कविता : युग परिवर्तनका लागि !

~सुजन बुढाथोकी ‘कान्छा’~

क्रान्तिकारी कबि गोपालप्रसाद रिमालले
भने झै गरि हो उ आउनेछ
तर, यसपटक आउदा उ
सारा टुहुरा र अनाथहरुको निमित्त
आमाको रङ्गिन काख भएर आउनेछ
हो अबस्थ उ एकदिन आउनेछ ।

बिद्रोही कवि रिमालले
भने झै गरेर उ आउनेछ
रबिकिरण छरेर
पृथ्बी उज्यालो बनाउनेछ।

दुष्टदानब रावणका लालकिल्ला
र जडपाषणहरु फोडेर
तमाम पार्न उ राम भएर आउनेछ
र गराउनेछ
यो लोकको अन्धकारमा बस्ने
सारा भुतहरुको सत्ताच्युत
किनकी,उ देवदुतको अबतारमा आउनेछ ।

अनि यो इलाकामा !
उ एक इन्चार्ज इन्सपेक्टर भएर आउनेछ
र सारा अपराधिहरुलाइ समाउनेछ
र बनाउनेछ
कारागारमा त्यसलाइ
जिन्दगिभर जन्मकैदको भागिदार
इस्वरको अदालतमा!
अनि उ खुद
एक नामुद न्यायधिस भएर आउनेछ
र दिलाउनेछ !

सारा बेसाहारा र पिडितहरुलाइ इन्साफ
अनि उनिहरुको हक अधिकार
रोगले ग्रसित भएकाहरुका लागि
उपचार
अनि भोकले कुपोषित भएकाहरुका लागि
उ आहार भएर आउनेछ
उ आउनु एक आदर्स
हो यसर्थ उ आउनेछ।

उ जाज्वल्य सदाबहार सुर्योदय भएर आउनेछ
अनि अन्धकारमा पनि उ निर्भय भएर आउनेछ
र कुकुर झै कारागारमा बेकसुर,
मर्दै गरेकाहरुका निमित्त उ मृत्युन्जय भएर आउनेछ
र जरुर बनाउनेछ मरेका अतित र बर्तमानलाइ पुनर्जिबित

मान्छे हर्दम बाच्न चाहान्छ
जस्ले मर्म बुझेर बचाउछ त्यस्को ज्यान
त्यसैले उस्लाइ भगवान मान्छ।
किनकी,मृत्युमा जहिल्यै पनि अन्तिम सत्य सधै भगवान हुन्छ।

को हिन्दु को इसाइ को मुसालमान
को बौधिस्ट को किरात को कृस्चियन?
सारा धर्मबिरहरुको लागि
उ एक समान भएर आउनेछ
र लड्नेछ
यो अधर्मबिरुद्द युद्द ।

र आउनेछ
र खोलिनेछ
न्यायलय,मन्दिर,
बिध्यालय र बन्द गरिएका अस्पतालका ढोकाहरु ।
उ एक शैनिक भएर आउनेछ
र समाउने छ यो पृथ्बिका सारा पापिहरु
र रहनेछैन मान्छेका घरहरुमा बनकर
राछ्यस र नरपिपासुहरु
रोकाएकाहरुका लागी दिगो इलाज भएर आउनेछ
उ उपचार भएर आउनेछ ।

भोकाएकाहरुको लागि गाँस भएर आउनेछ
यो लोकमा
अनि उ एक अलौकिक ईतिहास भएर आउनेछ !
र यो सारा सन्सारको उ एक सरकार भएर आउनेछ ।

देसद्रोही दुस्मन र चोर भ्रस्टचारिहरुको पतन लागि
उ एक कठोर क्रान्तिकारी भएर आउनेछ

यो आवाज केवल मेरा कोरा काल्पनिक
कबिताहरुको आवाज हैन ,
यो आवाज केवल कसैको अनुमानको
आधारमा निस्किएको आवाज पनि हैन
उ आउदा आउदै बाटैमा बाघले खान सक्ने
त्यति कमजोर पनि छैन,

