कविता : अनुभव अछुत हुदाको ……

~ध्रुव गजुरेल~

मुक्तिनाथ दर्शन गर्न जाने सल्लाह अनुसार
कलंकीबाट पेजरमा सम्पर्कको लागी खवर आयो
यहि महिनाको पहिलो शुक्रवार गाडी छुट्दैछ
जाने भए पैसा र सामान लिएर तु आओ
.
एक जना वृद्धले पैसा वुझेर हामीलाइ जिम्मा लगाए
साथीहरुकै सल्लाह अनुसार मलाइ अछुत बनाए
ठ बजे गाडी छुटना साथ मालइ चिनाए
ठट्टैमा बनेको अछुट धार्के नपुग्दै पाको बनाए
.
बुढा वा र आमाले किन गाडीमा हालेको भने
युवाहरुले सामान छोइएला जोगाउन थाले
आचार्य थर भएका त गाडीबाटै ओर्लन थाले
कोलाहल भयो तिर्थ जादा नी अछुत आउन थाले
.
कुरीनटारमा एक छिन वस रोक्दा सवै तल झरे
बृद्ध आमा पानी निल्दै खाजा चपाउदै थिइन
म हतारमा गाडी चढदा उनलाइ छोइएछ
चपाएका खाजा झ्यालबाट फाल्दै चिच्याइन
.
असत्ती कुजात र ड्राइभरलाइ गाली गरीन
मेरो टोपी फाली युवाह कुट्न तयार भए
मेरा द्द जना साथीहरुले आँखाबाट आँसु झारे
सवभन्दा पछिल्लो सिटबाट मलाइ तल झारे
.
ड्राइभरले पैसा फिर्ता गर्दै मुग्लिनमा झार्ने भयो ।
एकछिनको विवाद र साथीहरुको वहशले गर्दा
कसैलाइ नछुने सर्तमा पछिल्लो सिटमा राख्ने भयो
आँखाबाट आशु झरे मेरो बोली नै बन्द भयो
.
मुग्लिनमा वस रोकीयो सवै खाना खान झरे
भोक लागेकोले साथी सँगै म होटलमा पसे
सवै जना अर्डर छोडी बाहिर निस्किए
मेरो पगरी अछूत विर्सीदा साहुलाइ घाटा भो

–ध्रुव गजुरेल
तारकेश्वर नगरपालिका ८

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.