लघुकथा : श्री भ्रष्टाचाराय नमः

~विनय कसजू~

देशमा घुसखोरी, कमिसनतन्त्र, भ्रष्टाचार बढेकोमा चिन्तित हुँदै बुद्धिजीवीहरुले भ्रष्टाचारको विरोधमा आन्दोलन चलाउने निधो गरे ।

भ्रष्टाचार विरुद्धको आन्दोलन शुभारम्भको शुभअवसरमा आन्दोलन सफलताको कामना गर्दै वुद्धिजीवीहरुले सिद्धिदाता गणेशलाई १००८ लड्डु चढाए । यसरी उनीहरुले कोसेली चढाएर भ्रष्टाचार विरोधी आन्दोलनको शुभारम्भ गरे !

साँचल, सानेपा, ललितपुर
२०६० कार्तिक १८

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.