाई यताउति हेर न भाइ, हुन्छ क्या हुन्छ भ्रष्टाचार गर्नु हुँदैन, अन्याय गर्नु हुँदैन, भन्छन् नि भन्नलाई ठुला बडा भनाउँदाको चाला हेर, हुन्छ क्या हुन्छ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : सूची

~सरुभक्त~ सिकारी हावाः प्यारापिटमा उभिएका जुलुशहरु किचकवधका पूनरावृत्तिहरु हेर्दैछन् खरायो वर्षभरि सफाया अभियान चलेको छ वेलुनको पृथ्वी स्लोथगतिमा घुमेको छ हामी कृषकामा आत्माहरु चमेरा फल्ने रुखहरु मन्तिर चिडियाखानामा खैनीखाने वाघहरु हेर्दैछौं

Posted in कविता | Tagged | Leave a comment

कविता : परजीवी आतंक र देश

~सरुभक्त~ आप्तकामः जीवनका कार्निवलहरु पदार्थहरुको सम्वेदनामा घडीको सुई रोपिएर उल्कापातका “ऋत” जन्मन्छन् अन्धो इतिहास धृतराष्ट्रहरु जन्माउँछ कार्निभोर – वहुला मान्छेका डायरीहरुमा श्रापित पदचिन्हः पातलो हावाका उच्चताहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : पीडाका याम हरू

~सरुभक्त~ मायामन्दिर ढुङ्गाका मनहरु रोएर हामी समयका प्रायोरीहरु निर्माण गरिरहेका छौं जिन्दगीका त्रासदीगाथाहरुमा नरभक्षीहरुको अवतरण छ पीडाका यामहरु टेकेर भगुवा विश्वासहरु ज्वालामुखी पर्वततिर लागे जाउँ, वसाईं सरौं अन्तरिक्षतिर अहिले नेपालमा बस्नु ठीक छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : कलम

~दुर्गा खनाल~ शव्दहरु छोटिदैछन, छैन आज यहा सरम सिया जस्ता शव्द लेख्न समाए मेरो कलम ।। लेख्नु थियो लेखहरु, सम्झनाका बगैचाबाट मुटु घोच्ने काडाहरुमाझ समाएर पुरानु कलम ।।

Posted in कविता | Tagged | Leave a comment