कविता : ऊ आयो

~धीर कुमार श्रेष्ठ ~

एक छाति बिश्वास एक काँध आस्था सामु
सिउँदो साँध लाएर बगेको अग्निनियन्त्रक फोहरा
चुरा–पोतेको पहरा फोड्दै
मार्च गर्ने बुट र बारुदहरुबाट प्रतिक्षामा छोडिएको
अश्रुग्याँस र लाठीहरुमा छुटेका पराइहरुबाट
समष्टिमा, असंख्य रक्तस्वीजहरुबाट
अन्ततः संक्रमणमा कोसेढुंगा भएर नवजात आयो
भरखरै ऊ आयो ।।

(स्रोत : धनकुटा सन्देश – अंक ८, अक्टुबर २००५)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.