Author Archives: Editor

कविता : डोभर वीच

~देवेन्द्र खेरेस~ इङलीस च्यानलको काखमा ढोभरवीच दिशाहिन हावाको गतिले पानीको छालहरू तर्काइरहन्छ घरि एता.. घरि उता… वैंसको नग्नताहरू समरमा ग्लामर शो वीन्टर नछिप्पिदै आत्माहत्या हुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : डुङ्गा राखे जलमा तिमीले

~भिमदर्शन रोका~ डुङ्गा राखे जलमा तिमीले हातको पतवार दिउँला । उत्थान—पतनको माझमा तूफानको किनार दिउँला ।

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : ढल्मल ढल्मल गरी

~भिमदर्शन रोका~ ढल्मल ढल्मल गरी सेता सेता बादलसरी मलाई आकाशतिर जान नदेऊ मेरो आफ्नै धरती छाडी ।

Posted in कविता | Tagged | Leave a comment

गजल : पूर्णतामा रमाई घुमाई

~सदानन्द अभागी~ पूर्णतामा रमाई घुमाई स्वर्णतामा सजाई झुमाई आउँछन् ती वहाना बनाई पाउँछन् के बसाई गुमाई

Posted in गजल | Tagged | Leave a comment

कविता : म मरिसक्या छैन

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ म मरिसक्या छैन छोएर हेर म मरिसकेको छैन यी मेरा आँखाले अझै हेर्दै छन् नासिकाको घ्राणशक्ति विलुप्त छैन

Posted in कविता | Tagged | Leave a comment

धिमाल भाषी कविता : फाेम लाेहि

~मेगराज धिमाल~ चातेङ ताका खुइ नानि दोमि जिङहि । ताइको जिङका ड्याङ दोङ नानि दोमि जिङ्हि । मनता चाका द्य़ाङ नानि दुरे जिङ्हि । केङ लातेङ दोमि दोसा हान्दे हि ।

Posted in धिमाल कविता | Tagged , , | Leave a comment

कविता : जिन्दगी नै रित्यार त्यागिदेउ

~पल हिरा~ पत्थर नै होस् तिम्रो मुटु मेरो प्रेम गल्ने छैन अथाह नै होस तिम्रो सामु मेरो माया ढल्ने छैन चुलिएर फुटोस ज्वालामुखी,

Posted in कविता | Tagged | Leave a comment

कथा : अन्तिम इच्छा

~मालिकराम ‘वियोगी’~ धनसेर या चौँतीस मामा र हस्तबहादुर या हस्ते भान्जा गोर्खा भिलेज बस्छन् । उनीहरू नेपालबाट आएदेखि यहीँ बस्दैछन् । एक तले घर छ । सामान्य तरिकाले बारेर कोठाहरू बनाइएका छन् । उनीहरूको साथमा अरु पनि बस्छन् । दुःखले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बीज

~सञ्जय बान्तवा~ यो चित्रमा एक वृक्षले भन्यो – हे ईश्वर! मलाई एउटा मात्र एउटा, प्रत्येक समयमा बीज देऊ म आफ्नो फेदमा धरतीलाई रोमाञ्च दिनेछु।

Posted in कविता | Tagged | Leave a comment

कविता : बाढीको आँखा

~उर्मिला कोईराला ‘आँसु’~ खाटभरि किताब फिँजाएर बसेथेँ दाइले भन्नुभो -किताब थन्क्या र घाँस काट्न हिँड पढाइभन्दा काम ठूलो ठानेँ र हिँडे मलाई फूल खुब मन पर्छ आँगनको डिलभरी फूल सारेँ भाइले सबै उखेलिदियो केटाकेटी यस्तै हो भनेर सहेँ

Posted in कविता | Tagged | Leave a comment

कविता : शहर

~दाजु गुरुङ~ शहर न तिमी जस्तो छ न म जस्तो छ तिमीलाई कसरी भनूँ, शहर कस्तो छ ? बैसले उन्मुक्त कुनै षोडसी टपमा नुहाउनु बसेजस्तो छ शहर ललाटमा वर्षेको पानीका वुँदहरु उन्नत अवयहरुलाई घात गर्दै नाभिस्थलबाट जलासयमा समाहित हुँदा

Posted in कविता | Tagged | Leave a comment

Translated Microstory : Fowl Development

~Binaya Kasajoo~ Translation : Kunda Dixit One of the effect of the dawn of “development” in Nepal has been the widespread perception that anything foreign is good, and anything local – however beneficial – is bad. Nepalis therefore prefer high-yield … Continue reading

Posted in Micro Story, Translated Story | Tagged , , | Leave a comment

गजल : आभास लाग्न थाल्यो

~कौशिला रिसाल~ तिमी भेटे मनमा मीठो आभास लाग्न थाल्यो आजभोली आफ्नै जीवन खास लाग्न थाल्यो हिंड्नुपर्छ थाछ, एक्लै साथी हुन्नन् जहिले तिमी बिना पल पल निरास लाग्न थाल्यो ।

