~तुलसीहरि कोइराला~
नेपाली साहित्यका क्षेत्रमा सबैभन्दा प्राचीन भएर पनि पछिपरेको विधाका रुपमा हेरिन्छ काव्य क्षेत्रलाई । उपन्यासमा आधारित सिनेमाहरू बन्छन्, नाटकहरू मञ्चन हुन्छन्, कथाहरूमा पनि सिनेमा बन्छन्, टेलिभिजनका छोटा टेलिचलचित्रहरू बन्छन् तर काव्य विधाका क्षेत्रमा भने धार्मिक ग्रन्थहरूमा आधारित भन्दा अन्यमा त्यस किसिमका प्रस्तुतिहरू आउन नसक्दा यो विधा सशक्त भएर पनि ओझेलमा परेको अनुभव गरिँदै आएको हो । काव्य विधालाई साहित्यिक पाठकभन्दा बाहिर पुर्याउन नसक्नुका कारणले पनि यसका पाठक बढ्न नसकेका हुन् भन्ने निक्र्यौल निकालिसकिएको भए पनि त्यसलाई कुन रुपमा लाने त – भनेर पहलहरू नहुँदा समस्या जस्ताको त्यस्तै रहिरहेको अवस्थामा केही जागरुक संघ/संस्थाहरू र स्वयं र्सजकको पहलमा आम समुदायमा पुग्ने माध्यमहरूको खोजी गर्दा केही र्सार्थक माध्यमहरू देखापरेका छन् । वि.सं. २०३५ सालदेखि नै पोखरामा पोखरेली युवा सांस्कृतिक परिवारले टिकटमा मुक्तक श्रवणका कार्यक्रमहरू गर्दै आएको थियो । एउटै स्रष्टाका मात्र नभएर धेरैका मुक्तकहरू वाचन गरिन्थे र हल खचाखच भरिएको हुन्थ्यो ।
मुक्तकमा पोखराले गरेको प्रगतिबाट राजधानी तात्नुपर्ने थियो, राजधानीले फड्को मारेर कवितामा पुग्नुपर्ने थियो तर त्यसो हुन सकेन र कविताको पहिलो कार्यक्रम पनि पोखरामै हुन पुग्यो । पोखराका युवा कवि रमेश श्रेष्ठले पाँचसय रुपैयाँको टिकटमा चिप्लेढुङ्गास्थित एक रेष्टुरेन्टमा डिनरसहित दिएर वि.सं. २०६२ मा एकल कविता वाचन साँझको आयोजना गरेका थिए र उपस्थिति खचाखच थियो । उनको यो पहिलो प्रयासले आमसाहित्यिक वृत्तमा त्यति चर्चा नपाएको भए पनि त्यसपछि भने राजधानीमा टिकटमा कविता सुन्ने कार्यक्रमहरू भटाभट हुनथाले । उनै रमेश श्रेष्ठ एसओएस, सारांश नेपाल र अटोजात्रा डटकमको सहयोगमा वि.सं. २०६३ माघ २२ गते काठमाडौँ आई पर्यटन बोर्डको हलमा रु. ३५०। को टिकटमा डिनरसहित दिएर मञ्चमा प्रस्तुत भएका थिए ।
कविताका माध्यमबाट मञ्चमा प्रस्तुत हुने सशक्त कवि भने श्रवण मुकारुङ हुन् । लोकतान्त्रिक आन्दोलनका क्रममा उनका कविताले आन्दोलनमा ऊर्जा थप्ने काम गरेका थिए । आरोहणद्वारा गुरुकुलमा आयोजना गरिएको उनको एकल कविता वाचन कार्यक्रममा स्रोताले किटक काटेर उभिएरै पनि कविता सुनेका थिए । विशेष गरी उनको कविता ‘वीसे नगर्चीको बयान’ले महìव पाएको थियो र उनले कविता वाचनबाट मोटै रकम हात पारेका थिए । त्यसपछि उनले धरान, काभ्रे हुँदै हङकङसम्म पुगेर पनि कविता वाचन गरे । वाचनका माध्यमबाट सबैभन्दा धेरै अर्थ सङ्कलन गर्नेमा उनी नै अगाडि छन् । उनले आफ्ना कविताहरु भीसीडीमा निकालेर पनि निक्कै बेचेका छन् । विशेषगरी विदेशमा बस्ने नेपालीहरूले उनका कविताको भीसीडीको माग गरेका थिए । टिकटमा मञ्चमा कविता वाचन गर्नेहरूमा प्रसिद्ध गजलकार बुँद राना, चर्चित कवि विक्रम सुब्बा, रामप्रसाद