~सिस्नुपानी~
सिस्नुपानी नेपालैका …. हामी देउसे भैले नि लै लै
हजुरको दैलो खेल्दै द्यौसी भैलो
नाच्दै आयौं छमछम………..।
हाम्रो देश नेपालैमा ……दही कहिल्यै जम्दैन नि लै लै
बाँकी सप्पै जाम छ, जताततै लाम छ
जुलुस धर्ना हुरुरुरु……..।
©साहित्य सङ्ग्रहालय डट कम
हाम्रो देश नेपालैमा…………. ६३ को बैसाखैमा नि लै लै
जनताले रगत बगाए, निरङ्कुसता भगाए
घामै लाग्यो झलमल…..।
उहिले उहिले नेपालैमा …….. जनतालाई ख्वाउन नि लै लै
बन्दुकका गोली आउँथे छाती खोली
असिना झैँ झम झम …।
हाम्रो देश नेपालैमा…….उही बोक्सी उही धामी नि लैलै
रङ्ग फेरी आउँछन्, जताततै छाउँछन्
सरकारमा लहलह…..।
अब हाम्रो नेपालैमा ……..सुख शान्ति खुशी नि लै लै
सबै मिली ल्याउँला, नयाँ गीत गाउँला
अनि होला रमझम………….।
(स्रोत : डामाडोल डट कम)