Posted in गजल | Tagged | Leave a comment

कथा : अपरिचित

~सविना सिन्धु~ एउटी महिला पार्कमा भेटिन्थिन् । पहेँलो लुगा लगाएकी हुँदा मैले उनलाई साधुु सन्त हुन कि भन्ने अनुमान लगाएकी थिएँ । तर मेरो अनुमान पटक्कै मिलेन । “उनी फूलहरु पो बटुल्न आएकी हुन् कि ?”, मलाई शङ्का लाग्यो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मान्छे र कविता

~तीर्थ गुरुङ~ पहिल्यै, निकट भूतमै कविताको ढोका ढक्ढक्याइसकेको हो । भावनाको संघारमै पदाक्षर गरेको हो । कृतिम बुद्धिले । र मलाई लघुमानव जस्तो बनाइदिएकै हो । हो, जब ‘डीप ब्लू’सँग पराजित भएको थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : जलारी गुढी माझीदाइ

~सुजन बुढाथोकी ‘कान्छा’~ गाउँमा दिनभरी गुजारा गर्दा पनि केही फजुल खर्चहरु नगर्दा पनि आफ्नै पेशाबाट जिवननिर्वाह नभएर नाइट ड्युटी गर्न सहर आइरहेको कुनै गरिब अनुहार हो यो बेसाहारा र बेरोजगार पात्रको एउटा अति निम्नस्तरको बिचारा जलारी माझीदाइको

Posted in कविता | Tagged | Leave a comment

कविता : को आउँछ मेरो गीत खोस्न ?

~भिमदर्शन रोका~ को आउँछ मेरो गीत खोस्न ? एक्लै सफरमा मेरो मीत खोस्न, सीमा नै टपिसकेको छु मैले, को आउँछ मेरो जीत खोस्न ? को आउँछ मेरो गीत खोस्न ? एक्लै सफरमा मेरो मीत खोस्न ।

Posted in कविता | Tagged | Leave a comment

कविता : यो सन्सारकै सबैभन्दा ठूलो आगो !

~सुजन बुढाथोकी ‘कान्छा’~ मेरो यो दिलको द्ववारमा दन्किरहेको ज्वार अनि यी अनुहारका गालाहरुमा जलिरहेका ज्वालाहरु दवाउन बर्सौदेखी यी नदिनालाहरुहुँदै कालापानीको किनारमा बलिरहेको अनि सिमानाको सङ्गघारमा सल्किरहेको आगो निभाउन र भ्रस्टचारि भाइरसको बिस्तारलाइ ताला लगाउन

Posted in कविता | Tagged | Leave a comment

कविता : हे भानुभक्त! नेपाली साहित्यमा फेरि फर्केर आऊ!

~राजन कोइराला~ हे भानुभक्त! नेपाली साहित्यमा फेरि फर्केर आऊ! खस्किंदै गएको नेपाली भाषा र संस्कृतिलाई जोगाऊ!! तिम्रो पालामा जस्तो रामायणको भाषानुवाद हुदैन अचेल विदेशी भाषाका पुस्तकले प्राथमिकता पाउँछ विद्यालयमा यहाँ राष्ट्रिय जनावर बाघ अनि राष्ट्रिय फुल कमल भनेर सिकाइन्छ जहाँ

Posted in कविता | Tagged | Leave a comment

भलाकुसारी : जीवनसँग गुनासो छैन~नगेन्द्र शर्मा

~नगेन्द्र शर्मा~ मलाई पनि आफ्नै भाषाले अन्योलमा पारेको छ । मैले अनेक भाषा सिकेँ, तर आखिरमा आफ्नै भाषामा फसेको छु । हाम्रो भाषा–व्याकरणमा किन यस्तो भद्रगोल भयो होला भने, नम्बर वान, हामी ज्यादै संस्कृटाइज भयौं । नगेन्द्र शर्मा, नेपाली र अंग्रेजीमा आख्यान–गैरआख्यान दुइटैमा … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

कविता : जीवनचक्र !

