~दिलिप पौड्याल~
संसारभरी कालो बादल छायो कोरोनाको
मनभरि डर त्रास छायो कोरोनाको
जे छुदानी मनमा डर भाइरस छ कि भन्ने
सयौ पल्ट हात धुदा नि यो मनले नमान्ने
पहिला सोच्थे महामारी गरिब देशमा लाग्छ
भाइरस भन्ने जन्तु सुकिलादेखि भाग्छ
चिल्ला सडक, चिल्ला अफिस खाली भाछन ऐले
यस्तो त्रास, मनमा डर भाथियन पैले
बिफर, हैजा,कोलेरा र प्लेग नसुनेको हैन
महामारी यस्तो होला भन्ने सोचेकोनि थेन
विश्व युद्ध कोरनाको कस्तो तागत कति
मै हुँ भन्ने देशको पनि रोकियो चल्ने गति
शक्तिशाली छौ भन्ने घमण्ड राख थाती
जर्मन, फ्रान्स, अमेरिकाको पनि निस्की सक्यो आची
डाक्टर छैनन, भेन्टिलेटर छैनन, छैनन् मास्क पनि
चेकजाँच नभै नभै मोर्दैछन मान्छे दिन गनी
बुढा खाडा, दिर्घ रोगि धेरै छन् खतरामा
केटाकेटी बयस्क पनि बस्नु है सतर्कमा
जताततै सन्त्रास छ के गर्ने र कसो
डरै डरमा बितेका छन् दिनहरु जसो
अचम्मको छ रे रोग भुसको आगो जस्तो
भित्र भित्र सल्किदै छ डरै लाग्ने कस्तो
नबनेको छ ओखती न सुई नै पाइने
आशा गरौ पशुपतिनाथ हौन हाम्रा दाइने
सोच राम्रो गर्यो भने जुध्ने शक्ति मिल्ला
हरेश खान थाल्यो भने कोरोनाले निल्ला
टाडा टाडा बसौ सबै एक अर्को संग
माया प्रेम गरौला है पछि थपि नयाँ रंग
जिबन बाँचे सबैथोक हुन्छ मोरे सक्किगयो
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )