~म. बि. बि. शाह~
गरौँला हामी सिर्जना अर्को प्रीतिको जगतमा
सुन्दर मीठो भावना नयाँ भरेर दिलैमा
पुगौँला हामी सगरमाथा, ताराको छायामा
सम्झनाको झझल्को लिई, जुनेली रातमा
गरौँला हामी सिर्जना अर्को प्रीतिको जगतमा
लुका है मारी खेलौँला हामी, गोरेटो बाटोमा
इन्द्र है धनु जुरेली पारी, पुगौँला चुलीमा
गरौँला हामी सिर्जना अर्को प्रीतिको जगतमा
पहिलो दिन भेटेको बेला, कङ्गाली मनैमा
बितेका दिन भएका कुरा, साचौँला छातीमा
गरौँला हामी सिर्जना अर्को प्रीतिको जगतमा
सुन्दर मीठो भावना नयाँ भरेर दिलैमा
शब्द : म बि बि शाह
स्वर :
सङ्गीत : नातिकाजी