समीक्षा : गंगाका गजलमा भावस्नान

~सदानन्द अभागी~

‘गजलमा अत्यावश्यक पर्ने शिष्ट कोटिको तीक्ष्ण शृङ्गार र तिरोहित व्यङ्ग्य मन मोहक छ’ –शिवप्रसाद सत्याल ‘पीठ’

‘गंगाका गजलमा घरदेशको पीडा र प्रदेशको हाँसोसम्म जन्मभूमिको आह्वान र कर्मभूमिको कर्तव्य जोडिन पुगेको छ । यसैले सगरमाथाको हिउँखोली बगेर समुद्रतलमा पुगेको अनुभूति गंगाले गरेकी छन् ’–गोवद्र्धन पूजा

‘सरल,मीठा र रसिला गजल गंगाले लेख्नुभएको छ’–होमनाथ सुवेदी

अत्यान्त लामो छ गोला जीवनको
भरिन्न लोभको झोला जीवनको
– गंगा लिगल

मैले वरिष्ठ साहित्यकारका धारणा र स्वयम् गजलकार गंगा लिगलको एक शेरलाई माथि प्रस्तुत गरेको छु । यी धारणाले निश्चय पनि गंगाको गजलसङ्ग्रह के कस्तो छ भन्ने कुरा प्रष्ट पारेको छ ।

कृतिको संरचना –

अन्तर्रााष्ट्रय नेपाली साहित्य समाज वासिङ्गटन डी. सी.संयुक्त राज्य अमेरिकाको प्रकाशन, वरिष्ठ साहित्यकार होमनाथ सुवेदीजीको सम्पादन रहेको यस कृतिको मूल्य नेपाल र दक्षिणपूर्व एसियामा ने.रु १५०÷– र यी देश वाहेकका देशमा यूएस् डलर ५ राखिएको छ । श्रीमान जनक लिगलज्यूमा समर्पण गरिएको यस कृतिमा ५१ ओटा गजलहरू समावेश गरिएका छन् । सबै गजललाई शीर्षकीकरण गरिएको छ । कृतिगत रूपमा गंगाजीको यो नवौं कृति हो भने विधागत रूपमा यो प्रथम कृति हो । ‘अनेसासको गजल प्रकाशनमा यो तेस्रो प्रकाशन हो’ (प्रकाशकीय)। अनेसास टोकियो जापानका केन्द्रिय कार्य समितिका अध्यक्ष, डा. कुमार वस्नेतको प्रकाशकीय, वरिष्ठ समालोचक शिवप्रसाद सत्याल ‘पीठ’ र गजलमञ्चका अध्यक्ष गोवद्र्धन पूजाको गंगाका गजलमा छोटा तर मीठा धारणा सहितको भूमिका लेखन र उपन्यासकार होमनाथ सुवेदीजीको सम्पादकीय यस कृतिले पाएको छ । अग्र आवरण पुृष्ठ गंगाजीको तस्विर र पछिल्लो आवरण पृष्ठमा कृतिकार र सम्पादक होमनाथ सुवेदीजीको व्यक्तिगत विवरणले सजिएको छ ।

कृतिभित्र प्रवेश गर्दा –

गंगाजीको साहित्यिक यात्रा अविरल गंगाको जल बग्दा झै बगिरहेको छ । गंगाजीका करिव दुई दर्जन प्रकाशित कृतिहरूमा मैले तेह्र थान अध्ययन गर्ने मौका पाएँ । यी कृतिहरूको अध्ययनले उहाँमा नेपालको माटो, मातृप्रेम, राष्ट्र, राष्ट्रियता, प्राकृतिक सम्पदा र अ‍ेरिकाप्रतिको धारणाका साथै्र नेपाल र अमेरिका बीचको जनजीवनको तुलनात्मक यथार्थतालाई पस्कनुनै उहाँको साहित्यिक लेखनको सवल पक्ष हो भन्ने मलाई लाग्यो । यस गजलसङ्ग्रहमा पनि उहाँ जीवन दर्शनलाई महत्त्वको साथमा लिंदै ‘‘जीवनको’’ शीर्षकमा प्रथम गजल लेख्नु भएको छ । मैले अध्ययन गरेका उनका कृतिमा मानव जीवनका भोगाइलाई गहनरूपमा उठाएको पाएको छु र यस गजलमा पनि जीवन भोगाइका ओराली उकाली, मानवका निहित स्वार्थ, विकृति र विसङ्गतिलाई सवलरूपमा उठाएको पाइन्छ ।

अत्यान्त लामो छ खोला जीवनको
भरिन्न लोभको झोला जीवनको
(पृष्ठ १)

मानव जीवन अमूल्य छँदाछँदै पनि,मानिसले त्यो अमूल्यतालाई विर्सेर ईष्र्या, बढाउँछ, मरणशील छ जीव त्यो पनि भुल्छ र संसारमा ऊ सँधै रहने ठान्छ । मानव जीवनमा धेरै उथलपुथल आउँछन् यी सवलाई तोड्नु पर्छ र मानव जीवन अविरल बग्न सक्नु पर्छ भन्ने ठहर छ गंगाजीको ।
हेरौ अन्तिम शेर –

बाधा तोड्दै अविरल बग्ने को हो ?
यो गंगा हो ,हैन खोला जीवनको ।
(पृष्ठ १)

यस गजलमान काफिया, रदिफ र तखल्लुसको सुन्दर प्रयोग भएको छ । ुसुवास, जीवन, कथा र जिन्दगी मानवीय गतिविधिसँग सम्बन्धित गजल हुन् । सुवास गजलमा रदिफ जिन्दगी राखेर सिर्जना गरिएको छ । यस गजलका केही शेर पढौं –

सुवास दिने पूmल हो जिन्दगी
कहिले सम्झदा भूल हो जिन्दगी
(सुवास, पृष्ठ ६)

राम्रो बाटोतिर लागि हेर्नुपर्छ
प्रभात ल्याउने मूल हो जिन्दगी

बास्तवमा जिन्दगी के होइन । जिन्दगीलाई बुझ्न सक्नु पर्छ, जीवन सुन्दर छ , सुवासिलो छ, राम्रो बाटोमा लाग्यो भने प्रभात ल्याउने अर्थात जीवनलाई प्रकाशमय बनाउने प्रकाशको मूल हो जिन्दगी यसले आन्न्द दिन्छ र रमणीय हो जिन्दगी तर कुबाटोमा हिड्दा यो प्रतिकुल पनि हो जस्ता धारणा सहित गजलकारको भनाइ यसप्रकारको छ–

चाहे जे भए पनि संसारमा
उज्वलता भर्ने पूmल हो जिन्दगी
( (सुवास, पृष्ठ ६)

जीवन जगतमा धेरै धारणा आएका छन् जीवनमा हार र जीत भै रहन्छ, आशामामात्र रहनु हुँदै माम पाउन, दाम पाउन, परिश्रम गर्न सक्नु पर्छ, मानव जीवन, व्यथा, दुःखै दुःख, वेदना, अस्तव्यस्त, अनगिन्ती ईष्र्या आदि कथै कथाले भरिएको छ तर कष्टमय जीवनमात्रको भोगाइ हैन जिन्दगी, जिन्दगीमा बसन्त, उमङ्ग, पनि आउँछ । गजलकारको धारणा अति प्रष्ट छ । उनी भन्छिन् जे रोप्दछौं त्यही फल्छ–

आँसु नै रोपे पूmलबारीमा
विरह छाउँछ जिन्दगीमा
हाँसो नै रोपे पूmलबारीमा
पूmल मुस्काउँछ जिन्दगीमा
शान्ति रोपौं शान्तिको बिउले
वहार ल्याउँछ जिन्दगीमा
(जिन्दगी , पृष्ठ ३९)

शान्तिप्रतिको धारणा–

गंगाजीले आफ्ना हरेक सिर्जनामा शान्ति सम्बन्धि धारणालाई दरविलो रूपमा उठाएको पाइन्छ । यस कृतिमा पनि प्रतीक्षा, आलोक र छाया गजलमा गजलकारले शान्तिप्रतिका धारणाहरू सवल रूपमा उठान गरेकी छन् –

आमा सधैं शान्ति त्यो आई रहे झै लाग्छ
क्रान्तिले नै सधैं पर्खाई रहे झैं लाग्छ

शान्ति,विकास,उन्नती आउनको लागि बाधकहरूबाट सजग हुनु पर्छ , वैमनश्यता विकृतिबाट टाढा रहनु पर्छ र

सबैले अन्तरर्विरोध हटाई बढेमा
गन्तव्य नजीकै नै आई रहे झै लाग्छ ।
(प्रतीक्षा, पृष्ठ २)

लडाउने काम, अधिकार खोस्ने काम, भातृत्वमा चोट, मातृत्वमा पीडा, वातावरण बिगार्ने काम, प्रकृतिमा आँच आउने काम ले गर्दा बुद्धको ज्ञान र ज्योति नभै शान्ति दीप निभ्न लागेको गजलकारलाई महसुस हुन्छ र गजलकारले आह्वान गर्दछिन् –

आऊ बचाऊ हे ! तिम्रो नाम
अनन्तको लागि रही सक्यो
(आलोक, पृष्ठ १४)

छाया गजलमा पनि गजलकारले शान्तिप्रतिको धारणा यसरी राख्नु भएको छ –

शान्तिको शीतल छाया
आमाको निर्मल जाया
आज शान्ति पनि छैन
तर छ निर्मल माया
(छाया, पृष्ठ २१)

बास्तवमा ठीकै त भन्छिन् गजलकार शान्ति आज संसारबाट धेरै टाढा भागि रहेकी छन् र विश्व नै आज अशान्तिको भूमरीमा जेली रहेको छ ।

मानव प्रवृत्तिप्रति लेखिएका गजलहरू–

हाम्रा धार्मिक ग्रन्थहरूले पनि मानव मार्गदर्शनलाई प्रष्ट पारेका छन् र मानव जीवनलाई अमूल्य ठानेका छन् । गंगाजीले पनि मानव जीवनलाई अति महत्त्वपूर्ण ठानेकी छन् र मानवीय कर्मबाट संसारलाई स्वर्ग बनाउनु पर्छ भन्ने धारणा कसीको रूपमा उनका कृतिमा प्रतिबिम्बित भएका छन् भन्दा अतियुक्ति नहोला । विडम्बना, गुन र रीत यो गजलहरूमा मानव प्रवृत्तिप्रति लक्ष गरिएर लेखिएका गजल हुन् । यी गजलले मानिसमा के शक्ति छ ,मानवीय गुन र मानवीय रीति आदिलाई अंगीकार गरेका छन् ।

सृष्टि गर्न सक्छौं, रोक्न सक्छौं, छौं कामी मानव
संसारका प्राणी मध्ये महान हौं हामी मानव
(विडम्बना, पृष्ठ ३)

मानिसले के गर्न सक्दैन, उसले पृथ्वीको गहनतालाई नाप्न सक्छ, सम्पूर्ण ब्राह्मण्डलाई अधिन राख्न सक्छ,, समुद्रको गहनतालाई नाप्न सक्छ, चन्द्रमामा बासको चाँजो मिलाउने तयारीमा छ, अर्थात सम्पुर्ण इति हाँस बोक्न सक्ने क्षमता हुँदा हुँदै पनि मानिसले मृत्युलाई बसमा ल्याउन भने कसकेको छैन जस्तो मानवीय संसारको यथार्थतालाई गंगाजीले पस्कनु भएको छ ।

मानिसको हातमा गुन छ , ज्ञान छ, उज्याल्यो दिन सक्छ लगनशीलताको धुन छ र मिलेर बसेमा पातमा पनि सुन प्राप्त गर्न सकछ र प्रयत्न गरेमा बातै बातबाट गुन लगाउन सकछ भन्ने धारणा ‘गुन’ गजलमा आएको छ ।
यसरी नै ‘रीत यो’ गजलमा आरम्भकालदेखि नै चल्दै आएका मानवका रीति रिवाजलाई समेट्दै, देवताका पालादेखि नै दानवलाई पन्छाइएको,मानवले एक अर्कामा ईष्र्या त्याग्न नसक्नु, आत्म घात गर्नु, अर्कालाई दुख दिंदा रमाउनु जस्ता अवगुणले गर्दा मानवतामा ह्रास आएको छ ।त्यसो हुँदा गजलकारले भन्नु हुन्छ –

तसर्थ स्वच्छ भावको सिर्जना मात्र मूल हो
‘वसुधैव कुटूम्वकम’ले नै लाएको रीत हो ।
(.रीत यो , पृष्ठ ४३)

साहित्य र गजल कृति–

यस कगजल कृतिमा पनि साहित्यप्रति धारणा राख्दै लेखनी र साहित्य, शीर्षक दिएर गजल लेखिएका छन् । लेखनीमा –

यो लेखनी उज्यालो आधार हो
यो मेरो चम्किलो हथियार हो
लेखनी, पृष्ठ ४)

एउटा साहित्यकारको कलम साहित्यकै विविध विधामा चल्छ । यो समाज परिवर्तनको उज्यालो आधार हो र यो आधारमा उभिएर साहित्य सेवा गर्दा साहित्यकार पनि अमरत्व प्राप्त गर्न सक्ने भएकाले यो चम्किलो हतियार पनि बन्न जान्छ । लेखनीले प्रकाशतिर लैजाने, पथप्रदर्शक बन्ने, दियालोका साभार बन्ने, जीवनका संकटलाई टार्ने विश्वासिलो प्रसार हो र यसले अन्धकारलाई हटाउँने प्रभाविलो आकार हो जस्ता धारणा राख्दै यस गजलको अन्तिम शेरमा भन्नु हुन्छ –

यसले भविष्य संकेत गर्छ
योनै मेरो सुनौले संसार हो
(लेखनी , पष्ठ ४)

साहित्यमा –

साहित्य जगत ठूलो शान हो देशको
यो त नेपालको ठूलो मान हो देशको
यो पवित्रताको अविरल मुहान हो
उज्वल प्रकाश यान नै हो देशको
(पृष्ठ २९)

साहित्यप्रति गजलकारका धारण शान,मान, ज्ञानको रूपमा लिइएको पाइन्छ ।राष्ट्रियता र गजलकार –यस गजलका अधिकाम्स शेरहरू राष्ट्र राष्ट्रियता, मातृभूमि र आमाप्रति समर्पित गरेर लेखिएका छन् । ज्योति, सगरमाथा,गौरव,कहाँ छन् हामी नेपाली, विकास, चन्दन, हेर, देशको, माया मातृभूमिको, नेपाली, र देशमा, राष्ट्र राष्ट्रियता, मातृभूमि र आमाप्रतिका आदरभाव गुञ्जिएका छन् ।

बुद्ध जन्मेको यो हाँसिलो माटो
ज्योति जगमग भरिलो माटो
(ज्योतिमा ,पृष्ठ ५)

यो माटोमा कहिल्यै आँच आउन दिन हुँदैन भन्ने धारणा आएको छ ।

सगरमाथा यो शिरको प्रतीक उज्वल राख्ने हो
यसैलाई उच्चाइमा राखेर निर्मल राख्ने हो
सृष्टिको मुहान खुलेको हिमाल सदा छ अमर
नेपालको गरिमा बढाउन नै अकल राख्ने हो
(सगरमाथा, पृष्ठ ८)

गौरव– यस गजलले पनि नेपाललाई सवलतातिर लान प्रयासरत छ–

फोहोर मैला सुन्दर स्थल बेकार भैसक्यो
यो दयनीय अवस्था देशको कति सहिरहुँ
(पृष्ठ१७

कहाँ छन् –यस गजलमा गजलकारले अमेरिकामा आपूmलाई लगेर थुनिएको महसुस गर्दै, नेपालका पधेरा, जंगल, पोखरी, डाँफेको उडान,कोइलीको धून,गुराँस, पलाँस, साथीको खोजी गरिएको छ ।

हामी नेपाली– यस गजलमा नेपाल भएर नै हामी नेपाली र गौरवशाली छौं । त्यसो हुँदा देश सवल बन्नु पर्छ,।देश सवल बन्न नेपालीमा एकता चाहिन्छ र एकतारूपी हथियारबाट हामी शक्तिशाली बन्न सक्छौं । यो देश हरियाली सुन्दर प्रकृतिको देश हो जस्ता राष्ट्र भावलाई समेट् दै गजलकारको भनाइ छ–

यहाँ स्वच्छ सौन्दर्य र माधुर्यको राग छ
यही स्वर्गरूपी देशका हामी नेपाली हौं
(पृष्ठ २३)

विकास–
विकासको मूल फुटाई देश बनाऔं
सौहार्दको भावना लिई देश बढायौं
(पृष्ठ२४)

चन्दन–चन्दनको महिमामा प्रकाश पार्दै गजलकारको भनाई छ

अमूल्य निधि यो नेपाली विकासको माध्यम हो
यसैलाई सीमित राखेमा ऐश्वर्य शिरमा बस्छ
(पृष्ठ २५)

विकृति–सुन्दर प्रकृतिक सौन्दर्यले भरिएको देशमा आज विकृति देख्दा गजलकारमा निद र चैन छैन र देशलाई स्वार्थ रहित सुकृति सहितले अलङ्कृत भएको देश दे्ख्ने गजलकारको इच्छा छ । ,
हेर–,

आमाको मुटुलाई छामेर हेर
प्रत्येक ढुकढुकी तानेर हेर
(पृष्ठ ३७)

देशको–
अनुशासनको गीत गाएर देशको
अगि बढ नव खुसी पाएर देशको
(पृष्ठ ४७)

माया मातृभूमिको–अमेरिकामा बसे पनि गजलकारको तन मन हृदय नेपालकै मायाले भरिएको छ –
अमेरिकामा बस्छौं चाया मातृभूमिको
काया दायँ, वायाँ,छ माया मातृभूमिको
(पृष्ठ ४८)

नेपाली र देशमा शीर्षकका गजलमा पनि नेपाल र नेपालीको गुनगान गाइएको छ र संसारमा छरिएर बसेका हामी नेपाालीहरू एकबद्ध भएर नेपालको विकासमा जुट्नु पर्छ भन्ने धारणा आएकोछ ।

गजलमा नारीवादी चिन्तन– गंगाजी नारप्रिति संवेदनशील हुनुहुन्छ । उनका कृतिमा नारी हकहीतले गहिरो स्थान बोकेको हुन्छ । यस गजलसङ्ग्रहमा पनि ‘गरिमा’ र ‘नारी’ लाई लक्षगरी लेखिएका गजल हुन् ।

नारीमा –
नारी गरिमा हौ तिमी देशको
ऐतिहासिक हौ तिमी केशको
पृष्ठ ७)

आधा आकाश ओगटेका नारीहरू बास्तवमा विश्वकै गौरव हुन्, प्रेरणाका स्रोत हुन् , देशका कर्णधार हुन्,, सुप्रभात हुन देशका जस्ता नारीका गुणलाई प्रकाश पादै गजलकारले नारीलाई चुनौतीलाई सामना गर्न, देशको विगुल फुक्न, प्रगतिलाई चुम्न, आपूmलाई कमजोर नठान्न, घर राष्ट्र समाजलाई थाम्नको लागि आग्रह गरिएको छ ।
अर्को गजल नारीमा –

पृथ्वीमातालाई मातृत्वको उपमा दिइन्छ
पृथ्वीतललाई नारीकै त रूपमा लिइन्छ

यो एक शेरको साथै गजलकारले नारीलाई महान शक्तिको स्रोत, सृष्टिको रस, त्याग र बलिदानमा अगाडी सर्न सक्ने क्षमता भएर नै त लक्ष्मी र दुर्गाको रूपमा नामले चिनिन्छन् र नारीलाई शक्ति मानेर पूज गरिन्छ भन्ने धारणाहरू आएका छन् ।

स्थान विशेषलाई महत्त्व दिएर लेखिएका गजलहरू–

अमेरिका, गाउँले जीवन,अमेरिकाको र अमेरिकामा,गरी चार ओटा गजल मध्ये अमेरिकालाई सम्बोधन गरिएका ३ ओटा गजल छन् । अमेरिका शीर्षकले अमेरिका ठूलो देश हो, यो प्रकृतिक हरियाली सौन्दर्यले खचाखच भरिएको छ र जताततै विकास छ, ,दैवी विडम्बना पनि पर्छ यसको विकास हुनमा अथक परिश्रम छ भन्ने धारणा आएको छ । अर्को गजल छ अमेरिकाको शीर्षकमा । यसमा पनि अमेरिकाको वर्णन गरिएको छ, यहाँको प्राकृतिक, सौन्दर्यता, रंगका घरहरू, गाडी नै गाडी भएको, सभ्य मानिस भएको धारणा आएको छ। तेस्रो गजल अमेरिकामा भन्ने शीर्षकमा लेखिएको छ । यसमा नेपालबाट अमेरिकामा मानिस आएका र नेपालकै गीत गाएका, आफ्नो देशमा भोगेका दुःख कष्ट भोगाईलाई साथमा लिएर आए यहाँ पनि काममा दुःख पाएका तर खान भने पाएका जस्ता धारणा आएका छन् । गाउँले जीवनमा पनि गजल लेखिएको छ ।

शहरमा डिस्को र गाउँमा रोदी
दाँजेर रोदी यो केही रमाउँछन्
(पृष्ठ २६)

