~प्रयास लामा~
सिलगुडीको कोर्ट मोड़ साधारण मान्छेहरूमा कोर्ट को लागी नभएर बस सट्याण्डको रुप मा प्रचलित ठाउँ हो। यहाँ बाट बिशेष भारतकै दुईवटा अन्तर्राष्ट्रीय सिमावती क्षेत्रको निम्ती बस सेवा चल्ने गरेको छ। पुर्वमा बङ्लादेश अनि पच्छिममा नेपाल रहेको सिलीगुडीले भारतलाई आफ्नो उत्तरपुर्वी राज्यहरूसंग पनी जोडने काम गरेको छ। आफ्नु दफ्तरको केही काम लिएर खोरिबारी जान हिडेको म भारत नेपालको सिमाना पिनीट्याकीं हुदै खोरिबारी जाने बसको माझामाझी, खिडकी पट्टीको सिट लिएर बसेको छु।
“दाई यो सिट खाली छ?” एउटा अपरिचित नारी स्वर म कँहा आएर टक्क रोकियो।
“छैन… मान्छे आउदैछ” भन्नै लाग्दा बसको खिडकी बाहिर आखाँ डुलाएर हेरे तर कोर्ट मोडमै भेटौं है संगै जानु पर्छ भन्ने साथी कतै देखिएन।
मेरो उत्तरको प्रतिक्षा बिना नै उ बसिसकेकी थिई। म मौन रहनै उत्तम सम्झे। साच्चै उत्तम रह्यो, साथी आउदै आएन।
“तपाई कहाँ सम्म जाने?” बसले स्ट्याण्ड छोडन् लाग्दा उसले म तिर फर्केर प्रश्न गरिन।
“खोरिबारी” मेरो छोटो उत्तर थियो।
“म पानीट्याकीं सम्म जाने” उसले आफै भनिन्।
मैले उसको कुरा नसुने झै गरिदिए।
भेनस मोडबाट बस दाहिने घुम्यो। जन्कसन आईपुग्दा बस मोटा मोटी भरिसकेको थियो।
“चक्कर लाग्छ के झ्याल नेर बस्न पाए हुन्थ्यो” उ आफै भित्र गनगनिए झै भन्यो।
स्त्री सभाव बिना सित्तैमा किन पो बोल्थिन र। उसको खिडकी पट्टीको सिटमा बस्ने ईच्छा बुझेर पनी अबुझ बनिरहन मनले दिएन।
बस दार्जिलिंग मोडको जामलाई चिर्दै मतिगडा तर्फ लागिसकेको थियो । उ खिडकी पट्टीको सिट पाएर खुशी भई र सिटमा आफुलाई वेव्सथित पार्दै “थ्याङ यु” भनि र मुस्कुराई। साच्चै भन्नु पर्दा त्यो मुस्कान मिठो थियो तर त्यो क्षण मैले वास्ता नगरे झै भान गरे र कानमा हेडफोन लाएर मोबाईलमा गीतहरू सर्फ गर्न तिर लागे।
“कस्तो मान्छे रहेछ हास्न पनी पैसा लाग्ला जत्तिकै” ठिक अघीकै पारामा उ आफै भित्र गनगनिए झै गर्यो। तर यसपटक उसको गनगनको तिव्रता अलि जोडै थिए हेडफोन लगाएकै भए पनी स्पष्ट सुने। एकपल्ट मुस्काउरनु त थियो ब्यर्थै एट्टिट्युड देखाईएछ भनेर आफैलाई ग्लानी भयो। तर उ हास्दा अरू पनी हासीँ दिनै पर्ने अनिवार्य त छैन। मनमा अलिक झोकं पनी चलेर आयो।
कानबाट हेडफोन निकालेर केही सुने नसुने झै सोधे “मलाई केही भन्नु भो? हेडफोनले गर्दा राम्ररी सुनिन र नी”।
उसले अघीको कुरा दोहोराउन नचाहेर खिडकी बाहिर तिर हेर्दै भनि “होईन त्यसै… बात गरे बाटो काट्न सहज हुन्छ र नी”।
“पानीट्याकीं कुन टाडो पो छ र बाटो कटाउन गाह्रो हुन्छ”। उतिर नहेरी भनिदिए।
“होईन तपाईलाई बात गर्ने ईच्छा नभए नगर्दा नी हुन्छ”। उ आफै भनी।
“ठिकै छ, तपाई भन्नुहोस के बात गरु?”
“तपाईको घर नै खोरीबारी?”
“होईन काम बिशेषले आएको”
“ए अनि घर चहिँ?”
“दार्जीलिङ्ग”
“के काम गर्नुहुन्छ ?”
“…………. ” उत्तर नदिएर म बाहिर तिर को रमिता हेर्न लागे।
मलाई अरुको जानकारी लिई रहने आदत छैन न त आफ्नु दिईरहन आवश्यक सम्झन्छु। जागिर खादाँ खादाँ काम परेको मान्छे संग कामभरीको जानकारी मात्र लिने र दिने बानी परिसकेको छ।
सिटी सेन्टर काटेर मतिगडा आउन लाग्दा हो उसले रुमाल निकालेर नाख छोपी र भनी ‘उफ यताको मान्छेहरूको नाक हुदैन कि क्याउ’। कुरा बुझ्न धेर समय लागेन मलाई।आफ्नु रूमाल निकालेर नाक छोपे। साच्चै यस्तो फोहोरमा कसरी बस्दा हुन यो शहरको मान्छेहरू। छेवैमा प्राथमिक बिध्यालय छ। कसरी पढदा हुन यस्ता दुर्गन्धमा सानो बच्चाहरू। कहिले त यस्तो लाग्छ दाजिर्लिंग मोडको करोड़ौमा बनिएको सिलीगुड़ी गेट भन्दा यो फोहोरहरूले पर्यटकहरूलाई धेर स्वागत जनाएझै लाग्छ। शिबमन्दीरमा केही क्षणको नीम्ती गाडी थामियो। केही यात्रीहरु ओर्लिए र केही चडे। चडनेहरु मध्ये म एउटालाई चिन्छु र हात हल्लाउछु। एन बि यु बाट क्लास गरेर फर्केको त्यसले भन्यो। मैले कहाँसम्म अहिले भन्दा त्यसले गोसाईपुरतिर बसाई सरेको कुरा सुनायो र पछाडिको सिटमा गएर बस्यो। एनबियु उत्तरबंग बिश्वबिध्यालयलाई चिनाउने छोटो नाम। बागडोगरा पुग्नु अलिक अघाडी गोसाईपुर पर्छ। बस फेरी दौडन थाल्यो शिबमन्दीरलाई छोडेर।
“काम नभने पनी नाम त भन्नु हुन्छ होला नी” उसले भनी।
“किन भन्नु अपरिचित लाई मेरो नाम मेरो काम?”
“परिचित बन्नलाई।”
“होईन मलाई बात गर्नै आउदैन र नबोली बसेको। त्यसै पनि यात्रा गर्दा बोलिरहन मलाई झर्को लाग्छ।”
“गर्लफ्रेन्ड संग पनी। “
के के सोध्न पनी सकेकी, मनमनै सोचे। उत्तर दिई रहने जरूरत गरिन। हेडफोन कानमा हालेर निदाउन खोजे। निन्द्रा न आए पनी निदाए झै भान गरे। तर आखाँ चिम्लीएको मात्र के थिए उसले मेरो दाहिने कानको हेडफोन खोसेर “के सुन्नु भएको” भन्दै आफ्नु देब्रे कानमा घुसारे।
उसको कपालले मेरो कुमलाई छोयो। सुगन्धित परफ्युमको हल्का गन्घले मेरो मन मस्तिष्क छोईदियो। उसको यो अनौठो हरकतले मलाई केहि हद सम्म बिचलित तुल्यायो। म मौन रहे। न केही भन्नै सके न केही गर्न।
बागडोगरा आईपुग्दा बस निक्कै भिड भैसकेको थियो। बसका खलासी भने अझै कराईनै रहेको थियो “खाली गाडी खाली गाडी, नक्सल, पानीट्याङकी, खोरीबारी, खाली गाडी खाली गाडी।”
बागडोगरा काटे पछि नक्सलवाडी सम्मको बाटो मलाई असाध्यै मन पर्छ। बाटो दुवै पट्टी हरियो चिया वगान साझँको पहेलो घाममा त्यसै त्यसै रहर लाग्दो देखिन्छ।
निकै बेर सम्म उ केही बोलिनन्। चुपचाप मेरो मोबाइल का गितहरू सुनिरहिन्। मैले उसलाई हेरे। सानो डल्लो अनुहार । सानै नाक तर गाजल लाएका उसका आखाँ भने ठुला ठुला देखिन्थे। राम्री भनिहाल्न नमिले ता पनी उसका अनुहार आर्कषक नै थियो ।
“के हेर्नु भएको?”