ज्ञवाली अगाडि छन् भने महिलामा एकल कविता वाचन गर्नेमा कवयित्री सविना सिन्धु प्रथम देखिएकी छिन् । अनाममण्डली र गुरुकुलले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा बुँद रानाको सशक्त गजल गायनले प्रशस्त तारिफ पाएथ्यो । यसबाट उठेको रकम खर्च कटाएर आयोजकहरूले केही आफ्नो संस्थालाई छुट्याई उनलाई पनि दिएका थिए । त्यसैगरी गुरुकुलकै आयोजनामा कवि विक्रम सुब्बाको एकल वाचन पनि गरिएको थियो र सङ्कलित रकम जनआन्दोलनमा घाइते भएकाहरूको उपचार्रार्थ कोषमा जम्मा गरिएको थियो ।
गुरुकुलकै आयोजनामा रामप्रसाद ज्ञवालीको एकल वाचन पनि भएको थियो र त्यसमा पनि टिकट काटेर सुन्नेहरूको भीड नै थियो । यस कार्यका लागि आरोहरण अर्थात्् गुरुकुल निक्कै सहयोगसिद्ध देखिएको छ । कवयित्रीहरूमा सविना सिन्धुको एकल वाचन कार्यक्रम वि.सं. २०६३ जेठ २७ मा मीनभवन क्याम्पसमा सम्पन्न भएको थियो । नवक्षितिज साहित्यिक समाजका तर्फाट आयोजना गरिएको यो कार्यक्रममा टिकटबाट उठेको रकम कार्यक्रममा चियाखाजालगायतका खर्चहरूमै सकिएको थियो । क्याम्पसका विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको यो कार्यक्रम आफ्नो जीवनमा निक्कै उपलब्धिमूलक रहेको उनी बताउँछिन् । एकल कार्यक्रमहरूबाहेक अन्य केही सामूहिक कार्यक्रमहरू आन्दोलन कविता, प्रेम कविताहरूका पनि भएका छन् । यस्ता कार्यक्रमहरूले कविमा ऊर्जा थपिनका साथै काव्य विधाको उत्थानमा इँटा थप्ने काम भएको पनि मान्नर्ुपर्छ । कविताको पहिलो भीसीडी निकाल्ने श्रेय चाहिँ कवयित्री सुलोचना मानन्धरमा जान्छ । उनले सन् २००४ मा नयाँवर्षाई ‘अनुभूतिका थोपाहरू’ शर्ीष्ाकमा भीसीडीमा प्रस्तुत गरेकी थिइन् । जर्मनीको बर्लिनमा आयोजना भएको अन्तर्रर्ााट्रय फिल्म फेस्टिबलमा उनले यो भीसीडी पठाएकोमा ८०० बाट छापिएर नोमिनेसनमा छानिएका अन्तिम ३८ वटामा पर्ने सौभाग्य पाएको थियो । अनुभूतिका थोपाहरू -ड्रप्स अफ फिलिङ्स)ले दसहजार डलरसहित अवार्ड प्राप्त गरेको थियो र सम्भवत: यो नै पहिलो हो कविताको भीसीडीमा नेपालीले पुरस्कार पाएको ।
कवि अनिल पौडेलको सक्रियतामा छन्दकविहरूको स्वर क्यासेटमा निकालेर त्यसले निक्कै चर्चा बटुलेको थियो । सम्भवत: यो नै पहिलो कविताको क्यासेट थियो भने यसपछि चाहिँ सुलोचना मानन्धर, श्रवण मुकारुङ र रमेश श्रेष्ठहरूले कवितालाई भीसीडी र डीभीडीहरूमा लगिसकेका छन् । काव्य विधाको यो फड्कोले अवश्य पनि सुखद अनुभूति दिलाएको छ । कविता लेखेर के हुन्छ र ! भन्नेहरूलाई यस्ता कार्यक्रमहरू जवाफ पनि हुन् । प्रस्तुत छ, यसै सेरोफेरोमा केन्द्रित रहेर वरिष्ठ गजलकार एवं गजल गायक बुँद राना, चर्चित कविद्वय श्रवण मुकारुङ र रमेश श्रेष्ठसँग गरिएका कुराकानीहरू :
– मुक्तक, कविता र गजल वाचनका कार्यक्रमहरू स:शुल्क हुन थालेका छन् । यसबाट काव्यिक क्षेत्रलाई के कस्तो सहयोग पुगेको देख्नुहुन्छ ?
बुँद राना : यसबाट काव्यिक क्षेत्रमा सकारात्मक प्रभाव पर्न थालेको छ । आमक्षेत्रबाट काव्यिक विधाको मूल्याङ्कन हुने हुँदा यसको मूल्य र मान्यता स्थापित हुने देखिन्छ । हामीकहाँ एकाध जनाले ‘तँ त कवि होस्, लु सुना न कविता’ भनेर चिया खाँदै सुन्ने परम्परा चाहिँ थियो । नि:शुल्कको आनन्दलाई स:शुल्क गरेर काव्यिक विधाको मूल्य र मान्यता स्थापित गर्दै प्रोत्साहन, उत्साह र चासो बढाउन सहयोग पुग्दछ । यसबाट पाठक हुँदै स्रोता र र्सजक दुवैलाई राम्रो हुन्छ ।
श्रवण मुकारुङ : यस्ता कार्यक्रमहरू हुनु खुसीको कुरा हो । यसले मूलरुपमा दर्ुइ कुरालाई अगाडि बढाउँछ । पहिलो त काव्यिक क्षेत्रको सामाजिकीकरणको प्रक्रियाबाट आम पाठकहरूमा पुग्ने माध्यम हो भने दोस्रो सिर्जनाको शक्तिको मापन पनि हो । उत्कृष्ट र सुन्दर सिर्जना नभई कुन स्रोताले पैसा तिरेर समय र धनको क्षति गर्ला ! साहित्यलाई व्यावसायिकरण गर्ने प्रक्रियाको प्रारम्भिक खुट्किलामा छौँ हामी । यसै गरी नै विकास हुँदै जाने भएकाले सकारात्मकरुपमा लिनर्ुपर्छ ।
रमेश श्रेष्ठ : यस्ता प्रकारका कार्यक्रमहरूले सहयोग त राम्ररी नै पुग्ने स्पष्टै छ । नेपालमा पनि कविता, मुक्तक र गजललगायतका काव्यिक रचनाहरूका वाचन पैसा तिरेर सुन्दछन् भन्ने सन्देश विदेशमा पनि पुग्ने हुँदा हाम्रो साहित्यिक क्षेत्रको गरिमा विदेशमा पनि स्वाभाविक रुपमा बढ्दछ । अहिलेका यस्ता फाट्फुट हुने कार्यक्रमहरूबाट भोलिको बाटो फराकिलो हुनसक्दछ । नेपाली साहित्यको सुषुप्तावस्थालाई जगाउने काममा र्सजक-पाठक एकजूट भएर लाग्नुपर्ने अवस्थाको बोध पनि हो यो ।
– सिङ्गो साहित्यकै पाठक छैनन्, अझ कविताका त झनै पाठक छैनन् भन्ने साहित्यिक गुनासा र टिप्पणीहरू आइरहेको अवस्थामा यस्तो साहस कसरी गर्नुभयो ?