प्रकृति र गजलकार –

साहित्यिक जीवन र प्रकृति वर्णनमा गहिरो सम्बन्ध हुन्छ । गंगाजीत प्रकृतिसँग निकै रमाएकी हुन्छिन्, प्रकृतिको वर्णन गरेर उनी कहिल्यै थाक्दिनन् । गजल लेखनमा पनि मनको आवाज, आगमन, प्रकृति गहना, वर्षन्छ, जलधी, प्रकृति, हरियालीमा र विरसिलो शीर्षकले गहिरो स्थान पाएका छन् ।

वनको मधुरो ध्वनी हराए झंै लाग्छ
लताको पताले लाज हराए झैं लाग्छ
(मनको आवाजमा, पृष्ठ १३)

बसन्त वहार आयो मेरो यो बाहनमा
अव मृदु मुस्कान छायो मेरो साजनमा
(आगमन पृष्ठ २०)

वसन्तमा देखिने सबै रमणीय दृश्यलाई उतार्न सफल देखिन्छिन् गजलकार

पृथ्वीको क्षितिजसम्म टिमटिमाई रहन्छौं
ब्रह्माण्डलाई सौन्दर्य जगमगाई रहन्छौं
(प्रकृति गहनामा, पृष्ठ २२)

प्रकृतिको अनुपम देनमा गजलकारको वर्णनले अतुलनीय स्थान पाएको छ । वर्षन्छ र जलधी पानीसँग सम्बन्धित गजल हुन् । हिम–वर्षाको रमणीयतालाई गजलकारले सुन्दर रूपमा वर्णन गरेको देखिन्छ –

हिम शिखरबाट कँचन जल वर्षन्छ
यो अत्यान्त पवित्र रूपको फल वर्षन्छ
वर्षन्छ पृष्ठ२८)

जलधीमा –जल प्राणी जगतको अति आवश्यक तत्त्व हो । यो विना जीवन सम्भव छैन । यस्तो महत्व पूर्ण जीवनाधारमा गजललेखिनु आफैमा महत्त्वपूण काम हो –

जलधिको रमणीय काखमा
अनन्य आनन्दमय लाखमा
(पृष्ठ ३०)्

करौडौं पूर्वदेखिको श्रृङ्खला
यहीं सौन्दर्यले सिंगारिएको प्रकृति
(प्रकृति, पृष्ठ ३६)

प्रकृति प्रेमको प्रतीक हो
झुट्टा हो यो हरियालीमा
(हरियालीमा, पृष्ठ ४०)

पवित्र नदी ती अति महिला भएछन्
पवित्रतामा दागिलो लगाए छ विरसिलो
(विरसिलो पृष्ठ ४५)

आशावादी सोच –गंगाका साहित्यिक लेखनमा आशालाई जगाउने र निराश्यतालाई भगाउने धारणा लिएर अघि बढेको पाइन्छ । उनी आशावादी साहित्यकार हुन् । उनी भन्छिन् –

आशा राख्नु पर्छ जिन्दगीमा
कर्तव्य आफै सर्दछ जिन्दगीमा
(पृष्ठ १५)

नैराश्यताले पिरोली रहन्छ, आशाले जाँगर दिलाउँछ र सफलतातिर लान्छ भन्ने धारणा गंगाजीमा पाइन्छ ।

लोक तन्त्रप्रतिको धारणा – दरवारमा पहरेदार हुनछन्,यी भयनकर देखिन्छन् र यिनका प्रमुख बस्तु हतियाार हुन् र यिनै हतियारलाई गौरव मानिन्छ र यी हतियार संहार हुन् भन्ने ठानिन्छ तर आज राजतन्त्र हटेर लोक तन्त्र आएको छ तापनि हिंसाको अन्त्य भएको छैन भन्ने धारणा आएको छ –

आज योत राज तन्त्र नभै लोकतन्त्र हो
तर कता कता हिंसामा त तैयार देखें
(पृष्ठ १८)

नेतृत्वप्रतिको प्रहारमा गजलकार –

देश विकासको लागि नेतृत्व, सवल ,स्वच्छ,, पवित्र, हुनुपर्छ तर नेपालमा नेतृत्वले सवलता, भ्रष्टचारहीनता, र पवित्र शासन नचलाएर जनताले गास, वास र कपास, शिक्षा, स्वास्थ, रोगजारीलाई प्राप्त गर्न नसकेको अवस्थालाई पनि गजलकारको ध्यान पुगेको देखिन्छ –

