समीक्षा : अभीष्टको खोज : एक अवलोकन

~पारसमणि शम~

‘यो कथालाई वर्ग, लिङ्ग, सामाजिक अनि धार्मिक मतभेदको कात्रोले नछोपिदिनू| अझै त यसमा अलिकति प्राण बॉंकी छ; यसलाई भाङ-धतूरो, जॉंड-रक्सी र गॉंजाको नशामा नभुलिदिनू| इतिहासमा जूठो हस्ताक्षरको मूकप्राय गवाही बनेको यस निर्धो, रक्तरञ्जित. क्षतविक्षत कथालाई कुनै पूर्वाग्रह र पूर्वानुमानको बञ्चरोले नढालिदिनू|’ उपन्यास यिनै वाक्यबाट शुरू भएको छ| यस लेखमा उपन्यासकार भीम दाहालको आग्रहलाई स्वीकार्दै कुनै पूर्वाग्रहबिना ‘अभीष्ठको खोज’-को अध्ययन गरी संक्षिप्त चर्चा गरिने कोशिश यस लेखकको रहनेछ| नितान्त नवीन परिपाटीमा यो लेखक उपन्यासको आलोचना गर्ने कोशिशमा छ|

उपन्यास पश्‍चिम सिक्किमको सोरेङबाट शुरू भएर गान्तोकसम्म आइपुग्छ| राजतन्त्रदेखि प्रजातन्त्रको मुख हेर्न पुग्छ भने एउटा स्वतन्त्र राष्ट्रबाट राज्यमा झर्नपुग्छ| तरै पनि दाहाल स्वतन्त्रता खोज्छन्, अभीष्ट खोज्दछन् उपन्यासमा | उपन्यासकी नायिका शान्ति जन्मिएको सॉंझलाई उपन्यासकार ‘एउटा विरक्त सॉंझ’ – को संज्ञा दिँदछन्| मानिस जन्मिनु हर्षको विषय भए तापनि शान्तिको जन्मको पापकै फल होला|

नारीप्रति हेय दृष्टि राख्ने समाजमा दाहाल लारीप्रति सहानुभूति लाख्दै लारीको उभीष्ट खोज्दछन्| समाजमा अरूलाई चिनाउले उद्दैश्यलै राखिले नाम पनि धनमायाले गुमाएकी छ – ‘धनमायाको आफ्नो नाम पूजामा, श्राद्धमा पानी चढ़ाउँदा मात्र प्रयोग हुनेगर्छ| लत्र अरूबोला ऊ पतिकै उधारो नामले चिनिन्छे – बढ़ो सजिलो भइदियो – विष्णाकी बूढ़ी|

समस्याको चपेटमा पिसिएको वर्तमान युग त्रसित र भयभीत बनिरहेको छ| मान्छेलाई आफ्नो अस्तित्व बचाउन धौ धौ परिरहेको यो युगमा शङ्का, ईर्ष्या, लोभ, कुदृष्टिजस्ता मानवीय प्रवृत्ति दिनदिनै बढ़ेर गएको इपन्यासमा देखाइएको छ| यहॉं कसैमाथि पनि विश्‍वास गर्न सकिँदैन| मूल समस्या त आजको यही बनेको छ| उपन्यासमा त्यही देखाइएको छ पनि| शान्तिले जसलाई विश्‍वास गरी उसैमाथि उनीहरूले कूदृष्टिले हेरे|

शान्ति गर्भमा नै छँदा विधवा भएकी धनमायालाई दुइवटी पत्नीलाई वैतरणी नदी पार गराइसकोको सिक्टेरी कान्छाको छोरो लीलाराम कँड़रियाले घरबार नै त्यागोर आफ्नो बनायो तर पनि धनमायालाई लीलारामप्रति विश्‍वास भएल र सोद्छे – ‘शान्ति मात्र होइन हाम्रो सन्तान? यो विश्‍वास गर्न नसक्नु पनि कस्तो मानिसको प्रवृत्ति? फेरि भएन स्त्री जातिले किन पुरूषमाथि त्यति विश्‍वास गर्दैनन्? धनमायालाई हेरौं न! लीलालामले बाबुसँग यसरी विद्रोह गर्दछ –
‘लीलाराम अर्को वज्र लीएर धनमायाको भाग्य चकनाचूर बनाउन तयार भएन|’