हराएको
उ डराएको भन्ने कदापी नसम्झ ए राछ्यसहरु
सायद,बर्तमानमा यसबेला उ अन्धकारको कुनै
अन्जान गर्भमै छ
र भोलि बिहानको उज्यालो घामहरुमा
कुनै सहिद आमाको कोखबाट उ जन्मिदैछ

यसैले,उ अबस्य आउँछ आउछ आउँछ
र यो सारा सन्सार एकपटक हल्लाउछ
तर,भुकम्प जसरी हैन
नत, हिटलर हुसेन र लादेन जसरी नै

यसरी
जसरी कि कुनै साउथ इन्डियन मुभिमा
कुनै स्टाइलिस्ट हिरोले
अन्जान गुनेगार टेरोरिस्टहरुको हातबाट
कुनै पबित्र स्थान बमब्याल्स्ट हुनबाट
जोगाउछ
र बचाउछ
हजार तिर्थयात्रीहरुको ज्यान,उ आउँछ ।

उ आउनु एक आदर्स
यसर्थ, त्यो भुत उसैको हातहरुबाट मर्छ ।

उ मुजाहिद्दिन मुक्तियोद्दा भएर भबिस्यमा आउँछ
उ एक नबिन शैनिक भएर आउछ
अबस्य उ एकदिन आउछ
र यो भयभित सन्सार एकछिन चकित बनाउछ।
कुनै असाह्य निर्दोस बृद्दाको थोते ओठले
बोलेको एक अशक्त पुरानो आवाज हो यो
कुनै अबोध सिशुको तोते ओठले
बोल्नै नसक्ने कुनै बिरानो आबाज हो यो,
मानौ,आममान्छेहरुले पुकार्ने आबाज हो यो ।

जरुर यो जैबिक धैत्य हतियारको रक्तिमवारमा
अबस्य उ दाबेदार दैबिक शक्ति भएर आउनेछ
खुङ्गखार
र त्यसले हार्नेछ
उ आउनु एक आदर्स यसर्थ, उ आउनेछ ।

र लखट्नेछ बनकर तस्करहरु
हाम्रो घरबाट
र हट्नेछ साम्राज्यबाद र पुजिवादका
दलाल स्याहरुसङ्गै
र रहनेछैन त्यसदिन यो सन्सारमा
शोषक र सोषितका कुनै नामनिसानहरु
र हुनेछैन अब कैले पनि
जात र ब्यहपारको नाममा आधुनिक
हातहतियारहरु सहित दाजुभाइहरुको बिचमा लडाइ ।

यसैले उ एउटा जनबादी राज भएर आउनेछ
र छाउनेछ साम्यबाद ।

धर्म र बिचारको आधारमा बिभाजित
अमेरिका !
अनि आतङ्गकित यो विशालबिस्वको निमित्त
स्वयम बुद्द भएर आउनेछ

उ भगवान भएर आउनेछ
चिन!
र काल पर्खिएर
अस्पतालमा
जीवन हराइरहेकाहरुका लागि,
जरुर ज्यान भएर आउनेछ
अबस्य एक दिन
द ट्रीटमेण्ड अफ कोभिड नाइन्टिन ।

यो रचना 2077 बैसाख १ मा केही आसाहरु राख्दै लेखिएको थियो | यहाँ covid 19 को दबाइ प्राप्ति पछिको अबस्थालाइ कुनै सन्त्रास र बिबेद रहित एउटा शान्त र साम्यबादी समाज ब्यबस्थाको रुपमा परिकल्पना गर्दै । कोरोनालाई त्यो र क्रान्ती जस्लाइ उ सब्दले इङ्गकित गरेको छ ।

– रतुवामाइ,मोरङ्ग

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.