मनोन्यास : राजनीति र आत्माको मुल्य

~हस्त गौतम मृदुल~

म आफैले गाउदै छु त्यो जीवनको गीत जुन संगीत बिना बजी रहेछ। तर मनमा पटक्कै सान्ती छैन। भबिस्यको त्यो सूदुर पहाडमा कर्मका साना ढुगांहरु बोक्दै उकालिदै छु। दुखका बोक्राहरु उम्काउदै म बाँचीरहेको छु। हरेक सम्बेदनशिल तत्वलाइ प्रकृतिले अत्यन्त कडाइका साथ रक्षा गरेको हुन्छ। अन्धकार भनेको उज्यालोको गर्भ हो। आगो धुँवा र छायु एउटै दियोबाट निस्कन्छ। तसर्थ जीवन बहुमुखी छ। मन्को शक्ती ब्रमाण्डमा यावत शक्तीमा समाधी लिन्छ। त्यहाँ जनम जनमलाइ थाँती रहन्छ। आत्माको ग्रहमा मन उपग्रह भएर घुमीरहन्छ। मनले जव आत्माबाट शक्ती प्राप्त गर्छ तब ब्रमाण्डमा हुन नसक्ने काम केही छैन। यो बिज्ञानको युग हो। संसार हेर्ने एउटा द्रृष्टिकोण बनाइ सकेको छ। मन आत्माको सचीव नै हो। मनका सृजित बस्तुहरु स्थिाइ छन। म अपांग छु तर मेरो क्षमता अपांग छैन। मान्छे भनेकै क्षमताको अर्कोपाटो हो। जो संग अर्को पाटो छैन त्यो त केवल माटो हो पाटो होइन। मन बलियो हुनेहरु शरीर कम्जोर भए पनि बलियो नै हुन्छन। क्षमता अपनाउनेहरु केही गर्न सक्छन। जसरी आगोमा धुँवा घुसेको हुन्छ त्यसैगरी हरेक समस्यको पछाडी समधान पनि लुकेको हुन्छ। मेरा समस्य पनि समधानमै पुगेर टुगिन्छन। म आफुमा पुर्ण छु भने कसैले अपुर्ण भन्दैमा केही हुदैन। मलाइ बिस्वास छ मेरा हर महत्वआकांक्षाहरु आफैले पुरा गर्न सक्छु। फल पाउने आशामा कर्म गरेको छैन। भलै धर्तीमा पाइने जीवित र निर्जिव बस्तुहरु को अबस्था र अबधिमा निर्भर पर्दछ। फुलहरु फेरी फुल्ने बिउहरु बोकेर मर्छन। जव अर्को बिउको गर्भधान हुन्छ। आफनो अबधि र बनाउटको हिसाब छोडेर बिदा हुन्छन। यस्तै छ जीवन जुन मृत्युमा जीवनको नयाँ अलौकिक बिउ रोपेर अस्ताउछन।

अत्य र शुरुयातको जीन्दगी घुमीरहन्छ निरन्तर।
दुख र सुख नभोगेको आखिर यहाँ को नै छर।

जीवन एक तत्व हो। तत्व तत्वबिच द्धान्द्ध भइरहन्छ। प्राण तत्व प्रकास तत्व बायु तत्व जल तत्व थल तत्व ध्वानी तत्व आकास तत्व नै प्रमुख हुन। यी तत्व तत्व बीच पनि आपसी मेल र बिमल हुन्छ। धर्ममा तत्वको ठुलो हिसाव रहेको छ। कोही प्राण तत्वको ज्ञाता छन तर कोही आत्मातत्व। आजसम्म कुनै भगवानहरु इस्वर भेटाउन सकेका छैनन। तत्व नै इस्वर बनेको छ सृष्ट्रिमा। यही तत्व नै परमशक्तिसाली छ। रहस्यमय छ। अकल्पीय र ब्यापक छ। मान्छेको दिमागले यी सवै तत्वको अन्बेषण गर्न सक्द्रैन। जस्ले सही उपचार गर्छ उही राम्रो डाक्टर बन्छ। त्यस्तै जस्ले सही ज्ञान दिन्छ उही सच्चा धार्मिक हुन्छ। शिबलाइ शिव बनाउने रामलाइ राम बनाउने कृष्णलाइ कृष्ण बनाउने बुद्धलाइ बुद्ध बनाउने क्राइष्टलाइ क्राइष्ट बनाउने महमतलाइ महमत बनाउने जैनलाइ जैन बनाउने त्यो दिब्य तत्व नै इस्वर हो। मान्छेलाइ इस्वर बनाउने परम त्यो दिब्य तत्वको खोजीमा नै आबिस्कार भैरहेको छ। कुनै पनि बस्तुको महत्व त्यो ब्याक्तिको इच्क्षामा केन्द्रित गर्छ। मैले हिराको चाहाना गरे मात्र त्यस्को मुल्य बढछ। त्यस्तै बाहानाभित्र जुन मुल्य छ त्यो नै त्यस्को िसंगो अस्तित्व हो। मैले चाहाना नगरे कसैको हुन्छ। मान्छे चाहारंग लिएर जन्मिएको हुन्छ। जव त्यो रंग उडेर जान्छ त्यस पछि मान्छे नै हराउछ। हो म त्यही रंगको त्यात्द्रोमा मुन्डिएर फेरी जन्मन्छु। त्यही पानी बरफ त्यही पानी बाफ। आखिर पानी त पानी नै हो। तत्वको तन्तुबाट नै जीवन बन्छ। आत्माले जुन तत्वको बिषयमा आत्मासाथ गर्छ जीवन त्यहीमा गएर बाँधिन्छ अनि फेरी त्यहीबाट स्वतन्त्र हुन्छ। जीवन जुन डाँडाबाट उदायो फेरी त्यही डाडाबाट अस्ताउछ। जीवन सुन्यबाट सुरु भो र फेरी सुन्यमा नै हराउछ। आत्माबाट मनको बृत्ति हुन्छ। मनलाइ शरिरबाट पन्छाएर सोच्ने हो भने त्यहाँ केबल सुन्य हुन्छ र आत्माले आफनो काम गरिरहेको हुन्छ। पशूमा हुने आत्मा मान्छेमा हुने बृक्षमा हुने आत्मा एउटै हिसाबबाट प्रभाह हुन्छ। आत्मा पशू भए पनि बृक्ष भए पनि मान्छे भए पनि आफनो ठाउमा आत्मा नै ब्यापक रहन्छ। त्यही आत्मा कसैले नदेखेको प्रमात्मासंग मेलमिलाप गर्दछ। मान्छेमा महसुस गर्ने बृत्ति ज्यादै छ। अथार्थ मन्को चेतना ब्यापक हुन्छ। आखिर बुद्धले आत्माको निरन्तरतालाइ बुमुेपछि शरीरको मोह त्यागेका थिएँ। मन्को पछि लाग्नेहरु मान्छे र आत्माको पछि लाग्नेहरु बुद्ध हुन्छन। आत्माको िहंशा नगर्न सल्लाह दिएकै आत्माको एकरुपतामा नै हो। आत्मालाइ बिचलित नपार्न बुद्धले संसारलाइ मुकमुकाएका हुन। आयु नपुग्दै कुनै घटनाद्धारा मरेको आत्मा र समय नपुग्दै फलेको फलको अबस्था एउटै हुन्छ। बिचलित आत्मा प्रेत आत्माको रुपमा भौतारिएर दुख मुेल्दछ। िहंशामा आत्मालाइ नररुवाउ। आत्मालाइ सान्तीले नै प्रजोलित गर्छ। सान्ती बहुत ठुलो सक्ती हो जहाँबाट आत्माले चियाउन सक्छ हरेकको मनमा अनि हरेकको जीवनमा।

प्रजातन्त्रमा आत्मालाइ बिचलित पार्दैनन। किनभने प्रजातन्त्र नै हरेकको आदर र सत्कारबाट जन्मने सिद्धान्त हो। उच्च बिचार र ब्याबहारबाट जन्मने हो। राजनीति सैतानिक आगो हो जहाँ हरेकको आत्मा डडाउने काम गर्छ। सैतानिक आगो रगतले मात्रै निभाउदछ। त्यसैले धर्तीमा रगत भोक खाने राजनीति अक्तीयार गरेका छन। आपसी द्धान्द्ध नै समधान बनाएका छन। पृथ्वी सवैको सामुा घर हुदा हुदै पनि धेरै घर बनाउनु परेको छ। मानबजाती एउटै जातीको भए पनि भेदभावले अनेक जातीमा छुटयाएको छ। यही नै राजनीतिको उपलब्धी हो। म यो उपलब्धी मेटाउन चाहान्छु। परम सान्ती बिनाको पृथ्वी नै खल्लो भो। दैबिय सक्ती धर्म खुशी कर्तब्य गतिशिल्ता आत्मीय सम्बन्ध सदभाव सदज्ञान कल्पना बुद्धि बिज्ञान अनुसन्धान खोजी न्याय सत्य आस्था दर्शण आदर्श त्याग सृजना सममुदारी सान्ती जस्ता गुणहरु नै प्रजातन्त्रका बलिया जग हुन। अथार्थ मानबता बिनाको प्रजातन्त्र रस बिनाको फल नै हो। रस नभए कस्ले फलको आस गर्छर। मेरो देशमा पटक पटक रस बिनाको फल फलाउन खोज्छन। मलाइ यहीमा नै अन्तरबिरोध छ। भगवत गिता बिस्वका मानबजातीका लागी हो तर बाइबल पढनेले गीतालाइ सोत्तरस्याउलो ठान्दछन। गिता पढनेले बाइबललाइ बेकार ठान्दछन । यो होइन हरेक ग्रन्थ ज्ञानका पुन्ज हुन। जुन जहाबाट जन्मयो त्यो त्यही गएर सक्कीन्छ।

देशलाइ अपठयारोमा पारेका छन। एकाइसौ सताब्दीको कुटिल प्रजातन्त्र मैले खोजेको होइन। रुखहरु आफनो फलखानबाट कस्लाइ रोकेका छन र…॥ हो प्रजातन्त्र त्यही नै रुख हो जहाँका जनताहरु फलखानबाट कहिल्यै बन्चित हुन्नन। सक्ती स्रोत र साधन सवैको पेवा हो यो प्रजातन्त्रले नै सिकाउछ। मान्छेले नै आफनो कुटिल स्वार्थसिद्धीका लागी रुखको फल खानबाट रोक लगाएको छ। यो नै अन्त्य हुनु पर्छ। यो बिभेद हटाउनु आवस्यक छ। यहाँ कहिल्यै आफुले भने जस्तो भएन जहिले पिन राजनैतिक अन्धकारले छाइ रहयो।

जीवन मुक्तिको सारभुत तत्व आत्मानुभुती नै हो। सत्यताको मार्गबाट नै आत्मानुभुतीको परम लक्ष्यमा पुग्न सकिन्छ। सत्यताको परिभाषा ज्ञानले गराउछ। अन्तस्ग्रस्त मनले ज्ञानको प्राप्ती गर्न सक्दैन। मनलाइ ज्ञान आर्जन तर्फ लगाउन नत वन पसेर हुन्छ न त घरको चारदिवार भित्र। मन संसारिक हरकार्य गर्दा गर्दै पनि ज्ञान प्राप्त गर्न सक्छ। मैले नै गर्दै छु भन्ने होइन म कुनै तत्वको आदेशमा गर्दै छु। त्यो आत्मा तत्वले सवथोक गराउछ। कसैले कसैलाइ केही गराउदैन। यो सव सवले सवैलाइ गराउछ किनकि यो सव त्यही आत्मा तत्व हो। यो कार्य गर्दाको शाक्षी आत्मा नै छ। त्यो शाक्षी आत्मा स्वयं आफै हो। आत्मातत्वको खोजी गर्न स्वयंमा पुग्नु पर्छ। अन्तकतै जानु पर्दैन। जस्तै जति गहिरो कुवा खन्यो उती मिठो पानी भेटिदै जान्छ। त्यसैगरी जति सक्यो त्यति नै खोजी गर्दा आत्मात्वको आभाष हुदै जान्छ। आत्माको कुवाबाट ज्ञानको पानी मिुक्ने साधन मन हो। यो मन प्रदुशणयुक्त भएमा पानीको मुल देखी वाताबरण नै दुषित बनाइ दिन्छ। दुषित मनले पबित्रजल प्रदान गर्न सक्दैन। तसर्थ पानी जस्तै मनपनि स्वच्छ निर्मल र सत्यताको शितलताले मामिुनु पर्छ। बिस्वास एवं आत्मभत्तिको डोरीले बाँधेर मनको भाँडो अगाध गहिरो आत्माको कुवामा छोडदै गएमा अवस्य भाँडोमा पानी भरिने छ र त्यो पबित्र आत्मारुपी जल स्वत प्राप्त हुने छ।

यो चैतन्य जलले िसंगो ब्रमाण्डसंग शाक्षात गराउने छ। जव त्यही जलरुपी आत्माले जल ग्रहण गर्छ तव प्रमात्माको सिन्धुमा समाहित हुन्छ। आत्माहरु बिन्दु बिन्दु हुन प्रमात्मा एउटै सिन्धु हो। बिन्दु बिनाको सिन्धु अधुरो रहन्छ। यस्को तातपर्यको निम्ती आत्माबिचार गर्न अनिबार्य छ। शरीरमा आत्मा कहाँ छ सायद प्रस्नको जवाफ पनि छ जसरी तीलमा तेल दाउरामा आगो त्यसैगरी शरीरमा आत्मा शुक्ष्मभावले प्रभुत्ववान रहन्छ।

प्राणीको मन जुन बिचारले कार्यरत छ। शरीरको हर इन्द्रीय त्यही अनुरुप चल्छ। एउटा कमाण्डरले सैनिकहरुलाइ उसैको आदेशमा परिचालन गर्छ। त्यो मनले संचालन गर्छ र त्यही कार्य धारण गर्छ। क्माण्डर भन्दा पनि माथी कुनै छ भने त्यो आत्मा नै हो। आत्मा भन्दा पनि माथी कोही छ त्यो हो प्रमात्मा त्यो प्रमात्मा भन्दा माथी चैतन्य स्वरुपमा प्रमेस्वर छन। हाम्रो जीवनको कुनै मोल छैन किनकी हामीले आफनो मुल्यलाइ चिनेका छैनौं। मालको न मुल्य हुन्छ। अर्थाथ हामी मुल्यहिन माल हौ। किन्नेले किन्नलाइ घटाउन खोज्छ। बेचिनले आफनो मुल्य नै निर्धारण गर्न जान्दैन। आफनो जीवनको मुल्य चिन्नेलाइ भगवानले सित्तैमा बिचार शक्ति दिएको छ। यही बिचार शक्ति आफैमा आत्माशक्तिको मानले चिनिन्छ। बिचार शक्तिको बोध भएको खण्डमा यति परम आनन्द प्राप्त छ। जति कुनै पनि भौतिक साधनबाट प्राप्त हुन सक्दैन जसरी आगो सुकेको दाउरा बाले पछि प्रकट हुन्छ। त्यसैगरी आत्मा शरिरमा आनन्दको प्रकास प्रकट गर्दछ। आनन्दको भन्डार स्वयंममा संरक्षित छ। तैपिन हामी भौतिक अनेक साधनको खोजी गर्छौ। जसरी बालक चन्द्रमा देखे पछि त्यस्मा भुल्छ। त्यसैगरी सिमित स्रोत र साधन अिन शक्तिमा हामी अल्मिुन्छौं। हामीमा जे छै त्यो ब्रमाण्डमा छैन। जे छ त्यो ब्रमाण्डमा त्यो हामीमा छैन। शुक्ष्म प्रमाणुबाट मुन कति शक्ति प्रकट हुन्छ। देवताहरुको पालामा अश्रहरु जति थिए त्यस्को केही गुणामात्र अहिलेको अश्र हुन। बाहिर संसार भुल्न हामी जसरी निदाउछौ त्यसैगरी जागि्रत अबस्थामै सपनाअबस्थामा पुगेपछि यी सम्मपुर्ण शक्तीको पहिचान हुन्छ। यो प्रमाण श्री कृष्ण राम अनेक शिद्धयोगीहरुले अबगत गराएकै छन। त्यो भन्दा बिशेष तत्वधान हाम्रो पुज्य बेदहरु उपनिषद पुराण लगायत अन्य धर्म ग्रन्थहरुले परिभाषित पारिरहेका छन। हामी सयमंमा बुद्ध कृष्ण क्राइष्ट गुरु नानक गुरु गोरखनाथ सीता जस्ता एतिहाँसिक हस्तीहरुसंग ज्ञानमार्फत साक्षातकार गर्न सक्छौ। मोह र अहम अनि अहंकारको गर्भाशय भित्र अज्ञानताको जालीले ढाकिएर शुरक्षित रहेका हुनाले हामी बास्तबिकता भन्दा धेरै पर र्छाै। हामीले भौतिक भोक र प्यास मात्र लाग्छ। बिचार नै सृष्ट्रिको सृष्ट्रा हो। यसैले हाम्रो शरिर निर्माण गर्छ। दुख सुख चिसो तातो राम्रो नराम्रो लाभ हानी ज्ञान बिज्ञान मात्र तयार गर्दैन। यस्ले शरिर र जगतका प्रत्यक चीज तयार गर्छ। आत्मा ब्रमाणु शक्तिपुन्ज हो। बिचार त्यस्को प्रभाह। आत्मा सान्ती बिचारको तरंगबाट प्रभाह हुन् तुलना आधुनिक बिज्ञानले पनि गर्न सकेको छैन। बिध्युत शक्ति एक सेकेन्डमा पृथ्वीको सात फन्को मार्न सक्छ। बिचार शक्ति त्यो भन्दा दोब्बर सक्तिशाली छ। मानिस ऐश्वर्यको भत्ति भैसकेको छ। तैपनी यो सवै सम्पती त्याग्छ कुन बेला जन्मे देखी मरणसम्म यो संसारिक सम्पतीबाट अलग छ। त्यतिखेर आत्मामा अथार्थ शुक्ष्मशरिर धारण गर्छ अनि सपनामा अनेक आश्चर्य र अलौकिक रुपमा बिचरण गर्छ। त्यो अबस्थामा पनि प्राण जिउदै छ। म छु भन्ने भाव छ। अर्थाथ आत्मा मै हँु भन्ने स्वतन्त्र अबस्था छ। आत्मा जहिले पनि स्वतन्त्र नै हुन्छ। बन्धनमा त यो शरीर परेको छ। यो शरीर प्रकृतिबाट पण्चतत्वको सहयोग लिएर बनेको छ। अरुबाट बनेकोले यो मुक्त छैन। आत्मा स्वयं प्रकट हुन्छ। यो आफैमा मोक्ष छ। महाँयोगीहरु यो शरीर र यो आत्माको भेद जानेर शरीरबाट अलग हँु भनी आत्म्ााबोध भएपछि बुद्धत्व प्राप्त गर्छन। भगवान गौतम बुद्ध यो अबस्थाभन्दा पनि माथी थिए। यो शरीरको घर नासबान छ तर आत्मा अनन्त प्रकासमान छ। शरीर अन्धकार छ आत्मा दिब्य उज्यालो छ। अन्धकार नभै उज्यालो हुन्न। अन्धकार उज्यालोको गर्भाशय हो। उज्यालोको बोधाभाष अन्धकारमै हुन्छ। अन्धकार उज्यालोको कवच हो। जहाँ अन्धकार छ त्यही प्रकास छ।

अन्धकार र उज्यालोको सहवासमा प्रकट हुने शास्वत चैतन्य फेरी यी दुबैबाट अलग छ। त्यही चैनन्यलाइ हामी प्रमेस्वर भन्छौ ं। आगो आगो संगै मिल्छ। पानी पानीसंगै मिल्छ। हावा हावासंगै मिल्छ। त्यसैगरी आत्मा आत्मासंगै मिल्छ। जसरी सागरमा पुगेपछि सवै नदीको नाम हराउछ त्यसैगरी आत्मामा मिले पछि शरीरको परिचय बिलाउछ।

प्रमात्माको सामु सवै आत्माहरु लिन हुन्छन। जसरी हिन्दमहासागरमा पुगे पछि गण्डकी कोसी कर्णालीको पानी थाहा हुन्न त्यसैगरी प्रमात्मामा मिले पछि को कस्को आत्मा सवै एकाकार हुन्छन। शरीरको अर्थ टुगो लागेपछि आत्मा प्रमात्माको सागरमा बिलय हुन्छ। आत्मा प्रमात्मामा मिले पनि स्वतन्त्र नै छ। आत्मा प्रमात्माको बन्धनमा छैन। यो जहाँ जहिले जसरी जस्तो पनि अबस्थामा प्रकट हुन्छ र फेरी त्यहीमा गएर आउछ। मानिसले शरीरको अहंकारमा आत्माको स्वभीमान गुमाएका छन। मानिसले शरीरको अज्ञानतामा आत्माको महिमा भुलेका छन। कतिपल्ट आत्मा जन्म्यो थाहा छैन किनभने बाटो नै भुलीसक्यौ। मानीसले जव अहकार र महमताको भेद थाहा पाउछन तव ती जन्मेर जन्मीरहन्छन। मर्दैनन। हामी जन्मने र मने्र गरीरहेका छौ। किनभने हामीमा अनगिन्ती लालच छ मन्मा। अनगिन्ती आर्कषण छ धनमा। म जन्मीरहन सक्छु तर बुद्ध कहिल्यै जन्मनु पर्दैन। म बन्धनमा छु उनी स्वतन्त्र। यही फरक छ हामीमा। भगवती सीता जन्मीरहन पदर््रैन तर म जन्मीरहन सक्छु। इस्वर कुनै ब्यक्ति होइन यो त शास्वत चैतन्य तत्व हो। यस्को आराधना स्वयं भगबान संकर गर्छन। बुद्ध गर्छन। जिसस क्राइष्ट गर्छन। महमद गर्छन। बिज्ञान धेरै पछि सफल हुने छ कि आत्मा कस्तो अबस्थामा रहन्छ भन्ने। क्राइष्ट भन्छन मलाइ मेरो पिताले उद्धारकालागी पठाउनु भएको हो। यस्को मतलव उनीभन्दा माथी कोही छ। क्रुसमा आफुलाइ मुण्डाउने बेला भने हे पिता यिनीहरु अज्ञानी हुन। तस्रथ यीनिहरुलाइ क्षेमा गर।यिनीहरुले के गरीरहेका छन त्यो यिनीहरुलाइ नै थाहा छैन भन्दै क्षेमा माग्छन। यही दैबियभाबले प्रमेस्वर बनायो। आफुलाइ मार्नेका लागी क्षेमा मागीदिने महान आत्मा नै क्राइष्ट बने।

आत्माको निम्ती शरीर एक सुन्दर मन्दिर हो भन्दै आत्माको बयान दिएका छन। उनैले भन्छन। म र मेरो पिता एउटै हुन। आत्मा र प्रमात्मामा लिन भएपछि प्रमात्मा पनि आत्मा र आत्मा पनि प्रमात्मा हुने सौभाग्य पाउछ। आत्मा स्वयं चैतन्य प्रमात्माको एक अंश हो। म मेरो पिता एकै हौ किनकी म नै मेरो पिताबाट आएँ। बुवामा जे जस्तो तत्व छ त्यो ममा पनि त्यही नै छ। ब्रमाण्ड एउटै चैतन्य र शास्वत तत्वरुपी पिता र पृकृतिरुपी माताको सहवासबाट परिचालित छ। हाम्रो महान बैद्धिक ज्ञानले यही कुरो प्रकट गर्छ। भगवान कृष्णले भगवत गीतामा प्रकृति र पुरुष एउटै भनी सम्पुर्ण भ्रमबाट छुटकारा दिलाएका छन। सुर्यका वरीपरी ग्रहरु घुमीरहन्छन र त्यही बेला आफनो सवैकर्तब्य पनि पुरा गर्छन। उपग्रहले ग्रहको परिक्रमा गर्छन। आत्माको परिक्रमण प्रकृतिले गर्छ। पृथीबी सुर्यका वरीवरी फन्को मार्छ र आफै पनि घुमीरहन्छ। त्यसैगरी प्रकृति पुरु ष सहवासमा रहीकन पनि आफनो सृष्ट्रिको गतिमा अबिरल संचालन हुन्छ। चन्दमा उपग्रह हो यो माया हो। आत्मा शरीर माया। यी सुर्य पृथीवी र चन्द्रमा। सुर्यको अधिनमा पृथीबी पृथीबीको अधिनमा चन्द्रमा। त्यसैगरी आत्माको अधिनमा शरीर शरीरको अधिनमा माया छ। माया बाहिरी आवरण हो अथार्थ शक्ती। यो त सृष्टि र सृष्टाको बीचमा सेतु बाँधेर दुबैबाट काम लिने जादुगर तत्व हो। रुख प्राणी कसरी बढीरहेको छ त्यो हामीलाइ थाहा छैन। मायाले तत्व तत्व बीचमा आपसी मिलन गराउछ। यो देखिदैन पनि गरीरहेको हुन्छ। पुरुषले गुमाउदा प्रकृतिले पाउछिन। प्रकृतिले गुमाउदा पुरुषले पाउछ। आत्मा प्रकृतिमा प्रकट हुन्छ। प्रकृति आत्मामा। यर्थाथ तरबारका दुवै भागको एउटै धार जस्तै छ। यही धार माया हो। प्राप्ती र प्रकटको संयोजन मायाले गर्दछ। यो आश्चर्यदायक कर्म छ। मायाको भ्रमबाट तत्वज्ञानीमात्र उम्कन सक्छन। म यही मायामा रुपल्लिएको छु। हामी आज आफैसंग टाढा भएका छौ। कस्तुरी मृगले आफनै बिनाको बास्ना बाहिर बाहिर सुंग्छ त्यसैगरी भित्र भुलेर बाहिरकै महत्व दिएका छौ। हामीसंग के छैन तैपनि भिषारीसरह बाहिर मागीरहेका छौ। अति रिसाएको आमाको दुध पिउने बालक बिरामी हुन्छ या मर्न सक्छ किनभने रिसले शरीरलाइ बिषालु बनाएको हुन्छ। शरीर बिषालु छ भने मन पनि बिषालु नै बन्छ। मनले जे धारण गर्छ शरीरले त्यही धारण गर्छ। तस्रथ संधै सवै कुरा भुलेर आफैमा रमाउन अनुरोध गर्दै छु। भमराहरु अनेक फुलहरु प्रयोग गर्दै छोडदै जान्छ। तर हामी एकै बस्तुमा आफनो प्रभुत्व जमाउछौ किनकी हामी अत्याधिक लोभी छौ। जुन घरमा बस्छौ त्यो हामी छउन्जेलकालागी मात्र हो। यी सवै बस्तु केवल बिपनामा एकछिन भुलाउनलाइ मात्र हुन। हामी सपनामा पनि त्यही बस्तु देख्छौ तर त्यो चाहेर पाउदैन। अस्तित्व मात्रै छ। हाम्रो आधा जिवन त सपनामै बितेर जान्छ। तर आधा बिपनाका लागी मात्र तेरो मेरोको बन्धनमा बाँधिन्छौ। स्वार्थको पराकाष्टा नै यहीनिर टुगिन्छ। आत्मा साक्षेतकारको अभाव नै अज्ञानता हो। चाहाने र पुरयाउने यही नै आत्मा हो। प्रस्न र जवाफ पनि यही आत्मा हो। हिन्दै पाइलो मेटाउदै जस्तो छ यो जीवन। आखिर त्यो भन्दा पर वास्तवमा केही छैन। मैले बयान गरेको आत्मा र शरीरको महत्वले आजको मान्छे पापी र लोभको बन्धनमा छ। यो सवै लोभबाट मुक्त भएर किन नेताहरुले राज्य चलाउदैनन किन शत्रु बनाउछन। किन मित्र बनाउदैनन मान्छेलाइ। मलाइ मान्छे मान्छे बीचको महान घनिष्टता चाहिन्छ प्रजातन्त्रमा। प्रजातन्त्र त्यही आत्मा तत्वबाट केन्द्रित हुनुपर्छ। सवैबस्तु शक्तिबाट अधिनमा पार्न सकिन्छ तर आत्मा पर्दैन। आत्माको निम्ती आत्मा स्वभीमानको जरुरत पर्छ त्यो प्रजातन्त्रमा नै हुन्छ।
लोभ लालचको पछि लाग्दा मैले ईस्वर नै बिसे्रको छु। मैले दैबलाइ पनि छोडेर लालचको पछि लागेर अनमोल जीवनलाइ गुमाइ रहेको छु। ब्रमारुपी महासागरबाट बँुदरुपी जीवन लिएर म यो सपनील संसारमा आएँ। नाता माया अनि लोभको बन्धनमा परें जसरी हावा बेलुनमा भित्रै बस्न बाध्य छ त्यसैगरी यो शरीरको बेलुनमा स्वास बसेको छ। आखिर जीवन यही बेलुन रहेछ। कित कमजोर जीवन। कति शुक्ष्म यो जीवन। म त्यही बिहानीमा टल्कने सीतको थोपा भएको छु। मेरो लोभलाइ नष्ट कसरी गरुँ म मेरो अहंकारलाइ कसरी जलाउ म मेरो इष्र्यलाइ कसरी मारी दिउ जसरी बिषालु सर्प मार्न खोज्छन। त्यसैगरी म अरुको नजरमा परेको छु। वीष बिनाको सर्पलाइ मार्न खोज्दैनन। ब्ारु खेल्न र खेलाउन खोज्छन। म यही अंहकारद्धार सताइएको छु। अहंकार नै अन्त्यष्टी हो जीवनको। यो बाट पन्छिन चाहान्छु। राम्रो बिचारले सवैथोक राम्रो हुन्छ। नराम्रो परिस्थीतिलाइ पनि राम्राे बनाउछ। जसरी सर्पले आफनो काँचुली फाल्छ त्यसैगरी मेरा सवै खराब तत्वहरु फाल्न खोजेको छु। । हे लोभ सवैथोक दिन्छु तिमी म बाट जाउ। म खोला बनेर सागर पुग्न चाहान्छु। यताउता लरखराउने खोला कहिल्यै सागरमा पुग्न सक्दैन। चीर निन्द्रा नै मृत्यु हो। दिनमा एक पटक सुतेकै छु र पनि फेरी संधैकालागी सुत्नुपर्ने…॥जो आत्माले देख्छ त्यो नै जीवन हो। जो नखोजेर पाइन्छ न रोजेर भेटाइन्छ। न देखेरै देखिने न सुनिएरै सुनिने जो न खाएरै खाइन्छ। त्यो भन्दा सत्य अरु के होला। मृत्युपिछत्यही लामो सपनाले छयाउछ। जीवन केवल सपना नै त रैछ। सपनाको महासागरमा जीवनलाइ पुरयाउनु छ एकदिन। कठै सोच्दा पनि अनौठो लाग्छ। के म त्यो सपनासंगै हराउछु त हो म हराउछु। म चाहेर फेरी आउन सक्दैन। म एकदिन बिहानीको सित हराए मुै हराउछु। हो म एकदिन त्यो मृत्युको क्षितिज भित्र संधाकालागी हराउछु। मेरा स्मृतिहरु बिस्तारै बिस्तारै हराउछन। बास्तवमा सवै थोक हराएर पाउने के त …पाउने केवल कर्म नै हो। कर्मले नै मान्छेलाइ अमर बनाउछ। मरेर नमरेकाहरुको बिचमा पुग्नपाए हुने थियो। थाहा छैन के हुन्छ केहाँ पुगिन्छ। सवैभन्दा िपंडा नै शरीरबाट प्राण पखेरु छोडदा हुन्छ। हुनपनि यित माया गरेर बसेको प्राण मुटट छोडेर जान पनि गारयो। फेरी कता जान्छ। के हुन्छ। यी सवै कल्पनाका भुवा हुन जो स्वतन्त्रसंग उडीरहन्छ। मरण सरल त ति भाग्यमानीहरुलाइ हुन्छ जो पापकर्मबाट मुक्त हुन्छन। मन शरीर र आत्माको बीचमा बसेर दुख भोग्छ। शरिरमा मनले नै अनुभुति गर्छ। मन दुखे शरीर दुख्ने हो नत्र दुख्दैन। मैले एउटी केटीलाइ मन पराएँ। मनले उ बिना बाँच्न नसक्ने भो। एकदिन एकान्तमा भेटे। उनी केही पर थिइन तर मेरो मनले उनलाइ स्पर्श गरयो। सवै प्राप्त गरयो र तृप्त भयो। मैले भोली पल्ट सोधे के तिमीले स्पर्श गरेको थाहा पायौ त। उन्को जवाफ थियो। मैले थाहा नै पाएन। मैले सोचे आखिर त्यो केटीबाट प्राप्त हुने रस आखिर यही मनमा नै रैछ। मनले प्राप्त गरे अरु केले प्राप्त गर्न बाँकी रहयो र। मनले स्पर्श गरेको तेही मनको केटी नै हो त्यो होइन। पानीमा देखिएको सुर्यको छाया त्यो सुर्य होइन। पानीमा देखिएको सुर्यको छायालाइ हलाउदा सुर्य हल्लिदैन। छायाको सुर्य त सुर्य होइन। अर्थाथ मनको तलाउमा देखिएको उन्को छाया उनी होइनन। तर मनले त्यो छायाबाट पनि केही सार लिएर आफनो तृप्ती मेटाउछ। मनले ढुंगालाइ पनि देवता बनाइदिन्छ। एकातिरबाट हेर्दा हामी कित भाग्यमानी छौ त्यति सक्तिशाली मन हामी संगै छ। मन नरमा छ जाने नारायण बनाइदिन्छ। मन यही ब्रमाण्डमा ब्याप्त छ। आत्मा मनकै छायामा रमाएर बस्छ। हामी भन्छौ हाम्रो प्राण यही ब्रमाण्डमा रहीरहन्छ। कुनैदिन सपनामा नदेखेको मान्छे देख्छौ। कुनै नपुगेको ठाउमा पुगी रहन्छौ किनभने त्यो मनले नै यात्रा तय गरेको हुन्छ। मान्छे यति महान हुदाहुदै पनि ओरालो मुेरेको छ।