‘उसले भनिदियोः
उनकी जेठी मर्दा;
उसकी कान्छी स्वास्नी मर्दा;
उरॉंड़ो र बिना दामको गोठालो हुँदा –
मनु र त्यसको स्मृति चाहिएन, र आज जब उबॉंझो धरतीमा कोही फुल रोप्न चाहन्छ, जब जिन्दगीलाई एउटा नयॉं नाम र नयॉं काम दिनचाहन्छ – त्यसबेला मनुलाई तानेर इसको अघि राखिदिने पहरोजस्तो? ऊ छोड़िदिन्छ घरै बरू|’

धनमायालाई विश्‍वास दिलाउन वा वाश्‍वास जित्न उस्ले अझ अर्को संकल्प गर्नुपर्छ – ‘शान्ति नै हाम्री सन्तान हो| आजकल औषधि पाइन्छ रे| गह्रौं जीऊको छॉंटकॉंट भएको खण्डमा भनिहाल्नु|’ धनमायाले सायद त्यस समय विश्‍वास गरी-गरीन, तर उसलाई विश्‍वास दिलाउन लीलारामले अर्को सन्तान जन्माउने चाह नै गरीदिएन| कस्तो त्याग|

सिक्टेरी कान्छा कट्टर बाहुनवादलाई मान्ने, मनुस्मृतिको भनाइलाई पुर्खाको आशीर्वाद ठान्ने व्यक्ति| आफ्नो छोरोले रॉंड़ो भएर जीवन बिताउन चाहेन, प्रेम गर्‍यो विधवी धनमायासँग के बिग्रियो? तर सिक्टेरी कान्छाको धर्मले स्वीकारेन र पनि उनी सम्झौता गरेर धर्मलाई अलिक तर लै राखेर बुहारी भित्र्याउन सक्थे तर चाहेनन्| धर्मको कालो अहमले अनुमति दिएन| धिक्कार छ यस्तो धर्मलाई जसले न्याय गर्न सक्दैन| अर्को पक्षबाट हेर्दा लीलारामले पनि आफ्नो बाबुलाई सम्झाएर धनमायालाई लान सक्थ्यो तर विद्रोह गरिदिएर घर नै छाड़िदियो| धिक्कार छ त्यो धर्म र प्रेम दुवैलाई जसले घरको सुख-शान्तिमा आगो तगाउने काम गरेर घर नै फोरिदियो| सिक्टोरी कान्छाले आफ्नो सिद्धान्त छाड्न चाहेनन् लीलाराम पनि सिद्धान्तमा अड़ियो| यदि दुवै पश्रमा सिद्धान्तलाई संशोधन गर्ने क्षमता हुँदो हो त त्यो कँड़रिया परिवार तोड़िने थिएन| तर तोड़ियो उपन्यासमा|

‘सिक्टेरी कान्छाले पनि समयलाई नबुझेको भन्न सकिन्न तर समयको घिस्याइमा घिसिन मानेन|’ मान्छे भएर युगको आवाज सुन्नुपर्न स्थितिमा परिवर्तन हुन नचाहन्हरू शून्यतातिर जान्छन्| सायद उपन्यासमा दाहाल बताउन चाहन्छन् – मानिस परिवर्तनशील हुनुपर्छ भनेर| जब छँदाछँदैको मुलुक नै ‘देशबाट प्रदेश भयो, राष्ट्रबाट राज्य भयो|’

भने हामी त फगत मानिस हो मानिस| किन परिवर्तन नभएर समयसँगै नहिँड्ने? छोढड़िदिनु पर्छ अब जिद्धी जति| सम्झौता गर्न सिक नत्र तिमी यो आधुनिक विश्‍वमा बॉंच्न सक्नेछैनौ|

लीलारामकी आमाले एकदिन आत्महत्या गरिन्| किन गरिन्? उनको विश्‍वास तोड़ियो| आफ्नो ममताको रत्तिभर पनि कदर गरेन लीलारामले| जब मान्छेको विश्‍वास टुट्छ उ आत्महत्या जस्तो कुनै पनि गर्न नहुने काम गर्न पनि पछि पर्दैन| उनले त्यसै गरिन्|

‘एकपल्ट सिक्टेरी गाउँ-पञ्चायतमा गएको बेला भूजेल कान्छो बोलाएर सिक्टेर्नीले इसको थैलो नै रित्याएर सैंतालीस रूपियॉं रब्बे पैसा लीलारामलाई दिनू भनेर पठाई| चोखो दूध पिउन कोख फुटाएर जन्मेको सिक्टेर्नीको जेठो छोरोले त्यो पैसा लगत्तै पर्काइदियो| मानुँ उसकी आमाको मन र इच्छा नै फर्काइदियो|’

लीलारामको अहम्ले त्यो ममताको कदर गर्न सकेन| बाबुले त्यागे तापनि उसलाई आमाले नत्यागेको बुझ्न सकेन| पत्नीको प्रेमका अघि आमाको ममताको कदर भएन| उसले यो ममलाको टुक्रा फर्काउँदा आमामा के बित्छ बुझ्न सकेन| बाबुसँग विद्रोह गरेर फलाम हृदय बनाएको ठानेर आफ्नो अहम्लाई यथावत राख्न उसले फैसा फर्काइदिएको थियो| कसैको दयामा बॉंच्न नचाहेर ममतालाई दया, दान सम्झिपठायो लीलारामले| फपरिणाम भयो –
‘आफ्नै गरको दलिनमा,
अफ्नै पटुका खोलेर
झुण्डिई र मरी…|’ उसकी आमा|

युगको चपेटमा पिसिएर, एकदिन सिक्टेरी गाउँबाट अन्पियो| जसरी सिक्टेरी गाउँबाट हरायो परम्परावादी संस्कार पनि हरायो| सामन्तवादी युग सकिएर नयॉं प्रजातन्त्रको युग आयो| सर्पले कॉंचुली फेरे झैं एउटा हुग सकियो| सिक्किम राजतन्त्रबाट लोकतन्त्रमा परिपर्तन भयो| सिक्टेरी कान्छा राजतन्त्रको प्रतीक थियो, पुरानो विचारधाराको प्रतीक थियो, सामन्तवादी समाजको नायक थियो| उ हराउनु नै सिक्किमबाट राजतन्त्र समाप्त भएर प्रजातन्त्रको खुल्ला आकाशको नायक आकाशको प्रवेश भएको सङ्केत उपन्यासमा पाइन्छ|

नयॉं युगसँगसँगै शान्ति पनि बढ्न थाली| टिम्बुरबुङ स्कूल जान थाली, देउसी भैलो खेल्न थाली, नॉंच्न थाली, गाउन थाली| बाहुनहरू पनि युगको परिवर्तनसँग परिवर्तन भएर रक्सी धोक्न थाले| रत्नरलाल र परमेजस्ता पुरोहित मतवालीका तिर मात्र कर्मकाण्ड गर्ने भए| पूर्खाले बचाएर ल्याएको संस्कृति, संस्कार नै प्रजातन्त्रले बद्लाइदियो, नयॉं शब्दहरू प्रयोगमा आए, पुराना शब्दहरू हराउन थाले| दाहाल लेख्छन्- ‘हेर्दा हेर्दै सोरेङ, टिम्बुरबुङ इत्यादि परम्परा, थिति-रिति, नियम, संस्कार, प्रथा, धर्म, कुल, पितृ इत्यादि शब्दहरूले बास गर्ने ठाउँमा नयॉं शब्दहरू ओइरिन थाले| ती शब्दहरू स्वतन्त्र थिए; ती शब्दहरूका घॉंटि निमोठिएका थिएनन्, जस्तै एकता, आवाज, जनशक्ति, सभ्यता, नयॉं, युग, कानुन, पुलिस, कोर्ट, मेजिस्ट्रेट, ओसी, हवलदार, विकास, योजना, उन्नति, कल्याण, परिवार नियोजन, इमरजेन्सी, नोकरी, तलब, टीए, डीए, भेकेन्सी….|’

यी नयॉं शब्दहरूले सिक्किममा प्रत्येक क्षेत्रमा परिवर्तन ल्याइदियो| व्यवस्थित रहेको देशमा झन् व्यवस्थित बनाउन आएका यी शब्दहरू पछि समस्याहरू पनि आउन थाले| सायद दाहाल त्यही समस्याहरू बताउन खोज्दछन्| पदमे र रत्नलाल गाउँका नेता ठहरिए| अतः सिक्किमका गाउँ-गाउँमा नेताहरू जन्मन थाले पदमे र रत्नलालजस्ता अर्द्धशिक्षित, चम्चा, पोलिया, घूसियाजस्ता प्रवृत्ति लिएर|

शान्तिले लीलारामबाट धेरै माया पाई| अर्काकी छोरी नै भए पनि लीलाराम शान्तिलाई धेरै माया गर्‍यो र –
‘त्यसभित्र सीता, सावित्री, दमयन्ती, तारा, मन्दोदरा र भृकुटीका सबै आदर्शहरू समावेश गरेर त्यसलाई संसारकै सबभन्दा सुशील औरत बनाउने धोको लीलारामले –
प्रत्येक घॉंसका भारीसँग बोक्यो|
प्रत्येक हलोको सियोसँग जोत्यो|
प्रत्येक खेतका गरामा रोप्यो|
प्रत्येक दिन, रात, सॉंझ र बिहान आफ्नो मनमा छाम्यो|’

