गीत : आऊ न आऊ तिम्रो खुशी

~चाँदनी शाह~Chandani Shah

आऊ न आऊ तिम्रो खुशी
म त सधैं पर्खि रहुँला
आए पनि म हेरी रहुँला
गए पनि हेरी रहुँला

कहिलेकाहिं दृष्टि पनि
मुवाई भन्दा मिठो हुन्छ
कहिलेकाहिं छायाँ पनि
माया भन्दा न्यानो हुन्छ
तिम्रो बाटो छेक्दिन म
देख्नै मात्र पाए पुग्छ
आए पनि हेरी रहुँला
गए पनि हेरी रहुँला
आऊ न आऊ तिम्रो खुशी
म त सधैं पर्खि रहुँला

बसन्तमा सबै फूल
फुल्नै पर्छ भन्ने छैन
जिन्दगीमा सबले बाजी
जित्नै पर्छ भन्ने छैन
तिम्रो चित्त खोस्दिन म
हातै मात्र पाए पुग्छ
आए पनि हेरी रहुँला
गए पनि हेरी रहुँला
आऊ न आऊ तिम्रो खुशी
म त सधैं पर्खि रहुँला

स्वर: तारादेवी
रचना: चाँदनी शाह

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.