कविता : आखिर

~रीता सञ्जेल~

आखिर मानव जीवन नै हो
र पनि कसैलाई सानो झ्याल त
कसैलाई खुल्ला आकाश पो भाग परेछ ।

आखिर प्रकृति नै हो
कतै समथर त कतै अग्लाहोचा भुभाग छ
कहिँ सुविधा त कतै असहज पो परिरहेछ ।

आखिर जिन्दगी नै हो
कसैको भगमा सुखदुःख मिल्दै छ
त कोहिकोमा सङघर्स बढी थपिएको छ ।

आखिर भोगाइ नै हो
कहिले उकाली त कहिले ओराली
कहिले समथर कहिले खलडयाङखुलडुङ छ।

आखिर नीति नै चल्ने हो
पहुँचमा नहुदा व्यवस्थै थाहा छैन
पखेरामा परिश्रम जति पोखेनी केही भैदेन ।

आखिर बोली व्यबहार नै हो
मिठो बोले चाप्लुसी नबोले घुस्घुसे नै कहिन्छ
र निकसैको लागि कुनै सभ्य व्यबहार फेरिन्न।

आखिर सबै मनमस्तिस्क नै हो
खुसचले असम्भवतामा नि बिकल्प खोजिन्छ
नभए त सबको हितमा नि खोट देखाइन्छ ।

आखिर बुझाइ नै त हो
सबैलाइ समेटेर बोले संसार जितिन्छ
स्वार्थमा पोखिए जितेको संसार गुमाइन्छ ।

आखिर भावाना नै हो
आफ्नै सम्झेर रहे सुखदुःख साटिन्छ
नभए बिरानो पराइ यस्तै यस्तै मानिन्छ ।

रीता सञ्जेल, ललितपुर

(स्रोत : छलफलविक्ली डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.