समालोचना : अभीष्टको खोज उपन्यासको बिश्लेषण

~अज्ञात~

1. अभीष्टको खोज उपन्यासको सामान्य परिचय :-
अभीष्टको खोज उपन्यास उपन्यासकार भीम दाहालद्वारा रचित उपन्यास हो ! यस उपन्यासको माध्यमद्वारा उपन्यासकारले सिक्किम भारतमा विलय हुनुभन्दा पाँच बर्ष अघिको स्थिति र विलय भइसकेपछिको स्थितिलाई देखाउन चाहेका छन् ! सिक्किममा सन् 1973 देखि राजनैतिक उथलपुथल सुरु भयो जसको परिणामस्वरूप 1975 को मई 16 तारिखदेखि पूर्ण रुपले सिक्किम भारतमा विलय भयो ! सिक्किम भारतको बाईसौ राज्य हुनाका साथै देशको एकमात्र नेपालीभाषीवहुल राज्य बन्यो ! यी कारणले गर्दा देशका नेपालीभाषी समाज र साहित्यमा गहिरो प्रभाव पर्यो ! यसरी सिक्किम देशबाट प्रदेश भयो र राष्ट्रबाट राज्य भयो ! यो कुरालाई यस उपन्यास ” अभीष्टको खोज ” उपन्यासको पुरुष पात्र ” सिक्टेरी कान्छा ” स्वीकार्न तत्पर हुँदैन ! उसले नस्वीकारे पनि सिक्किममा प्रजातन्त्र आइलाग्छ !

उपन्यासकार भीम दाहाल 1954 सालतिर जन्मेका र सिक्किमकै भएको सम्पूर्ण राजनैतिक उथुलपुथलहरु देखे ! उनलाई पनि देशमा प्रजातन्त्र आएको अथवा सिक्किम भारतमा विलय भएको मन परेन ! उनले आफ्नो उपन्यासमा विभिन्न पात्र-पात्राहरुको माध्यमद्वारा सिक्किम भारतमा विलय भएको दुखद स्थितिलाई देखाउन चाहेका छन् ! प्रस्तुत उपन्यासमा गरीबका पीड़ा, समाजमा भएका निम्नवर्गीय, आर्थिक अवस्था कमजोर भएका मानिसहरुलाई उच्च वर्गका मानिसहरुले गर्ने गरेको शोषण, दमन र भेदभाव प्रवृत्तिलाई पनि उपन्यासकारले प्रस्तुत गरेका छन् ! जसमा आर्थिक अवस्था कमजोर भएकी, विध्वी नारी पात्रा धनमाया बाँस्कोटाकी कान्छी छोरी शान्ति जसले आफ्नो अभीष्ट प्राप्तिको निम्ति संघर्ष गर्दा उसको संघर्षको मार्गमा धेरै बाधा, अर्चनहरु आएका कारणले गर्दा उसले आफ्नो अभीष्ट नै बिर्सिएर नकरात्मक बाटोतर्फ लागेको चरित्रलाई पनि प्रस्तुत उपन्यासमा प्रस्तुत गरेका छन् ! यस उपन्यासमा मिथकीय प्रतीकलाई पनि लिएको छ !

2. अभीष्टको खोज उपन्यासको शीर्षक विधान :-
अभीष्ट/को र खोज गरी तीनवटा पदबाट मिली बनेको पदावली ” अभीष्टको खोज ” लाई उपन्यासको शीर्षक बनाइएको छ ! तत्सम शब्दको रुपमा रहेको अभीष्टको अर्थ इच्छाइएको कुरा / प्रिय कुरा / चाहेको वस्तु वा विषय / अति प्यारो -अत्यन्तै प्रिय वस्तुको खोज बुझिन्छ !

उपन्यासकी मूल नारीपात्र शान्तिले कुनै प्रियवस्तु वा उद्देश्यप्राप्तिको निम्ति गरिएको प्रयासलाई उपन्यासले समेटेर शीर्षक अभिधात्मक नभई व्यञ्जनात्मक रहेको छ ! एउटी नवयुवती शान्ति गाउँबाट बाह्रौ श्रेणीसम्म पढ़ेर नोकरी खोज्न गान्तोक गएकी छ औ नोकरी खोज्ने प्रसंगमा पुरुषहरुको बासनाको लतमा रतिएकी छ ! कतै उसको आफ्नो व्यक्तिगत रुपमा तन र धनको सुख प्राप्तिको लालसा नै उसको अभीष्ट त होइन ? पाठकलाई सन्देह पनि हुन्छ ! अथवा उसले कुनै अभीष्ट राखेकी थिइ तर परिस्थितिले गर्दा उसलाई कुनै अभीष्ट प्राप्तहीन बनाएको छ !

3. अभीष्टको खोज उपन्यासको संरचना :-
अभीष्टको खोज उपन्यासकमा 140 पृष्ठ रहेको र मझौला उपन्यास हो ! मूल उपन्यासको शुरुआत पृष्टसंख्या 5 देखि हुन्छ ! पृष्ठ 21,34,48,61,72,87,98 र 127 गरी जम्मा आठ ठुलामा स्पेस राखिएबाट परिच्छद विभाजन मानी आठवटा परिच्छेद रकेहा छन् भन्न सकिन्छ ! यी प्रत्येक स्पेस वा परिच्छदमा कुनै संख्या वा नाम त उल्लेख छैन तर कि चाहिँ घटना प्रसंगको बदली, कि समयको फाड्को गर्दा प्रयोग गरिएको छ ! यस उपन्यासका घटना वा कथाबस्तुलाई सघन रुपमा खाँदिएका छन् ! उपन्यास घटनैघटनाले जेलिएको छ भने कथाबस्तु टम्म भरिएको छ ! उपन्यासभरि मानसिक चिन्तन र घटनालाई सँगसँगै लगिएको छ ! उपन्यासको शुरु लीला कँडरिया र बालिका शान्तिसहितकी आमाको बिहेदेखि हुँदै अन्तमा जीवन बित्न आँटेकी शान्तिले बिहे गर्ने बिचार त्यागेको अवस्थासम्म टुंग्याइएको छ ! उपन्यासमा आदि, मध्य र अन्त्य गरी तीन भागमा कथाबस्तु छुटाईएको छ ! लीलाराम र धनमायाको बिहे, शान्ति हुर्कँदै गएदेखि उ गान्तोक जानुअघिसम्मलाई आदि / उ गान्तोक गएदेखि शंकाको कारणले एक रातलाई जेल गएसम्म मध्यभाग र गान्तोकमा काकीसित बसेदेखि उसले बिहे नगर्ने निर्णय दिएसम्मको अन्तिमभाग मान्न सकिन्छ !

4. अभीष्टको खोज उपन्यासको कथाबस्तु :-
यस उपन्यासको कथाबस्तु टिम्बुरबुंग देखि प्रारम्भ भएको छ ! टिम्बुरबुंग स्कूल स्थापना हुन अघि एक पण्डितको घरमा गाउँका केटाकेटीहरु पढ़न जान्थे ! लीलारामले छोरी शान्तिलाई त्यस स्कूलमा भर्ना गर्यो ! त्यस स्कूलका सरहरु ललित प्रधान अध्यापक, ऋतु र जंगबीर थिए ! सिक्टेरीको पत्नी झुण्डिएर मर्नु ,सिक्टेरीले पनि कचेटले खप्पर फुटाउने कोशा गर्नु ,कान्छो भूजेलले रोक्नु ! शान्तिले टिम्बुरबुंग प्राथमिक पाठशालाबाट प्रथम दर्जामा चौथो श्रेणी पास गरेर पाँचौ श्रेणीमा सोरेङ जुनियर हाई स्कूलमा भर्ना हुनु ! पश्चिम सिक्किमको सोरेङ बजारको वर्णन, रत्नलाल र पदमे दुइभाइ हो ललित सरको कारण दुवैले जनाई अगेनामा जलाएको घरमा आमाले यो कुरा थहाँ पाउँछकि भनेर डर बोल्नु ! आधुनिक्ता र विकास भएको ! पदमे राजनैतिक नेता बनेको, शान्तिले सानुभाइ र काकी लहसिएको दृश्य देख्नु ! शान्ति नोकरीको खोजीमा जानु र कामको निम्ति साहेबकहाँ जानु र साहेबले उसको कागाजपत्रमा भन्दा पनि जादा अंगमा हेर्न समय लगाउनु ! शान्तिले यसो लाग्नु कि त्यो साहेब भट्टराई कान्छो जस्तो जो शान्ति धारामा नुहाउँदा रुखमा चढ़ी अंगको दर्शन गर्ने व्यक्ति ! शान्तिले नेत्रकुमार वस्नेतको कार्यलयमा काम पाउनु ! सानुभाइ शान्तिको कामको बिषयले छेवैमा आएर नजानिदो प्रकारले अांग तानी जीउ छोवाउनु ! राजका स्वास्नी थापाबाबुसित लहसिएको, यौवनसम्बन्ध राखेको शान्तिले देख्नु ! शान्ति र राज चलचित्र हेर्न जानु त्यहाँ राजले नम्रताको शरीर छोइदिनु, शान्तिको यौवन वासना अनियन्त्रित हुनु ! चलचित्र हेरिसकेर उनीहरु दुइजना होटलमा गएर कफी खाजा खानु, राजले दुइ वोतल वियर सोर्काउनु ! शर्माबाबुको स्वास्नीसित लहसिएको राजले शान्तिलाई बनाउनु र आफ्नो दुखद कथा कमलासंग प्रेम भएको र वियोग भएको कुरो बताउनु ! राजले शान्तिलाई सहाराको प्रस्ताव राख्नु ! शान्तिलाई सम्झाउने काम ! शान्तिले काकाकाकीको घर छाड़नु ! नेत्रसाहेब र शान्ति कुनै कामले बाहिर निस्केको बेला नेत्रसाहेबले टाउँको दुख्यो भन्ने वहानाले वंगलामा लकेर यौवन तृषणा मेटाउनु ! शान्तिले सुनौलो सपना देख्नु त्यो सपना उसको नौमती बाजासाथ विवहा भएको तर केहि वेरपछि त्यो सपना टुट्नु ,शान्तिकी काकी शर्माबाबु लड़के मृत्यु भएको , काकीले पनि आत्महत्या गर्न खोज्नु ! पुलिस जाँच पर्ताल भएपछि शान्तिलाई मृतक लासलाने अनुमति दिनु र काकाको मृतक लास लिएर शान्ति र काकी टिम्बुरबुंग फर्कनु ! घरको वा बिदा सकिएपछि शान्ति गान्तोक जानु हतार गर्नु ! शान्ति अफिस पुगे पश्चात साहेबको विवहा भएको खबर सुन्नु ,शान्तिले नेत्र साहेबको रगतको डल्लो वा नानी पेटमा हुने कुरा काकीलाई बताउनु, शान्ति र काकी डक्टरकोमा जानु ,डक्टरले 500 रूपया लाग्छ भन्नु, डाक्टरले शान्तिको पेटबाट नेत्र साहेबको सन्तान मेटाइदिनु ,शान्तिले नेत्र साहेबको बच्चा पेटमा भएको कुरा बताएर एक लाख रुपयाको मांग गर्नु, नेत्रसाहेबले आफ्नो इज्जत जोगाउनको निम्ति शान्तिलाई रूपया दिनु, शान्तिले काकीको हातमा थोरै रूपया थमाइदिएर आफू चै टिम्बुरबुंग फर्कनु ! शान्ति जनकल्याण संस्थामा संचालिकाको पद स्वीकार्नु, शान्तिलाई प्रहरीहरुले थाना पुराउनु, शान्तिलाई लिन उसकी काकी आउनु, उनीहरुले कोर्टमा केस लड़नु ! शान्तिले मदिरा पिउन थाल्नु र मञ्जुरसँग लिंग गास्नु, शान्तिले इन्द्रकमललाई विवहा गर्ने प्रस्ताव राख्नु, एकदिन एक दिन इन्द्रकमल भिरबाट खसेर उनको मृत्यु हुनु, बबूढ़ा दाहालका छोरा शान्तिलाई हेर्न आउनु तर शान्तिले विवहा गर्न उचित ठानेनन् उसलाई मन परेको कुराको प्रतिक्षामा छ सायद यहि नै हो कि शान्तिको अभिष्टको खोज !

5. अभिष्टको खोज उपन्यासको प्रमुख पात्र-पात्राहरुको चरित्र चित्रण :-
ओपन्यासिक चरित्रले कुनै सामाजिक वर्ग, जाति, पेसा वा मनोवैज्ञानिक स्तरको प्रतिनिधित्व गरेको हुन्छ ! बढ़ी भन्दा बढ़ी विशिष्ट कुराको प्रतिनिधित्व गर्न सक्ने चरित्र नै उपन्यासका पाठकका लागि सम्झनालायक हुन्छ ! बाणी, बोली, हेराइ क्रियाकलाप आदि एउटा नयाँ व्यक्तित्वको छाप पार्न सक्ने चरित्रको उपस्थिति उपन्यासमा अति बन्दनीय हुन्छ ! चरित्र चित्रणका माध्यमबाटनै आधुनिक उपन्यासकारहरुले केहि कलात्मक त्रुटि छ भने पनि तिनलाई छोपी जीवन्त उपन्यासको सृजना गर्दछन् !

( शान्ति ) :- उपन्यासकार भीम दाहालद्वारा रचित उपन्यास अभीष्टको खोज उपन्यासको प्रमुख नारी पात्रा हो शान्ति बाँस्कोटा ! यस उपन्यासमा शान्तिलाई आर्थिक अवस्था कमजोर भएकी गरीब छोरीको रूपमा शान्तिलाई लिएको छ ! शान्तिको आमा धनमाया बाहुनी तुलसीको मठमा अर्ध्य दिएर फर्कन्दै गर्दा शान्तिको जन्म जुनेली रातमा जस्केलामा भएको थियो ! शान्तिको आमा भनेपनि बाबा भनेपनि उसकी आमा नै उसको निम्ति सर्वस्व थिइन ! शान्ति उसकी आमाको गर्भमा हुँदा देखि नै टुहुरी भएकी थिई ! जुन साँझ शान्तिको जन्म भयो त्यो साँझ खुसियालीको सट्टा विरक्तको साँझ थियो ! शान्ति सानै छदादेखिनै पढ़ाईमा तेजीलो थिई ! शान्ति धेरै परेला भएकी, ठूला आँखा, पातलो ओँठ, मिठो बोली, तिक्खर बुद्धि र मधुर स्वर भएकी सौन्दर्यकी नमुना थिई ! शान्तिको व्यक्तित्व संगीत, कला र साहित्य प्रेमी थिई ! शान्ति टिम्बुरबुंगमा हुँदा स्वच्छ तथा पवित्र चरित्र भएकी थिई ! शान्तिले 21 वर्षको हुँदा बाह्र श्रेणी उतीर्ण गरेकी थिई र आफ्नो आमा-बुबाको दु:ख देखेर आफुले केहि काम गरेर आमा-बुबालाई सुख दिने उद्देश्यले उ गान्तोक शहर जाने र त्यहाँका विभिन्न प्रकारको परिवेशले उसलाई प्रभाव पार्नु र शान्ति यौवन वासनाको शिकार बन्नु ! समग्रतामा हेर्दा शान्ति गतिशील पात्रा हो !

( धनमाया बाँस्कोटा बाहुन ):- निम्नवर्गीय सामाजिक जीवनको प्रतिनिधित्व गर्ने जीवन्त पात्र हो धनमाया बाँस्कोटा बाहुन ! उनी अठ्ठाइस वर्ष पुगेको एउटी विधवी नारी पात्र हुन् ! उ विष्णुप्रसाद बाँस्कोटा बाहुनकी धर्मपत्नी हो ! धनमाया एउटी यस्तो नारी पात्रा हुन् जसले आफ्नो सन्तानको निम्ति धेरै दु:ख कष्टहरु सहन्छन् ! उनी एकजना मम्तामयी आमा पनि हुन् ! उ विधवी भएको कारणले गर्दा उसलाई समाजका मानिसहरुले ” पोइ टोकुवा ” पनि भन्ने गर्छन् ! तर उनी त्यस्ता सामाजिक मानिसका कुराहरुको वास्ता गर्दैन ! धनमायाको जीवनमा धेरै दु:ख-कष्टहरु आउँछन् र त्यस दु:ख कष्टहरुबाट हार नमानेर बरू त्यस वाधाहरूको सामना गर्ने एक पात्रा हुन् !

( लीलाराम कडरिया ) :- भीम दाहालद्वारा रचित उपन्यास अभीष्टको खोजमा एकजना इमान्दारी, सहयोगी र भावुक ह्रदय भएको पुरुष पात्रको रुपमा देखा परेका छन् लीलाराम कडरिया ! उ ब्यालिस वर्ष पुगेको पुरुष पात्र हो ! उसको पिताको नाम तीर्थप्रसाद कडरिया ! उ दाजुभाईहरुमा सबैभन्दा जेठो छोरो हो ! उ अशिक्षित हुन्छ ! उसका दुइवटा स्वास्नी हुन्छ जसको मृत्यु भईसकेको हुन्छ ! उसका कुनै सन्तान हुँदैन ! धनमायासित विवहा गरी जीवन बिताउँछन् ! विधवी केटि विवहा गर्यो भनेर बुबाले घरबाट निकालिदिने र धनमायाको घरमा गएर बस्ने पात्र हो लीलाराम कडरिया !

( सिक्टेरी कान्छा / तीर्थप्रसाद कँडरिया ) :- अभीष्टको खोज उपन्यासमा भएको सिक्टेरी कान्छा लीलाराम कँडरियाको बुबा हुन् ! उसको वास्तविक नाम तीर्थप्रसाद कँडरिया हो ! उनी अन्य पात्र – पात्राहरु भन्दा भिन्न प्रकृतिको पात्र हुन् ! उनी मानिसहरपसित बोल्दा निकै तौलिएर बोल्ने गर्दछन् ! उनी पञ्चायतको सचिव र धर्मशास्त्र रीतिथीति मान्ने पात्र हुन् ! उनको बुबाको नाम धर्मदास कँडरिया हो ! उनी गाउँमा भएका मानिसहरु भन्दा भिन्न प्रवृत्तिको व्यक्ति भएको हुँदा उनलाई गाउँको धन वा गहना मान्छन् !

सिक्टेरी कान्छा धर्म-कर्ममा निकै विश्वास गर्छन् ! त्यसैले गर्दा आफ्नो जेठो छोरो लीलाराम कँडरियाले विधवी धनमायालाई विवहा गरेको कुरा स्वीकार्दैनन् र छोरालाई घरबाट बहिष्कार गरिदिन्छन् ! आफ्नो दुइ छोराहरुले अन्य जातिका स्त्रीहरुसित विवहा गरेको खण्डमा उनीहरुलाई पनि बहिष्कार गरिदिन्छन् समग्रहमा हेर्दा सिक्टेरी कान्छा गतिहीन पात्रको रुपमा देखा पर्दछ !

( पदमे र रत्नलाल ) :- उपन्यासकार भीम दाहालले पदमे र रत्नलाल नामक पात्रलाई सामाजिक भ्रष्टचारी, स्वार्थी र शोषक राजनैतिक पात्रको रुपमा प्रस्तुत गर्न चाहेका छन् ! पदमे र रत्नलाल अज्ञानी छन् तर उनीहरु बाठो र चतुर छन् ! त्यसैले सिक्किममा प्रजातन्त्र आएपछि अल्पज्ञान भए तापनि उनीहरु गाउँका नेता हुन्छन् ! उनीहरुका नेता काजीमान पनि सुपठित थिएनन् ! पदमे र रत्नलाल आफुभन्दा उच्च पदमा भएका विधायक / मंन्त्रीको सेवा गर्छन् ! त्यसो गरेको कारण उनीहरुले विधायक मंन्त्रीकोबाट केहि पैसा पाउँछन् ! त्यो पैसा ल्याएर पार्टी गर्छन् ! गाउँको नेता भएपछि गाउँ, समाज र गाउँका मानिसहरुका विषयमा र उन्नतिको विषयमा सोच्नु पर्ने हो तर उनीहरु आफ्नो सुख-सुविधा र मनोरंजनको बारेमा मात्र सोच्ने पात्रहरु हुन् !

( रामप्रसाद कँडरिया ) :- प्रस्तुत उपन्यास अभीष्टको खोजमा भएको अर्को प्रमुख पात्र हुन् रामप्रसाद कँडरिया ! उनी सिक्टेरी कान्छा वा तीर्थप्रसाद कँडरियाको माइलो छोरो हुन् ! आफ्नो नाम मन नपरेको कारणले गर्दा उनले आफ्नो नाम राजेश शर्मा राखे ! उनी धर्म, संस्कार, रीतिथीति आदिमा विश्वास राख्दैनन् ! त्यसैले उनी लिम्बूनी युवतीसँग विवाह गर्छन् ! उनको पिताले लिम्बूनी युवती विवाह गरेको मन पराउँदैनन् र छोरालाई घरबाट बहिष्कार गरिदिन्छन् ! त्यसपछि रामप्रसाद कँडरिया गान्तोक शहर गएर बसोबासो गर्न थाल्छन् ! गान्तोकमा उनी एकजना निक्कै ठूलो ओहदाधारी व्यक्तिको बिलडिङमा किरायामा बस्दछन् ! त्यहाँ उनी आर्थिक सुधार नामक विभागको मुख्य सहायक रुपमा काम गर्छन् ! उच्चवर्गले निम्न वर्गप्रति गरेको अन्याय-अत्यचार र शोषणप्रति बिरोध गर्दछन् ! उनलाई सिक्किम देशमा जन्ताराज भएको मन परिदान ! उनी स्वतन्त्र विचार भएको व्यक्ति हो ! उनी शान्ति स्वभावको पात्र वा व्यक्ति हुन् !

( फूलमति कँडरिया ) :- उपन्यासकार भीम दाहालद्वारा रचित उपन्यास अभीष्टको खोजमा भएको एकजना प्रमुख नारी पात्रा हुन् फूलमति कँडरिया ! उपन्यासकारले उसको चरित्रलाई एउटी आर्थिक स्थितिले सताएर विकृतिको मार्गमा हिड़ेकी नारीको रूपमा दर्शाउन चाहेका छन् ! फूलमति कँडरिया रामप्रसाद कँडरियाकी धर्मपत्नी हुन् !

6. भीम दाहालद्वारा रचित अभीष्टको खोज उपन्यासको केही गौण पात्र – पात्राहरुको चरित्र चित्रण :-
( शान्तिको दिदी ) :- प्रस्तुत उपन्यास अभीष्टको खोजमा शान्तिकी दिदी प्रसंगवश आएकी बालक पात्रा हुन् ! उनी शारिरीक रुपले कमजोर हुन्छन् ! उनी आमा भन्न सक्ने र मागेर खान सक्ने उमेरकी भएकी थिइन् ! उनले यस संसारमा जन्म त लिइन् तर संसार राम्ररी देख्न र बुझ्न पाइनन् ! बालक अवस्थामा नै निमोनीया रोगका कारणले गर्दा उनको मृत्यु भएको पात्रा हुन् शान्तिकी दिदी !

( विष्णुप्रसाद बाँस्कोटा बाहुन) ) :- प्रस्तुत उपन्यासमा विष्णुप्रसाद बाँस्कोटा बाहुन मृतक पात्रको रुपमा देखा परेका छन् ! उनी धनमाया बाँस्कोटाको पहिलो पत्ति हुन् ! समाजका मानिसहरु कसैले पनि उसलाई उसको पूरा नामले बोलाउदैनन् !

प्रस्तुत उपन्यास अभीष्टको खोजमा उल्लेख गरिएका सम्पूर्ण पात्र-पात्राहरुको माध्यमद्वारा सिक्किममा प्रजातन्त्र आउनु अघिको अवस्था र पछिको अवस्थालाई उपन्यासकार भीम दाहालले देखाउन प्रयास गरेका छन् ! सिक्किममा प्रजातन्त्र आएपछि सिक्किमेली नेपाली जन्ताहरु अरू जातिहरुबाट शोषित हुन थालेका छन् ! त्यहाँ पुँजीबादी व्यवस्था आयो ! उच्चवर्गका मानिसहरुले निम्न वर्गलाई शोषण गर्नथाल्यो ! सिक्किमेली जन्ताहरुले सिक्किममा प्रजातन्त्र नचहाँदा – नचहाँदै पनि उच्च आहोदामा भएका मानिसहरुले सिक्किम भारतमा विलय गराएका हुन् भनेर उपन्यासकारले दु:ख व्यक्त गरेका छन् !

7. अभीष्टको खोज उपन्यासको परिवेश :-
परिवेश विधानका दृष्टिले प्रस्तुत उपन्यास सफल देखिन्छ ! यसमा मूलत: दुइवटा परिवेश चित्रित छ ! सिक्किमको टिम्बुर बस्तीको ग्राम्य र गान्तोक शहरको शहरीया सारेङ बजारको प्रसंग पनि देखा पर्दछ ! शान्ति गाउँमा बस्दा ग्राम्य परिवेश तथा शहरमा बस्दा शहरीया परिवेश देखाइएको छ ! गाउँले परिवेशमा गाउँ-घरको सामाजिक, सांस्कृतिक, राजनैतिक, आर्थिक, भौगोलिक पारिवारिक परिवेश चित्रण पाइन्छ भने शहरमा बस्ता शहरीया संस्कृति, सामाजिक, चारित्रिक राजनैतिक परिवेश देखाइएको छ !

8. अभीष्टको खोज उपन्यासको भाषाशैली :-
भाषा प्रयोगका दृष्टिले अभीष्टको खोजलाई ठेट नेपाली शब्दहरुको भण्डार मान्न सकिन्छ ! यसमा गाउँले जन-जीवनमा चल्ती शब्दहरु धेरै मात्रामा पाइन्छन् ! यसमा कति तत्सम शब्दहरु प्रयुक्त छ भने अधिकांश भने दद्भव शब्दकै बहुलता देखिन्छ ! उपन्यासकारले गाउँले परिवेश प्रदान गर्नका निम्ति भाषा पनि उस्तै गाउँले ठेटपन देखाउने प्रयत्न गरेका छन् ! यसो गर्नका निम्ति कतिपय मानक शब्दमा विचलनको प्रयोग गरेका छन् ! त्यस्तै ठाउँ-ठाउँमा कथन उपयुक्त उखान र बाग्धाराको प्रयोग गरेका छन् ! हाम्रा समाजमा चलनमा आउने धेरै अंग्रेजी शब्दको प्रयोग गरिएको छ कतै-कतै उक्तिवैचिञ्य पाइन्छ जस्तै ढिपी पसाकिदिनु, रक्सी सोडक्याउनु इत्यादि ! यस उपन्यासमा प्रयोग भएका वाग्धाराहरु बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बेड़ ,हात्तीको दुइ दात देखाउने र खाने ! अंग्रेजी शब्दहरु पुलिस, कोर्ट, मैजिस्ट्रेट, ओसी, प्राइवेट, असिस्टेंट, इन्टरभ्यु, इडियट ,माइने, डिस्टर्ब, सप्लायर, कम्प्रोमाइज, आइ एम भेरी सरी, प्रेजेन्ट, रिएक्ट, यूज एन थ्री, आइ टोल्ड यू, इन्भेस्टिगेट ! यस उपन्यासमा प्रयोग ठेट कथ्य शब्दहरु खुत्रुक्क, कचेट, घर्याक्क, खस्याक, सुटुक्कै, टुलटुल, झ्वाप्पै इत्यादि ! यी वाहेक यस उपन्यासमा हिन्दी भाषाको प्रयोग पनि पाइन्छ जस्तै – दिनहुँ छुट्टी चाहिए तो क्यों न तुम सर्भिर्स से छुट्टी लेता !

प्रस्तुत उपन्यासमा उपन्यासकारले वर्णनात्मक, सम्बादात्मक, संकेतात्मक रुपमा अघि बढ़आउँदै पाठकलाई रोचकता दिने काम गरेका छन् ! यसमा वैचारिकता भरमार प्रयोग देखिन्छ ! देश, समाज, व्यक्ति र व्यक्तिको गतिविधिमाथि वैचारिक मन्थन जस्तो प्रस्तुत गरिएको छ ! कथाको धार कहिले द्रूत गतिमा बगेको छ भने कहिले मन्द गतिमा बगेको पाइन्छ !

9. अभीष्टको खोज उपन्यासमा घटना :-
उपन्यासकार भीम दाहालद्वारा रचित अभीष्टको खोज उपन्यासमा घटनाको प्रयोग पनि पाइन्छ ! यस उपन्यासमा ज्यादा त होइन तर सूक्षम मात्रामा घटना घटेका छन् ! प्रथम सिक्टेरी कान्छा कट्टरबादी वा धर्मबादी भएका कारणले उनीहरुका छोराहरुले विधवी र अन्य जातका स्त्रीहरुलाई विवहा गरेको खण्डमा उनीहरुलाई घरबाट बहिष्कार गरिदिन्छन् र सिक्टेरनीले आफ्नो घर बचाउन नसक्दा वा परिवार मिलाएर नसक्दा त्यहि पिरले झुण्डिएर मर्नु यस उपन्यासको घटना हो ! दोस्रो नेत्रसाहेबले आफ्नो फायदाको निम्ति शान्तिलाई कामको सिलसिलामा कतै बाहिर लगेर टाउँको दुखेको बहानाले बंगलामा लगेर शान्ति र नेत्रसाहेबले लिंग गास्नु वा यौवन तृष्णा मेटाउनु घटनावस भएको हो !

10. अभीष्टको खोज उपन्यासमा जातपात-रीतिरिवाज र अन्धविश्वासप्रति व्यांग्य :-
असभ्य समाजमा अन्धविश्वा रहेको हुन्छ ! जातपात र रीतिरिवाजले समाजमा विकृति उत्पन्न गरेको हुन्छ ! यस उपन्यासमा पनि अन्धविश्वास, रीतिरिवाज र जातपातप्रति उपन्यासकारले व्यांग्य हानेका छन् ! यस उपन्यासमा समाजमा चल्दै आएका अन्धविश्वा, जातपात भेदभाव र रीतिरिवाज मान्ने पात्र सिक्टेरी कान्छा हो !उनको यो बिचार धारणाले आफ्नो पत्निलाई गुमाउनु, छोराहरुलाई बहिष्कार गर्नु इत्यादि यो आडम्बर र ढोंगप्रति व्यांग्य पाइन्छ !

11. अभीष्टको खोज उपन्यासमा यौवन मनोवैज्ञानिक पक्ष :-
शर्मा बाबू रात्रीको समय मदिरा पिएर लटकै हुनु अनि पत्निलाई समय दिन नसक्नुको कारणले शर्माकी पत्नि वा शान्तिकी काकी यौवन तृष्णा मेटाउनुको निम्ति परपुरुष सानुभाइसँग लिंग सम्बन्ध गास्नु ! पछि शान्तिनै सानुभाइसँग यौवन आकर्षण बन्नु तर यौवन सम्बन्ध नेत्रसाहेबसँग राख्नु ! शान्ति मुसलमान केटोको शारीरिक अंगसँग लोभिनु र एकपल्ट यौवन वासनाको कािना राख्नु यस उपन्यासको मनोवैज्ञानिक पक्ष वा यौवनमनोविश्लेषनात्मक पक्ष हो !

12. अभीष्टको खोज उपन्यासमा नारी संवेदना / नारी शोषण :-
हरेक समाजमा नारीहरुप्रति अन्याय र अत्यचार रहेको हुन् ! हरेक समाजमा नारी शोषण पनि रहेको हुन्छ चाहे त्यो शारीरिक होस वा मानसिक ! समाजमा नारीहरुप्रति पुरुषले केवल यौवनको निम्ति बात्र बनिएको हो ठान्छन् ! यस उपन्यासमा पनि नारीको शारीरिक शोषणको व्यक्त भएको छ ! अझ गरीबहरुलाई उच्चवर्गका व्यक्तिहरुले पैतालामा थिचेर राखेको कोर्ट, प्रशासन, पैसावलाको मात्र हुँदो रहेछ भन्ने कुरा यस उपन्यासमा देखिएको छ ! यस उपन्यासको प्रमुख पात्रा शान्ति पनि यौवन वासनाको शिकार भएको छ ! नेत्रसाहेबले शान्तिको भर्जीनिटी तोड़ि दिएको छ ! नेत्रसाहेबले शान्तिलाई शारीरिक शोषण गरेको, सिक्टेरनीले पाएको मानसिक चाप र मानसिक शोषण, शान्तिले सिक्टेरी कान्छाको बुहारी भएर पनि बुहारी हुन नपाउनु इत्यादि कुराहरुमा उपन्यासकार भीम दाहालले संवेदना जनाएका छन् !

13. अभीष्टको खोज उपन्यासमा मानवताबादी दृष्टिकोण :-
मानिसले मानिसमाथि गर्ने उपकार वा गुण नै मानवता हो ! मानिसलाई मानिसको पहिचान दिने मूल बिषय नै मानवता हो ! मानिसले मानिसको सहयोग गर्नु पर्छ भन्ने कुरा उपन्यासकार भीम दाहालले अभीष्टको खोज उपन्यासद्वारा सन्देश दिन चाहेका छन् ! मानिसहरुलाई सुखमा त सबैले साथ दिन्छन् तर दु:खमा कसैले दिदैनन् त्यहि दु:खमा साथ दिनु नै मानवता हो ! यस उपन्यासमा नेत्रसाहेबले शान्तिप्रति जुनप्रकारको व्यवहार गरे पनि शान्तिकी काकाको मृत्यु भए पश्चात नेत्रसाहेबले एउटा पिकअप गाड़ी ल्याइदिनु र बीस-बीस नोटका चार गड्डा हातमा थमाई दिनु नेत्रसाहेबले शान्ति प्रति देखाएको मानवता हो ! शान्तिलाई दु:खको घड़ीमा नेत्रसाहेबले सहयोग पुर्याएर केहि मात्रामा मानवता देखाएका छन् ! यसरीनै शान्तिकी काकीले शान्ति दोजिया भएको कुरा चालपाएर वा सुनेर डाक्टरकोमा लगि उपचार गर्नु एक नारीले नारीको व्यर्था बुझेर गरेको मानवता हो !

14. अभीष्टको खोज उपन्यासमा नारीवादी स्वर :-
मूल रुपमा अभीष्टको खोज नारीवादी उपन्यास हो ! यसका तीन प्रमुख नारीपात्राका गतिविधि विचारधारामा नारीबादमा हुने लक्षण पाइन्छ ! नारीवादी मार्क्सवादी विचारधाराबाट उत्प्रेरित र उद्भूत राजनैतिक समतामूलक विचार बोकेको साहित्यिक आन्दोलन हो ! पुरुष अधिकारको भञ्जन र नारी स्वतन्त्रता लेखन परम्परालाई नवीनकरण र मान्यता प्रदान गर्ने अभियानमा ओर्लेको यस सिद्धान्त सन् 1960 देखि द्रुतगतिमा अघि बढ़ेको पाइन्छ ! नारीबादले नारीहरुको दमन र शोषणसँग सम्बन्धित समस्यामा चासो राख्दछ !
भीम दाहालद्वारा रचित अभीष्टको खोज उपन्यासलाई केहि समिक्षकहरुले नारीबादी उपन्यासको रुपमा दर्साएका छन् ! यसमा शान्ति नामकी मूल नायिकाको जीवन चारित्रिक अवस्थालाई केन्द्रित गरी नारीबादीको तोक लगाउनु स्वभाविकै छ ! यसमा शान्तिको जीवनलाई नै मूल बिषय बनाइएको छ ! उपन्यासको बिषयबस्तु नै शान्तिको स्वतन्त्र यौवनचार हो ! यसलाई मुख्यत : चारवटा कुराबाट नारीवादी ठर्याउन प्रयास गरिएको छ –
1. शान्तिकी आमा धनमायाले आफु विधवा भएपछि दोस्रो विवहा गर्नु !
2. शान्तिले आफु सक्षम बन्न गान्तोक गई नोकरी गर्नु तर पुरुषको वासनाको शिकार हुनु तथा पछिबाट आफै खुल्ला यौनचार गर्नु !
3. शान्तिले आफुले चाहेको युवक मरेपछि बिहे नगरी स्वतन्त्र जीवन बाँच्ने निर्णय गर्नु !
4. शान्तिकी काकी पनि लोग्ने हुँदाहुँदै केहि परपुरुषसित यौनाचार गर्नु !

15. अभीष्टको खोज उपन्यासमा आलोचनात्मक यथार्थवादको प्रस्तुति :-
सामाजिक बिसंगतिको विरुद्ध बिद्रोह गर्ने साहित्य सिद्धान्तगत प्रणालीलाई आलोचनात्मक यथार्थवाद भनिन्छ ! यसले समाजका नकरात्मक वृत्तिको उद्घाटन र आलोचनामा रुचि राख्छ ! यो चिन्तन शोषण र उत्पीडनको निहदामा अडेको छ ! आलोचनात्मक यथार्थवादको मुख्य स्वर यथास्थितिको विद्रोह हो !

सामाजिक यथार्थको वस्तुतथ्यात्मक उद्घाटन अभीष्टको खोज उपन्यासको लक्ष्य देखिन्छ ! यस उपन्यासमा भीम दाहालले उपन्यासकारिता सामाजिक यथार्थको आलोचनात्मक उद्घाटनमा केन्द्रित रहेको छ ! उपन्यासमा सिक्किमेली समाज र जीवनको विकृति वा बिसंगतिको चित्र प्रस्तुत गरिएको पाइन्छ ! मूलत : समसामयिक वातावारणलाई यसले सान्दर्भिक गरेको देखिन्छ ! यसमा प्रजान्त्रपूर्ल र उत्तककालीन सिक्किम राज्यका सामाजिक, राजनैतिक र प्रशासनिक व्यवस्थाका विकृत पक्षप्रति आलोचना गरिएको छ ! मानव समुदाय सामाजिक र राजनैतिक कुसंस्कारको चपेटमा पिल्सिरहेको वर्तमान वोधलाई उपन्यासकारले अवगत गराएका छन् ! उपन्यासमा वर्णन गरिएको विषयवस्तुगत पक्षलाई निम्न आधारमा यस प्रकार हेर्न सकिन्छ –
1. सामाजिक स्थितिले :- (क) छुवाछुत र भेदभावको प्रथा !
(ख) नारी उत्पीडन र शोषण !
(ग) वर्गीय विषमता !
2. राजनैतिक र प्रशासनिक पर्यावरणमा देखापरेका भ्रष्टचार र बिसंगतिको चित्रण :-
उपन्यासकार भीम दाहालले उरर्युक्त विभिन्न स्तरमा देखिएका विकृति वा कुरुप यथार्थलाई पक्रेर आलोचनात्मक दृष्टि दिने काम गरेका छन् !

अभीष्टको खोज उपन्यासमा छुवाछुत, भेदभाव, जातीय उचनिच र धार्मिक कहरताजस्ता सामाजिक, सांस्कृतिक संकीर्णताप्रति कटु आलोचना गरिएको छ ! नेपाली समाजमा जातपातको भेदभावले मानवताबादको मुर्दा सधैँ काँधमा बोक्नुपर्ने अभिशाप भन्ने उपन्यासकारको टिप्पणीले सामाजिक उत्थानका निम्ति जातीय, धार्मिक र सांस्कृतिक समीकरण आवश्यक छ भन्ने तथ्यलाई अघि सारेको छ ! नारी शोषण र लैंगिक विभेदताले गर्दा नारी जीवन कष्टकर हुनपुगेका वस्तुस्थितिको प्रतिपादन उपन्यासमा आलोचनात्मक ढंगले भएको छ ! उपन्यासमा दुई पुस्ताका प्रतिनिधित्व गरेकी सिक्टेरनी धनमाया र शान्ति सन्दर्भबाट नारी समस्याको चित्रण गरिएको छ ! गरीब निमुखाले अर्थको शोषण गर्ने भट्टराईको शोषणवृत्तिको चित्राङकन गरेर त्यसप्रति विद्रोहको स्वर व्यक्त गरिएको छ ! शान्तिकी काकी फूलमतिको माध्यमद्वारा विकृत यौवनका कारणले नारीहरु पथभ्रष्ट र पतित बन्नुपुगेको कथ्य प्रस्तुत गर्दै सामाजिक बिसंगतिप्रति कटु आलोचना गरिएको पाइन्छ ! ड्रग्स मादक पर्दार्थ आदिको सेवनले समसामयिक परिवेश ह्रासोन्मुख स्थितिमा पुगेको तथ्य उदङ्गाएर यस उपन्यासले सामाजिक संगति खोजेको छ !

अभीष्टको खोजले प्रजातान्त्रिक व्यवस्थाको आगमनपछि सिक्किमको राजनीतिमा देखापरेका चाकरीप्रथा, दबाउ र राजनीतिज्ञहरुको राजनैतिक आचरणका उल्लेख गर्दै राजनैतिक बिसङगत यथार्थको अनुशीलन गरेको छ ! यस उपन्यासमा अनैतिक कार्य र घुस प्रवृत्तिले प्रशासन अधमरो बनेको यथार्थलाई पनि प्रस्तुत गरिएको छ र त्यसप्रति उपन्यासकारले तीव्र निन्दा व्यक्त गरेको छ !

यसै गरी अभीष्टको खोजले समाज विकासका निम्ति सामाजिक संगठन स्थापना गर्ने उद्देश्यमा लागिपरेको युवावर्गका संवैधान्कि अधिकार हनन् गरेर उनीहरुमाथि लगाइएको राजद्रोह अभियोगले प्रजातन्त्रमा परिलक्षित राजनीतिक शोषणको यथार्थलाई उद्घाटन गरेको छ ! यस ठाउँमा न्याय त्यसले मात्र पाउँछ जसले खोज्न सक्छ, खोज्न पैसा लाग्छ ! भवन जो सँग पैसा छ त्यसले अन्यायमा पर्नु पर्दैन र जो सँग पैसा छैन सायद त्यसले न्याय पाउनसक्दैन किनभने त्यसले खोज्नै सक्दैन भन्ने शान्तिको यस उदगारले आर्थिक विषमताले खोक्रो तुस्याएको समाजको परिचय दिदँछ !

अभीष्टको खोज सामाजिक यथार्थमा आधारित उपन्यास हो ! यस उपन्यासले सिक्किमेली समाजमा देखापरेका बढ़्दो विकृति, बिसंगति, अन्याय, अत्यचार र नारीअस्मिताहीननताको यथार्थलाई अवलोकन गरेको छ ! यिनै औपन्यासिक वस्तु संयोजनको परिप्रेक्ष्यमा हेर्दा प्रस्तुत उपन्यासमा आलोचनात्मक यथार्थवादी चेतनाको आग्रह रहेको पुष्टि हुँदछ !

16. अभीष्टको खोज उपन्यासको निष्कर्ष :-
भीम दाहालद्वारा रचित उपन्यास अभीष्टको खोजलाई नारीवादी उपन्यासका रूपमा ठानिए तापनि वास्तवमा भने यो सफल यौन मनोवैज्ञानिक उपन्यास हो ! यसमा नारीवादी चिन्तन भने नभएको होइन तर मनोविज्ञानका पक्ष नै बढी पाइन्छन ! उपन्यासमा समाजको अध्ययन गरिएको छ ! स्वचन्त्र देश सिक्किम भारतमा विलय भएपछि त्यहाँको सामाजिक, राजनैतिक, आर्थिक, मानसिक आदिको संक्रमण अवस्थालाई उपन्यासमा दर्शाइएको छ ! सिक्कीम भारतमा विलय भएकामा कुण्ठित मानसिकताको लप्का छ ! शान्तिको काका जस्ता पात्रहरुले यस कुण्ठालाई अभिव्यक्त गरेका छन् ! यसमा श्याम व्यांग्यको माध्यमबाट समाजमा विद्यमान नैतिकता, आध्यात्मबाद, राजनैतिक व्यवस्थाप्रति व्यांग्य कसिएको छ ! यसमा नारीले भोग्ने सामान्य अवस्था देखाइएको छ ! हाम्रो समाजमा नारीले जे-जे भोग्ने गर्छन् तिनैलाई उपन्यासकारले देखाएका छन् ! यसमा नारीवादी चिन्तनभन्दा यौन मनोवैज्ञानिक चिन्तन बढी प्रबल पाइन्छ ! यद्यपि यस उपन्यासलाई उत्कृष्ठ मान्न नलकिए तापनि एउटा सामान्य यौन मनोवैज्ञानिक उपन्यास भने मान्न सकिन्छ !

17. अभीष्टको खोज उपन्यासमा शान्तिको अभिष्टहरु :-
1. शान्तिले खोजेको पहिलो अभीष्ट हो गान्तोक शहरमा गएर नोकरी गर्ने !
2. शान्तिले खोजेको दोस्रो अभीष्ट हो यौन वासना ! सर्वप्रथम सानुभाइसँग आकर्षण हुनु तर यौन सम्बन्ध भने नेत्रसाहेबबाट प्राप्त गर्नु !
3. शान्तिको कथन ” मैले जीवनमा मन पराएका कुरा सबै अरुका भए ! मैले पाउन सकिँन ! ” सायद शान्तिले खोजेको कुरा पाउन सकेको छैन अझ खोजीमा छ सायद यहि पो हो कि शान्तिको अभीष्ट !
4. ” उ अझैसम्म एउटी स्वतन्त्र आमा, दिदी, प्रेमिका र पत्नी भएर, एउटा स्वतन्त्र अस्तित्व भएर बाँच्न पाएकी छैनन् ! ” सायद शान्तिको अभीष्टक खोज स्वतन्त्र मातृत्व, प्रेमीत्व र पत्नीत्व पो बन्ने इच्छा हो कि !
5. ” म बस्ती फर्कन चहान्छु ! एउटा कुनै पनि मान्छेको स्वास्नी हुन चहान्छु ! ” सायद शान्तिको अ खोज कसैको पत्नी बन्ने हो कि !
6. ” म खोजिरहन्छु आमा र जुन दिन वा रात मलाई मनपर्दो, मेरो मनले खोजेको कुरा पाउँछु त्यहाँ देखि उता म अल्मलिइरहन चाहन्न ! यस वाक्यले स्पष्ट हुन्छ कि शान्तिले मनले खोजेको अभीष्ट फेला परेको छैन यसर्थ यस उपन्यासको शीर्षक उचित छ !

उपन्यासकार भीम दाहालका परिचय /औपन्यासिक प्रवृत्ति :-

भारती नेपाली साहित्य जगतमा एक उत्कृष्ट र उल्लेखनीय नाम हो भीम दाहाल ! साहित्य क्षेत्रमा उनी कवि, कथाकार र उपन्यासकारका रूपमा परिचित छन् भने राजनैतिक क्षेत्रमा पनि देखापरेका छन् ! तर उनी साहित्य क्षेत्रमा नै चर्चित छन् ! भीम दाहालको जन्म सन् 1954 मा पश्चिम सिक्किमको टिम्बुरबुंग बस्ती भन्ने ठाउँमा भएको हो ! यिनले हुए. अनर्स सम्मको शिक्षा हासिल गरेका छन् ! भने पत्रकारितामा पिजी गरेका छन् ! सिक्किम विधान सभामा केही समय अनुवादक भएर काम गरेका दाहाल सिक्किम हेराल्डको सहसम्पादक, जिल्ला सूचना अधिकृत हुँदै सिक्किम हेराल्डको सम्पादक पनि भएका हुन् ! उनी राजनैतिक क्षेत्रमा पनि देखा पर्छन् ! उनी सिक्किमको एकमात्र लोकसभाका तीनपटकसम्म सांसद बनेका हुन् ! उनले विभिन्न विधामा कलम चलाई थुप्रै पुस्तकहरु प्रकाशित गरेका छन् जस्तै –

1. उपन्यास :-
अभीष्टको खोज (1992)
द्रोह (2002)
बिद्रोह (2005)

2. कथा संग्रह :-
मेरो मनको साइनो तिम्रो मनलाई (1992)

3. कविता संग्रह :-
समृद्ध व्यथा : कंगाल अभिव्यक्ति (1997)
रगतको हस्ताक्षर (2000) !

सिक्किममा रहरे नेपाली साहित्यका कविता, कथा, उपन्यास आदि विभिन्न विधामा कलम चलाएका भीम दाहालका तीनवटा उपन्यास प्रकाशित छन् ! यी सबै उपन्यास मूलय: प्रगतिवादी चिन्तनमा आधारित रहेकाले यिनका औपन्यासिक यात्राको चरण विभाजन हुने स्थिति देखिन्न आफू बाँचेको र भोगेको युगमा व्याप्त विकृति बिसंगति र अनैतिकतालाई चिरफार गरेर प्रस्तुत गर्नसक्ने निडर, निर्भीक एवं आँटी आख्यानकारका रूपमा लिन सकिन्छ ! श्रीमती लीला लुइँटेलले उनका औपन्यासिक प्रवृत्ति यसप्रकार प्रस्तुत गरेका छन् –

1. घटनाप्रधान उपन्यासकार :-
भीम दाहाल घटनाप्रधान उपन्यासकार हुन् ! यिनका उपन्यासमा अनेकौ घटनाको प्रस्तुती पाइन्छ र तिनै घटनाले पात्रलाई गतिमान बनाएका छन् ! यिनका उपन्यासमा घटनाहरुको विन्यास व्यक्तिक्रमिक रुपमा नभएर क्रमिक रूपमा भएको छ ! समाजिक घटनाहरुलाई बिषयबस्तु बनाई उपन्यास सृजना गर्नुमा यिनी सिपालु छन् ! घटनाहरुलाई आधार बनाएर यिनले पात्रहरुको क्रियाकलापमा आधारित उपन्यास तयार पर्ने उपन्यासकार हुन् भीम दाहाल !

2. समाजवादी यथार्थवादी / प्रततिवादी उपन्यासकार :-
भीम दाहाल समाजवादी यथार्थवादी /प्रगतिवादी उपन्यासकार हुन् ! प्रगतिवादी बिचारका रूपमा यिनले आफ्ना उपन्यासहरुमा वर्ग संघर्ष र शोषणको अन्त्य, रूढिवादी संस्कार तथा परम्परागत मूल्य मान्यताको विरोध र रूढिमुक्त समाजको स्थापना, जातीय भेदभावको विरोध र अन्यर्जातीय सम्बन्धको स्थापना, शोषक र शोषणको विरोध तथा शोषितको उत्थान हुने शोषणरहित समाजको सृजना आदि धारणाहरुलाई व्यक्त गरेका छन् ! समाजबादी यथार्थ अर्थात प्रगतिवादी दृष्टिकोणको प्रस्तुति सचेत र प्रतिबद्ध ढंगबाट गरिएका यिनका उपन्यासहरु प्रगतिवादी विचारधाराको प्रयोगस्थल बनेका छन् !

3. बिचारप्रधान उपन्यासकार :-
भीम दाहाल बिचारप्रधान उपन्यासकार हुन् ! यिनले आफ्नो उपन्यासमा कम्युनिष्ट सिद्धान्तबाट प्रभावित विचारहरु प्रकट गरेका छन् ! बिचारप्रधान भएकाले यिनका उपन्यासहरु शिल्प र कलाको दृष्टिबाट भन्दा विचारको प्रस्तुतिका दृष्टिबाट बढी गहन देखिन्छन् ! वैचारिक प्रस्तुतिका दृष्टिले यिनका उपन्यास धनात्मक देखिए पनि औपन्यासिकताको दृष्टिले ऋणात्मक रहेका छन् ! विचारको प्रस्तुतिकै कारण यिनका उपन्यासमा कथावकको गति र बनोट जटिल पनि बन्नपुगेका देखिन्छन् !

4. द्वन्द्वप्रधान उपन्यासकार :-
भीम दाहाल द्वन्द्वप्रधान उपन्यासकार हुन् ! यिनका उपन्यासमा शोषक र शोषितप्रति बीच, शासक र शासितका बीच, तथाकथित तल्लो र माथिल्लो जातिका बीच हुने वर्गीय द्वन्द्वको विधान गरिएको छ ! यिनले आफ्ना उपन्यासमा आन्तरिक द्वन्द्वको छिटफुट प्रस्तुति पाइए पनि बाह्र द्वन्द्व बढ़ी प्रखर भएर देखापरेको छ !

5. सुधारवादी उपन्यासकार :-
भीम दाहाल सुधारवादी उपन्यासकार हुन् ! यिनले समाजमा जागरण ल्याई सुधारको चाहना राखेका छन् ! सामाजिक अन्धपरम्परा, शोषणवृत्ति, कुसंस्कार, पछौटेपन, साम्प्रदायिकता आदिलाई हटाएर जागरूक्ता समाजको निर्माण गर्ने चाहना राखिएका यिनका उपन्यासमा व्यक्तिको संघर्षशील क्षमतालाई ज्यादै महत्वपूर्ण कुरा ठानिएको छ ! यिनी वर्ग संघर्षबाट समाजमा सुधार ल्याउने पक्षका अनुयायी देखिन्छन् ! भ्रष्टचारमा रोक, विजातीय विवाहद्वारा समन्वय, आडम्बररहित जीववद्वारा सरलता, समानता र स्वतन्त्रताद्वारा अन्याय अत्यचारको समाप्ति, नारीप्रतिको सम्मान सामाजिक व्यवहारद्वारा विभिन्न क्षेत्रमा सुधार एवं परिवर्तन गर्न सकिन्छ भन्ने यिनको दृष्टिकोण छ ! यिनका सुधारवादको लक्ष्य स्वस्थ तथा न्यायपूर्ण समाजको सिर्जना रहेको देखिन्छ !

6. समस्या समाधानमुखी उपन्यासकार :-
भीम दाहाल समस्या समाधानमुखी उपन्यासकार हुन् ! यिनले सामाजिक, राजनैतिक, आर्थिक विविध प्रकारका समस्याहरुलाई खोज्ने, नंग्याउने र तिनको समाधान पहिल्याउने प्रयास गरेका छन् ! उपन्यासकार दाहालले वर्ग संघर्षद्वारा शोषणको अन्त्य गर्ने, प्रगतिशील विचारका माध्यमबाट सामाजिक अन्धता र कुरीति हटाउने, सामाजिक, आर्थिक समानताद्वारा स्वच्छ समाजको निर्माण गर्ने, समाजलाई रूढिमुक्त तुल्याएर नारी जागरण र मुक्ति ल्याउने समाधानतर्फ संकेत गरेका छन् !

7. अधिक पात्र प्रयोगात्मक उपन्यासकार :-
भीम दाहाल अधिक पात्रको प्रयोग गर्ने उपन्यासकार हुन् ! विभिन्न वर्गका बहुल पात्रहरुको प्रयोग पाइने यिनका उपन्यासमा विशेष गरी निम्नवर्गीय सहभागीका बाहुलता रहेको हुन्छ ! यिनी व्यक्ति भन्दा बढी वर्गीय पात्रको सृजना गर्ने उपन्यासकार हुन् !

8. कथ्य भाषा प्रयोक्ता उपन्यासकार :-
भीम दाहाल कथ्य भाषा प्रयोक्ता उपन्यासकार हुन् ! सिक्किमको ग्रामीण समाजमा बोलिने कथ्य नेपाली भाषाको प्रयोग यिनका उपन्यासमा भएको छ ! पुराण, इतिहास, राजनैतिक, दर्शन आदिसंग सम्बद्ध बिम्ब र प्रतीक प्रशस्त प्रयोग गरिएकाले यिनका उपन्यासमा साधारण पाठकका लागि बोधगम्य र सहज पठनीय छैनन् ! यिनका उपन्यासमा प्रयुक्त बिम्ब र प्रतीकहरु कतैकता संगतिहीन र कतैकता त्रुटिपूर्ण पनि देखिन्छन् ! जे भएपनि यिनले ग्रामीण परिवेशमा प्रयोग गरिने भाषाको प्रयोग उनका उपन्यासमा पाइन्छ !

9. प्रकृतिवादी उपन्यासकार :-
भीम दाहाल प्रकृतिवादी उपन्यासकार हुन् ! यिनका उपन्यासहरुका पात्र – पात्राहरुले नचाहाँदा नचाहाँदै पनि त्यो कार्य गर्न पर्ने वाध्यता उपन्यासमा देखा पर्छ ! जस्तै अभीष्टको खोज उपन्यासको नायिका शान्तिले मनले नचहाँ नचहाँदै नेत्रप्रसाद साहेबको पेटमा भएको बच्चालाई तुहाउँनु पर्ने स्थिति यस उपन्यासमा देखिन्छ !

10. नारीबादी / नारी संवेदनशील उपन्यासकार :-
भीम दाहाल नारीबादी / नारी संवेदनशील उपन्यासकार हुन् ! यिनका उपन्यासमा नारीहरुप्रति स्नेहको स्वर गुन्जेको हुन्छ । नारीहरुले गर्नु पर्ने संघर्ष, नारीहरुले भोग्नु पर्ने पिड़ा, नारीहरुले समाजमा शोषित जीवन बिताउनु, पुरुषहरुले नारीहरुप्रति कुदृष्टि राख्नु आदि भीम दाहालका उपन्यासमा पाइने नारी विशेषता हो ! शान्तिको संघर्ष, धनमायाको संघर्ष र सिक्टेरनी कान्छीको संघर्ष नै अभीष्टको खोज उपन्यासको मूल बिषय हो ! उपन्यासकार भीम दाहालले नारीहरुप्रति संवेदना पनि देखाउँछन् ! उपन्यासको माध्यमद्वारा नारीहरुप्रति कुविचार, अन्याय – अत्यचार नगर्ने कुरा लेखकले सुन्दर ढंगमा प्रस्तुत गरेका छन् !

11. व्यांग्यवादी उपन्यासकार :-
भीम दाहाल व्यांग्यवादी उपन्यासकार हुन् ! सामाजिक अन्धविश्वास, जातिभेदभाव, रीतिरिवाजप्रति व्यांग्य हानेका छन् ! अभीष्टको खोज उपन्यासमा लीलारामले विधवी धनमायालाई विवहा गर्नु, माइलाले लिम्बूनी र कान्छाले भोटेनी विवहा गर्दा सिक्टेरी कान्छाले तीनै जनालाई घरबाट बहिष्कार गर्नु यस्ता विविध प्रकारका कुराहरुमा व्यांग्य पाइन्छ !

12. यौन मनोवैज्ञानिक उपन्यासकार :-
भीम दाहाल यौन मनोवैज्ञानिक उपन्यासकार हुन् ! यौन तृष्णा मेटाउनु लोग्ने – स्वास्नी अन्य व्यक्तिहरुसंग लाग्नु हाम्रो समाजमा देखिनै रहेका छौ यसैलाई नै भीम दाहालले आफ्नो उपन्यासमा स्थान दिएका छन् ! अभीष्टको खोज उपन्यासमा शान्तिकी काकी सानुभाइसँग लहसिनु, शान्ति सानुभाइसँग यौन आकर्षण हुनु तर यौन नेत्रसाहेब राख्नु, हट्टाकट्टा मुसलमानसँग लोभिनु अन्तमा नेत्रकुमारको पत्नीले पनि यौन तृषणा अन्यव्यक्तिको माध्यमद्वारा मैटाउनु उपन्यासको यौनमनोवैज्ञानिक पक्ष हो !

यसरी भीम दाहालका औपन्यासिक प्रवृत्तिलाई हेर्दा उनी मानवताबादी उपन्यासकार / नारीप्रधान उपन्यासकार / आञ्चलिक उपन्यासकार / बिसंगतिबादी उपन्यासकार / प्रगतिवादी उपन्यासकार हुन् !

के तपाईंलाई यस् लेखको लेखकका बारेमा थाहा छ ? कृपया kritisangraha@gmail.com मा सूचित गरिदिनुहुन बिनम्र अनुरोध छ ।
– साहित्य सङ्ग्रहालय

(स्रोत : फेसबुकबाट सभार)

This entry was posted in समालोचना and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.