~राधा कार्की~
तिमी थियौँ र म थिएँ
तिमी नभएर म हराएँ
कालो बादल जुटेर
खर्लप्पै बगायो
म अघिल्तिरको पहाड
न रोक्न सकेँ उसको दुस्साहशलाई
न छेक्न सके तिम्रो सहृदयी मनलाई
हेर्दा हेर्दै दुबोको लहर खण्डहर बन्यो ।
कुन कुन भागलाई
प्रथम, द्वितिय तृतीय मानेर सम्याउ
जब बुझ्दै थिए
आफ्ना–आफन्त छर छिमेक
एकाएक कङ्कलास्वर आवाज थर्कियो
ऐयाँ, मरँे, मरँे
लौन मेरी छोरीले दुःख पाउने भई
… … …. !
डोरी चँुडियो ?
हेर्दा–हेर्दै आफ्ना आफन्त
फलाक्न थाले
बिचरा टुहुरी भई !
उनीरूले आपूm नरहेको शंकेत गरे
सम्झँे त्यो डोरी साँच्चै बलियो थियो ?
अनी यी काचो कपास मात्र ?
के बुझ्न सक्थी र ! बालख बच्चीले
सबैको अनुहार टुलु टुलु हेरीमात्र रही
तिमीले स्पर्स गर्दै भन्यौँ–
म छु नि !
तेरो बाबा, आमा सबै म नै हुँ
तिमीले त्यसो भनिरहँदा
मन केही थामिएको थियो
लामोसमय शोकमा डुब्नु परेको थिएन मैले
तिमीले एक्लोपनको आभाष हुनै दिएनौ
अझ आमा, दिदी, बहिनीको माया समेत थपेर दिएका थियौँ
तिम्रा शब्द–शब्दलाई
म मार्ग चित्र मान्थेँ
तिम्रा आस्था र भरोषालाई
सफलतामा पु¥याउने लक्षमा थिए म
खक्क खोक्दा मात्र पनि
काधँमा बोकी अस्पताल पु¥याउथ्यौँ
हिँड्छु बाबा भन्दा पनि
गोडादुख्छ भन्ने गथ्र्याँै
सफलताको सिँढी चढ्दा
खुसीले तिमी नाँच्ने गथ्र्यौँ
ओरालोमा लड्छे भनी
काँध थापी हिँड्ने गथ्र्यौ
पशिनाको धारो पुछ्दै
पूmललाई तिमीले हुर्काइ छाड्यौँ
यी सब उसलाई पच्य भएन र
चुडेर लग्यो !
सम्वन्धका डोरीहरू
एकाएक टुक्रिदा
अवरुद्ध बन्छन् गलाहरू
तिमीसँग टाँसिएका लाप्साहरू
कुन–कुन कुइनेटाहरूमा बिसाउ
आँसु र क्रन्दनमा कति लुटपुटिउ
तिम्रा निम्ति उठेका पाइलाहरू
संघारमा पुग्दा
स्तब्ध बन्छन् गोडाहरू
अब भेटिनेछैैनन्
डो¥याउने हातहरू
प्रतिक्षामा, टोलाउने छैनन् नयनहरू
गोर्लाधमा
बिरही मन
एक्लै, एक्लै छट्पटाइरहेछ !
जुन खसे घाम खसे ।
आर्शिवचन दिने हातहरू
खरानी बने
यति चाँडै रित्तिनु थियो त
किन यति धेरै भरोषा दियौ
हृदय भक्कानिएर आउँदा
रोकको आदेश छैन !
मन चिप्लिँदै सडकमा पछारिदा
वर्तमान एक्लै छट्पटाइरहन्छ
पूर्णेलाई लुछेर, औसीले मलाई
किन लखेटीरहन्छ बाबा !
इलाम-२
२०६५।४।३