बुँद राना : नेपाली साहित्यको उत्थानका लागि यस्ता स:शुल्क वाचनका कार्यक्रमहरू हुनर्ुपर्छ भन्ने सबैलाई लागेको थियो । पोखरामा त मुक्तक वाचनका कार्यक्रमहरू निक्कै अघिदेखि नै हुँदै आएका थिए । स्रोता हल भरिएर बाहिर पनि बस्थे । यो आकर्षा देखेर बाहिरी अन्य क्षेत्रलाई पनि उत्सुकता लागेको हो तर आँट पुगिरहेको थिएन । आरोहण, अनाममण्डलीलगायतका संस्थाहरूले आँट गरे । परिणाम पनि सुखद् निस्कियो ।
श्रवण मुकारुङ : साहित्य-प्रतिको आकर्षा गैरसाहित्यिक वृत्तमा पनि छ । पाठक छैनन् भन्ने त भ्रम मात्र हो र यही भ्रममा हामी रुमल्लिएका छौँ । साहित्यिक कृतिहरू बिक्री हुँदैनन् भन्छौँ तर किन्ने इच्छुक पाठकसम्म पुर्याउन सक्दैनाँै । यो उपक्रम निरन्तर छ र साहित्यप्रतिको षड्यन्त्र पनि हो यो । राज्यले त्यस किसिमको संयन्त्र बनाउनेतिर चासो राखेकै छैन । कविता, गीत, गजल, मुक्तकहरू टिकट काटेर स्रोताले सुन्छन् भने ती सुन्ने स्रोता सच्चा पाठक पनि हुन् । यस्ता वाचनका कार्यक्रमहरू गर्नलाई खासगरी मेरो हकमा चाहिँ जनआन्दोलनको उभारसँग पनि जोडिएको छ । आन्दोलनलाई गति दिन आफ्नो तर्फाट र साहित्यिकारको तर्फाट पनि योगदान पुर्याउनेक्रममा कार्यक्रमहरू गरिएका हुन् ।
रमेश श्रेष्ठ: टिकटमा काव्यिक वाचन सुन्ने कार्यक्रमहरूको प्रारम्भ खासगरी पोखराबाटै भएको हो र त्यो मुक्तक वाचनबाट हो । वि.सं. २०३५ सालदेखि पोखरेली युवा सांस्कृतिक परिवारले धेरै स्रष्टाहरूलाई यसरी संयुक्तरुपमा मञ्चमा उभ्याउँदै आएको थियो भने एकल कविता वाचनको पहिलो टिकट कार्यक्रम गर्ने पहिलो व्यक्ति चाहिँ म नै हुँ । पाँच सयको टिकटमा डिनरसमेत खुवाएर कार्यक्रम गर्दा हल भरिभराउ थियो । यस्ता कार्यक्रमहरू निरन्तर हुनर्ुपर्छ । साहित्यको प्रचार-प्रसारले गैर साहित्यिक क्षेत्रलाई पनि हामीले तान्न सक्नर्ुपर्छ । यसैगरी नै हामीले पाठक बढाउन सक्छौँ ।
– भोलिका दिनमा गीति कर्न्र्सटहरूले जस्तो कविता कर्न्र्सटले पनि दर्शक/स्रोता तान्न सक्ला ?
बुँद राना : रचना राम्रो छ र त्यसको संयोजन पनि त्यसैअनुरुप गरिएको छ भने निश्चितरुपमा दर्शक/स्रोता तानिन्छन् । साहित्यिक रचनाहरूमा पनि सङ्गीतकारले सुमधुर धूनमा ढालेर त्यसलाई मिठासपर्ूण्ा बनाउन सक्दछन् । सबै रचनामा त्यस्तो क्षमता नहोला तर राम्रा रचनाले अवश्य तान्छन् ।
श्रवण मुकारुङ: तान्न नसक्ने भन्ने कुरै छैन । यस्ता कार्यक्रमहरू हुँदै जाँदा र्सजकहरूमा पनि जागरण आउला । अहिले त हामी प्रारम्भिक अवस्थामै छौँ । गीत/सङ्गीतको लामो परम्परा छ र साहित्य बामेर्सर्दैछ । यसलाई हामी कविहरूले नै आन्दोलनका रुपमा अघि बढाउनर्ुपर्छ । कार्यक्रमहरूमा निरन्तरता हुनुपर्यो भने कविहरू पनि दरिला हुनुपर्यो । आम पाठकसम्म सिधै सम्प्रेषण गरेर त्यसको तत्काल प्रभाव देखाउन सक्नर्ुपर्छ ।
रमेश श्रेष्ठ: दर्शक/स्रोता-लाई तान्न सक्ने सम्भावना धेरै छ । साहित्यमा पाठक छैनन् भन्ने जुन प्रकारको गुनासो छ, त्यसलाई मेट्न पनि काव्यिक वाचनहरू आवश्यक छन् । नयाँपुस्तालाई उनीहरूको रुचि अनुसारका सामग्रीहरू दिएर आकषिर्त गर्नर्ुपर्छ । कविता/ मुक्तक/ गजललगायतका सिर्जनाहरूमा पनि आन्तरिक लय त हुन्छ नै । यसलाई मञ्चमा उजागर गर्न सकिन्छ ।
– कविताहरू मञ्चमा वाचन हुँदै क्यासेट, भीसीडी र डीभीडीहरूमा पनि दृश्य छायाङ्कनसहित निकाल्न थालिएको छ । यसबाट कवितामा हुने बिम्ब र शाब्दिक गाम्भर्ीयको मिठासपक्षलाई जोगाइराख्न सकिएला ?
बुँद राना : कविता/ गजल/मुक्त लेख्दा र्सजकले कुन विषयवस्तु र परिवेशमा लेखेका छन्, सिर्जनाले भन्न खोजेको कुरा र बाँड्न खोजेको सन्देश के हो – भन्ने स्वयं र्सजकलाई थाहा हुन्छ । उसलाई बेवास्ता गर्दा गडबड हुनसक्छ । स्वयं र्सजककै सल्लाह र सुझावमा बिम्ब र प्रतीकहरू कुन अर्थमा आएका हुन् भनेर गर्दा मर्दैन ।
श्रवण मुकारुङ : दृश्यले बोधलाई माध्यम थप्छ र झन् प्रभावकारी बनाउँछ । यस्ता माध्यमहरूले थप बल पुर्याउँछन् । कविता आफैँमा सुन्दर र सुललित चिज हो । दृश्यसहित आउनसक्दा त्यो पर्ूण्ा हुन्छ तर दृश्य र शब्द मिलेर भावपर्ूण्ा सम्प्रेषण हुनुपर्यो । दृश्यमा राख्नु भनेको पत्रपत्रिकाहरूमा छाप्नु भनेजस्तै हो ।
रमेश श्रेष्ठ : यस्ता माध्यमहरूबाट जोगाउन मात्र होइन, झन् राम्रो बनाउन पनि सकिन्छ । सुरुसुरुमा अलिक गाह्रो हुन्छ तर त्यसले साहित्यलाई बजारीकरण गर्न मद्दत पुर्याउँछ । मुलकुरा खर्च कतिसम्म गर्ने भन्ने हो । कविताको प्रचार-प्रसारको निम्ति कम्तीमा पनि कविताको मर्म बोक्नसक्ने दृश्यहरू हुनर्ुपर्छ । गाम्भर्ीय जोगाउने भन्ने दर्शनको कुरा हो । कवितालाई साधा चामल मानेर सबैका अगाडि पुर्याउँदा पकाउने तरिका फरकफरक होला तर खान त खाइन्छ नै । गीतमा जस्तो सहज र सोझो अर्थमा दृश्यहरूलाई लिन सकिन्न तर रचनालाई न्यायपर्ूण्ा ढङ्गले गर्दा राम्रो नै हुन्छ ।
– कवितालाई र्सजकले भन्दा पनि गायकले वाचन गर्दा गीतमा जस्तो महत्व बढ्थ्यो कि – अथवा गीतमा गीतकार हराएजस्तो कवितामा पनि कवि हराउने डर हुन्छ ?
बुँद राना : राम्रो रचना जहिले पनि कालजयी हुन्छ । काम गर्नेहरूमा इमान्दारीपन चाहिन्छ । मूल्याङ्कन गर्ने, कमी कमजोरीहरू केलाउने काम समीक्षक र समालोचकहरूले गरिरहनर्ुपर्छ । गला र कला सबैमा हुने कुरा होइन । अभिव्यक्ति कला नभएकाहरूको गायकले प्रस्तुत गरिदिँदा राम्रो पनि हुन्छ तर जसले स्वर, अभिव्यक्ति दिनसक्छ, त्यस्तोले आफैँ गर्दा राम्रो हुन्छ । आफूले लेखेका शब्द र वाक्यांशलाई कुन अर्थमा प्रयोग गर्दा त्यसले बढी र्सार्थकता पाउला भन्ने कुरा त उही लेख्नेलाई थाहा हुने कुरा हो ।
श्रवण मुकारुङ : आफ्नो सिर्जनामा कविले जुन किसिमको प्रस्तुतीकरण दिनसक्छ, गायकले सक्दैन । कविको उच्चारण, हाउभाउ, उतारचढाव र विश्रामलगायतका कुराहरूमा ठीकठीक ढङ्गले हुन्छ तर गायक वा नायकबाट त्यो सम्भव छैन । त्यो त सिकाएको भरमा, घोकेको आधारमा जसरी सुँगाले गोपीकृष्ण कहु भन्छ, ठीक त्यस्तै हुन्छ । स्वर मीठो भएर मात्र सबै कुरा पुग्दैन । स्वभाव, चरित्र एवं सम्प्रेषण स्वयं कविले दर्शाउन सक्छ । मैले निकालेको ‘वीसे नगर्चीको बयान’को भीसीडीमा मेरो आवाज जुनरुपमा आएको छ र त्यसले जुन किसिमको महìव पायो, त्यो गायकलाई गाउन लगाएर प्राप्त हुँदैनथ्यो ।
रमेश श्रेष्ठ : एकाध गायकले गाएको राम्रो पनि होला तर कविले जस्तो कविताको मर्म गायकले बुझ्न सक्दैन । कवितालाई कविकै प्रस्तुति सुहाउँछ र त्यसले ज्यादा महìव राख्दछ । सबै प्रकारका मीठासहरू गायकमा मात्र हुँदैनन् । कविता, मुक्तक वा गजललाई त्यसमा प्रयुक्त बिम्ब र प्रतीकहरूको मर्मको उच्चारणबाट पनि बुझाइमा मिठास थपिन्छ ।
– कितावमा पढिने काव्य विधा अब आएर सुन्ने र हर्ेर्नेमा पनि आउन थालेपछि भोलिको यसको अवस्था कस्तो देख्नुहुन्छ ?
