कविता : आदिवासी अनुहार

~उमेश राई ‘अकिञ्चन’~

म
पत्थरको आँखाबाट झरीरहेछु
नुमा!
नसम्झनु
मैले त्रि्रा आँखाका
पानी चोरेँ

पीडाका सहोदर
आँसुहरू मान्छेका
म
पालमका हर्ुरा हा…..हा…मा
वापस खोजिरहेछु
निर्वासित नहुने
खुसीका देशहरू

थुन्सेका थुन्से
बुकी रहरहरू
फुलेका छन
कंचनजंघाका छातिभरी
वेरोजगार तमोरका
लाहुरे घुम्तिहरूमा

म
पलायन मान्छेका
तन्नेरी सपनाहरू
अलपत्र बाँचीरहेछु

माइबेनीका पछयौरीमा
उदाश-उदाश बैंसहरू
अनाम भविष्यसँगै बुनिरहेछन
विरासतको चर्खा
जिन्दगीको किपटबाट निष्काशित
म
तिर्न नसकेर आदिवासि जारि
अतिरिक्त हरफहरू
बाँचेको छु खुसिको
फुसफुसाउदै
यलम्बरका हातहरूमा
कहाँ फुल्दोरहेछ
शिरफूलको सिमे भूमे ।

(स्रोत : नेपालीकविता डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.