~दीपक कुमार ज्ञवाली~
अरुको नकारात्मक कामले जब अन्तर्आत्मामा चसक्क घोच्छ अनि मलाईलाग्छ मेरो मातृभूमिलाई कहिं न कहीं पिडा (बोध) भएको छ । सुरम्य मातृभूमिको काख , भावना स्व– ब्यक्त गर्ने सामथ्र्यहीनतामा हामी कति निष्ठुरी, मातृभूमिको सुरम्य काखमा लडिबडि गर्दा पनि आमाको पिडा थाहापाऊन नसक्ने असमर्थता अर्थात अबुझपन ।
आज साह्रा संसारलाई कुन्नि के के ले हो के के ले एउटै आँगन गराएको छ भन्ने पनि गर्छन् । तर मझेरी त फरक फरक छ आ–आफ्नै छ अलग अलग छ । आ आफ्नो मझेरीमा रहेको मूल अँगेनामा आ आफ्नै स्वादका स्वादिष्ट ब्यञ्जन पाक्छन् ।अर्काको घरको मझेरीमा रहेको मूल अँगेनामा जे सुकै पाकोस् तर आफ्नो घरको मझेरीको मूल अँगेनामा पाक्ने ब्यञ्जन आफु र आफ्ना परिवारकोलागि आफ्नै स्वादको पाक्नु पर्दछ र स्वस्थकर हुनु पर्दछ ।
छिमेकी त्यसलाई भन्ने गरिन्छ जो आफ्नो घरको चारचौराशमा अर्थात साँध जोडीएकाहुन्छन् । जो समाजिक वन्धन र कानुन ले बाँधिएका पनि हुन्छन् । समाजको रित र कानुन अनुसार छिमेकी चल्नु परंपरा नै हो । साँधभाईलाई सााँधभाई नै भनिन्छ । सबैको अस्तित्व बराबर हुन्छ । कुनै घरको परिवार ठुलो होस् अथवा सानो कसैको जमिन धेरै होस् अथवा थोरै तर साँधभाई भनेको साँधभाई नै हो त्यो भन्दा पृथक परिचय साँध भाईको हुँदै हुँदैन । अर्का शब्दमा भन्नु पर्दा समानता र सम भाव ।
छिमेकीको छिमेकी भएको नाताले त्यो सामाजिक वन्धन र कानुन सबैलाई लागु हुन्छ ।
छिमेकीको भेद थाहा पाउने पहिलो हकदार पनि छिमेकी नै हुन्छन् । यस्तो अवस्था छिमेकीले चाहेर नचाहेर पनि भेद पाउन बाध्य हुन्छन् । जो कोही पनि त्यसबाट बिमुक्त छु रहन्छु भन्न खोज्नु समाज र राष्ट्र ले स्वीकार गर्न नसक्ने बिषय हो समाजलाई नचिन्ने जस्तो हुन्छ ।
आफ्नो ओझेलमा परेको जमीन अर्थात टाढाको भिर पाखोमा अरु कसैले कटेरो बनाएको देखीयो अथवा आफ्नो जमिन अतिक्रमण भएको पाईएमा शंकाको विज अबश्य रोपीन्छ छिमेकी प्रति । जग्गा जमिन अतिक्रमण गरेर कटेरो बनाउने को रहेछ भनेर खोजी गर्न थालीन्छ । अतिक्रमण गर्न खोज्ने को रहेछ अथवा कसले गरेछ भनेर खोजी गर्नु यथार्थ पत्ता लगाऊनु मानबीय धर्मका साथसाथै धर्तिमाताको काखमा बस्नेको धर्म हो देशको शासक हँू भन्नेको काम कर्तब्य र धर्म हो । यस्तो अवस्थामा पहिलो कर्के नजर छिमेकीमाथी नै पर्दछ । र अतिक्रमणको यथार्थ पत्ता लगाएर छेदन हुन लागेको धर्तिमाताको अंगलाई डिएनए परिक्षणकासाथ धर्तिमाताको शरिरलाई यथावत् राख्ने काम राज्यसञ्चालकको जिम्मेवारी कर्तब्य र दायीत्व हो । तर बिडम्वना सधै काखमा बसिरहने आमाको आर्तनाद र पूकार थाहापाउन नसक्ने अथवा नसुन्ने अर्थात् आफ्नी धर्तिमाताको पूकारको भाषा बुझन नसक्ने अथवा बुझेर पनि बुझपचाएर बस्ने कस्ता सन्तान र शासक हामी ?
धर्तिमाता भन्दा सिंगो देशलाई बुझीन्छ । सबैका आमाका गर्भमा रहेका बच्चा पदार्पण गर्ने स्थान धर्तिमाताको काख । नौं नौं महिनासम्म आफुले खाएको आहाराबाट गर्भमारहेको भ्रुणको पालन पोषण गराई मानवरुपमा परिणत गराएर समय पुगेपश्चात बच्चालाई धर्तिमा अबतरण गराउँदा आमालाई हुने पिडा शब्दमा बर्णन गर्न सकिदैन ।
त्यस्तै गरी धर्तिमाताको आर्तनाद पिडाको शब्दमा बर्णन गर्ने सामथ्र्य नहुनु, मानवजाति मात्र नभनौ. यस संसारका अर्थात् आमाको काखमा बस्ने सम्पूर्ण जिवहरुको अकर्मण्यता होईन भन्न सकिदैन ।अझ आफुलाई जिब अर्थात प्राणिको उच्चकोटीमा राख्ने मानवजातिको वारेमा भन्नु पर्दा भत्र्सनायुक्त शब्द नपाउन सकिन्छ ।
जिब र मानवको श्रृष्टिकाल देखि नै हामी आफ्नो आमाकोगर्भबाट धर्तिमाताको काखमा पदार्पण गर्नेमा बिवाद रहेन । यद्यपि मानिसले आफ्नो जन्मको वारेमा भन्ने गरेको सुनिन्छ , मेरो जन्म अस्पतालमा भएको, फलानो ठाउँमा भएको, ठिस्कानो ठाउँमा भएको भनेर तर मानवले यथार्थ कुरा बोल्ने साहस गरेको छैन । हामी सबैलाई थाहा छ यथार्थता किन हो किन हामी बोल्दैनौं भन्दैनांै धर्तिमाताको काखमा जन्म भएको यथार्थ कुरा ।
हामीले आफ्नो जन्मको वारेमा भन्ने गरेका ठाउँ पनि धर्तिमाताकै काखमा अबस्थित छन् । यसले मानवको स्वार्थीपनलाई ईगीत गरे जस्तो लाग्दछ ।जो जहाँ जुन ठाउँमा अथवा राजमहल होस् वा गरिवको सानो झुपडीमा होस् त्यो पनि नहुनेले खुला आकासमुनि बच्चाको जन्म दिएता पनि बच्चाको पहिलो स्पर्श भनेको धर्तिमाताको काख नै हो । हिजो पनि त्यसै गरि जन्मेका हुन् आज पनि त्यसैगरि जन्मीरहेकाछन् र भोलिका दिनमा पनि जीबको अस्तित्व यसै गरि कायम रहने हो । यो जीबको सँस्कार हो,परंपरा हो र यसलाई मानवको सँस्कृतिको एउटा हिस्सा समेत हो भन्दा अतिशयोक्ति नहोला । यथार्थमा आमा नै धर्ति माता हुन र धर्तिमाता नै आमा हुन् ।
यसमा संकोच र लाजमान्नु पर्ने बिषय होईन । त्यसैले त मातृदेवो भवः भन्ने गरिएको हो ।
आमा आफ्नो सन्तानकोलागि बिशाल हुन्छीन् भन्नेमा द्विबिदा छैन । तर आमा नाता र शरिरले मात्र बिशाल भएकी होईनन् क्षमा, दया, माया स्नेह ,करुणा, मातृत्व, र आमामा बिद्यमान जिम्मेवारीपनले हामीले आमालाई बिशाल नामक शब्दले संबोधन गर्ने गर्दछौं । कायाले मात्र बिशाल भएर के गर्ने जस भित्र करुणा दया क्षमा र जिम्मेवारीबोध हुँदैन ।
आमा भन्नु बिशाल धर्तिमाता हुन् भन्नेमा द्विबिधा रहेन । जुन धर्तिमाताले आश्रय दिईन, तिनै धर्तिमाताले हामीलाई जन्म दिने आमालाई पनि आफ्नो काखमा राखेकीछन् ।अर्का शब्दमा धर्तिमाता हाम्रो देश हो हाम्रो धर्ति हो, हाम्रो अस्तित्व हो, हाम्रो जीवन हो र पहिचान पनि हो ।
श्रृष्टिकालदेखी अर्थात मानव जीवन अस्तित्वमा आएदेखि नै आ–आफ्नै धर्तिमा आमाको गर्भबाट पदार्पण गर्दै आएको तथ्य निर्बिवाद नै छ । यसलाई परंपरा भनौं अर्थात प्राकृतिक नियम भनौं अथवा बंश धान्ने माध्यम भनौं जुन शब्द प्रयोग गरिएता पनि यथार्थमा आफ्नो देश राष्ट्र धर्तिमाता नै हुन् । मानव सभ्यताको अस्तित्वले मानवलाई वास्तबमा प्राणिको उच्चकोटीमा रहन समर्थ बनाएको छ । आचार बिचार, ब्यबहार, दया ,क्षमा, करुणा , सदाचार, ईष्र्या ,राग, द्वेष, बैमनुष्यता, लोभ लालच, अत्याचार , पापाचार दुराचार, तेरो मेरो आफ्नो अर्काको दुष्मनी मित्रता यावत् ब्यबहार र आचरणले मानव जातिलाई गाँजेको छ । त्यस्ता ब्यभिचारबाट आफुलाई मुक्त गराएर जिउन सक्नु नै वास्तवमा मानव जीवन सार्थक होला र वास्तबमा मानव ,मानव कहलीएला । अर्थात मानव जीवनले सार्थकता पाऊला । यथार्थमा समाजमा अर्थात देशमा आदर्शको कुरा गर्ने मानिसको कमि देखिदैंन । अनि चर्काे चर्काे स्वरमा सुनीन्छ,अर्ति उपदेशका कुरा पनि ,धर्तिमाताका काखमा रहेका जिम्मेवार ब्यक्तिहरुबाट । अझ स्पष्टरुपमा भन्नुपर्दा शासकहरुबाट । तर उपदेश दिने ले नै न त आचार को पालना गरेको छ न त आफ्ना कार्य प्रणालीमा नै सुधार गर्न तयार भएको देखिन्छ ? न त धर्तिमाता प्रति जिम्मेवारी बोध गरेको छ न त धर्तिमाताको अंग नै रक्षा गरेको छ ?
आज मात्र हो र धर्तिमाताको रोदन र क्रन्दन प्रस्फुटन भएको । सरकारको नेतृत्वगर्नेहरु कति आए गए राजनीतिक ब्यवस्था कति फेरीए फेरीए । शासकहरु ढल्ने र उठ्ने क्रम पनि जारी भै रहे । तर सबैले मातृभूमिको पिडा आँखाले देखे पनि गान्धारी ले जस्तो आँखामा पट्टी बाँधेर बसे भरी सभामा दै्रापदिको चिरहरण हुँदा उनका पाँच पति हात बाँधेर मुख थुनेर बसे जसरी बसे । धर्तिमाताको अंग छेदनको वारेमा कसैले चुईक्कसम्म नबोलेको यथार्थ इतिहास साक्षी छ । यो समस्या आजको हो र ?
