समीक्षा : भावनी भिक्षुको ‘मैया साहेव’

~अज्ञात~

मैया साहेब कथाको कथाबस्तु :-

मैया साहेव कथाकार भावनी भिक्षुका उत्कृष्ट मनोवैग्यानिक कथा हो ! यस कथाको मुख्य नायिका मैया साहेव हुन् ! उनको नामकरणमा कथाको शीर्षक राखिएको छ ! यस कथामा राणा परिवारकी छोरी मैया साहेव र त्यसघरमा काम गर्ने अधिकारीका छोरा पात्रको नाम अजय अव्यक्त प्रेम कथा पाइन्छ ! यस कथामा मैया साहेव र अजय दुवैले एक -अर्कामा आन्तरिक ह्रदयवाट चाहे पनि उनीहरुका माझमा वर्ग र स्थरको ठूलो पर्खाल थियो र जसलाई नाङघनु सम्भावत थिएन ! यस कथामा मैया साहेवको कृलिष्ट मनोवृती पाइन्छ ! कथामा अजयको र मैया साहेवको प्रेम प्रतिको चिन्तन धारामा पनि भिन्नता पाइन्छ ! अजयको निम्ति प्रेम आफूले चाहेको कुरो पाउनु हो भनि मैया साहेबको निम्ति प्रेमको महत्व पाउनुमा होइन त्यागमा निह्ति हुन्छ !

कथाकारले यसकथामा नारी चरित्रलाई अभिव्यक्ति दिने प्रयास गरेका छन् ! कथामा मानव मनमा रहेको प्रेम ,दया ,माया ,स्नेह ,ईष्या र तिरस्कार जस्ता मानवीय प्रवृतिहरुको उतार -चड़ावलाई प्रस्तुत गरेका छन् ! कथाकार भवानी भिक्षुले मानव मनमा रहेका विभिन्न भावहरुको सहज निस्काषन आवश्यक भएको तथ्यलाई यसकथामा देखाएका छन् !

कथाकार भवानी भिक्षुको परिचय :-

कथाकार भवानी भिक्षुको जन्म वि.सं. १९६६ जेठ २१ गते कपिलवस्तु जिल्लाको तौलिहवामा भएको थियो ! यिनको वास्तविक नाम भवानीप्रसाद गुप्ता भए पनि साहित्यिक नाम भवानी भिक्षुबाटै यी बढी प्रसिद्ध रहेका छन् ! मातृभाषा अवधी भए पनि यिनले नेपाली भाषाको सेवामा आफूलाई समर्पित गरे ! शिक्षा आर्जनका दृष्टिले हेर्दा यिनले हिन्दी साहित्यमा कुलभूषण हासिल गरेका थिए ! यिनले आफ्ना जीवनकालमा विभिन्न कार्यहरु गरे ! यिनी १९९९ देखि २००३ सम्म नेपालको प्रसिद्ध साहित्यिक पत्रिका ‘ शारदा ‘ का सम्पादक र २०१३ सालमा ‘ धरती ‘ पत्रिकाका सम्पादक भई यिनले महत्त्वपूर्ण टेवा पुर्याए भने २००८ देखि २०१३ सम्म प्रचार विभागका अतिरिक्त निर्देशक भई सरकारी जागिरेको अनुभव पनि हासिल गरे ! यसै क्रममा उनी नेपाल राजकीय प्रग्य – प्रतिष्ठानका सदस्यमा २०१४ सालमा मनोनीत भए भने बाचुन्जेलसम्म यिनी आजीव सदस्यका रुपमा यस संस्थासँग सम्बद्ध रहे ! आफ्नै जीवनावधिमा साझा पुरस्कार २०३३ र त्रिभुवन पुरस्कार २०३६ बाट सम्मानित हुन पाएका साहित्यकार भिक्षुको २०३८ साल वैशाख ४ गते यस धरतीवाट चोला उठ्यो !

भवानी भिक्षुको नेपाली साहित्यको आख्यान -परम्परामा विशिष्ट योगदान छ भने नेपाली कविता -परम्परालाई पनि यिनले उल्लेख्य योगदान पुर्याएका छन् ! त्यसैले यिनको साहित्यिक व्यक्तित्व कथाकार ,उपन्यासकार र कविका रुपमा सुपरिचित रहेको छ ! यिनले झन्डै एक दर्जनजति साहित्यिक कृतिहरुको रचना र प्रकाशन गरेका छन् ! ती कृतिहरुलाई विधागत रुपमा तल दिइन्छ :

१.कथा सङ्ग्रह : क } गुनकेशरी ( २०१७ ) ,ख } मैया साहेब (२०१७ ) ,ग } आवर्त (२०२४ ) घ } अवान्तर (२०३४ ) !

२. उपन्यास : क } सुभद्रा बज्यै (२०१९ ) ख } आगत (२०३३ ) ग } पाइप नं २ (२०४० ) घ } सुन्तली (२०४० ) !

३. कविता : क } छाया (कवितासंग्रह २०१७ ) ख } प्रकाश (कवितासंग्रह २०१७) ग } परिष्कार (कवितासंग्रह २०१७ ) !

कथाकार भवानी भिक्षुको कथाप्रवृति :-

१.मनोवैग्यानिक यथार्थवादी कथाकार :-

कथाकार भवानी भिक्षु नेपाली कथासाहित्यमा खास गरी मनोवैग्यानिक यथार्थवादी धारामा रहेर कथा लेख्छन् ! यसैले यिनी विश्वेशरप्रसाद कोइरालापछिका अर्को ठूला मनोवैग्यानिक कथाकार हुन् ! कोइराला मनोविश्लेषणमा रुचि लिन्थे भने भवानी भिक्षु चाहि बढी मनोवैग्यानिक स्तरमै रहन गएका छन् ! कोइराला र भिक्षुमा एउटा चाहि समान प्रवृत्ति देखिन्छ यौनको चित्रणमा रुचि ! भवानी भिक्षु पनि यौन मनोविग्यानलाई नै अंगालेर बढी कथाहरु रचना गरेका छन् ! भिक्षुको मनोविग्यान प्रयोगमा केही विविधता पाइन्छ ! यिनले “मेरो सानू साथी ” जस्ता कथामा बालमनोविग्यानलाई पनि देखाएका छन् ! यिनका कथामा पनि अचेतन मनको विश्लेष्ण गरिएको हुन्छ र त्यहाँ दबेका कामवासनाका के -कस्तो परिणाम निम्त्याउँछन् भन्ने कुराको कलात्मक वर्णन गर्नमा भवानी भिक्षु निकै सिपालु छन् ! मान्छेका मनोग्रन्थि केलाउनमा यिनको रुचि छ र मनको अावेग ,कुण्ठ वा निराशा ,हीनता ,उच्चता ,शून्यता ,एकान्तता ,ईष्या, दम्भ आदि मानवीय भावहरुको प्रकाशनमा यिनले आफूलाई एकोहोर्याएका छन् ! यिनी पात्रहरुका मनका सामान्य र असामान्य दुवै स्थितिलाई सजीव रुपमा प्रस्तुत गर्नमा सफल छन् ! पात्रहरुका मनका गम्भीर छटपटी ,अन्तर्द्वन्द्व ,व्याकुलता ,पीडा आदिको प्रभावशाली चित्रण यिनले गरेका हुन्छन् ! मानव मनका अन्तर्द्वन्द्व खोतल्ने क्रममा यिनले कुलीनवर्गको रबाफ , अगम् र इज्जतको संरक्षणप्रतिको सचेतता आदिलाई प्रस्तुत गरेका हुन्छन् !

२.चरित्रप्रधान कथाकार :-

भवानी भिक्षु पनि चरित्रप्रधान कथाकै स्रष्टा हुन् ! यिनले घटनाको वर्णनमा ध्यान दिएका हुँदैनन् तर चरित्रचित्रणमा नै बढी ध्यान केन्द्रित गरेका हुन्छन् ! मनोवैग्यानिक कथाकारमा पाइने यो आम विशेषता नै हो ! पात्र प्रयोगलाई हेर्दा यिनले निम्न वर्ग र उच्च वर्ग दुवैको प्रस्तुति गरेका हुन्छन् ! यिनले निम्न वर्गप्रति मात्र सहानुभूति राखेर हेरेका छैनन् उच्च वर्गप्रति पनि त्यस्तै सहानुभूतिको अनुभव गराउने काम गरेका छन् ! उनका समकालीन कथाकारहरु उच्च वर्गप्रति विशेष कटाक्ष प्रकट गर्ने तर यिनले चाहि उच्च वर्गलाई समेत मानवतावादी स्वरूपमा चित्रण गरेका छन् र आफ्नो मौलिक विशेषता टड्कारो पारेका छन् ! यिनी २००७ सालपछि राणावर्गको के -कस्तो हाल भयो त्यसलाई मार्मिक ढङ्गले उतार्नमा चाख दिन्छन् ! राणावर्गको पतनतिर गएको स्थिति र मानसिकताको चित्रणमा यिनी निकै सफल छन् ! निम्न वर्गको चित्रण गर्दा यिनी विशेषत मानसिक व्याकुलता ,पीडा ,कुण्ठा आदिले ग्रस्त परिस्थितिमा गर्छन् ! नारीवर्गको चित्रणमा यिनी दुई किसिमले प्रस्तुत भएका छन् ! यिनी कतै नारीलाई गरिमामय व्यक्तित्व दिन्छन् भने कतै नारीलाई उत्पीडित स्वरुपमा चित्रण गर्छन् !

३.द्वन्द्वप्ररक कथाकार :-

कथाकार भवानी भिक्षुको कथाहरुमा द्वन्द्वको अभिव्यक्ति रहेको हुन्छ ! भवानी भिक्षुले द्वन्द्वको प्रयोग प्रभावकारी ढङ्गले गरेका हुन्छन् ! यिनको द्वन्द्वप्रयोगलाई हेर्दा यिनले बाह्य द्वन्द्वलाई कम र आन्तरिक द्वन्द्वलाई बढी अँगालेर व्यक्तिको चरित्रलाई देखाएका हुन्छन् !

४.रतिरागत्मक कथाकार :-

भवानी भिक्षु नेपाली कथा साहित्यका जगतमा रतिरागत्मक कथाकारका रुपमा उभिएका छन् ! भिक्षुले नारीहरुलाई विषय-वस्तु बनाएर कथाहरु लेखछन् ! नारीवर्गले भोग्नु परेका बाह्य र आन्तरिक व्यर्थालाई लिएर सहानुभूतिका कथाहरु लेख्छन् ! ” मैया साहेब ” कथामा अभिजातले सृजना गरेको वातावारणले गर्दा भौतिक कष्ट भोगेका छन् भने “टाइपिष्ट ” कथामा सामान्य पेशाले जीवन गुर्जारने नारीको वर्णन छ !

के तपाईंलाई यस् लेखको लेखकका बारेमा थाहा छ ? कृपया kritisangraha@gmail.com मा सूचित गरिदिनुहुन बिनम्र अनुरोध छ ।
– साहित्य सङ्ग्रहालय

(स्रोत : फेसबुकबाट सभार)

This entry was posted in समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.