आमाको ममतालाई बुझ्न नसक्ने लीलारामले अर्काकी छोरीलाई किन यति बिघ्न माया गर्‍यो प्रश्‍न उठ्छ| यसका दुइवटा कारण हुनसक्छन्-

१. दुइवटी स्वास्नी गुमाएर पाएको धनमायाको मन जित्नलाई आफ्नो वचन तोड्न नचाहेर|
२. जति प्रयास गर्दा पनि बॉंझो लिलारामबाट धनमाया गर्भिणी नभएर|

शान्तिले एक्काइस वर्षमा बाह्रौं श्रेणी पास गर्छे, लीलाराम र धनमायाको सबै थोक छ| नोकरी गर्न गान्तोक जाने प्रस्ताव राखेपछि शान्तिले स्वीकृति त पाई| गाउँका नेता भनिने पदमेको विश्‍वास गर्न सकिँदैन रहेछ| आफ्नो भाइ गान्तोकमा थियो| दशौं श्रेणी पढ्दा मेजिस्ट्रेटको समक्ष गई आफ्नो नाम बद्लिएर राजेश शर्मा भएको थइयो| शान्ति काकाकहॉं गई नोकरीका निम्ति| कार्यालयमा मामुली पिउनले समेत अधिकारी नटेर्ने अवस्थामा गान्तोक पुगिसके को छ | शर्मा बाबुले चौकी तान्न लगाउँदा पिउन ओङ्देनले टेरेन र आफ्नी छोरीकै अघि शिष्टचार गुमाएर शर्मा बाबुले भन्यो-‘ त्यो चौकी तान भनेको एई जामा|’ गान्तोकका कार्यालयहरूको भण्डाफोर गर्न दाहाल सफल छन् भन्नुपर्छ|

शान्तिकी काकी फूलमती घरमा जॉंड-रक्सी बेच्छे| मानौं उनीहरूको घर भट्टी पसल हो| सॉंझ घरमा रक्सी खानेको भीड हुन्छ| त्यहॉं रक्सी मात्रै बिक्दैन फूलमतिको शरीर पनि बिक्दो रहेछ| विचरी शान्ति गाउँकी अबोला छक्क परी अनि चिन्तन गर्न बाध्य भई-

‘…हुनसक्छ जडाहा काकाले काकीलाई शारीरिक सम्भोगमा तृप्त दिन सक्दैन…
… हुनसक्छ काकाको तलबले छ जना सन्तान र घरको आङ ढाक्न पुग्दैन…
… हुनसक्छ काकीले त्यस कुरालाई धर्म र पापसँग जोडेर हेर्ने गरेकी छैनन्…
… यहॉं पुगेपछि शान्ति चिन्तन मग्न भई| पॉंच पाण्डवबाट भोगिएकी द्रौपदी? अर्जुन हुँदा भीम, भीम हुँदा युद्धिष्ठिर, युधिष्ठिर हुँदा सहदेव, सहदेव हुँदा नकुल कोठाभित्र पस्नु नहुने… चप्पल हेरेर मात्र पस्नुपर्ने पालो बॉंधेर| एउटी आईमाईलाई पॉंच पाण्डवले भोग्ने…’

आजको गान्तोकमात्र किन प्रत्येक घर भॉंडिरहेको तथ्य दिन्छन् दाहाल| पाश्‍चात्य सभ्यता र प्रजातन्त्रको फल हो यो| ‘मेरो शरीर मेरो मर्जी, भन्ने युगमा प्रत्येक स्त्रीहरूको कमजोरी हो यौन| हुन त दाहालले भविष्यतिर इंगित गरेर ‘फ्री सेक्स सोसाइटी’- तर्फ हाम्रो समाज लम्किरहेको देखेका होलान्|

नोकरीको निम्ति शान्तिलाई राजले आश्‍वासन दिँदै- ‘मेरो नाम राज हो, राजकुमार सिंह’- भन्दै शान्तिको च्यूँडो अलिकति हल्लाइदियो| सानुभाइ उर्फ राजले भन्यो- रिसाही केटी-रिसाएर काम बन्दैन| कस्ता कस्ता प्रमाण पत्र र डिग्री चोर, उमेर ढँटाहा र काममा लागेपछि किताब पल्टाउनेहरू मालामाल भए| सरकारी साइट, सरकारी सिमेण्ट र रड लगाएर निजी घर बनाए|’

प्रशासनको मखुण्डो राम्रोसँग उतार्न सकेका छन् दाहालले| कर्मचारीवर्गको पोल खोलिदिएका छन् उपन्यासमा उपन्यासकारले|

शान्तिले नोकरी त पाई तर राजले उसलाई आफ्नो वासनाको शिकार बनाउन रचेका जालबाट उ अनभिज्ञ थिई| सानुभाइले शान्तिलाई सिनेमा लग्यो, होटल लग्यो, आफ्नो धाक सुनायो, अतितका प्रेम प्रसंग सुनायो अनि प्रणय प्रस्ताव पनि राख्यो| काका-काकीले शान्तिलाई सम्झाए तर शान्तिले सानुभाइको पक्षमा उभिएर भनिदिई, ‘कुनै विशेष कारण बिना कोही लफङ्गा बन्दैन|’ तर उसलाई के थाहा राज विवाहिता हो भनेर|

काजीमान राजनेता जसको कृपामा शान्तिले नोकरी पाई| उसकै कृपामा पदमे र रत्नलालजस्ता गाउँका चम्चा बॉंचेका छन्| उपन्यासमा दाहालले यिनै राजनेताहरूले सरकारी नियम, नीति सिफारिशका नाममा बिगार्दै लगेको चर्चा यसरी गरेका छन्- ‘सबै काम, सबै नियुक्ति तलबाट माथि जान छोड्यो| अब यस मुलुकमा टिस्टा-रंगीत र रामभाङ, रिधाङ मात्र उकालो बग्नु छ|’

शान्ति अनभिज्ञ भएर एकदिन साहबसँग टूरमा जान्छे| तर नेत्र साहबले शान्तिलाई भोग्न बनाएको चक्रजालमा उ तब फसी जब साहबले एउटा बंगलामा लगेर टाउको दुखेको बहानामा गाडी रोक्यो| भोग्यो अनि- ‘के मेरो विश्‍वास छैन?’ भन्दै नेत्र साहबले शान्तिलाई अङ्कमाल गर्‍यो| तिमीलाई कुनै पनि अप्ठ्यारोमा पर्न दिन्नँ| तिमी निश्‍चिन्त रहू|’

परिस्थिति, प्रजातन्त्र, नोकरशाही, शहरी सभ्यताको चपेटमा परेर आज शक्ति मात्र होइन, प्रत्येक व्यक्ति, प्रत्येक गरीब बलात्कृत भइरहेको छ, शान्ति जस्तै थाहै नपाई| नचाही नचाही शान्तिले झैं प्रत्येकले बलात्कृत भइरहनुपर्छ| परिरहन्छ|

फेरि पनि विश्‍वासकै प्रसङ्ग उपन्यासमा देख्न पाइन्छ| शान्ति निर्विरोध रूपमा बलात्कृत भई नेत्र साहेबको विश्‍वासमा| तर नेत्र साहबले त्यो अबला नारीको विश्‍वासलाई रतिभर पनि ख्याल नगरिकन- ‘साहबले आर्थिक सुधार विभागका सचिव साहबकी छोरी प्रणितासँग विवाह गरे हामीलाई पनि बोलाएका थिए| हामी त ‘प्रेजेण्ट’ देखेर दंगै पर्‍यौं| औंठी, रंगीन टीभी, कार्पेट र साडीहरूको गन्ति थिएन|’ अफिसकी एउटी कर्मचारीले शान्तिलाई सुनाइदिई| आधुनिक वैज्ञानिक समाजको प्रगतिमा विश्‍वास किनिन्छ, घूसमा, दयामा| आफूले बलात्कार गरेर शान्तिलाई गर्भवती तुल्याई नेत्र साहबले आफ्नो उत्तरदायित्व भुल्दछ | फलस्वरूप शान्तिले भ्रुणहत्या जस्तो जघन्य अपराध गर्नुपर्छ| अनि ‘यस अधर्मीलाई म यसै त छोड्दिनँ|’ भनेर शान्तिले प्रण गरी|

तर शान्तिले जुन बाटो रोजी बदला लिने त्यो यस्तो छ- ‘त्यस दिन बिना बोलावट शान्ति नेत्र साहबको चेम्बरभित्र पसी र थपक्कै अघिल्तिरको चौकीमा विराजमान भई|’ ‘तिम्रो नानी लगभग दुइ महिनाको भयो| तिमीले मलाई ऋतुदान दियौ रअर्को कन्यादान लियौ| म यो सॉंचो गर्भ लिएर यसबाट यादववंशी नाश गर्न मुसलजस्तो छोरो पाइदिन्छु र तिम्रो संघारमा अनसन गर्छु|’

कुरा आर्थिक भइसकेपछि तोक मेरो हुन्छ| तिमी मलाई एउटा बलात्कार रूप गर्भादानका लागि केवल एक लाख रुपियॉं देऊ|’

एउटी पवित्र चेलीको मूल्य मात्र एकलाख| नेत्र साहबजस्ता राक्षसलाई त्यो लाख रुपियॉं केही पनि होइन| सानैदेखि आफ्नो सपनाको राजकुमारका निम्ति सम्हाली राखेको त्यो कौमार्य शान्तिले मात्र एक लाख सम्झिदिई| उपन्यासमा शान्तिले ब्ल्याकमेलको बाटो नसमातेर अरू नै विकल्प रोजेकी भए हुनेथियो| त्यो त उसले गर्न सकिन, यसका निम्न कारणहरू देखिन्छन्-

क. नेत्र साहबले बलात्कार गर्दा यो बंगलामा त्यसको विरोध गर्नसक्थी, चिच्याउन सक्थी, सहयोग माग्न सक्थी| तर शान्तिले नेत्र साहबसँग सुतेर यौन क्रिडाको आनन्द उठाई विरोध गरिन|

ख. बलात्कार समय विरोध नगर्नुमा उसलाई नेत्र साहबकी पत्नी हुने लोभ थियो वा इच्छा थियो|

ग. नेत्र साहबकी पत्नी भएर शान्ति सुखमा रहन चाहन्थी| ती कुनै पनि कुरा हुन नसक्दा आज शान्ति पैसाकै पछि भागेर आफ्नो कौमार्यको मूल्य, दाम, माग्दैछ| बिक्री गर्दैछ, मूल्य तोक्दैछ|

समाजका दृष्टिमा उसले रोजेको बाटो अनैतिक ठहर्छ, कानुनका नजरमा गैरकानुनी हुन्छ| तर पनि शान्तिले समाजको सहयोग लिइन, कानुनलाई गुहारिन| सभ्य समाजलाई त्यागेर शान्ति गाउँतिर लाग्छे| धिक्कार छ त्यो सभ्यतालाई जहॉं कसैको कौमार्यको मूल्य तोकिन्छ| शहरी सभ्यताबाट भागेर उ गाउँतिर शान्त वातावरण खोज्दै हिँड्दछे तर गाउँ पनि कहॉं परिष्कार छ र! कहॉं शान्ति छ र!

आफ्नो गाउँ टिम्बुरबुङ पुगेर युवाहरूलाई एक गरी शान्तिले ‘टिम्बुरबुङ गाउँ जनकल्याण समिति’ गठन गरी कलाकारिता झल्काउने मञ्च तयार पार्ने काम पहिलोपल्ट गरी| सबैद्वारा यस समितिको प्रमुख सञ्चालिका पदका निम्ति उसैलाई चुने| नाटकहरूद्वारा गाउँमा प्रकाश ल्याउने उद्देश्यमा यो समिति गठन भएको थियो| तर पदमे र रत्नलालले यस समितिलाई राजनैतिर रङ दिएर काजीमान जस्ता नेताका अघि चाप्लुसी गर्न पुगे|

‘गाउँमा हाम्रो दलको विरोधी दल खडा गरिएको छ| मुलुकबाहिरबाट एउटा कार्यकर्ता आएर त्यहॉं गोर्खा दलको शिलान्यास गरियो| नाम जनकल्याण समिति राखे| गाउँकै उत्ताउली शान्ति भन्ने ठिटी सभापति भई| अलिअलि पढेका जति त्यतै लागे| ‘अब हजुरले ती सब ठीक नपार्ने हो भने हामीलाई पनि छुट्टी दिनुपर्‍यो|’ फलस्वरूप शान्ति हिरासतमा परी| केही बोल्न पाइन, पुलिसको अमानवीय व्यवहार उसले सहनुपर्‍यो|