बुँद राना : काव्य विधालाई उठाउन स्रष्टाहरू नै अग्रसर हुनर्ुपर्छ भन्ने लागेर यस्ता कामहरू गरिन थालेका हुन् । निरन्तर हुँदै जाने हो भने आमपाठकमा पनि सुन्ने, हर्ेर्ने बानी लाग्छ र यसले थप महìव पाउँदै जान्छ ।
श्रवण मुकारुङ : गीत जो कोहीका लागि र कविता कविहरूकै लागि मात्र हो भन्ने मानसिक भ्रमलाई तोडेर कविता पनि सबैका लागि हो भन्ने हामीले बुझाउन सक्नर्ुपर्छ । यसैक्रममा कवितालाई हरेक माध्यमबाट आमसमुदायमा पुर्याउनु परेको छ । बौद्धिक समुदायमा मात्र सीमित नभई आमसमुदायमा गएपछि यसले अवश्य पनि सुन्दर भविष्य समात्नेछ ।
रमेश श्रेष्ठ : कविता पढ्ने मात्र होइन, सुन्ने पनि हो रहेछ र यसलाई हर्ेन पनि सकिने रहेछ भन्ने कुरा आमपाठकलाई बुझाउनेक्रममा यस्ता प्रयासहरू भएका हुन् । हामीले सहरबजारमा मात्र सीमित नराखी जिल्ला जिल्ला र गाउँसम्म पनि पुर्याउन सक्नर्ुपर्छ । सहज पहुँच भयो भने मान्छेमा रुचि जाग्छ । यसैगरी त हो नि विकासका खुड्किला चढ्ने भनेको ।
ओझेलमा परेको काव्य विधालाई उठाउनेक्रममा र्सजक स्वयंबाट भएका यस्ता प्रयासहरूको र्सार्थक परिणाम निस्किएको अनुभव हुन्छ । हरेक माध्यमबाट आमसमुदायमा पुर्याउन सक्दा कविता, मुक्तक र गजलहरूले पनि गीतकै जस्तो चर्चा/परिचर्चा बटुल्न सक्नेमा कुनै शङ्का छैन । कवितामा हुने शक्तिको पहिचान त जनआन्दोलनहरूमा भएकै हो । अर्जनु पराजुली, बुँद राना, श्रवण मुकारुङ, डा. बेन्जु शर्मा, विक्रम सुब्बा, रामप्रसाद ज्ञवाली, देवी नेपाल, मणि काफ्लेहरूले आन्दोलनमा कविताका माध्यमबाट थपेको ऊर्जा प्रशंसनीय छ । कविताको तागत अनुभव गरेर नै हो टिकट काटेर कविता सुन्न उपस्थित भएको ठूलो सङ्ख्या । सबै स्रष्टामा वाचनकला र सिर्जनाको एकैखालको तागत हुँदैन तर जोसँग त्यस किसिमको सामर्थ्य छ, उसले काव्य विधालाई हाँक्नर्ुपर्छ । अभिव्यक्तिको सशक्त माध्यम हो रहेछ यो विधा भन्ने छाप सबैमा पार्न सक्नर्ुपर्छ ।