कविता : झल्को

~आनन्द पौड्याल~

धेरै समृद्धिबाट प्रभावित हुँदै जाँदा,
अरुको उन्नतीदेखि नतमस्तक हुँदै,
मातृभूमिको पूर्व झल्को दिन्छु मैले,
उच्च समृद्धि हेर्न आतुर हुँदैछु आज म,
ज्ञान बुद्धि र सीप विकास निम्ति,
निरन्तर अघि वढ्ने प्रण गर्दै,
मातृभक्त सोचको उच्च कदर गर्दै,
नैतिकता सहितको भित्री आँत खोज्दै,
राष्ट्रियताको अनुभूत गर्दै जाँदा,
आन्तरिक क्षमताको आभास हुन्छ अव,
रिस राग द्वेश र ईष्र्या हटाउँदै,
लगनशील जाँगर र संयमता खोज्दै,
सम्पन्न नहुँदासम्म निरन्तर खट्दै,
बीचमा काम नछोड्ने प्रण गर्र्दै,
व्यर्थ कुरामा नअल्झने प्रतिवद्ध हुँदै,
समयको महत्व मध्य विन्दुमा राख्दै,
असल र सद्भावपूर्ण व्यवहार गर्दै,
आँट साहास र मेहनती बन्दै,
मातृभूमिको उच्च समृद्धि निम्ति,
सवैले काँधमा काँध मिलाउँदै,
कोरियनहरुले आफ्नो देश निम्ति,
सयौँ टन सुन संकलन गरेको स्मरण गर्दै,
देश निम्ति केही त्याग गर्न सकौँला त हामी पनि ?
कुशल इन्जिनियरबाट राम्रो डिजाइन वनाउँदै,
वहाना विहिन अथक परिश्रम गर्दै जाँदा,
गगन चुम्वी भवन र अन्य संरचना वनाई,
छिटै चमत्कारिक विकासमा अघि सर्दै,
पूर्ण डिजीटल देश वनाउने प्रण गर्दै,
यदि वाहिरी समृद्धि मात्रले नपुगे,
जमिन मुनीसम्म सोच राख्दै,
प्रविधियुक्त मेट्रो रेलको महत्व बुझ्दै,
पानी जहाज र विद्युतको काम सक्दै,
निर्यात हुने वस्तुको उत्पत्ती गराउँदै,
विश्वास अनि सकारात्मक सोचले,
नैतिक व्यवहारको आभास गर्दा गर्दै,
पछि परेकोे मातृभूमिलाई अघि वढाउँदै,
शक्तिशाली बनाउँ भन्ने परिकल्पना गर्दै,
सगरमाथाको शिर अझै उचो वनाउँदै,
निरन्तर मेहनती पाइला चाल्दै,
विकासको मुस्कान साट्न निम्ति,
समृद्धिमा एकै स्वर घन्काउँदै गर्दा,
निकै अघि वढ्नेछ मातृभूमि,
सन्ततीको भविष्य निम्ति,
अत्यन्तै मेहनत गरेर अघि वढौँ भन्दै,
आफ्नो जाँगरको प्रतिफलस्वरुप,
पुर्खाको योगदानको कदर गर्दै,
आज हामी सवैको प्रयासबाट,
भोलिका सन्ततीले गर्व गर्न सकून,
समृद्धि आएपछि ढुक्क भएर,
उपभोगमा सरिक हुँदै जाँदा,
वैमनुष्यको रोग त पक्कै निको हुनेछ,
अहिलेको सौम्यता अधिक हुँदै गर्दा,
विकासको फल विश्वभर चखाउँदै,
ज्ञान आदान प्रदानमा आतुर हुँदै,
सवैसँग सम्बन्ध गाढा वनाउँदै,
संसारसामू विशुद्ध मनले समीप हुँदै,
गौरव गाथाको आवाज सुन्दा सुन्दै,
मातृको मुस्कान र चम्किलो मुहार देख्दा,
अत्यन्तै गौरवान्वित वनौँला हामी पनि ।

मिति २०७६ साल जेठ २ गते, विहीवार, कोरियाको राजधानी सोल ।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.