म झसंग भए। निकै बेर हरिपठाएछु क्यारे। हत्तपत्त आफैलाई सम्हालेर भने “केही होईन”।
उ मरी मरी हासीँ र भनि “तपाई पनी मान्छे त हेरदा मात्र सोझो हुनुहुदो रहेछ”।
“तपाई पनि त बाहिर मात्र देखावटी खुशी पोत्नुहुदो रहेछ”। भनिपठाए तर आफै अन्योलमा परे के भन्न खोजे भनेर।
केही क्षण चुप लागेर उसले म तिर हेर्दै भनि “कसरी”?
आफ्नु कुरा सच्याउन उसको आखाँमै हेरेर भने “मान्छेको आखाले धेरै कुरा बताउने सामर्थ्य राख्दछ।”
उ लाज माने झै गरेर झ्याल तिर फर्कि।
“कुरा गर्नु त खुब आउदो रहेछ तपाईलाई। अघी त बडो भलादमी भएर बसिरहनु भएथ्यो त”। भनी उसले।
“हुन्छ त लौ उसो भए फेरी भलादमी बन्नु पर्यो।” भनेर मैले उसको कानबाट हेडफोन खोसेर आफै लाए।
“नाई नाई नबन्नु होस भलादमी। तपाईसंग बात गर्दा धेरै खुसी लागिरहेको छ।” सानो नानिले झै दङगाएको भाकामा उसले भनि।
“कस्तो खुशी?”
“थाहा छैन।”
“कुन कुराले?”
“थाहा छैन”
“अनि के थाहा छ?”
“बस अहिले खुशी छु त्यती थाहा छ” भनेर उसले मेरो आखाँमै हेरिन्।
कता कता अपठ्यारो महसुस गरे पनी उ बाट आखाँ हटाईहाल्न भने पुरुषार्थ ले दिएन। अघी मैले हर्दा लाजले अर्कै पट्टि फर्कने उसले एति छिटो प्रतिसोध लिईदिला भनेर सोचेको पनि थिईन।
“पानीट्याकीं आईपुग्नु आटेछ” उसको आखाँबाट आखाँ हटाएर खिडकी तिर हेर्दै भने।
निर्माणधिन एशियन हाईवे को काम धमाधम भई रहेकोले ठाउ ठाउमा गाडिहरू जाम लागिरहेथ्यो। जति जति जाम भेटिन्थ्यो मन तेती खुशी भई रहेथ्यो। मैले मन मनै मनलाई सोधे- किन?
मनले भन्यो- थाहा छैन।
जति जति बसले गति पक्रन्थ्यो तेती मन खिन्न हुन्थ्यो। मैले मनमनै मनलाई फेरी सोधे- किन?
मनले भन्यो- थाहा छैन।
यो बाटोको यात्रा हजार पल्टमा पनि बेसी गरिसकेको छु। गन्तब्य पुग्ने हतारमा एकै घण्टाको यात्रा पनि धेरै लामो लागथ्यो। यस्ता सहयात्रीहरू पनि कति आए कति गए। तर आजको यात्रा सधै भन्दा भिन्न छ। आज समय एकदम चाडो दौडिए झै लाग्यो।
“तिपाईले ठिकै भन्नुभनेको थिएछ?” उसको मौनताले म भित्र उसंग बोल्ने लालच लाई अझ तिव्र बनाईदिएको थियो।
“के” उसले यसरी सोधी मानौ उ मेरै पश्नको प्रतिक्षा मा थिई।
“बात गरे बाटो छिटो काटिन्छ भनेर”
उ मतिर हेरेर मुसुक्क हासीँ । म उसले मुस्कुराएको हेरिराउ लाग्यो र हेरिरहे।
यसपटक न उसले नै आखाँ हटाईन न मैले नै।
“पानीट्याङ्की नेपाल पानीट्याङ्की” बसको खलासी कराउन थाल्दा भने हामी झसँग भयौं। बस पानीट्याङ्की आएर थामिन लागेको रहेछ।
“तपाईले आफ्नु नाम भन्नु भएन” उसले ब्याग हातमा लिएर ओर्लने तरखर गर्दै भनी।
छुट्टिने क्रममा भावुक भएछु सायद शब्दहरू मुखबाट निस्कीरहेको थिएन।
“मेरो नाम चै नुमा” भनेर उसले म तिर नहेरी ओर्ली।
म लाट्टिएर उ ओर्लिएको हरिरहे । न केही भन्न सके न रोक्न सके। बस खोरिबारी तर्फ प्रस्थान भयो। मनमनमा केही थियो त एउटै शब्द “नुमा” ।
प्रयास लामा,
मङपु, दार्जिलिंग।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )