~सुरेन उप्रेती~
मरुभूमिकी महारानी आख्यानकार गगनसिँह थापाको लघु उपन्यास हो।यो पुस्तकमा जम्मा असी पेज मात्र रहेकाछन।आकारको दृस्टीले सानो देखिन्छ।तर यसले राजनितिक बिचार,दर्शन,राष्ट्र,राष्ट्रियता,र प्रकृतिका बिभिद सृजना र श्रृङगारहरुलाई एउटै धागोमा उनेर वजनदार माला गाँसेको छ।हिमालको फेदीमा जन्मिएको एउटा जिज्ञाशु किशोर राजस्थानको मरुभूमिमा पुग्छ।उसलाई शिक्षाको भोक छ।पाँचकक्षा पढेको प्रमाणले भर्ना हुँदैन र परिक्षा लिइन्छ।परिक्षामा राम्रो गरेको हुनाले कक्षा सातमा भर्ना हुन्छ।टोपीको कारण अफिसमा जानु पर्छ।टोपी लाउँन नपाउँने आदेश हुन्छ।किशोरले तर्कपूर्ण प्रतिवाद गर्छ।प्राचार्य नाजवाफ भएर टोपी लगाउँन अनुमति दिन्छन्।पहिलो दिनबाट नै भादगाउँले टोपीले चर्चा पाउँछ।संसारको अग्लो हिमाल सगरमाथा र त्यसको ताजको प्रतिरुप टोपी भनेर किशोरले बर्णन गर्दा सबै अवाक् हुन्छन।
उनको आश्रयस्थल राजघरानाको बिशाल महलको कम्पाउण्ड भित्र रहेको पालेहरुको क्वाटरमा हुन्छ।राजघरानाकी किशोरी मृदुला पनि उनकै कक्षामा पढ्ने हुन्छिन।मृदुलाका दुई वालसखीहरु र किशोरको वालसुलभ आत्मियता हुन्छ।घरबाट ल्याएको टिफिन बाँडेर खाने गर्दछन्।किशोरका स्वभिमानी कुराले उनीहरुमा पनि आफ्नो पहिरन र संस्कृतिको महत्वको ज्ञान थपिन्छ।उनीहरुलाई देशभक्त र स्वभिमानी बनाउँछ।मृदुला कुलीन परिवारकी भएर पनि ठूलोसानो धनी गरिबको भेदभाव हुँदैन।मृदुला भन्छिन “हामी सबै आ-आफ्नो भागका मालिक हौँ ।“ उनीहरु मरुभूमिको भ्रमणमा जान्छन।समूहबाट अलग भएर मरुभूमिमै हराउँछन्।मरुभूमीमा आँधीतूफान आउँछ तीन जना किशोरीहरुले किशोरलाई अविभावकको रुपमा बिश्वास गर्दछन।भयवित भएर यूवक सँग टाँसिन्छन।त्यो बालसुलभ आत्मियताले मृदुला र यूवकलाई जीवनभरी सम्झन बाध्यबनाउँछ।अतृप्त प्रेतात्मा किचकन्नी बनेको परिकल्पना छ।उसले उँटहेर्ने मानिसको यौनिक भोक तृप्त गरेका प्रसङ्ग ल्याएर उपन्यासलाई रसिलो बनाएका छन्।यी प्रसंगले तात्कालिन समाजामा प्रचलित भएका किँबदन्तिहरुको जानकारी गराएको छ।
भ्रमणकै क्रममा आँधिमा परेर एक जना छात्र हराउँछ ।आँधी आउँदा बालुवाको थुप्रोले यूवकलाई पुरेको हुन्छ।टाउकोमात्र देखिन्छ।बालुवाको थुप्रोमा पुरिएको यूवकलाई शाहस पूर्वक निकालेर बचाउँछ।सबै बिधार्थिहरु र शिक्षकले प्रसंसा गर्दछन।उसलाई कक्षाको मनिटर बनाउँन प्रस्ताब गर्छन्।आफु यायाबर अजनवी भएको र अरुलाईनै मनिटरबनाउँनु पर्ने कुरा यूवकले राख्दछ।शिक्षक भन्छन् “हामी सबै क्षणभङगुर छौँ ।अजनवी र यायाबर हौँ।यो धर्ती नै बसेरा हो।यसरी जीवन दर्शन प्रस्तुत भएको छ।
मरुभूमीको भ्रमणले उनीहरुको सम्बन्धलाई झन प्रगाढ बनाउँछ।तर उनको भिनाजु को जागिर सकिएको हुनाले उनले त्यो स्कुलबाट बिदा हुनु पर्ने हुन्छ।मृदुला यूवकको शुल्क बुझाउँन आउँदा यूवक रिपोर्टकार्ड लिँदै हुन्छ।उसले स्कुल छोड्ने कुराले मृदुला र उनका साथीहरुलाई व्याकुल बनाउँछ।यूवक रेल चढेर गुड्दै गर्दा उनीहरु दौडँदै आउँछन्।मृदुलाले यूवकलाई एउटा राजस्थानी गाम्छा दिन्छीन।त्यो बियोगान्तक क्षणले पाठकका आँखामा आँशु टिल्पिलाउँछन्।त्यस गाम्छा भित्र पाँचसयको नोट पोकोपारेको हुन्छ।त्यो पाँचसयले अर्को स्कुलमा शुल्कतिर्न अभर पर्दा कामकाट्द्छ।यूवकको स्वभिमान झुक्न पाउँदैन।मण्डिवाला सँग गल्ला माग्नु पर्दैन।
नेपालको राजनिति भित्र प्रजातन्त्र प्राप्ती सँगै सबैले देखेको सपना अधुरै रहेकोमा उपन्यासकार चिन्तित देखिन्छन।प्रजातान्त्रिक समुन्द्र प्रदुषित भयो। छदमभेषीहरुले कनीका बेचे।जस्ता भनाई बाट उनको चिन्ता प्रस्टिन्छ।धार्मिक आडम्बर भित्र गुम्सिएको यौवन र यौनिक चाहनालाई शुभ्र बस्त्रमा छोपेर राख्नु अप्राकृतिक हो।युवतीहरुका यौनिक भावभङ्गी रेलको यात्रामा देखिन् ।उनी भन्छन् फूलको कोपिला फक्रन तयार हुन्छ तर फूलको पत्र भित्र परागसेचन नमई फूल झर्नु अप्राकृतिक हो।भोकलाग्नु ,तिर्खालाग्नु ,धान पसाउँनु र पोटाउनु प्राकृतिक कुराहुन।तुषारापात भएर धान फूल्न र फल्न नपाउँनु प्रकृतिको नैशर्गिक अधिकार हनन हुनु हो।हाम्रा पूर्खाहरु युगपुरुष र युगमाताहरुले पनि प्रकृतिमाथि बिजयप्राप्त गर्न सकेनन्।शौन्दर्य प्रति आकर्षित भए।प्रकृतिको नैशर्गिक अधिकारको रक्षा गरेर आज हामी यहाँछौ।यसरी उनले यौनिकताको अनिवार्य आवश्यक्ता र आकर्षणको उठान गरेका छन।शाररिकृत प्रकृतिमाथि नियत्रण गर्नु र डोरी कस्नु अन्याय हो।ठूलाठूला नदीहरुलाई जती अग्लो बाँध बाँधे पनि भरीए पछी छताछुल्ल हुन्छ।मानब मनको गंगा सागरलाई जति बाँध्न खोजे पनि मनगगाँ भत्कन्छ र जगत नास गर्छ।उनका यी भनाइहरुले धर्मको आडम्बर भित्र भएका सारा यौनिक कुकृत्यलाई उदाङ्गो बनाइ दिन्छ।पाठकलाई साहित्यकार बिशेश्वरप्रसाद कोइरालाको लेखन सँग नजिक पुर्याउँछ।
लेखकले प्रकृतिको बर्णन गरेर हिमाल र मरुभूमी जोडेका छन्।जन्मदै गरेको कोमल सुर्य र अस्तसूर्यलाई जीवन सँग दाँजेका छन।दिन र रात,आकाश र धरती, प्रातकाल र सन्ध्याकाल,बनजंगल जनावर आदिको मुक्त कण्ठले बर्णन गरेका छन्।यी यावत कुराहरुले उनको प्रकृति प्रेमलाई परिचित गराउँदछ।यहाँ महाराणा प्रतापले मुगल सँग युद्ध गरेर हिन्दुत्व जोगाएको कथा छ।पन्ना धाइले आफ्नो छोरालाई बलिदिएर महाराणाप्रतापलाई बचाएको बिरताको ऐतिहासिक कथा छ। एउटी आमाले छोराको बलिदिएर राष्ट्र र मातृभूमि प्रति गरेको शाहसिक कथा छ।
करिब पचपन्न बर्ष पछी लेखक आफुले बाल्यकालमा पढेको महाराणा प्रताप स्कुलमा पुग्छन्।त्यस बिधालयमा उनकी वालसखा मृदुला प्राचार्यका रुपमा भेटिन्छिन्।दुबै जना भाबुक हुन्छन।पाठकको कोमल मन रसाएर आँखा चिसा हुनेछन्।त्यहाँ वाल्यकालको वास्ना रहित स्नेहले कस्तो आदर्श ,देशभक्ती, र पहिचानको बिरुवा रोपिदिएछ भन्ने कुरा देख्न पाउँछौँ।
लेखकले सरल भाषामा लेख्दा लेख्दै पनि क्लिस्ट शब्दहरु प्रयोग गरेको पाइन्छ।जस्तै क्षणभङ्गुर,यायाबर ,बसेरा,स्निग्ध,हर्थुङ्गो,हिमसुमन ,निस्तब्ध,दमडी,शुभ्र, भावभङ्गी,सोपान,पगपथ,रविरश्मी ,बिदिर्ण आदी।यसले लेखक सँगको शब्द भण्डारको गहनता बारेमा पाठक लाई बोध गराउँछ ।
उपन्यासकार,बिभिदतालाई एउटै छोटो पुस्तकमा समेट्न सफल सफल भएका छन्।लेखकका नाति सुहिम थापा प्रकाशक रहेको “मरुमूमिकी महारानी” लाई साहित्यकार प्रोल्लास सिन्धुलीयले सम्पादन गर्नु भएको छ।यसको मूल्य १५० रुपैयाँ रहेको छ।लेखकको महाप्रस्थानको दुखद खबरले यो स्तम्भकारलाई स्तब्ध बनायो।नेपाली साहित्यलाई अपूरणिय क्षति भएको छ।
-सुरेन उप्रेती पाँचथर,हाल क्यानडा
(स्रोत : ईनेपालीज दट कम)