जागे पाइन्छ। सुते गुमाइन्छ। यही भएर म कहिले कहि राती पनि नसुतेर केही गरीरहेको हुन्छु। म केही लेख्दै गर्दा चोरहरु तस्करीहरु नेताहरु नगरबधुहरु बदमासहरु कहिल्यै सुत्दैनन। म सवै हँु सवै म हुँ भन्दै नेताहरु रातीराती राजनीति गर्छन र दिनभरी कुटनीति। अनि पुलिसहरु पनि राती सुत्दैनन। चोर देख्दा साधु ठानेर ढोक्छन। डाँका देख्दा दानी देखेर ढोक्छन। तस्करी देख्दा पि्रय ठानेर अंगालो हाल्छन। यहाँ शुरक्षाकै सुरक्षा नहुदा प्रहरी मुन अशुरक्षित छन। यही लोभले गर्दा नेताहरु नराम्रो संग रानीनितिमा लागेका छन। आफनैको एक बित्ता जगिनको साँध बढाउन पाए उस्की राम्रो छोरी पटयाउन पाए। उस्ले भन्दा बढी धन जम्मा गर्न पाए। अरु भन्दा भब्य घर बनाउन पाए। ओ हो कस्तो चाहाना। उ पाए यो पाए भन्दै आफनो दुनो सोमुयाउन मान्छे हतारिएको छ। प्रजातन्त्र आधुनिक नेताहरुको गायत्री मन्त्र हो। यो मन्त्र जप्नासाथ नेता मालामाल हुन्छन। यहाँ जन्मेर मर्नेहरुको कुनै मुल्य छैन। मुल्य त मरेर बाँच्नेहरुको पो छ। सृजक र सृष्टाहरु अमर छन। धर्तीको कठोर चटानको गर्भबाट मुल फुटेर नदी अनन्त महासागरमा मिल्न निरन्तर बगीरहेको छ। कति पबित्र निर्मल अिन पोषकी छ। यो जल। कतै जम्दै कतै छछल्कीदै कतै मुर्नाको रुपमा सुसेल्दै अनन्त जलमयी जीवजन्तुलाइ प्राणशक्ति प्रदान गदै आफनो अन्तिम सत्य परम लक्ष्य तर्फ लम्कीरहेका छ। यात्राको अनन्त मोडहरुमा आइ आइपरेका यावत तगाराहरु दुर्गन्धहरु कडामा कडा चटटानहरु तोडदै फोडदै फेरी नर्फकने संगीत ओभाल्दै कतै बेगबान कतै धिरज हुदै आफनो मुल अबस्थातिर लम्किरहेको छ। महासागर जहाँबाट जीवन अस्तित्व पाएथ्यो त्यो त्यतैतिर लम्कीरहेको छ। जलमा जीवनदायीनी प्राण शक्ति निहित छ। आखिर त्यही नदी मुै अबिरल बग्दै आत्माको नदीलाइ महासागरमा मिलाउनै छ। बादल फेरी लिन आउने छ र फेरी आकासको गर्भबाट जन्मनु पर्ने छ। अनि फेरी नदी भएर उही निरन्तरतालाइ पहिल्याउनु छ। जीवन त्यही नदी बनेर बग्दछ। आत्मा शरीरको संरक्षक बिवेकको प्रकास जीवनको अन्तिम गति हो। नदीका िफंजहरु कर्तब्य बनेर उठीरहेका छन। फुटीरहेका छन कर्ममा तरंगहरु किनारा चुम्न दौडिएकाछन प्रेमका। बिचारका भुमरीहरु परीरहेकाछन। यसैगरी जीवन बगीरहेको छ। बास्तवमा शरीर शारिरिक शक्ति भावनात्मक शक्तिले जीवनलाइ प्रवलता प्रदान गर्दछ। जति आत्मा आत्मैको खोजिमा तडपीन्छ। त्यति नै आफुमा आफु भेटिदै जान्छ। जव जीवनको अर्थ पत्ता लाग्न थाल्छ मृत्युले मुम्टी हाल्छ। कसैले बताउन पाउदैनन। असान्ती मन बिचलित भावना कुन्ठित बिचार त्यागेबिना आत्मानुभुतिको आभाष सम्भव छैन। शरीरले जति गुमाउदै जान्छ आत्माले उती पाउदै जान्छ। आत्माले शरीरभन्दा पढी पाउने बाताबरण छैन। आत्माले शरीरभन्दा बढी पाउनेहरुनै अमरतामा बाँच्छन। हामी जीवनलाइ शरीरमा बदलिदिएका छौ र यसैको सेवारसुसारमा लागेका छौं। यसबाट हामीले आत्मा नै गुमाएका छौ। गुमाएको आत्माबाट भेटाउन सक्दैनौं। आफुलाइ शरीरभान परेकोले हामी जन्म लिन्छौ। एउटा इन्जीनको साहारामा बस चले मुै आत्माको साहारामा शरीर चलेको छ। स्थुल शरीर जव त्याग्छौ तव यस्को अस्तित्व हराउछ। यो प्राप्त गर्नमा कुनै गौरभ छैन। प्राण नै प्रमेस्वर हो यसैमा सवै निर्बासित छ।

सयौं बाटो िहंडेपनि गन्तब्य एउटै हो ।
सयौं नाम पुकारे पनि इस्वर एउटै हो ।
डाली त कहिल्यै खस्दैन पात मुरेपनि ।
शव्दहरु मर्दैन कहिल्यै शरीर मरेपनि ।

संचार अहिले बिकसित भएको होइन मात्र यस्को स्वभाव फेरिएको हो। उहिले पनि संचार हुन्थ्यो। तपस्वी स्व।खडानन्दले गुजेस्वरीमा बसेर ओखलढुगांमा रहेकी आफनी आमा शक्त बिरामी भएको थाहा पाए। आमाको अबसान हुन लागेको थाहा पाएर तुरुन्त कोसीमा िहंडेर आमाको अन्तिम दर्शण गर्न पुगे। यस्को अर्थ यो की शक्तिलाइ सदुपयोग गर्दा अहिले प्रबिधिमा ढाले तर पहिले मनबाट मनमै सम्पर्क राख्थे। बैज्ञानिकहरुको मुलस्रोत बैदिक ग्रन्थनै हो। संसारमा यस्तु कुन बस्तु छ जस्को ज्ञान हुनासाथ सवै बस्तुको ज्ञान हुन्छ बैदिक बेद नै यस्तो ज्ञान हो जुन सवै बस्तुको ज्ञान प्राप्त गर्न सकिन्छ। प्राण एक कुराबाट अर्कोकुरामा सर्छ।

