~गोरखबहादुर सिंह~
योजना छनोटमा परेका विद्यालयलाई भाग्यमानी नै भन्नर्ुपर्छ- विद्यालय राम्रा र सुविधायुक्त महिला शौचालय सुसम्पन्न बने । हुन त योजनाको नामाकरण गरिँदा ‘शौचालय निर्माण योजना’ उपयुक्त र पर्याप्त छ भन्ने विचार नआएको होइन तर महिला विकास पक्षधर दातालाई रसिलो पार्न योजनाको नामको अगाडि महिला पनि जोडियो । शौचालय सुचारु रूपले सञ्चालन भएको धेरै भएको थिएन छात्रहरूमा एउटा प्रश्न टुसायो- “शौचालय सुविधाका लागि पनि महिला हुनुपर्ने -” फलतः विद्यालय समय अघि, पछि र बिदाका दिनमा महिला शौचालयबाट छात्रहरूले पनि सुविधा लिन थाले । “शौचालय सुविधाका लागि पनि चोरी गर्नुपर्ने -” छात्रहरूमा टुसाएको प्रश्न झाँगिदै गयो, शौचालयको चोरी छिपी प्रयोगले मात्र छात्रहरूमा टुसाएको प्रश्नलाई सीमावद्ध गर्न सकेन ।
शौचालयका ताला पहिले नै फोडिएका थिए नै, क्रमशः भ\mयाल ढोका तोडिए, फोडिए, कतै पर्खाल पनि भत्काइए- केही समय पहिलेसम्म विद्यालयका शोभा बनेका शौचालयहरू ६ महिना नपुग्दै सेवामुक्त मात्र भएनन् खण्डहरू बने । “हामीले निर्माण गरेका सबै शौचालय यति छिटै किन खण्डहर बने -” केन्द्रीय योजना कार्यान्वयन समितिमा कारण खोजियो, स्थलगत अध्ययनार्थ टोली गठन गरियो । तोकिएको समयावधि भित्रै टोलीले अध्ययन प्रतिवेदन पेस गर्यो । उक्त प्रतिवेदनको सार थियो- “योजनाका लागि विद्यालय छनोट गर्दा दर्ुभाग्यवश सबैजसो अनुशासनहीन र उदण्ड विद्यार्थी थुप्रिएका विद्यालय छनोट गरिएछ ।” “महिला शौचालय योजना विस्तार कार्यक्रमलाई यथावत निरन्तर दिने तर अनुशासित विद्यार्थी भएका विद्यालयको पहिचान गर्न भने कञ्जुस्याई नगर्ने ।” – प्रतिवेदनमा भएको विस्तृत र गहन छलफलपछि कार्यान्वयन समितिले निर्ण्र्ाागर्यो ।