~तारा साम्पाङ राई~ थाङ्नाको पोकोभित्र गुटमुटिएर स्वतन्त्र कोक्रोमा हल्लिरहेको दिनहरू हातखुट्टा टेकेर खेलौना ज्यानलाई घिसार्दै बुलबुल र्यालका फोकाहरू निकाल्ने ती क्षण, ती दिनहरू बालपनमै छोडिएछ । आमाको न्यानो काखमा, एकमज्जाले तेर्छिदै

Posted in कविता | Tagged | Leave a comment

गोधूलि दिनेशको महा-भुकम्प बिशेष पाँच हाइकु

~गोधूलि दिनेश~ पिङ मच्चिँदा, धर्ती फाट्यो, देख्यौ? अनुशासित यी।१। पिङ मच्चिँदा, सागर उर्ल्यो, देख्यौ? स्वाभिमानी यी।२।

Posted in हाइकु | Tagged | Leave a comment

समीक्षा : मधुपर्कमा उद्घाटित प्रश्न

~कुलचन्द्र वाग्ले~ साहित्य के हो ? के होइन, कुनै पनि भाषामा लेखिएको सामग्री ? मधुपर्कमा प्रवेशपछि मात्र मसँग यस्तो प्रश्नले उत्तर खोज्यो । पहिले जे बुझियो त्यही नै साहित्य हो भन्ने लागेको रहेछ क्यारे, मधुपर्कमा पुगेपछि यस्तो अनुमान पनि हुनथाल्यो … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : ओ सरकार !

~डी के वाइबा~ ओ सरकार ! तिमीले विस्फोटक हतियारका रुपमा देखेको कोदालो तिम्रै कृषी विभागले वितरण गरेको हो तिमीले देखेको आर्चरी तिम्रै खेल विभागले वितरण गरेको हो तिमीले देखेको हँसिया, मार्तोल र आरी तिम्रै श्रम विभागले वितरण गरेको हो

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : पुरुषसँग बचेँर रहनु

~वीरेंदर भाटिया~ अनु : सारिका श्री सबै बालिकाहरुलाई निर्देशन छ पुरुषसँग जोगिएर हिंड्नु पुरुषसँग भलाकुशारी नगर्नु उनीहरुको नियतमाथी सदैव शंका गर्नु कुनै पुरुषले तिमीसँग भलाकुशारी गर्ने प्रेम जताउने स्नेहले कपाल सुम्सुमाउने

Posted in अनूदित कविता | Tagged , | Leave a comment

खण्ड-काव्य : क्षात्रमूर्ति जना

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ १. देश वर्णन २. युद्धको घोषणा ३. जना-जङ्ग संवाद ४. युद्ध-दुर्ग ५. युद्ध ६. परमपद सरस्वती प्रार्थना आऊ माता शारदे तिमी यो पुत्र छेउमहाँ त्यागेर शरणागत जान्छ्यौ तिमी कहाँ ॥१॥

Posted in खण्ड-काव्य | Tagged | Leave a comment

कविता : पीडा

~विष्णु खरेल~ देश रोइ रहयो अविरल साउने झरी झै म किंकर्तव्यविमुढ न देशको आंसु पुछन नै सके न सान्त्वना दिन नै सकें

Posted in कविता | Tagged | Leave a comment

कविता : विज्ञापन

~डा.मधु माधुर्य~ नखुर्मुरुन्जेल वीरताको भूमिकामा कहालीलाग्दो भीरको बाटो हिंडेर युग-युगान्तर समयलाई/ संसारलाई तर्साइरहेका छौं केहि फुटाइरहेका छौं / टुटाईरहेका छौं कसैको अनुरोधमा

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्दहरू

~नवराज सुब्बा~ समान रुपमा हामीले बोल्ने बुझने भाषा अनि एउटै अर्थ लाग्ने शब्दहरु जब माकुराहरु जाल बुन्छन् ब्याकरण र शास्त्र कोर्छन् पंडितहरु तब शब्दार्थ तन्काइन्छन् चेप्टाइन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : म र मेरो जीवन

~गोपाल अश्क~ मैले त पिएर हेरेँ, तिमीले पनि पिएर हेर विषले भरिएको जीवन तिमीले पनि जिएर हेर । मेरो जीवन जीवन नभई भइहाल्यो एउटा सजाय मर्न भयो पनि कठिन है छैन जिउन कुनै उपाय

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो ढाडमा अहिले मैले कंचनजंघा बोकेको छैन

~इश्वरवल्लभ~ मेरो ढाडमा अहिले मैले कंचनजंघा बोकेको छैन धूपीका उकाली ओरालीहरू चियाका बुट्टाका भार पनि छैनन् म स्वतन्त्र छु, ती बाँझा बालुवा जस्ता मेरा खालि पनमा

Posted in कविता | Tagged | Leave a comment

कविता : कुज्जवर्तिनी विप्रलव्धा

~लेखनाथ पौड्याल~ कोरी केश सफा गरी, फुल जडी टेढा झिकी कुन्तल लाई लालि कपोल, ओठहरुमा आँखाविपे गाजल । औठी हारहरु डटी चहकिला पोशाक सारा चुनी आई कुन्जविपे अली छिन बसी बोली नयाँ कामिनी ।।१।। फेला पर्न गये म धूर्तजनका, सङ्केत-बेला … Continue reading

Posted in कविता | Tagged | Leave a comment