~देवराज पौडेल~
ए दिदी, बन्द आँखा, तिम्रै मुहार
हराएँ, भरी मुटु, खुलाएँ, माग्दै गुहार
वरिपरि, दिन् रात्, के छ र बाँकी झैँ
थप् माथी थप् सोच्छु अपुग अझै नै!!
न थियो, न हुन्छ अब, पाएको कुरा
त्यो, यो, हँ, कतै छ कि, अझै अपूरा??
बाकिँ एकै जन्म थियो, होला पनि
छ ईश् खुस, देखी पुर्याउला पनि
बढी दु:ख, कम खुसी, सोचाई हेर
पीर सम्झना, लडाई झगडा, देखेर
बोली दु:खी, लुप्त मायाको खानी
हेर हर्षले हेर्दा देखिन्छ नखनी
उजाड, शून्य, रित्तो, खाली तिमी बिना
मरण जीवन उस्तै, माया किन बुझिन??
माया, भाई दुरुस्तै सुनाउ एक फेर
माफी माग्छु रुदैँ पूजी खुट्टा ढोगेर।
“दिदी” तोते बोली, सुनाउन पाइन
दिदीको भोटो, पालो सँगाली लाइन
जानिन, सिक्दै छु, बिग्रीन्छ के गरु??
दिदी नबुझी, ढुकढुकी रोकी म यसै मरु!
देवराज पौडेल
नायब सुब्बा
महान्यायाधिवक्तको कार्यालय,सिंहदरबार, काठमाडौं ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )