समीक्षा : हायमनदास राई किरातको चौकिदार कथा

~अज्ञात~

चौकिदार कथाको कथाबस्तु :-

हायमनदास राई किरातद्वारा लिखित चौकिदार कथा चिया कमानलाई अंगालेको छ ! चौकीदार भनेको केहिकुराको सुरक्षाकर्ता हो ! यस कथामा चिया कमानमा चौकीदारले भोग्नु परेको व्यर्था पाईन्छ ! चौकीदार चाकरी गर्दा रात्रीको समयमा आफ्नो पत्नीसित समय बिताउँन सक्तैन यसैले सिम्मा घरमा सदैव रात्रिको समयमा एकली हुन्छिन् ! पत्नीलई समय दिन नसक्ता आफूसँग काम गर्ने अर्को चौकीदार धनबीर सिम्म सित लहसिएको कुरा थहाँ पाएर पत्नी -पतिबीच आगो सल्किन्छ ! दूईबीच बोलिचाली बन्द हुन्छ ! चौकीदारले धनवीरलाई मार्नका निम्ति खुकुरी लिएर घरवाट निस्कन्छ ! धनबीरले आफ्नो भूल स्वीकार गरी चौकीदारलाई माफ माङ्गछ ! यसरी कथाको अन्तमा चौकीदारले आफ्नो पत्नीलाई माफ गरिदिन्छ र पति -पत्निवीच स्वाभाविक जीवन फेरी शुरु भएको देखाएका छन् ! यसरी मानव जीवनमा घटने विभिन्न घटनाहरु जीवनका उत्तारचड़ाउहरुलाई लिएर यो कथा लेखिएको छ !

निम्न वर्गीय गृहस्थी जीवनमा एकतिर गाँस -बाँसको समस्या अर्कोतिर पत्नीको परायक्रुस सँग सम्बन्धले दाम्पत्य जीवनमा आँच आउने स्थीतिलाई चौकिदार कथामा कथाकारले समयपूर्वक समालेका छन् !

कथाकार हायमनदास राई किरातका परिचय :-

११ फरवरी १९१७ का दिन कालेबुङ्ग महकुमा अन्तर्गत गोरुबथानमा हायमनदास राईको जन्म भएको थियो ! गाउँकै मिसन स्कुलवाट शिक्षा आरम्भ गरेका हायमनदास राई किरातले खुरु -खुरु पढ़न नपाएता पनि निजी अध्यनद्वारा अनि बाह्य परीक्षार्थीका रुपमा पढेर सन् १९८२ मा उत्तरबङ्ग विश्वविद्यालयबाट एम.ए सम्मको डिग्री हासिल गर्न उनी सक्षम छन् !

सिक्किम र डुवर्सका बिभिन्न स्थानका शिक्षण -कार्य गर्दै अन्तत : आफ्नै गाउँ छेउसो गोरुबथान प्राथमिक पाठशालामा पुगेर किरातले शिक्षकको काम गरे अनि सन् १९९३ मा सेवानिवृत्त भए ! त्यही बर्ष उनलाई राष्टिय शिक्षक सम्मानद्वारा सम्मानित गरियो !

सन् १९३४ मा शारदा पत्रिकामा प्रकाशित “शूरवीर ” हायमनदास राई किरातको प्रथम प्रकाशित कथा हो ! विशेषत : ग्रामीण जनजीवनमा भएका कुराहरुलाई नै हायमनदास राई किरातले आफ्ना कथामा स्थान दिएका छन् ! रोमान्टिक धाराका उनका कथाहरुले आञ्चलिकतालाइ पनि अंगालेका छन् भन्न सकिन्छ ! सरल भाषा-शैलीमा सामान्य जीवन भोग्ने पात्र -पात्राको चित्रण गर्ने हायमनदास राई किरातले विग्यान कथा ,सम्वादात्मक कथा आदि पनि लेखेका छन् !

हायमनदास राई किरातका प्रकाशित कथा सङ्ग्रहहरु हुन् :

१. चौकिदार (सन् १९५२ )
२.अभागिनीको साथी (सन् १९५५ )
३.बिनायो (सन् १९५६ )
४.विजय (सन् १९५६ )
५.बटुवा ( सन् १९५७ )
६.आँधी -बेहरी (सन् १९६१ )
७.पङ्खी ( सन् २००० )

हायमनदास राई किरात हालैमा गोरुबथानका ग्रामीण परिवेशमा घुमीलिएर आफ्नो जीवनलाई साहित्यमा योगदान पुर्याईरहेका छन् ! हायमनदास राई किरातले गोरुबथानका नवीन लेखकहरुमा निकै प्रभाव परेका छन् ! हायमनदास राई किरातले गर्दानै गोरूबथानले साहित्यको रसपान पिरहेको छ !

हायमनदास राई किरातका कथाकारिता / कथावस्तु :-

१. सामाजिक यथार्थवादी कथाकार :-

कथाकार हायमनदास राई किरातका कथाहरुमा गाउँले जीवनका सरलता सुख -दु :ख अनि हाम्रा दैनिक जीवनमा घटने सम्साहरुसाई उल्लेख गरेका हुन्छन् ! हायमनदास राई किरातका कथामा वन -जंगल ,गाई -बस्तु ,खोला -नाला ,हरियाली ,चिया कमानका क्रमिक वर्गहरुको जीवन संघर्ष आदिको वर्णन प्रचुरमात्रमा पाईन्छ ! ग्रामीन जीवनको सामाजिक ,आर्थिक ,राजनैतिक र सांस्कृतिक पक्षलाई यिनका कथाहरुमा राम्ररी केलाएका हुन्छन् ! यस वाहेक चिया कमानका श्रमिकहरुको जीवनमा आउने विभिन्न समस्याहरुलाई पनि यिनले आफ्नो कथाको विषय-वस्तु बनाएका हुन्छन् ! समग्रमा हेर्दा हायमनदास राई किरात एक सफल सामाजिक यथार्थवादी कथाकार हुन् !

२.स्वच्छन्दतावादी कथाकार :-

हायमनदास राई किरातका कथाहरुमा स्वच्छन्दतावादको प्रयुक्त पाईन्छ ! कथाकार हायमनदास राई किरातका कथाहरुमा प्रेम ,सौन्दर्य ,द्वन्द्व आदिहरुको खूबै रोचक ढंगमा चित्रण गरिएको हुन्छ ! यिनले स्वच्छन्दातालाई अंगाली कथाहरु लेखेका छन् ! रुपनारायण सिंह हिड़ेको स्वच्छन्दतावाद बाटोमा हायमनदास राई किरात पनि हिड़ेका छन् !

३.आञ्चलिकतावादी कथाकार :-

कथाकार हायमनदास राई किरात ग्रामीन परिवेशमा हुर्केका हुनाले गर्दा यिनले आफ्नो कथाहरुमा ग्रामीन परिवेशलाई अभिव्यक्त गरेका छन् ! यिनले अञ्चलको परिवेशमा घटेका घटनाहरुलाई लिएर कथा लेख्ने गर्छन् ! यिनले पहाडी जीवनको निम्न वर्गले गरेका परिश्रम र संघर्षलाई बिषयवस्तु बनाएर कथाहरु लेख्ने गर्छन् ! यिनका कथाहरुमा ग्रामीन क्षेत्रमा बोलिने ,खाइने ,लगाइने ,गाईने ,नाचिने ,लोक गित ,डोरि ग्तहरुको वर्णन यिनले आफ्नो कथाहरुमा उल्लेख गरेका हुन्छन् !

४.चरित्रप्रधान कथाकार :-

कथाकार हायमनदास राई किरातका कथाहरुमा वर्गरुपिहरुको चित्रण पाईन्छ ! यिनको कथाहरुमा निम्न वर्गले गरेका परिश्रमलाई चित्रित गरेका हुन्छन् ! यिनका प्राय सबै कथाहरुमा कमानका वा ग्रामीन निम्न वर्गहरुले भोगेका वेदना ,परिश्रम ,संघर्ष ,पिर-बाधा ,आर्थिक ,सामाजिक ,राजनैतिक ,संस्कृतिक आदिले पिरेलेको वर्गहरुलाई विषय-वस्तु बनाएर कथाहरु लेख्ने गर्छन् !

के तपाईंलाई यस् लेखको लेखकका बारेमा थाहा छ ? कृपया kritisangraha@gmail.com मा सूचित गरिदिनुहुन बिनम्र अनुरोध छ ।
– साहित्य सङ्ग्रहालय

(स्रोत : फेसबुकबाट सभार)

This entry was posted in समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.