कथा : दबाव

~लक्ष्मी गाइजू~

२०७७ सालको एसइईको नतिजा प्रकाशन हुनेबित्तिकै दिपेशलाई बधाई र शुभकामना दिने जमातको ओइरो लाग्यो । दिपेश पनि निकै खुसी भयो, किनभने जिन्दगीमा कहिले नपाएको नतिजा उसले एसइईमा पाएको थियो । ‘ए’ आएको खुसीयालीमा ऊ छरछिमेक, इष्टमित्र, आफन्त सबैलाई लड्डु बाँड्नमा व्यस्त भयो । निषेधाज्ञा खुकुलो भइसकेको हुनाले उसलाई कतै रोकतोक थिएन । नातागोता, साथीभाइ सबैको घरघर पुगेको थियो । मुस्किलले ‘सी प्लस’ आउने उसको रिजल्ट कुन चमत्कारले ‘ए’ आयो, त्यतातिर उसको ध्यान गएको थिएन ।

एकदिन मामाले खुसी हु“दै भने, ‘हेर भान्जा, अब तिमीले साइन्स पढ्नुपर्छ । ‘ए प्लस’ ल्याउ“छौँ कि भनेको त ‘ए’ मात्र ल्यायौ । ठिकै छ, ‘ए’ पनि चानचुने त कहा“ हो र !’
मामाको कुरा सुनेर दिपेश झसङ्ग भयो । उसलाई दिउ“सै तारा देखेजस्तो भयो । उसले टाउको कन्याउ“दै भन्यो, ‘मामा, मैले साइन्स पढ्ने ?’

दिपेशको खुम्चिएको निधार हेर्दै माइजूले भनिन्, ‘हो त नि भान्जाबाबु । यस्तो राम्रो रिजल्ट आ’छ । अब साइन्स पढेर कि त डाक्टर बन्नुपर्छ कि त इन्जिनियर बन्नुपर्छ ।’

मामा–माइजूको कुरा सुनेर ‘ए’ आउ“दाको खुसी सिसा फुटेझैँ फुटेर चकनाचुर भई आफैँलाई बिझेजस्तो हुन थाल्यो । कक्षामा उसको सबैभन्दा कमजोर विषय साइन्स र म्याथ थियो । उसलाई आफ्नो स्तर र क्षमताको बल्ल याद आयो । कक्षामा मुस्किलले ‘सी प्लस’ आउ“थ्यो, त्यो पनि विभिन्न विषयहरुको प्राक्टिकल नम्बरले ।

छोरोले यस्तो राम्रो रिजल्ट ल्याउला भन्ने त उसको आमाबुबालाई विश्वास थिएन । तर, बिहान–बेलुकीको कोचिङ र होस्टेल बसाइँको क्रममा राम्रै मेहनत गरेछ भन्ने सोच्दै दिपेशको बाबाले भने, ‘छोरो, तैँले हाम्रो नाक राखिस् । अब तैँले मामाले भनेझैँ साइन्स पढ्नुपर्छ । डाक्टर, इन्जिनियर के बन्ने भन्, घरजग्गा धितो राखेर भए’नि त“लाई पढाउ“छु ।’
बाबाको बोली र अनुहारमा गर्विलो भाव झल्किएको थियो ।

उसले आफ्नो कुरा राख्ने प्रयास ग¥यो । सबैलाई आफ्नो स्तर र क्षमता बताउन चाह्यो, तर कसैले बुझ्न खोजेनन् । उसले साइन्स पढ्न सक्दिनँ, पढ्दिन“ भन्दा पनि ‘ए’ आउनेले अरु पढ्ने नै होइन भन्दै उसलाई दबाब दिन थालियो ।
उता, दिदी–भेनाले पनि फोनमा खुसी हु“दै मामा–माइजूकै तर्कलाई अघि सारे ।

उसलाई घरपरिवार र नातागोता, साथीभाइ जताततैबाट दबाब आउन थाल्यो । राम्रो नतिजा आउनेले साइन्स नै पढ्नुपर्ने मानिसहरुको मानसिकतालाई थेग्न उसलाई हम्मे भयो । ऊ साइन्सको हाउगुजीबाट तर्सेर हीनताबोधको जा“तोमा पिल्सिँदै जान थाल्यो । यतिको दबाब जिन्दगीमा उसलाई कसैले कहिल्यै दिएको थिएन ।

‘ए’ले पनि उसलाई सपनामा, बिपनामा तर्साउन, जिस्काउन थालेजस्तो भान भयो । आफ्नो वरिपरिका आफ्नाहरुले उसको कुरा नसुन्दा, नबुझ्दा ऊ भित्रभित्रै गुम्सिन पुग्यो । यतिको दबाब, यतिको गा¥हो त उसलाई ‘सी’ र ‘सी प्लस’ ल्याउ“दा पनि भएको थिएन ।

एकदिन उसले एक असल मित्रको सल्लाहअनुसार आफ्नो बुबास“ग राम्ररी कुरा गर्ने निर्णय ग¥यो । उसको बुबा भने रिसाएरै बस्नुभएको थियो । आफूले भनेको छोराछोरीले नमान्दा हरेक आमाबुबालाई रिस उठ्दो हो, चित्त दुख्दो हो सायद । त्यसैले त साराका कुरा सुनेर दिपेशका बुबाले पनि साइन्स नपढ्ने भए अरु केही पढ्न पर्दैन भनी दिपेशलाई धम्की वा चेतावनी दिएका थिए । त्यही भएर पनि दिपेश तनावमा परेको थियो । उसले बुबाको छेउमा गएर सुस्तरी बोल्यो, ‘बुबा, हजुरले भनेअनुसार म साइन्स पढ्छु ।’

छोरोको यति कुराले बुबाको रिस गायब भयो । खुसीले मख्ख पदै उनले छोरोको कुरा सुन्न थाले । ‘हो बुबा, म हारे“ र तपाईंले जित्नु’भो । म कस्तो खालको विद्यार्थी थिए“, मेरो पढाइ कस्तो थियो त्यो तपाईंबाट लुकेको छैन । सबै थाहा पाइपाई तैँले साइन्स नै पढ् भन्नुहुन्छ भने म पढ्छु ।’

छोरोको कुराको छेउटुप्पो समाउन नसकेर बुबा अक्मकिए । ‘होइन, तैँले के भन्न खोज्दैछस् ?’

बुबाले कुरा सुन्न खोजेकोमा मौका छोप्दै दिपेशले भन्यो, ‘मलाई अरु नै खेल मन पर्छ र सायद त्यसमा जित्न पनि सक्छु, तर तपाईं पौडी नै खेल, त्यसमा तैँले जित्नैपर्छ भन्नुहुन्छ भने म पोखरीमा हाम फाल्छु । जब कि, मलाई पौडिन पनि आउ“दैन र त्यसमा मेरो इच्छा पनि छैन । बुबा, त्यसो गरेँ भने के हुन्छ ?”
‘मर्छस् त“’, बुबाले प्याच्च जवाफ दिए ।

‘हो बुबा, साइन्स पढ्नु पनि मलाई त्यसरी नै पोखरीमा हाम फाल्नुजस्तै हुनेछ । म मेहनत गरेर पढ्ने पनि प्रयास गरु“ला तर सफल भइन्छ/भइन्न त्यसको ग्यारेन्टीचाहिँ दिन सक्दिन“ । किनभने, मेरो क्षमता र इच्छा साइन्स पढ्नु होइन ।’
छोरोको कुराले बुबाको दिमागमा हान्यो । पानी परेपछि आकास खुलेझैँ उनको दिमाग पनि खुल्यो । छोरोले ‘ए’ ल्याएपछि उसलाई साइन्स पढाएर डाक्टर, इन्जिनियर बनाउनुपर्छ भन्दा भन्दा दिमागमा त्यसकै भूत सवार थियो, त्यसैले छोरोमाथि यत्रो दबाब दिइयो ।

‘माफ गर छोरा’, छोरोको टाउको सुमसुम्याउ“दै नम्र भएर उनले भने, ‘तिम्रो पढाइको स्तर मलाई थाहा छ, तर तिम्रो रिजल्ट ‘ए’ आएको देखेर सबैले त्यस्तै सल्लाह दिन थाले । हामी तिम्रा आमाबुबा न प¥यौँ, तिमी डाक्टर अथवा इन्जिनियर बनेको हेर्ने रहर मनमा जागृत भइहाल्यो । त्यो रहरलाई मार्न नसकेर तिमीमाथि दबाब दिए“ । गल्ती भयो, सरी ।’
दिपेश खुसी भयो, आफ्नो कुरा बुबालाई सम्झाउन सकेकोमा । उसले लामो सास तान्यो ।

‘बुबा, तपाईंलाई थाहा छ ? अगाडिबाट बधाई दिए पनि पछाडि ‘कोरोना ब्याच’ भनेर खिल्ली उडाएको मैले सुनेको छु । यस्तै अविश्वसनीय नतिजाले गर्दा त होला नि त्यस्तो भनेको, तर यसले राम्रो पढ्ने, सा“च्चीकै ‘ए’, ‘ए प्लस’ ल्याउने सक्षम विद्यार्थीलाई ठूलो चोट पुगेको छ । मेरै चार–पा“च जना साथीहरु कस्तो नरमाइलो मानिरहेका छन् ।’

‘ए, हो र ? यस्तो त हामीलाई केही थाहा छैन ।’ बुबाले एकछिन विचार गरेर दिपेशलाई सोधे, ‘अनि भन् कान्छा, त“ के पढ्छस् त अब ?’

‘बुबा, म हजुरलाई एक–दुई दिनमा भनौँला, तर बुबा ‘ए’ आएर पनि साइन्स किन नपढाएको भनी सोध्नेलाईचाहिँ जवाफ ठिक्क बनाएर राख्नुस् ।’ दुवैजना गललल्ल हा“से । एकछिनपछि दिपेश तनावै तनावमा बितेका केही दिनहरु बिर्सेर नया“ भविष्यको निम्ति विचारमग्न भयो ।

(स्रोत : ईचितवनपोष्ट डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.