प्रत्येक दश दश वर्षमा जनगणना गर्ने ब्यवस्था छ । कति पटक भए होला जनगणना हाम्रो धर्तिमा । तर धर्तिमाताको छेदन गरिएको शरिरको अंगमा गएर जनगणना गरियो कि गरिएन ? त्यहाँ बसोबास गर्ने मानिसको अभिलेख दुरुस्त गरियो गरिएन ।कि नियोजीत तरिकाले नै धर्तिमाताको अंग छेदन गर्ने अनुमति दिईएको हो ? होइन भने जनगणना गर्दा नै समस्यालाई उजागर गरेको भए आज समस्या आउने थिएन । आज यो तरंग उत्पन्न हुने थिएन धर्तिमाताको अंग छेदन हुने थिएन । यसको जवाफ कसले दिने जिम्मेवारी कसले लिने । समयमै जिम्मेवारीपन देखीनु पर्दैनथ्यो शासकको ।
यथार्थ बोल्न किन हिच्किचाऊने, समाजका जिम्मेवार ब्यक्ति स्खलीत हँुदै गएका छन् सामाजिक मूल्य मान्यता र धर्तिमाताको जिम्मेवारी र दायीत्वबाट ।
सँस्कार बिर्सदैछ ,परंपरा बिर्सदैछ , कर्तब्य बिर्सदैछ,आम मानव अर्थात आमा, बा, दाजुभाई, दिदी बहिनी प्रति, मातृभूमिप्रति, समष्टिगतरुपमा समाज र मानवताप्रति ।
सम्पूर्ण जीव जन्तु चराचरको जीनाबनाधार धर्तिमाता नै हुन् । सबै प्राणिको आश्रयस्थल धर्तिमातालाई अप्ठेरो परेको बेला , अप्ठेरो नबुझ्ने नसुन्ने र बुझपचाऊने हामी मानिस ले आफुले आफैलाई कसरी मानव दर्जामा राख्न सकौंला ।
आज धर्तिमाताको अंग प्रत्य¨ लुछीएकाछन् चुडाऊन खोजीएको छ । मानमर्दन भएको छ । धर्तिमाताको छातिमा बिदेशीको बुट बज्रीएको छ ।तर हामीहरु वर्षाैदेखि किंकर्तब्यबिमुढ भएर बसेका छौ । मानव समक्ष धर्तिमाताले सहयोग मागिरहेकीछीन् रक्षा गर मेरो शरिरका अंग भन्दै । सय डिग्री सेण्टीग्रेट तापक्रममा दुध उम्लदा पैदा हुने वाफकोे तरंग जस्तो उत्पन्न भएको छ समाजमा नारालागेकाछन् आवाज घन्किएकाछन् मानौं अहिले भर्खरै धर्तिमाताको अंग चुडालिईएको जस्तो गरेर । तर यो घटना आजको होईन । विवश हुँदै बसेकाछन् सन्तानहरु । टुलु टुलु हेरीरहेकाछन् शासकहरुको मुखमा जो अस्ति पनि थिए हिजो पनि थिए र आजको परिवर्तित अवस्थामा पनि तिनै छन् । धर्तिमाताको सन्तानमा उत्पन्न भएको दुधको वाफ जस्तो तरंग दुधलाई उम्लेर भाँडाबाट बाहिर जानबाट शासकले जोगाउँ छ कि जोगाउँदैन शंकाको घेरामा छ । तर एउटा कुरा निश्चीत छ धर्तिमाताका सन्तानबाट जिम्मेवारी वहन गरेकालाई सहज नहुन सक्छ । अस्ति जस्तो हिजो नहुन सक्छ हिजो जस्तो आज नहुन सक्छ र आज जस्तो भोली नहुन सक्छ । माटाको मटुलो प्याट्ट फुटेर छिन्न भिन्नको अवस्था आउन सक्छ । तसर्थ शासक र शासितको एकै स्वरले सकारात्मक परिणामको अपेक्षा गर्नु अबश्य पनि धृष्टता हुने छैन । किनकि अधिकार शासकमा निहीत छ । मातृत्वको भावनाले ओतप्रोत धर्तिमाताको सन्तानमा छ । तथापि शासकका बिगतका काम कारवाही र नजीरबाट धर्तिमाताका सन्तान अनबिज्ञ छैनन् । तसर्थ इतिहास नदोहोरिने अपेक्षा गरौं ।
मानवलगायतका सम्पूर्ण जीबजन्तुलाई आश्रय दिईरहेकी धर्ति माताको काख खोसीएको अवस्थामा हेरौं त कस्तो परिचय हुँदोरहेछ मानव लगाएतका जीवजन्तुहरुको । अनि कसको काखमा आश्रय लिंदा रहेछन् ।
अस्तु
नघोचोस् काँढाले बाटो सधै सुगम होस् ।
जीवनको यात्रामा ब्यबधान नआवस् ।
अभिलाषा होस् पूर्ण रहोस् सुखद् जीवन ।
कस्सियोस् बन्धन् अमmै अटुट रहीरहोस् ।
दाम्पत्य जीवनमा बाँधीएकोे दिन सुखद् होस्
दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )