कविता : गङ्गा नीलो बग्छु

~वैरागी काइँला~Bairagi Kaila

यात्री –

भि
न्छु

कुदेर
बुद्विसम्म भित्र-बाहिर
कति पुगिनँ-छु-ले नित्य शिलाखण्ड उभिन्छ

यौटा लहर हात उठेर सगर नछोई पात खस्दछ
सीमाहीन नीलिमा लहरले उफ्रेर
छालहरू उज्ज्यालो हिर्काउँछन् सङ्गमर्मर भएर पहरा छु
तिहीँ छु ।
आँखाहरू लहरले छाल कुद्छन्_
मोमबत्तीको प्रकाश थोप्लाहरू पोखिँदै अविरल
रात पोखिँदै, प्रात: पोखिँदै, दिन पोखिँदै अविरल
आँखाहरू लहरले छाल कुद्छन्…
सिन्का लहर टिपेर टोक्दै दाँत कोट्याउँदै
आफू-खोजेर हिँडिरहेको आफै यात्रीले बाटो
नागबेली चिरन्तन बाटो जङ्गलमा भीर पहराहरू
बग्छु
बगिरहेर-छु

!
वर्तमान पूर्वस्मृति यो पिएर पश्चात् बगेर नदी घेर्दछ
गिलासभित्र भरि छचल्किन्छ रहन्छ
गिलासभित्र भरि जलराशि
जलको टापु जलमय
गतिमान् गतिहीन
टापूको न भूत न भविष्यत् सधै छ
यो यहीँ छ
म यहीँ छु
निरीह वञ्चित र शबादमा जीवित कथानकले पर्खालभित्र छु
न जुत्ता खोलेर
न टोपी फुकालेर
विद्रोहको शुभारम्भ गर्न सक्छ
क्रान्ति रातो कम्बल झर्केर बिमारीले पन्साउनु र युद्व
फलामको खाटमाथि विस्कुट भाँच्नु, फगत
गिलासको विरूद्व बिमारीको क्रुद- रुग्ण आक्रोश जीवन यो
सधै मान्छे सालिक सडकमा तर्साउछ
न रिबिन काटेर
न ढुङ्गा गाडेर
स्वतन्त्रताको शिलान्यास सालिक गर्न सक्छ,
म उम्कन सत्तिनँ फुकेर
घायल क प्रतिबन्धित मान्छे
एकै ठाउँ
हग्छ
मुत्छ
सुत्छ
म तेत्ति
जीवन तेत्ति
काँचको गिलास पारदर्शी छिरेर
गिलास देख्तिनँ शरीरले पग्लेर गिलास बिलाउँछु
शरारले अङ्ग अङ्ग पग्लेर
रक्साले भरी गिलास हेर्छु देख्तिन गिलास चाल पाउँछु
पिएर रित्तो गिलास हेर्छु गिलास देख्तिनँ गिलास चाल पाउँछु
छाम्छु स्पर्शले ‘ठोक्छु बजाउँछु घण्टीले कुदेर स्वरहरू
उचालेर दुवै हातले छाम्छु
जीवन सुमसुमाउँछु आङभरि कोमल भुवाहरू …
कालोभित्र पोखरीमा आँखा ठोक्किएर डुब्दछ
आवाजले पौडिएर सुनौला माछा सागरमा एेनाभित्र कुद्छन्
खेल्दन् कुद्छन्
नीलो पन्साउँदै लहर लहर ….
हत्केलाले आलो स्पर्श टिपेर सुनौला खेलाउँछु
माछा सागरमा एनाभित्र कुद्छन्
खेल्दछन् कुद्छन्
बुद्विले सूर्य बोलेर राँकोले हेर्छ हेरेर देख्दैन
ढुङ्गामा ठोक्केर लड्दै बालुवा टेकेर कुद्छ
बगर बगर
गढ, तीर
कालोभित्र पोखरीमा आँखा ठोक्किएर डुब्दछ
मेरो माछा पौडिन्छ पोखरीभित्र तल
हत्केलाले आलो स्पर्श पक्रेर म चाल पाउँछु
चालपाउनु-ले दिन उज्यालो सधैं टेपलमा बल्दछ
टेबलमा काचँके गिलास छिरेर पारदर्शक
टेबल काँचको गिलास म पारदर्शक पग्लिएर बिलाउँछु
रिक्त्त रित्तिएर रित्तिन्छु
आह ! …म कति कठिनले छैन भएर बिलाएर-रहन्छु ।
न च्यातेर
न पौडेर
न आँखामा एेना हिर्काएर फुट्छ शून्य, टुक्राहरू
न त शून्यता फुट्छ-ले कालो उभिन्छ गिलास रिङ्गो बिटमाथि
डिल अग्लिन्छ चिसो हिमालय
हिमाच्छादित शैलशिखर टाढा उज्याला छन् बाहिर
दुर्भेद्य, दुर्लङ्ध्य पहाड पर्वत उज्याला छन् बाहिर
उज्यालो ज्योति हल्लाउँदै डाक्दछ-भित्र
हिँडछु
जुत्ताले पैताला टाँसेर बाटो खस्छ, टकटक्याउँदछु
बटुल्दछु
अतिकति रहेर म हिँडछु
यात्री
यात्रीले एक्लो हिँड्छु
जुत्ता फुकालेर अफालेर फेरि आह ! …
सडक यात्रीले जुत्ताभित्र
यात्री
कोलाहलदेखि भागेर भीडभित्र एक्लो पुग्छु