नेपाल एकिकरणको बेला मुसीकोट राजा र रुकमेराजा बिच युद्ध घोषणा भयो। त्यतिबेला काजी देउबर जैसीलाइ मुसेकोटेराजाले कब्जामा लिएर बिषालु बाण हानी मारे। तर ति नै देउबर जैसी मरेको अबस्थामा छन र तिनै देउवर जैसी मुसीकोट पुगेर जुनबाणले आफुलाइ हानेको हो त्यही बाणले मुसेकोटे राजालाइ र उस्का सारा वंशलाइ नै मारी दिए। त्यो बेला देखी मुसीकोटमा देबीको पुजारी त्यही वंशबाट सिर्फ एकजना मात्र जिवित राखे तैपनि एक सन्तको अनुरोधमा। यो साँचो हो की अहिले सम्म पनि त्यो वंशमा एकै सन्तान मात्र पुजारी रहन्छ। ति काजीको लास नाथीगारमा कुरेका छन तर मुसीकोटमा युद्ध गरी सखाप पारे। यसरी आत्मा आफनो मुठीमा राख्नेले यीसवै आफुले चाहेकै काम गर्न सक्छन। अहिले पनि नागीगारमा बर्मामा थान छ काजी देउबर जैसीको। गौतम कुलबाट पुजित ति प्रमात्मा अहिले पनि उत्तिकै चर्चित र शक्तिसाली छन। हरेक कात्रिके औंशीमा मेला लाग्छ नाथीगार जात्रा र पुजाआजा गरिन्छ। प्राणको महत्व अमुै बिज्ञानले फेला पार्न सकेको छैन। प्राणको एउटा तरंगले सवैलाइ प्रभाबित पार्दछ। सिद्धिप्राप्त नगरेको मान्छेबाट यो ज्ञान सम्भव छ्रैन। यहु मैले किन प्राणको महत्व दर्शाउन खोज्दैछु भने जीवन यही प्राणबाट संचालित छ। यो अनमोल छ। यो स्वतन्त्र छ। हरेक ब्यक्तिमा आ आफनो प्राणको रक्षा गर्न पाउने अधिकार छ। कसैले कसैको प्राण खोस्न पाउदैन। कसैले प्राणसंग बाजी मार्न पाउदैन। कसैले प्राणसंग खेलवाड गर्न पाउदै्रन। प्राणको रक्षा हुनुपर्छ। प्राणलाइ दण्ड दिनु सवैभन्दा ठुलो पाप हो। दण्डका धेरै कारण र साधन छन तर प्राणदण्डलाइ कुनै कारण र साधन बनाउनु हुन्न। हरेकको जीवन सृजनात्मक शक्तिको भन्डार हो। गुणअबगुण सवैमा हुन्छ तर प्राण्डदण्ड त्यस्को सजाय होइन। सजाए त प्राणलाइ बचाएर अबगुण्लाइ रित्याउनु हो। आफैमा प्रकट हुने शक्तिका घोतक हुन मान्छे। हरेक मान्छे आफैमा एक स्वयम्भु हुन। यस्तो परम आत्माको रक्षा गर्न सरकार कवच बन्नु पर्छ। राजनीतिले यी महान प्राणहरुको हुर्मत लुटेको छ। त्यसैले राजनीति हत्यारो भएको छ। राजनीति पापी भएको छ। जस्ले प्राण हरेका छन तिन्लाइ सत्तामा जान दिनु हुन्न। देशलाइ बादहरुले बरबाद बनाउने भन्दा कुनै काम गरेनन।

हुन त यो नांगो राजनीतिले एउटै घुटकोमा महासागर निल्ने साहास गरेको हो तर एक घुटकोनिल्दा नै थला परयो। पाउने हैसियत बिसर्िएर पाइरहेका छन। राजनीति एक बाउन्ने ढोका हो जहाँबाट हरिपहरु मात्र छिर्न सक्छन। जो संग जे छ त्यस्ले त्यही मात्र दिन सक्छ। यो राजनीतिसंग दुख िपंडा र अत्याचार भन्दा केही छैन। यहाँ कैदीकालागी जेल बनाइदैन बरु जेलका लागी कैदी बनाइन्छ। मैले यो राजनीतिमा निर्दोषीलाइ दोसी बनाएको भोगेको छु। मलाइ धेरै पटक नखाएको वीष लागेको छ। सम्मिधान एक जेल हो जहाँ पुगेर कानुनका नेल बनाइन्छ। मलाइ यी बिना पर्खालको कैदी बनाउने यी नेलहरु तोडन चाहान्छु।

राजनितीको कात्रो ओडेर जिउदै चिता कुर्नु पर्ने छैन। प्रजातन्त्र जुन आएको छ यो त कुनै तन्त्र होइन। यो त ब्यक्तिगत मन्त्र हो जस्लाइ फु गर्न मनलाग्छ उसैको भलाइ हुन्छ। प्रजातन्त्रमा त अज्ञानीहरु ज्ञानी हुन्छन। गरिबहरु धनी हुन्छन। सुतेकाहरु बिउमुनेछन। बिउमुेकाहरु िहंडने छन। िहंडनेहरु दौडने छन। आखाँ पाउने छन नदेख्नेले। कान पाउनेछन नसुन्नेले। बोली पाउनेछन नबोल्नेले। गति पाउनेछन नहिन्नेले। यहाँ एतिहास देखी नै राजनैतिक कसाइले राज गरेका छन। जस्को हातमा उही कानुनको तरबार छ बिना दाबको। यहाँ भगबानहरु आफनो मुर्ति छोडेर बिपत्ता भएका छन। किनभने मुर्खहरु देखी दैब डराउछन र यो देशको राजनितीमा मुर्खहरुले नै राज गर्दै आएका छन। तर यो राजनीतिको हुरीले कहिलै मनको जस्तो हुन दिएन। राजतितिको त्यो गिद्ध फेरी मेरो जिउदै मासु खान नआयोस। म बुद्धको बोधीबृक्ष हुनु छ त्यस्कारण मलाइ फल सम्मुेर नखायोस। राजनीति हैजा नै हो जहाबाट महामारी मात्र निस्किन्छ। सवैकुरा छाडेर बेद भन्छ बास्तवमा तिम्रा यी दुइहात नै परमेस्वर हुन यिन्लाइ सुकर्ममा लगाउनु नै भवबानको उत्कृष्ट पुजा हो। त्यो भन्दा पर भगबान खोज्नेले आफुलाइ बिस्रन सक्नुपर्छ अनी मात्र त्यो अदृय इस्वर दृश्य भएर देखा पर्छ।

हस्त गौतम मृदुल
रुकुम
हाल अमेरीका

This entry was posted in मनोवाद / स्वगत and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.