~सीता अर्याल~
आउन पाईन द्यौरालीमा नपर्ख है मायाँ
भर नभाको पर्देशीको नखोज है छायाँ
टूङ्गो केही हुन्न रैछ बिदेशको ठाउँमा
रमाएर बस तिमी आफ्नै प्यारो गाउँमा
कोशिष गरेँ फर्कनलाई बाटै पाईन मैले
चोखो बचन दिएकै थेँ बिर्सुँला र कैले
भुलीदेउ यो पर्देशिलाई अर्कै फूल रोज
सोच्याजस्तो हुन्न रैछ मन् बुझाउन खोज
समयले पार्यो यस्तै ईमान्दारै हुँ म
धोका दिने चाह होईन बाध्यतामा छु म।
आउन पाईन द्यौरालीमा नपर्ख है मायाँ
भर नभाको पर्देशिको नखोज है छायाँ।
-सीता अर्याल,
म्याडिसन,अमेरिका।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)