कविता : गुमनाम मान्छे म

~अमृता बुढाथोकी~

मिलनमा
निराकार तिमीलाई पूर्णआकार दिने
पूर्ण वृत्त म,
अनकन् उपमाले सजिने तिम्रो हृदयेश्वरी म
तिम्रो आँखाको पूर्ण चन्द्रसूर्य म ।
तिम्रो आदेश मानुन्जेल
आदर्श छोरी, दिदी, बहिनी र पत्नी म ।
तर,
तिम्रो हीत अनुकूल
तिम्रो कठपुतली बन्न नसक्दा
संसारकै पनौती म
वेश्या, भालु सबै म
जे जे तुच्छ उपमा छन्
ती सबै म
कस्तो दृष्टिभ्रम हुन्छ
पुरुष तिम्रो सोचमा
एकैछिनमा संसारकै विकृत मान्छे म ।

राम्रो हुँदा तिम्रो म
तिम्रो हासो खुसी सबै म
कस्तो बिडम्बना !
आप्mनो लागि जीउन खोज्दा
समाजकै कसिंगर म ।
घर,परिवार, समाज, राज्य सबै तिम्रो पेवा
नीति निर्माता तिमी
सोही ठाउँमा म भए पनि
तिम्रो कठपुतलि मात्र म ।
तिम्रो लागि ननिको हुँदा
संसारकै घृणित मान्छे म
अचम्म !
तिम्रो इशारामा नाच्यो भने
उच्च नेतृत्वमा पनि म ।
अस्तित्व र पहिचान खोज्दा
फेरी वेश्या म ।
यहाँ नत क्षमताको कदर हुन्छ
नत प्रतिभाको
हुन्छ त केवल बासानाको ।
तिम्रो अतृप्त वासना पनि कस्तो ?
छोडेनौं नाबालिका, आमा र हजुरआमा
सबैलाई भोगेपछि
मारेर फाली दियौं उखु र कोदो बारीमा
रगताम्मे तिघ्रा र छेदविच्छदे शरीर
किथ्रा, फट्याङ्ग्रा जस्तै
लडिरहेछ युगैं देखि कोदो र उखुबारीमा ।
तिनै बेकार लाश भित्रको
एउटा गुमनाम मान्छे म ।

-अमृता बुढाथोकी

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.