भि
न्छु
!
फुत्केर गएको माछाको आलो स्पर्श टास्सिएको छ हत्केलामा
चेतनाले थपथपाउँदै आफूलाई चाल पाउँछु
एक्लो उभिन्छु ।
भीडभित्र
जुलुस टोपीले अग्लो थपेर सडक हिँडछु
आकाश हुनु-भेटेर, सक्तिनँ
खस्दछु
भीडभित्र
जुलुस जुत्ताले तल टेकेर सडक हिँडछु
धरती हुनु-छोएर, सक्तिन
खस्दछु
पहाड भत्केर टोपीले थिच्छ
सल्बलाउँछ गिलो जुलुस लत्रङ्ह अजिङ्हरले कोलो चुहिन्छ
थिच्छ कालो निरन्तरताले चिसो छ असफलता
जुत्ता एेँठन पर्यो मलाई…
जुलुस कुदेर भाग्छु-सक्तिन उठ्नु स्वतन्त्र
समग्रले एक्लो स्वतन्त्र

पखेटाले छोपेर भुल्टुङ म-लाई चोर औँला दिएर
भीडभित्र डोर्याएर एक्लो उभिन्छ,
म जुलुस घि/स्रि/ र/हे/को/छु/
यात्री
क्षण क्षण अर्को त्यही क्षण
आङमाथि कुम्लो त्यही यो सधै छ
अविराम यो वर्तमानले डाँडा ढल्किएर कुममाथि
कुम्लो यो सधैको छ,
बोक्छु
बटुलेर म-लाई
सम्पूर्ण म-लाई सिङ्गो मुठी पारी छहराले
नदी-नालाले, पहाड-पर्वत शङ्खध्वनिले सुगन्धित
फूल बगेर
नि:शब्द कलरव सीमाहीन चुर्लुम्म फालहान्छु
जलधारा

यौटा तरङ्गले स्वर टिपेर नीलो खेद्दछ
कुदेर खेद्दछ पछ्याउँछु कुदेर नीलो आवाज
भित्र
वीणाको तार झङ्कृत बज्दछन स्वरलहरीले
क- आवाज …
तिमी- आवाज …
आवाज …का स्वरहरू कुदेर फाटक उघार्छ
नीलो उधारेर शून्यले काख दिन्छ
झ्वाम्म पस्दछु

रेखिँदै तरङ्ले स्वरहरू …पानी …पानी …पानी …
गङ्गा नीलो बग्छु …

(स्रोत : काइँलाको कविताकृति – ‘बैरागी काइँलाका कविताहरू’ बाट )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.