नेपाली प्यारोडी गीत : पहिल्यै लायौ छेउ

~जय ब. घिमिरे~

व्यर्थै हाल्यौँ भोट
तिमीले हामीलाई दिनु दियौ चोट ।

आकाश पाताल जोडेर भाषण, जोडेर भाषण
गर्न थाल्यौ निरङ्कुश शासन
व्यर्थै हाल्यौँ भोट …

म्याद लम्ब्याउन सबैको मत मिल्ने, सबैको मत मिल्ने
पार्टी बिचमा कहिल्यै मत नमिल्ने
व्यर्थै हाल्यौँ भोट …

थप्दै मौका प्रसस्तै दिएको, प्रसस्तै दिएको
गम्भीर रुपमा छैन नि लिएको
व्यर्थै हाल्यौँ भोट …

कति साह्रो हामीलाई हेपेको, हामीलाई हेपेको
बिर्सेउ तिमीले ज्ञानेन्द्र खेदेको
व्यर्थै हाल्यौँ भोट….

सहनुको पनि हद हुन्छ, पनि हद हुन्छ
अब तिम्लाई लखेट्दा के हुन्छ ?
व्यर्थै हाल्यौँ भोट …

संखुवासभा

(स्रोत : फित्कौली डट कम)

This entry was posted in नेपाली प्यारोडी गीत and tagged , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.