गजल : असल सखिया भइ दिए

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

शीरमा श्री लेख्नै पर्दैन असल सखिया भइ दिए
लोचनबाट मोती झर्दैन असल सखिया भइ दिए

जीवनसाथी,पढाइ साथी,घनिष्ट होस वा अरु कोही
मनको माया मर्दै मर्दैन असल सखिया भइ दिए

आफ्नो योगदाको चर्चा गर्ने गुनको हिसाब राख्ने
घमण्ड आपसमा गर्दैन असल सखिया भइ दिए

सम्पती माया मोह स्वार्थ जिउदो हुदा मात्र न हो
नाम राख्न जिउनु पर्दैन असल सखिया भइ दिए

मेरो हैन मेरो कर्मको हिसाब होस हाम्रा हैन राम्रा
पीयूष भनि बीष भर्दैन असल सखिया भइ दिए

२०७७/१०/२० रोज ३

इलामेली टीकाराम दुलाल
देउमाइ न.पा. -५ इलाम
हाल :सवारी महाशाखा, काठमाण्डौ

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.