कविता : आदिवासी अनुहार

~उमेश राई ‘अकिञ्चन’~


पत्थरको आँखाबाट झरीरहेछु
नुमा!
नसम्झनु
मैले त्रि्रा आँखाका
पानी चोरेँ

पीडाका सहोदर
आँसुहरू मान्छेका

पालमका हर्ुरा हा…..हा…मा
वापस खोजिरहेछु
निर्वासित नहुने
खुसीका देशहरू

थुन्सेका थुन्से
बुकी रहरहरू
फुलेका छन
कंचनजंघाका छातिभरी
वेरोजगार तमोरका
लाहुरे घुम्तिहरूमा


पलायन मान्छेका
तन्नेरी सपनाहरू
अलपत्र बाँचीरहेछु

माइबेनीका पछयौरीमा
उदाश-उदाश बैंसहरू
अनाम भविष्यसँगै बुनिरहेछन
विरासतको चर्खा
जिन्दगीको किपटबाट निष्काशित

तिर्न नसकेर आदिवासि जारि
अतिरिक्त हरफहरू
बाँचेको छु खुसिको
फुसफुसाउदै
यलम्बरका हातहरूमा
कहाँ फुल्दोरहेछ
शिरफूलको सिमे भूमे ।

(स्रोत : नेपालीकविता डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.