आधुनिक वैज्ञानिक प्रजातान्त्रिक युग अँगालेको मुलुकमा कुनै संघ-संस्था खोल्नु कुनै अपराध होइन| तर काजीमानजस्ता नेताले पदमे र रत्नलालजस्ता चम्चा पालेपछि प्रजातन्त्र पनि तानाशाही बन्नपुग्छ| प्रजातान्त्रिक मुलुक अप्रजातान्त्रिक बन्नपुग्छ| यो राष्ट्रले अंग्रेजको दासत्वबाट मुक्त भएर स्वधीन त भयो तर नेता, घूसखोरी, भ्रष्ट्राचारी, चम्चा, पोलियाको दासत्वबाट मुक्त हुन नसकेको तथ्य उपन्यासले देखाउँछ| जनताको अधिकार हितका निम्ति समाज बनाएको नेताले नै जनतालाई बञ्चरो हिर्काएपछि प्रजातन्त्र कता जान्छ? शान्तिले एउटा संस्था त खोलेकी थिई के बिगारेकी थिई? तर काजीमानले आफ्नो पदको दुरूपयोग गरेर कानुनको प्रयोग गरेको थियो तर कानुनले शान्तिलाई अदालतबाट मुक्त गरिदियो| मानिसको चरित्र परिवर्तन हुन कति समय पनि नलाग्दो रहेछ| शान्तिको जीवनमा पनि परिवर्तन आइरह्यो| एउटी गाउँकी अबोला शान्ति समाजको चपेटमा परेर ट्वाक लगाउन थाली| यौनको प्यास उसमा चढ्न थाल्यो| एकपल्ट नेत्र साहबबाट बलात्कृत भएकी उ, मञ्जुर भाइलाई आफ्नो शरीर सुम्पिइदिई| आखिर उभित्र पनि भोको स्वास्नी मान्छे जिउँदो रहेछ| उमेरमा सबैलाई यौनको तृष्णा हुन्छ शान्तिमा पनि थियो, उसले आखिर स्वीकारी- ‘काकी यसरी चल्दैन| जिन्दगी लामो कुरा हो| म बिस्तार बिस्तार बदनाम हुँदै गएँ| म भित्रभित्रै कुहुँदै गएँ|

‘ म बस्ती फर्किन चाहन्छु| एउटा कुनै पनि मान्छेकी स्वास्नी हुन चाहन्छु|’ शान्तिमा आत्ममन्थन भयो, आफ्नो क्रियाकलापप्रति शंका जाग्यो| यसबाट के स्पष्ट हुन्छ भने जे जस्तै परिस्थितिको चपेटमा परे पनि शान्तिको मन पवित्र छ या त उ एउटी नारी भएर जिउन चाहन्छे| उ इन्द्रकमल थपलियालाई चाहन्छे पति बनाउन| तर थपलियाले पनि शान्तिलाई आफू छारे रोगको शिकारी छु भनेर चुम्बन गरी वरण गर्‍यो तर महिनापछि मर्‍यो| इन्द्रकमलले शान्तिलाई चाहन्थ्यो तर आफ्नो रोगका कारण बिहे गरेर सकेन| यो उसको महानता नै मान्नुपर्ला|
बढेकी चोरी घरमा हुँदा एकदिन शान्तिलाई माग्न एउटा केटो आउँछ| तर शान्तिले स्वतन्त्र भएर आमालाई भनिदिन्छे- ‘आमा, मलाई गलत नठानिदिनू| मैले रातभरिजस्तो विचार गरें| मैले विवाह गरेर अब कुनै नयॉं जीवन शुरू गर्नु छैन|’

अनि उपन्यास यसरी सिद्धिन्छ- ‘म तपाईंहरूकी छोरी भइरहूँ| म अब अर्को रूप जन्माएर त्यसलाई समस्या दिन चाहन्न| म खोजिरहन्छुआमा र जुन दिन वा रात मलाई मनपर्दो, मेरो मनले खोजेको कुरा पाउँछु- त्यहॉंदेखि उता म अल्मलिइरहन चाहन्छु| बस्| त्यहॉंदेखि उता म जान्नँ|

भीम दाहालकृत उपन्यास ‘अभीष्टको खोज’अत्यन्त सफल र जल्दोबल्दो समस्यालाई लिएर लेखिएको नितान्त आधुनिक उपन्यास हो भनेर केही आपत्ति रहने छैन| अतः भारतीय नेपाली उपन्यासमा यो उत्कृष्ट रहेको छ| यसका निम्ति म निम्नलिखित बुँदाहरू पेश गर्दछु|
क. ‘अभीष्टको खोज’ उपन्यासले समसामयिक विषयवस्तुलाई उजागर गर्न सफल भएको छ| वर्तमान युगका विभिन्न समस्यालाई जस्ताको तस्तै प्रस्तुत गर्नसक्नु नै उपन्यासको सफलता हो|

ख. ‘अभीष्टको खोज’-मा भीम दाहाल सिक्किमलाई दर्पणमा देखाए झैं देखाउन सफल छन्| अतः यसले सिक्किम अञ्चललाई पाठकमाझ राखेको छ| यसैले एउटा आञ्चलिक उपन्यासका रूपमा उत्कृष्ठ उपन्यास सिद्ध भएको छ|

ग. यस उपन्यासको अर्को सबल पक्ष संवाद हो| उपन्यासमा प्रयोग गरिएका संवादले उपन्यासलाई नाटकीयता त प्रदान गरेकै छ, साथसाथै गम्भीर संवादकलाले उपन्यासकार दाहाललाई उत्कृष्ट उपन्यासकार बनाएको छ| छोटो, चिन्तनयुक्त, गम्भीर, तथ्यपरक तथा आवश्यकता अनुरूपका संवादले उपन्यासलाई नाटकीयता प्रदान गरेको देखिन्छ|

घ. दाहालको भाषा-शैली उत्तिकै प्रभावपूर्ण, सरल, सरस र सफलताको शिखर छुने किसिमको देखिन्छ| कतै कतै काव्यत्मकता, कतै कतै भावनात्मकता, कतै रौद्रयुक्त भाषा शैलीको प्रयोगले उपन्यासलाई सफलता प्रदान गरेको छ| छोटा वाक्यमा धेरै भन्नसक्नु दाहालको विशेषता देखिन्छ| उपन्यास पढ्दा कतै पनि पाठकलाई पट्यार लाग्दैन|

ङ. सूत्रात्मकता यस उपन्यासको अर्को महत्त्वपूर्ण विषय बनेको छ| संवाद तथा उपन्यासमा उपन्यासकार सूत्रात्मक भाषाको प्रयोग गर्दै पाठकलाई गम्भीर भएर सोच्न लगाउँछन्| उपन्यासका प्रत्येक वाक्यको विश्‍लेषण नगरीकन उपन्यास पढ्न सकिँदैन|

च. उपन्यासमा विविध पक्षलाई देखाउन सक्नु नै उपन्यासकारको प्रौढता देखिन्छ| उपन्यासमा धर्म, कर्म, काम, मोक्ष, राजनीति, प्रजातन्त्र, राजतन्त्र, नागरिक अधिकार, आन्दोलन, विद्रोह, प्रेम, वासना, यौन, समाज आदिको नाङ्गो प्रस्तुति पाइन्छ|

छ. सिक्किमेली समाजलाई चिरफार गरेर उपन्यासमा देखाउनु नै उपन्यासको मूल विषय बनेको छ|

ज. मानिसको मानसिक स्थितिको उतार-चढाव, मानवीय प्रवृत्ति र त्यसको विकास अनि परिवर्तन उपन्यासमा मनोवैज्ञानिक तरिकामा देखाइएको छ|

झ. आधुनिक सभ्यताको प्रभावप्रति उपन्यासमा सकारात्मक तथा नकारात्मक पक्ष देखाइएको छ|

ञ. नारी चरित्रको क्रमिक विकास, युगको परिवर्तनसँगसँगै नारीहरूको मानसिकतामा आएको परिवर्तन सफलतासाथ देखिइएको छ|

यस लेखमा दाहालको उपन्यास ‘अभीष्टको खोज’-माथि सतही अध्ययन गरेर यसको आलोचना गर्ने प्रयास भएको छ| एकातिर नितान्त पूर्वाग्रहरहित कुनै पनि सिद्धान्त वा वादलाई नसमाति यस लेखकले यस उपन्यासलाई हेरेको छ| यो आलोचनामा ‘अभीष्टको खोज’-लाई कुनै सिद्धान्त वा वादमा बॉंधिएको छैन, स्वतन्त्र छोडेर लेखकले पनि स्वतन्त्र रहने कोशिश गरेको छ|

यस उपन्यासलाई धेरैवटा दृष्टिकोणमा हेर्न सकिन्छ| जस्तै उत्तर आधुनिक, नव समालोचनावाद, मार्क्सवाद, नारीवाद आदि| अझ यस उपन्यासलाई कतिपय उपन्याससँग दॉंज्न पनि सकिन्छ| भाषा-शैलीका दृष्टिमा, संवादकलाका दृष्टिमा, कथानकका दृष्टिमा, प्रस्तुतिकरण आदिका दृष्टिमा|

अन्तमा म यति भन्छु ‘अभीष्टको खोज’- नेपाली उपन्यास साहित्यमा एउटा प्रमुख उपलब्धि हो| यसले धेरै समयपछि इन्द्रबहादुर राईको ‘आज रमिता छ’ र ध्रुवचन्द्र गौतमको ‘अलिखित’-को स्वादलाई नै सम्झाइदियो, आफ्नै स्वादले, आफ्नै तरिकाले| यी दुइ उपन्यासको समकक्षमा यो उपन्यास पनि उभिन सफल छ भन्नमा कुनै अत्युक्ति नहोला|

This entry was posted in समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.