कसरी हुन्छ प्रगति देशको
नेतै लुट्छन्, विसङ्गति देशको

स्वार्थको भावना राखेर विकसको भाषण गरेर देशको विकास हुँदैन ,देश विकसको लागि गरिमाको खोजी गर्न पर्छ, त्यो हुन सकेकोछैन सबै बाँच र बचाउँ भन्ने धारणा हुनु पर्छ तर त्यो नभएर झगडा र षडयन्त्रमात्र पाइन्छ भन्ने धारणा राख्दै गजलकार भन्छिन् –

लोलुभताको किटानु छरेर
नेताले पारे खती देशको
(अति देशको ,पृष्ठ ३३)

देशको वर्तमान अवस्था–
धनीलाई लूटको धन थुपार्ने ठाउँ छैन,
गरिवलाई भोकमा छाक टार्ने ठाउँ छैन
(ठाउँ छैन् ३४),

देशमा वेरोजगारी छ , छेपारोले रंग फेर्दा झै फेरिदै छ तर सजिलैसँग सत्यलाई उघार्ने ठाउँ छैन, समताका चर्का नारा लगाए पनि विषमताको बाढी उतार्ने ठाउँ छैन आदि आजका देशका यथार्थतालाई गजलमा पस्कने कोशिस गरिएको छ र अन्तिम शेरमा भनिएको छ –

हिलो माथिको कमल गौरवले अडेको छ
हिलोले पोतिएको मान्छे तर्साउने ठाउँ छैन
(पृष्ठ ३४,ठाउँ छैन)

द्वन्द्वप्रतिको धारणा–

देशले शान्ति चाहेको बेलामा धोका दिन हुन्न भन्दै गजलकारले प्रश्न राख्छिन्–
किन तिमीलाई रगतकै प्यास लागेको छ ?
सबैमा नै शान्तिको प्रेरणा जागेको बेलामा
( (वेलामा , पृष्ठ ४२)

भाषा र प्रस्तुति शैली –

गंगाजीका गजलमा भाषा निकै सरल छ । सबै किसिमका पाठकको लागि ग्राह्य छ भन्न सकिन्छ । गजलमा शृङ्गारलाई प्राथमिकता दिएर लेखिने चलन भए पनि गंगाजीका गजल शृङ्गार भन्दा माथि उठेका छन् । त्यसो हुँदा गजलका शेरहरूमा विविधता पाइन्छन् । गजलतत्वहरूको प्रयोगमा काफिया र रदिफ र तखल्लुसको प्रयोग सम्बन्धमा अध्ययन गर्दा, गंगाजीका कुनै कुनै गजलमा काफियाको प्रयोगमा नगण्यरूपमा विचलन देखिन्छ । रदिफको सुन्दर प्रयोग भएको पाइन्छ । गंगाजीले गजलमा तखल्लुस निकै कम प्रयोग गर्नु भएको छ । गंगाजीका गजलमा व्यङ्गवाणको प्रयोग भन्दा विवरणात्मक र स्वनिर्मित काफियाको प्रयोग भएको देखिन्छ । सरल, सुवोध मिठासपूर्ण भाषामा लेखिएको हुँदा गजल लयात्मक र श्रुतिमधुर बन्न पुगेका छन् ।

अन्त्यमा गंगाजीका गजलमा पनिे अन्य कृतिमा जस्तै जन्मभूमि र कर्मभूमिप्रति दर्शाएको माया, आदरता, यी भूमिको विकासको चाहना, राष्ट्र, राष्ट्रियता,मानवीय जीवन भोगाइका आरोह अवरोह, लोभ, मोह, आशा, शान्ति, द्वन्द्व, विकृति र विसङ्गति, प्रकृतिक सौन्दर्यताको वर्णनमा निरन्तरता देखिन्छ । यी नै सवल पक्षलाई वुलन्द आवाजमा उठाउनु गंगाजीको साहित्य लेखनको सवल पक्ष हो । गंगाजीको गजल लेखनको प्रयास स्तूत्य छ र गजल लेखनमा निरन्तरताको कामना गर्दै भावी जीवन सुखमय र साहित्यमय बनोस् भन्ने धारणा सहित विदा चाहान्छु ।

धन्यवाद

मिति २०७६ साल वैसाख १ गते
कावासोती न.पा. वार्ड नं ७, शान्तिचोक

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.