गजल : तिम्रै लागि हो लेउन प्रिय

~दीपक कालिकोटे~

मेरो मुटु तिम्रै लागि हो लेउन प्रिय ।।
साच्चै माया गर्छौ उत्तर देउन प्रिय ।।

मेरो आँखामा हेरन तिम्रो प्रतिविम्ब छ ।
अमर मायाको अमृत पेउन प्रिय ।।

माया गर्छु भन्नलाई लाज किन मान्छौ ।
आउ मेरो अँगालोमा बाँध्येउन प्रिय ।।

चोर्ने हुनकि तिमिलाई डर लागिराछ ।
कोमल मेरो मुटु भित्र साच्येउन प्रिय ।।

हाम्रो जोडि कस्तो छ रे भगवानलाई सोध ।
अनि हाम्रो अटुट नाता गाँस्देउन प्रिय ।।

ओखलढुङ्गा

(स्रोत : ओखलढुङ्गा साहित्य”को ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.