~देवराज पौडेल~
तिमी दिदी हौ, म भाइ हुँ,
पहिलेको भयो? दिदी कि भाइ,
भाइले दिदीलाई दिदी भनेको दिन दिदी दिदी भयौ कि
दिदीले भाइलाई भाइ भनेको दिन भाइ भाइ भयो,
दिदी हुम् भनेउ कि? तिमि भाइ हौ भनेउ तिम्ले,
भाइ हुम् भनेँ कि? तिमि दिदी हौ भने मैले,
शुरुमा दिदी भाइको नाता लाग्यो की भाइ दिदीको,
कस्ले पहिले भन्यो,
कस्ले पहिले मान्यो,
दिदीले दिदी पहिले मानेउ कि भाइ पहिले मानेउ?
मैले आफूलाई भाइ पैले माने कि तिमीलाई दिदी पहिले माने?
कस्ले कस्लाई पहिले मान्यो अब किन चाहियो र?
कस्को ठाऊमा को पर्योे?
को नजिक र को सबैभन्दा नजिक?
को अरु भन्दा राम्रो?
हाम्लाई किन चाहियो र ?
नौ वर्ष खेलेर वित्यो,
नौ वर्ष अरुको हेरेर वित्यो
नौ वर्ष सोचेर वित्यो,
सत्ताईस वर्ष पछि म भाइ भाको छु,
दिदीलाई दिदी भन्न पाको छु,
अलिअलि के बढी बोल्छु, दिदीलाई साह्रै दुःख दिन लाको छु,
माया गर्ने अधिकार मेरै मात्र भए झैँ, मलाई नि माया गर है भन्न भ्याको छु,
धेरै त होइन दिदी सास तान्दा र छोड्दा जम्मा दुई पटक सम्झिराको छु,
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )