कविता : नेता बन्नु छैन

~धनराज सिलवाल~

सुन मलाई नेता बन्नु छैन
आफ्नो प्रतिभा भत्काउनु छैन।

नेता बन्न त फटाहा बन्नु पर्छ
निकम्बा बनि पिडा दिनु छैन।

मत खाएर गरीब जनताको
तिनीहरूकै समाई टुप्पी रिगाउनु छैन।

गुण्डा र भरौटेको नाईके बनी
अमानवीय कर्म मलाई गर्नु छैन।

बोल्नु पर्छ झुठो गर्नु पर्छ अधर्म
यस्तो नीच कर्म मलाई गर्नु छैन।

म त असल नागरीक बन्न चाहन्छु
अमृतको भाँडोमा विष मिलाउनु छैन।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.