~डा.मेघराज ढकाल~
नोट भए भोट
सत्ता–साँचो लिइन्छ
राजनीति गरिन्छ X२ ।
१
दिए देऊ भोट
नदिएमा केही छैन
रित्तो बाकस पारिन्न X२ ।
२
दाजू बितेपछि
भाउजूलाई अंशमा
राजनीति पारिन्छ X२ ।
३
सोझा औंँलाबाट
घीऊ कैलै झिकिन्न
पैसा त्यसै कमिन्न X२ ।
४
सुकुमबासी नेता
हुकुमबासी बन्दैछन्
कर चर्को ठेक्दैछन् X२ ‘।
५
पढ बाबु राम्रो
हलो–थलो छोडौला
अन्तै घर्जाम गरौला X२ ।
६
दुःख–सुख साथी
छोराछोरी पाइन्छ
राम्रा अन्तै खेदिन्छ X२ ।
७
अाँगनीमा बाटो
मान्छे अन्तै टाढा रे
बिर्से धर्म छाडाले २।
८
बुद्धिमानी अन्तै
बूढा–रोगी पालिन्छ
देशै खोक्रो पारिन्छ X२ ।
१०
वल्लो–पल्लो घरले
सिन्की–गुन्दु्रक खाँदेको
जिब्रो टवाक्कै पारेको X२ ।
११
मेरा दोस्ती साथी
साँधै किलो मिचे नि
सत्ता मेरो नखिचे X२ ।
१२
जडीबुटी हाम्रा
राम्रा–राम्रा कति छन् ?
तर, अन्त जाँदै छन् X२ ।
१३
खोजे मैले लेख्न
लेखेर क्वै हुदैन
मारे पनि सुनिन्न २।
१४
ऐले नेपालैमा
ठूला बोल्दा ऐन छ
मार्न, लुट्न पाइन्छ X२ ।
१५
भन्छौँ विकास रे
पैले –पैले बनेका
चौतारा पो भत्के झन् ा X२
१६
छेलो–खेलो मान्छे
आज किन हरायो ?
व्यर्थै यो मन डरायो २।
१७
बालुवामा पानी
कहिल्यै पनि अडिन्न
भाग्य त्यसै बन्दैन X२ ।
१८
हैन इश्वरले !
भाग्य आफैँ कोर्ने हो
नामर्दले सोच्ने हो ।
१९
रित्तो भए पनि
आफँै रित्तो नभन्ने
गुह्य कुरा नखोल्ने X२ ।
२०
हेर्दा राम्रा लाग्ने
खुट्टा तान्न्ो धेरै छन्
टाऊको तान्ने भेट्टिनन् २।
२१
मान्छे भएपछि
सबै खान हुन्छ रे
हरेश पो हुन्न रे २।
२२
देश हिमालैको
झर्ना सेता देखिए
बाँझा जमिन भेटिए २।
२३
ठोक गोली भन्दा
चरी पनि डरायो
सत्य–न्याय हरायो X२ ।
२४
साधु बोक्ने डोरी
चोर बस्ने चौतारी
न्याय दिन्छन् औतारी X२ ।
२५
भन्छौ लोकतन्त्र
मान्छे मारी शासन
अन्तैबाट रासन X२ ।
२६
अधिकार खोज्ने
कर्तव्यलाई बिर्सने
लोकतन्त्र घोकाउँने X२ ।
२७
खण्डखण्ड हैन भो
एकतामा रमाऊ
राष्ट्रियता बचाऊँ २।
२८
चुड्का : यथार्थमा यस्ता चुड्कको उद्गमस्थल गुल्मी भनिन्छ । त्यहाबाट पाल्पा, स्याङ्जातिर फैलिएको मानिन्छ । तर, आज जल्दाबल्दा सहित्यकारहरूले पनि जापानबाट आएको हाईकू भनेर लेख्दछन् । नजिकैको तीर्थ हेँला गदै चुड्का लेख्न गारो मान्दछन् । के यी हाइकूसँग मिल्दाजुल्दा छैनन र ? हाइकू र यिनमा फरक के छ रु विज्ञहरूले नै विष्लेषण गर्लान । वीपी कोइराला , माधव घिमिरे जस्ता मूर्धन्य सहित्यकारहरूले विगतलाई वर्तमानमा प्रतिविम्वित् गदै भविष्यको रेखा कोर्ने सल्लाह दिएका छन् । तसर्थ, पहिलेका किर्तन गनै शैली र भाकामा लेखिएका यस्ता चुड्काले समायोजन गरेमा गाउँ गाउँमा बिर्सिदै गएका लोकगीत, धार्मिक कार्यमा भजनको रूपमा गाइन्थ्यो । यिनको संरक्षण वा जर्गेना गर्न सकेमा यस्को संचालन वा गायन र यल्लाई चाहिने औजारको ढाँचा सिक्न विदेशीहरू नेपाल आउने छन् र नेपालको पर्यटन तथा आर्थिक विकासमा सहयोग हुन जाने हुँदा खडेरी पर्न गएको अर्थतन्त्रमा राहत हुन्छ कि ? जस्तो लागेको छ ।
मेघराज ढकाल (विद्यावारिधि)
निबुवाबोट ,आँधीखोला गाउँपालिका, स्याङ्जा ,
हाल टोखा , धापासी काठमाडौँ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )