~विनय कसजू~
काठमाडौँ पहिलो पल्ट घुम्न गएको गाउँले केटोले सहिद गेट देखेपछि टँुडिखेल वरिपरिका घोडा चढेका फर्ूर्तिला मर्ूर्तिहरुतिर देखाउँदै सोध्यो, “ती पनि सहिदहरु हुन् कि -“
सात सालको क्रान्तिपछि नेपालमा चार जना सहिद घोषित भए । सहिद गेटमा राजाको सालिकमुन्तिर उनीहरुको सालिक स्थापना गरियो । पंचायती व्यवस्थामा सहिदहरुको संख्या निक्कै बढयो । प्रजातान्त्रिक सरकारले धेरै जनालई सहिद घोषित गर्यो र केही सहिदका परिवारलाई सहायता पनि दियो । सहिद हुनु गौरव मात्र होइन लाभको पनि कुरा भयो ।
आआफ्नो समुदाय, पार्टर्ीीस्थान, पेसा सबैको कम्तीमा एक जना सहिद हुनु गौरवको कुरा महसुस गर्न थालियो । साहित्यकारहरुले कृष्णलाल अधिकारीलाई पहिलो साहित्यिक सहिद माने । मगर थापाहरुले लखन थापालाई नेपालको पहिलो सहिद घोषित गरे । बगाले थापाहरु भीमसेन थापाको सालिक राख्न कस्सिए । कोइरालाहरु कृष्णप्रसाद कोइरालाको फोटो खोज्न हतारिए । यस्तै गरी धेरै जना आआफ्नो वंशावली खोज्न र अनुसन्धान गर्नतिर लागे ।
जुन देशमा राजा नै सहिद हुन्छ त्यहाँ सहिद हुन आतुर जनताको के कमी – गाउँगाउँमा हल्ला चल्यो सहिदको परिवारलाई सरकारले भत्ता र अनेक सुविधा दिन्छ रे । अनि सहिदको सालिक पनि स्थापना गरिन्छ रे । यो सुनेर गाउँमा सहिद भएर नाम कमाउन र सालिकमा परिणत हुन चाहनेहरुको संख्या अचानक बढयो । दर्ुगम गाउँ र वन कन्दराहरुमा पनि गेटहरु बन्न थाले । सालिकहरु स्थापित हुन थाले । भोलि को सहिद बन्ने हो कसको सालिक चाहिने हो अडकल नै गर्न नसकिने भयो । यसैले थोकमा सालिक बनाउने अर्डर दिन थालियो । रेडिमेेड सालिकको मुन्तिर नाम अंकित गर्ने होड चल्न थाल्यो ।
सरकारले सालिक निर्माण अभियानमा बजेट बढाएर योगदान दिने निर्ण्र्ाागर्यो । झाडा पखालाले मर्ने, पहिरोमा पुरिने, बाढीमा बग्ने सबै सहिद भए । सरकारले थोकमा सहिद घोषणा गर्न थाल्यो । हुँदाहुँदा सरकारले सहिद उत्पादन गर्न विशेष रक्षा बजेटको व्यवस्था गर्यो । हरेक विस्फोटको आवाजसँगै सहिदहरुको संख्या बढ्न थाल्यो । पूरै देश सहिद भूमिका परिणत हुन थालेको देखेर चार सहिदहरु चिन्तित भए ।
साँचल, सानेपा
२०५८ साउन ६ गते