~ज्ञान बहादुर राई~
मृत्युको सामु जब म झुक्छु
माथ होस् काखमा
नबगेस तिम्रा आँखामा आँशु
नरोएस लाशमा
दुई दिनको जिवन लिएर आएँ
फर्केर जानै छ
बाँचुञ्जेल तिमी साथमा पाएँ
खुशी त्यो बेग्लै छ
संसारको रिति सृष्टिको थिति
यस्तै छ विधान
नरोकि हुन्न जिवनको गति
बुझाऊ है त्यो मन
म जाऊँला छिट्टै बनाऊँला घर
देश त्यो बिरानो
यी लाला बाला तिम्रै छ भर
नमान्नु पिरलो
पर्खि म बस्छु सम्झेर तिमी
म बाटो हेर्नेछु
आउनु है प्रिया बिस्तारै तिमी
म बाटो कुर्नेछु
त्यसैले प्रिया म मर्ने बेला
माथ होस् काखमा
नबगेस आँशु आँखामा तिम्रा
नरोएस लाशमा
– उपल्लो दन्तकाली-८ गौरीगंज, झापा
December 29, 2010
(स्रोत : रचनाकारको ब्लगबाट सभार)