लघुकथा : जंगली हात्ती

~विनय कसजू~

चितवनको जंगलमा हिँजोआज एउटा जंगली हात्ती आएको छ रे । यो सुनेर कोही रमाएका छन् भने कोही डराएका छन् । जंगलमा जंगली हात्ती आउनु कुनै अनौठो कुरा होइन , तर पाहुनाहरुलाई अनौठो र उत्सुकता लागिरहेको छ ।

गएको राती पनि उसले जंगल लजको हात्तीसारमा रात बिताएछ । कुनै रात राजकलीसँग त कुनै रात चम्पाकलीसँग राज बिताउने उसको बानीले गर्दा अरु हथिनीहरु इष्र्याले भतुक्क भइरहेका छन्, कोही रातभरि रोइ रहेका छन् ।

जंगली हात्तीको आगमनले गर्दा जंगल हर्ेन शहरबाट आएका पाहुनाहरु, अर्थात् साहित्यकार, कलाकार, पत्रकारहरुले माहुतेहरुलाई केरकार गरेर हैरान पार्दैछन् । उनीहरुको प्रश्न छ के अब जंगलमा घुम्नु सुरक्षित छ – कतै जंगली हात्तीसँग जम्काभेट हुने त होइन – उनीहरुको डर नत गैँडासँग छ नत भालु र बाघसँग । तर कसैकसैको उत्सुकता बेग्लै छ । अब कुनचाहिँ हथिनीले पेट बोक्ने होला । कुन हथिनी अब हात्तिसारबाट निकालिने होला –

तर अधिकांश पाहुनाहरुको चासो त्यो हात्तीको आगमनले जंगलमा व्याप्त आतंक, अशांति र आफ्नो सुरक्षासँग छ । जंगली हात्ती यो जंगलमा बस्दासम्म अव यो जंगलमा निस्पिmक्री घुम्न पाइने छैन । हात्तीमाथि हौदामा सैर गर्ने पत्रकारहरुको चर्को स्वर मन्द भइसकेको छ । गणेश ज्ञानको देवता हुन् अनि हात्ती गणेशको अवतार भएको हुनाले हात्तीले बुद्धिजीवी, कलाकार, साहित्यकारहरुलाई त केही गर्दैन होला भन्ने केहीको भ्रम छ । कोही त गणेशस्तुति रच्दै हात्तीलाई खुशी पार्ने प्रयासमा छन् । कतिपय साहित्यकारहरु कविहरु हात्तीका नखशिखको लालित्यपर्ूण्ा काव्य र कथाहरु रचनामा व्यस्त छन् ।

तर हिँजो नेशनल पार्क क्षेत्रभित्र पस्दा पाहुनाहरुको भ्रम टुटेको हुनर्ुपर्छ । मानिसहरुले कलाकारहरुको महत्वलाई बुझछ तर जंगली हात्तीले नत साहित्यकारलाई चिन्छ नत पत्रकारलाई नै । कलाकारले हात्तीको जति राम्रो तसबिर वनाए पनि हात्तीको आँखा कमजोर हुने हुनाले उसको कानले सुन्छ मात्रै र सुनेको भरमा निर्ण्र्ाागर्छ । उसले न त मानवीय सौहाद्रता बुझ्नसक्छ नत परिचय पत्र नै पढनसक्छ । यहाँ ऊ एकछत्र शासन गर्न चाहन्छ । यहाँका हात्तीसारका हथिनीहरुमाथि मात्र होइन, सम्पर्ूण्ा जंगलमा ऊ प्रभुत्व जमाउन चाहन्छ । उसले यहाँ संकटकालको घोषणा गरिरहनु पर्दैन । उसको आगमनसँगै यो जंगलमा संकटकाल त लागिसक्यो ।
राष्ट्रिय निकुंज, चितवन

-साहित्यिक वनमहोत्सवको अवसरमा लेखिएको – २०५९ बैशाख २१

(स्रोत : नवयुग मासिक, वर्ष१३, अंक ११, असोज २०६० को अंकमा प्रकाशित)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.